Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

के भारतमा कोरोनाको दोस्रो लहर ओरालो लागेकै हो ?

१४ जेठ, काठमाडौं । भारतमा कोरोनाका संक्रमितको संख्या दुई करोड ७० लाख नाघिसकेको छ । संक्रमितको संख्याको आधारमा भारत अमेरिकापछि विश्वको सबैभन्दा बढी कोरोना प्रभावित प्रभावित मुलुक हो । अहिले भारत सबैभन्दा धेरै कोरोना (कोभिड–१९) फैलिएको मुलुकको रूपमा छ । कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै भारतको स्वास्थ्य प्रणालीले नै थेग्न नसक्ने अवस्था देखिएको थियो । […]

कोरोना खोप खरिदबारे १५ दिनमा ‘ब्रेक थ्रू’ हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

१४ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अबको १५ दिनमा खोप खरिदको विषय टुंगो लाग्ने बताएका छन् । सरकारले विभिन्न देशमा खोप खरिदको लागि पहल गरिरहेको र सकारात्मक जवाफ आएको भन्दै उनले खोप आउने आशा बढेको बताएका हुन् । स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले अबको १५ दिनभित्रमा केही देशले सहयोग […]

विवेकशील साझा पार्टीका नेता थापा भेन्टिलेटरमा

१४ जेठ, काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्वास्थ्य स्थिति जटिल बनेपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । कोरोना भाइरसको संक्रमण भएपछि ह्याम्स अस्पताल भर्ना गरिएका उनको फोक्सोमा समस्या देखिएको चिकित्सकहरुले बताएका छन् । पार्टीका संयोजक मिलन पाण्डेका अनुसार ह्याम्पसबाट उनलाई ग्राण्डी अस्पताल रिफर गरिएको थियो । शुक्रबार नेपाल मेडिसिटी अस्पतालमा लगिँदैछ । […]

गृहले भन्यो–स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ

१४ जेठ, काठमाडौं । स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने कार्य गैरजिम्मेवार र गैरकानूनी भएकाले संलग्नमाथि कानुनी कारबाही हुने गृह मन्त्रालयले जनाएको छ । शुक्रबार दिउँसो विज्ञप्ति जारी गर्दै मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिइ कानुनी कारबाही गर्ने विषयमा दृढ रहेको उल्लेख गरेको हो । गृह प्रवक्ता जनकराज दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको […]

शुभतारा स्कुल पूर्णरुपमा बन्द गर्ने निर्णय

१४ जेठ, ललितपुर । ललितपुरको लामाटारस्थित शुभतारा विद्यालय पूर्ण रुपमा बन्द हुने भएको छ । आर्थिक संकटको कारण देखाउँदै विद्यालय बन्द गर्न लागिएको हो । विद्यालयले विहीबार राति अभिभावकहरुलाई इमेल गरेर विद्यालय पूर्ण रुपमा बन्द हुने औपचारिक जानकारी गराएको छ । गत सोमबार विद्यालयकी संस्थापक निर्देशक रानी गुरुङ कक्षपतिले विद्यालय बन्द हुने अनौपचारिक रुपमा जानकारी […]

विशेषज्ञ चिकित्सक टोली गोरखाको बारपाक प्रस्थान

१४ जेठ, गोरखा । कोरोना महामारी फैलिएको आशंका गरिएको बारपाकमा गण्डकी प्रदेश सरकारले विशेषज्ञ चिकित्सकसहितको टोली खटाएको छ । प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेत सहित प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदबन्दु शर्मा नेतृत्वको चिकित्सक टोली शुक्रबार बिहान गोरखा सदरमुकामबाट बारपाक प्रस्थान गरेको छ । उक्त टोलीमा दुई जना विशेषज्ञ चिकित्सक, एक जना मेडिकल […]

