समाचार
१६ जेठ, काठमाडौं । भारत र बेलायतमा फेला परेका कोरोना भाइरसको मिश्रणयुक्त नयाँ भेरियन्ट भियतनाममा फेला परेको त्यहाँका स्वास्थ्यमन्त्रीले बताएका छन् । भियतनामका स्वास्थ्यमन्त्री गुयन थान लङ्गले यो हाइब्रिड भेरियन्ट अत्यन्त खतरनाक रहेको बताएका छन् । उनले सरकारको एक बैठकमा यो नयाँ भेरियन्ट हावाबाट पनि तीव्र गतीमा फैलिने खालको रहेको बताएको बीबीसीले जनाएको छ । […]
१६ जेठ, काठमाडौं । इराकसँगको मैत्रीपूर्ण खेलमा पराजित भएपछि नेपालका फुटबल प्रशिक्षक अबदुल्लाह अलमुताइरीले निराश नहुन आह्वान गरेका छन् । नतिजा राम्रो दिन नसक्नुको दोष आफूले लिने भन्दै उनले माफीसमेत मागे । खेल सकिएपछि प्रतिक्रिया दिंदै उनले भने, ‘सबैसँग माफी माग्छु, राम्रो रिजल्ट भए । हारको दोष म लिन्छु, खेलाडीलाई दबाब नदिनुस् ।’ इराकको बसरास्थित […]
१६ जेठ, काठमाडौं । इराक विरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ ले पराजित भएको छ । इराकको बसरास्थित अल फायना स्टेडियममा भएको खेलमा पहिलो हाफमा इराकले ४–२ को अग्रता बनाएको थियो भने दोस्रो हाफमा २ गोल थप्यो । नेपालका लागि मनिस डाँगीले राष्ट्रिय टिममा डेब्यु गर्दै गोल गरे । मनिससँगै डिफेण्डर गौतम श्रेष्ठले पहिलो रोजाइमा खेल्दै […]
१६ जेठ, काठमाडौं । फिफा विश्वकप/एएफसी एसियन कपको संयुक्त छनोटको तयारीमा रहेको नेपालले शनिबार इराकसँग खेलको मैत्रीपूर्ण खेलमा ६-२ को हार बेहोर्यो । इराकविरुद्ध उसैको मैदानमा नेपालले दुई गोल गर्दा पहिलो गोल गर्ने खेलाडी थिए मनिष डाँगी । अर्को गोल भने नेपालले उपहारमा पाएको थियो । यसअघि नेपालले इराक विरुद्ध ३ खेल खेल्दा ३ गोल […]
१६ जेठ काठमाडौं । काऐ हाभार्टको निर्णायक गोल मद्दतमा म्यानचेष्टर सिटाई पराजित गर्दै चेल्सीले दोस्रो पटक युरोपयन च्याम्पियन्स लिगको उपाधि जितेको छ । गएराति पोर्चुगलको पोर्टोमा भएको अल इंग्लिस फाइनला म्यानचेष्टर सिटीलाई १-० ले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो । यसअघि सन २०१२ मा चेल्सीले पहिलो पटक चयाम्पियन्स लिग उपाधि जितेको थियो । चेल्सीले […]
१५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा अन्तर्राष्ट्रिय स्तरको रंगशालादेखि सिटी पार्क बनाउनेसम्मका योजना आगामी आर्थिक वर्षको बजेटमा परेको छ । अघिल्ला वर्षहरुमा झैं ओलीले आफ्नो गृहनगरलाई बजेटमा प्राथमिकता दिएका हुन् । अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको बजेटमा दुई वर्षभित्र मदन भण्डारी रंगशाला सञ्चालनमा ल्याउने गरी निर्माण प्रारम्भ गरिने उल्लेख गरे […]
१५ जेठ, काठमाडौं । अनेक आलोचना र प्रतिक्रियाका बीच सरकारले अध्यादेशबाट पूर्ण आकारको बजेट ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नै बजेटसम्बन्धी तीन अध्यादेश जारी गरेपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सार्वजनिक गरे । सरकारले संसद विघटन गरेकाले नयाँ संविधान आएपछि पहिलो पटक अध्यादेशबाट बजेट आएको हो […]
१५ जेठ, काठमाडौं । कोरोना महामारीको दोस्रो लहरको सामना गरिरहेका बेला सरकारले चुनावमुखी बजेट ल्याएको छ । प्रतिनिधिसभा भंग गरेर आगामी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन घोषणा गरेको सरकारले आगामी आर्थिक आर्थिक वर्ष २०७८/७९ का लागि अध्यादेशमार्फत १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । शनिबार प्रधानमन्त्री कार्यालयमा आयोजित […]
१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेटलाई विज्ञहरुले समय अनुकूल नभएको बताएका छन् । संसद विघटन गरेर ६ महिनाभित्र चुनाव घोषणा गरेको सरकारले पूर्ण आकारको बजेट ल्याउनु उपयुक्त नहुने उनीहरुले बताएका छन् । त्यस्तै सरकारले चुनाव प्रभावित पार्ने गरी पनि कार्यक्रम राखेको विज्ञहरुको भनाइ छ । पढ्नुहोस् बजेटबाट पूर्व […]
१५ जेठ, काठमाडौं । कोरोना भाइरसको महामारी उत्कर्षमा रहेका बेला सरकारले कोरोना महामारी नियन्त्रणलाई उच्च प्राथमिकता दिँदै बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०७८-७९ मा स्वास्थ्य क्षेत्रमा १ खर्ब २२ अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ । स्वास्थ्यमा कुल बजेटको ७ दशमलव ५५ प्रतिशत विनियोजन गरिएको छ । महामारी नियन्त्रणमा केन्द्रित रहेको बजेटमा कोभिड–१९ […]
