समाचार
१७ जेठ, काठमाडौं । बौद्धमा एकजना फान्सेली नागरिक कोठाभित्र मृत अवस्थामा भेटिएका छन् । राहदानी नम्बर ०८ सिके ०४१२३ वाहक ६७ वर्षीय मार्क गेरार्ड बाजुसलाई मृत अवस्थामा फेला पारिएको प्रहरी वृत्त, बौद्धका डीएसपी नविन कार्कीले बताए । उनका अनुसार बाजुसको शवमा बाहिरी चोटपटक देखिएको छैन । र, शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइसकिएको […]
१७ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा रोपाईं सुरु भएको छ । देशका अन्य क्षेत्रमा भन्दा चाँडै रोपाईं सुरु हुने उपत्यकामा केही दिनअघि भएको वर्षाले पनि किसानलाई सहज भएको छ । काठमाडौंको मूलपानी र भक्तपुरको चाँगुनारायण क्षेत्रका किसान हिजोआज रोपाईं गर्न व्यस्त छन् । कोरोना महामारीले उपत्यकाको शहरी क्षेत्र निषेधाज्ञाका कारण बन्द छ । तर उपत्यकाकै […]
१७ जेठ, गलेश्वर । साताको दुई दिन बैंक तथा वित्तीय संस्थालाई खुला गर्न दिइने गरी म्याग्दीमा सोमबारदेखि एक हप्ता निषेधाज्ञा थप गरिएको छ । जिल्लामा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि आइतबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले आज राति १२ बजेदेखि लागू […]
१७ जेठ, काठमाडौं । जावलाखेल फुटबल क्लबका म्यानेजर अनुप श्रेष्ठ ‘पार्टी ड्रग’ मानिने महँगो एम्फेटामाइन (आइस) लागूऔषधसहित पक्राउ परेका छन् । प्रहरी परिसर, ललितपुरको टोलीले श्रेष्ठसहित तीनजनालाई पक्राउ गरेको हो । ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार श्रेष्ठको कोठाबाट ५० ग्राम एम्फेटामाइन, जोख्ने तराजु, प्याकिङका लागि राखिएका प्लास्टिक र ५० हजार रुपैयाँ बरामद भएको […]
१७ जेठ, वीरगञ्ज । नेपालको सीमावर्ती भारतीय राज्य बिहारमा जारी लकडाउन ८ जुनसम्म लम्ब्याइएको छ । व्यापारमा अतिरिक्त छुट गर्दै ८ जुनसम्म लकडाउन गर्ने निर्णय गरिएको हो । बिहारका मुख्यमन्त्री नितिश कुमारले लकडाउन जुन ८ गतेसम्म जारी रहने जानकारी गराएका छन् । केही खुकुलो गरिएको लकडाउनमा अब बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म पसल खोल्न […]
१७ जेठ, काठमाडौं । नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रमेश खरेल कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । खरेलको पिसीआर रिपोर्ट नेगेटिभ आएको नेपाल प्रहरी अस्पतालका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. सञ्जय श्रेष्ठले अनलाइनखबरलाई बताए । उनका अनुसार खरेलको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ र उनी नर्मल बेडमा बसिरहेका छन् । सम्भवतः साँझसम्ममा खरेलको डिस्चार्ज […]
१७ जेठ, काठमाडौं । बाँकेमा जारी निषेधाज्ञा आगामी जेठ २४ गतेसम्मका लागि लम्ब्याइएको छ । कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र ५ बमोजिम जेठ २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । यसअघि प्रशासनले जेठ १७ गते राति १२ बजेसम्म […]
१७ जेठ, दार्चुला। अपी हिमाल गाउँपालिका-५ का एक महिलाको यार्सागुम्बा संलनका क्रममा एकजना महिलाको मृत्यु भएको छ । यार्सागुम्बा सङ्कलनका लागि अपी हिमाल गाउँपालिकाको सातगङ्गा वनमा गएको बेला ४० वर्षीया चुन्धरी धामीको मृत्यु भएको हो । यार्सागुम्बा सङ्कलनका लागि गत वैशाखमै पाटन पुगेकी धामीको पेट दुख्ने समस्या थियो । दुई/तीन दिनसम्म पेट दुखाइ निको नभएपछि मृत्यु […]
१७ जेठ, काठमाडौं । पछिल्लो १० वर्षमा कृषि पेशाबाट पलायन हुने जनसंख्याको आकार १३.५ प्रतिशत पुगेको छ । जसको असर समग्र अर्थतन्त्रमा पर्न थालेको सरकारी अध्ययनबाट देखिएको छ । आर्थिक वर्ष २०६८/६९ देखि चालु आर्थिक वर्षको अन्त्यसम्म कृषि, वन र मत्स्यपालनबाट कृषकहरु पलायन हुने दर बढेको हो । नेपाल श्रम शक्ति सर्वेक्षण अनुसार २०६८/६९ मा […]
१७ जेठ, बुटवल । लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा २९७ मत खसेको छ । स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१४ जनाले मतदान गरेका छन् । लुम्बिनी प्रदेशसभाका भने सबै ८३ सदस्यले मतदान गरेका छन् । स्थानीय तहतर्फ भने बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख र नरैनापुर गाउँपालिकाका अध्यक्ष तथा गुल्मीको गुल्मी दरबार गाउँपालिकाका अध्यक्षले अहिलेसम्म मतदान नगरेका […]