कोरोनालाई जितेकाहरुमा ‘ब्ल्याक फङ्गस’को संक्रमण पुष्टि

१४ वैशाख, वीरगञ्ज । कोरोना संक्रमणमुक्त भएकाहरुमा म्युकोर्माइकोसिस अर्थात कालो ढुसीको संक्रमण पुष्टि भएको छ । वीरगञ्जको मंगलम डाइग्नोष्टिक सेन्टरमा कोभिड संक्रमण मुक्त भइसकेका वीरगञ्जका २५, ४५ र ५० वर्ष तीन जनाको केओएच परीक्षण गर्दा संक्रमण देखिएको हो । फङ्गस कल्चर गर्दा दुईजनामा म्युकोर्माइकोसिस प्रमाणित भएको डाइग्नोष्टिकका सञ्चालक सिनियर कन्सल्टेन्ट प्याथोलोजिष्ट प्रोफेसर डाक्टर अमरनाथ (एएन) […]

निषेधाज्ञामा कडाइ : अनावश्यक हिँडडुल गर्नेलाई कारबाही (फोटो फिचर)

१४ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा थप गरिएको निषेधाज्ञामा शुक्रबारदेखि कडाइ गरिएको छ । थप एक साताको लागि तोकिएको निषेधाज्ञालाई प्रभावकारी बनाउनको लागि बिहानैदेखि नेपाल प्रहरी र ट्राफिक प्रहरीहरू खटिएका छन् । बिहानैदेखि काठमाडौंमा झरी परिरहेको छ । झरीमा रुझ्दै प्रहरीहरूले अत्यावश्यक बाहेक अरू सवारी र व्यक्तिलाई समेत होल्डिङ सेन्टरमा राखिरहेका छन् । शुक्रबारबाट लागू […]

जसपाको उपेन्द्र–बाबुराम समूहको निष्कर्ष : राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा संविधान उल्लंघन

१४ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव–बाबुराम भट्टराई समूहले राष्ट्रपति र प्रधानमन्त्रीले संविधान उल्लंघन गरेको निष्कर्ष निकालेको छ । संविधानको धारा ७६ को उपधारा ३ अनुसार गठन भएको सरकारले पनि उपधारा ४ अनुसार अनिवार्य रूपमा ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनु पर्नेमा त्यसो नगरिएकाले संवैधानिक उल्लंघन भएको जसपाको ठहर छ । सो […]

सुनको मूल्य तोलामा चार सय रुपैयाँले घट्यो

१४ जेठ, काठमाडौं । सुनको मूल्‍य तोलामा चार सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार ९४ हजार दुई सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९३ हजार ८ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आजका लागि तेजावी सुनको प्रतितोल मूल्‍य ९३ हजार तीन सय रुपैयाँ तोकिएको […]

चार पूर्वप्रधानन्यायाधीशको संयुक्त विज्ञप्ति : संविधान नै समाप्त हुने खतरा बढ्यो

१४ जेठ, काठमाडौं । चार पूर्वप्रधानन्यायाधीशले प्रतिनिधिसभा विघटन र संविधानको कार्यान्वयन विपरीत दिशातर्फ भइरहेको भन्दै अब संविधान नै समाप्त हुने खतरा बढेको बताएका छन् । पूर्वप्रधान्यायायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘‍…धारा ७६ को प्रयोगको सम्बन्धमा हाल भएका अभ्यासहरु संविधानको अक्षर र भावना एवं प्रजातन्त्रको मूल मर्म […]

अब चार मुलुकमा नियमित उडान

१४ जेठ, काठमाडौं । सरकारले नेपालबाट चार मुलुकका लागि नियमित उडान खुला गरेको छ । दुई छिमेकी मुलुक भारत र चीनसहित कतार र टर्कीमा अब सेड्युल उडान हुनेछन् । यसमध्ये अहिले भारतमा भने साताको दुई उडान भइरहेको छ । चीन, कतार र टर्कीमा भने १८ जेठबाट नियमित उडान खुल्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री […]

संसद विघटनको मुद्दामा बहस गर्न अधिवक्तालाई १० मिनेट समय

१४ जेठ, काठमाडौं । संसद विघटनविरुद्ध दायर रिटमा बहस गर्न टाइमकार्ड लागू गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले रिट निवेदकलाई बहस गर्न १० मिनेटको समय तोकिदिएका हुन् । वरिष्ठ अधिवक्ताहरुको हकमा भने केही भनिएको छैन । संसद विघटनविरुद्ध संवैधानिक इजलासमा शुक्रबारबाट सुनुवाइ सुरु भएको छ । अहिले रिट निवेदक सन्तोष भण्डारीले बहस गर्दैछन् । […]