१५ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आर्थिक वर्ष २०७८/७९ सालको बजेट नहुने चुनावमा एमालेको घोषणा पत्र भएको प्रतिक्रिया दिएका छन् । ट्वीटरमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै डा. भट्टराईले पपुलिज्ममा समेत खासै सिर्जनात्मकता नदेखिएको बताएका छन् । उनले भनेका छन् ‘अर्थमन्त्रीमार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन ।’ बजेटले […]
१५ जेठ, काठमाडौं । सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर वृद्धि भएको छ । शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले एक वर्ष भन्दा कम समयमा किनबेच हुने सेयरमा पुँजीगत लाभकर वृद्धि गरिएको जानकारी दिए । अहिले सबै लगानीकर्ताहरुलाई सेयर बिक्री पछि नाफाको ५ प्रतिशत पुँजीगत लाभकर तिर्नु पर्ने व्यवस्था रहेको […]
१५ जेठ, काठमाडौं । सरकारले प्रतिनिधिसभामा प्रस्तुत गर्नुपर्ने आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट शनिबार सिंहदरबारबाट सार्वजनिक गर्यो । संसद विघटन भएकाले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री, मन्त्री तथा उच्च सरकारी अधिकारी सामु प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको हलबाट बजेट सार्वजनिक गरे । बजेट सुन्न निजी क्षेत्रका केही प्रतिनिधिमूलक संस्थाका नेताहरुलाई समेत निमन्त्रणा गरिएको थियो । बजेट […]
१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८÷०७९ को नयाँ बजेटमा कृषि तथा पशुपन्छी क्षेत्रका लागि ४५ अर्ब ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । केही नयाँ, केही पुरानैलाई निरन्तरता र केही लोकप्रिय कार्यक्रम समेटिएको कृषि बजेटको आकार यसवर्ष पहिले भन्दा तीन अर्ब ६९ करोड रुपैयाँले बढेको छ । संसद विघटन गरेर चुनाव घोषणा […]
१५ जेठ, काठमाडौं । शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । स्नातक वा सो भन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई आफुले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम पाँच प्रतिशत व्याज दरमा २५ लाखसम्म सहुलियतपूर्ण […]
१५ जेठ, वीरगञ्ज । वीरगञ्जका उद्योगी व्यवसायीहरुले बजेटमा वीरगञ्जलाई उपेक्षा गरिएको बताएका छन् । प्रत्येक वर्ष वीरगञ्जमा बजेट पूर्व समीक्षा गोष्ठी गरी सरकारले सुझाव लिए पनि बजेटमा ती कार्यक्रम समावेश नगरिएको उद्योगी व्यवसायीहरु बताउँछन् । बारा, पर्सा क्षेत्रलाई औद्योगिक करिडोर घोषणा गर्न, सिमरा विमानस्थलको विस्तार, आईसीपी आईसीडीको विस्तार, नयाँ औद्योगिक क्षेत्र निर्माणका लागि जग्गाको प्रबन्ध […]
१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले जनतालाई झुक्याएर चुनाव जित्ने आशा राखेर बजेट ल्याएको आरोप लगाएका छन् । वैधानिकता गुमाएको सरकारले जनता झुक्याउन नयाँनयाँ नारा ल्याएको उनले बताए । ‘कुनैपनि आँकडा हेर्दा पार लाग्ने देखिदैन । यसैलाई देखाएर ठगेर चुनाव जित्न पाइन्छ कि भने नयाँनयाँ नारा ल्याइएको छ’, उनले भने । […]
१५ जेठ, काठमाडौं । सरकारले कोरोना महामारीका बेला समस्यामा परेका सर्वसाधारणका लागि केही राहत र सहुलियत घोषणा गरेको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८-७९ को बजेट प्रस्तुत गर्दै खानेपानी, विद्युत, खाद्यान्नलगायतका विषयमा सहुलियत घोषणा गरेको हो । नेपाल खानेपानी संस्थान, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र स्थानीय तहले गार्हस्थ्य उपभोक्तालाई वितरण […]
१५ जेठ, काठमाडौं । आगामी साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै साउन १ गतेदेखि उक्त प्रविधि सञ्चालनमा आउने बताएका हुन् । उनका अनुसार उक्त प्रविधि सञ्चालनमा आएपछि हाल अवैध रुपमा भित्रिएका (बिना दर्ता) मोबाइल फोन नियन्त्रणमा आउनेछ । […]
१५ जेठ, काठमाडौं । सरकारले रक्सी, चुरोटलगायत मदिरा तथा सुर्तीजन्य पदार्थमा लाग्ने अन्तःशुल्क वृद्धि गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अन्तःशुल्क वृद्धि गरेको जानकारी दिएका हुन् । ‘मूल्य अभिवृद्धि करको दर यथावत राखेको छु, भन्सार महसुलका दरहरुमा सामान्य समायोजन गरेको छु,’ बजेट सार्वजनिक गर्दै उनले भने, ‘मदिरा, […]
१५ जेठ, काठमाडौं । हरेक स्थानीय तहमा अग्नि नियन्त्रणका लागि दमकल राखिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै ७५३ वटै स्थानीय तहमा दमकल राखिने बताएका हुन् । एक अग्नि नियन्त्रकका अनुसार एउटा दमकललाई सामान्यत: ७० लाख रुपैयाँभन्दा बढी मूल्य पर्छ । यसका लागि कम्तीमा तीन कर्मचारी २४ सै […]
from समाचार – Online Khabar https://ift.tt/3uzfSvM
via IFTTT