इजरायल–प्यालेस्टाइन युद्धको अपराध छानविन गर्ने प्रस्तावमा नेपाल तटस्थ

१४ जेठ, काठमाडौं । इजरायल र प्यालेष्टाइनबीच गाजा क्षेत्रमा भएको सम्भावित अपराधको छानविन गर्ने संयुक्त राष्ट्रसंघको प्रस्तावमा नेपाल तटस्थ बसेको छ । गाजा क्षेत्रमा भएको द्वन्द्वका क्रममा युद्ध अपराध भएको हुनसक्ने राष्ट्रसंघको अनुसन्धानपछि छानविनमा जाने कि नजाने भन्ने सम्बन्धमा मतदान भएको थियो । संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदले छानविन गर्ने प्रस्ताव मतदानबाट पारित गरेको छ […]

भारतमा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या ४४ दिनयताकै कम

१४ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) का नयाँ संक्रमितको संख्या ४४ दिनयताकै सबैभन्दा कम देखिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका एक लाख ८६ हजार ३६४ नयाँ संक्रमित थपिएका छन् । उक्त अवधिमा भारतमा कोरोना संक्रमणको कारण ३ हजार ६६० जनाको मृत्यु भएको छ । यससँगै […]

संसद विघटन : संवैधानिक इजलासमा सुनुवाइ सुरु

१४ जेठ, काठमाडौं । संवैधानिक इजलासमा संसद विघटनविरुद्ध दायर रिटहरुको सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो । संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् । जेठ ७ गते मध्यराति विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै सर्वोच्चमा ३० […]

भेरी अस्पतालको घटना छानबिन गर्न सहायक सीडीओको नेतृत्वमा समिति गठन

१४ जेठ, काठमाडौं । बिहीबार राति भेरी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको घटना छानबिन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन भएको छ । शुक्रबार बसेको सरोकारवाला निकायको बैठकले सहायक प्रजिअ शंकर बहादुर विष्टको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । समितिमा चिकित्सक संघ, नर्सिङ संघ, अस्पताल […]

गणतन्त्र दिवसमा तीन दिन दीपावली गर्न आग्रह

१४ जेठ, विराटनगर । गणतन्त्र दिवस २०७८ जेठ १४ गते देखि १६ गतेसम्म तीन दिन भव्यताका साथ मनाइने भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जिल्लास्थित सबै सरकारी तथा सार्वजनिक निकायका कार्यालय र सार्वजनिक महत्वका सम्भाव्य स्थलमा दीप प्रज्ज्वलन गर्ने तथा जिल्लावासी आमनागरिक घरघरमा साँझ दीपावली गर्न, गणतन्त्र दिवसका सन्दर्भमा सङ्घ, प्रदेश र […]

कोरोना संक्रमणबाट बानका अध्यक्ष न्यौपानेको मृत्‍यु

१४ जेठ, विराटनगर । रेडियो सञ्चालकहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल(बान) का अध्यक्ष चन्द्र न्यौपानेको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । विराट मेडिकल कलेजमा उपचाररत ५० वर्षीय न्यौपाने शुक्रबार बिहान साढे ८ बजे मृत्यु भएको विराट मेडिकल कलेजका कोभिड फोकल पर्सन सुनिल देवले जानकारी दिए । उनका अनुसार कोरोना सङ्क्रमणका कारण श्वासप्रश्वासमा समस्या […]

धनगढी बसपार्कमा युवक मृत भेटिए

१४ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित बसपार्कमा एक युवक मृत भेटिएका छन् । अन्दाजी २८ वर्षीय युवक शुक्रबार बिहान बसपार्कमा रहेको प्रतिक्षालयमा उतानो पल्टिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले मृत भेटिएका युवकको पहिचान हुन नसकेको जानकारी दिए । घटनास्थल कार्य […]

प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै

१४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले दिउँसो ४ बजे सम्बोधन गर्न लागेका हुन् । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते सं‌सदमा बजेट पेस गर्नुपर्नेमा गत ७ जेठको मध्यरातमा संसद विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्‍याउने तयारी भइरहेको छ ।



from समाचार – Online Khabar https://ift.tt/3ux51Cm
via IFTTT
Powered by Blogger.