१७ जेठ, काठमाडौं । चीनले आफ्नो मुलुकमा बस्ने दम्पत्तीलाई तीन सन्तान जन्माउन पाउने अधिकार दिने निर्णय गरेको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार सरकारले दुई सन्तान नीतिमा परिवर्तन गर्दै तीन सन्तानको नीति घोषणा गरेको हो । चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो मिटिङमा राष्ट्रपति सि जिनपिङले उक्त नीतिलाई स्वीकृति दिएका हुन् । चीनको जनसंख्या वृद्धिदर दशकयताकै […]
१७ जेठ, मोरङ । औषधि कालोबजारी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१५ रानीस्थित जनता मेडिकल स्टोरका सञ्चालक ३५ वर्षीय रवि कुमार रजक रहेका छन् । घरमा विभिन्न औषधि तथा औषधिका खोलहरू भण्डारण गरी कालोबजारी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले […]
१७ जेठ, काठमाडौं । मोरङमा आगामी जेठ २४ गतेसम्मका लागि निषेधाज्ञा लम्बिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले एक सूचना जारी गर्दै निषेधाज्ञालाई जेठ २४ गतेसम्म थप गर्ने निर्णय भएको बताएका हुन् । कोरोना सङ्क्रमण बढिरहेको अवस्थालाई ध्यानमा राखी जेठ २४ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञाको थप गरिएको उनले बताए । यस […]
१७ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएका ६ मन्त्रीलाई नेकपा एमालेको केपी ओली पक्षले कारबाही सिफारिस गरेको छ । पार्टी निर्णय विपरीत माधवकुमार नेपाल पक्ष सरकारमा गएपछि ओली पक्षले २४ घण्टे स्पष्टीकरण सोध्दै जवाफ नआएको भनी कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गरेको हो । ओलीपक्षका नेता तथा प्रदेश कमिटीका सचिव राजेन्द्र रावलले भौतिक […]
१७ जेठ, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मध्यावधि निर्वाचनपछि पनि आफूहरुले नै सरकार बनाउने र बजेट कार्यान्वयन बताएका छन् । निर्वाचन घोषणा गरेको सरकारले पूर्ण बजेट ल्याएको भन्दै आलोचना भएका बेला उनले चुनावपछि पनि नेकपा एमाले नै सरकारमा आउने र बजेट कार्यान्वयन गर्ने दाबी गरेका हुन् । ‘आज बजेट जसले प्रस्तुत गरेको छ, त्यसैले बजेट […]
१७ जेठ, म्याग्दी । जिल्ला सदरमुकामस्थित बेनी अस्पतालमा स्थापना गरिएको सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटर पूर्णरूपमा प्रयोगमा आउन सकेको छैन । जनशक्ति अभावका कारण गम्भीर बिरामीको उपचार गर्न गत असारमा स्थापना गरिएको आईसीयू सञ्चालन गर्न समस्या भएको हो । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत अस्पतालमा दुई वटा भेन्टिलेटरसहित पाँच शय्याको आईसीयू कक्ष स्थापना गरिएको […]
१७ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउनका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दाबी गरेको आरोप लगाएका छन् । सोमबार मन्त्री ढकालले न्युज एजेन्सीसँग कुरा गर्दै नेकपा(एमाले) र जनता समाजवादी पार्टीलाई विभाजन गराउने मनशायका साथ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेको बताएका हुन् । दलीय […]
१७ जेठ, काठमाडौं । चीनले नेपाललाई अनुदानस्वरुप दिने घोषणा गरेको १० लाख डोज खोप ५५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई दिइने भएको छ । उक्त खोप लिन नेपाल एयरलाइन्सको विमान सोमबार साँझ बेइजिङ जाँदैछ र मंगलबार खोप नेपाल आइपुग्दैछ । भेरोसेल नामको सो खोप ५५ देखि ६५ वर्ष उमेर समूहलाई दिइने स्वास्थ्य सेवा विभागको […]
१७ जेठ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ बाट उत्पन्न असरको सम्बोधन गर्न र नागरिकमाथि दुर्व्यवहार नगर्न सरकारलाई आग्रह गरेको छ । सोमबार एक विज्ञप्ति जारी गरी आयोगले आफ्नो केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयले गरेको अनुगमनका क्रममा आईसीयू र भेन्टिलेटरमा उपचार नपाएर मानिसको मृत्यु भएको तथा निषेधाज्ञा उल्लंघनका नाममा प्रहरीले निर्घात कुटपिट गरेको […]
१७ जेठ, हुम्ला । स्वास्थ्य सेवा कार्यालय हुम्लाले कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचारलाई दृष्टिगत गरी आठ नयाँ अक्सिजन कन्सन्ट्रेटर खरीद गरेको छ । जिल्लामा दैनिक रुपमा सङ्क्रमित बढिरहेका बेला कार्यालयले अक्सिजन कन्सन्ट्रेटर खरीद गरेको हो । दुर्गममा कोरोना सङ्क्रमितको उपचारका लागि बढी उपयोगी देखिएपछि अक्सिजन कन्सन्ट्रेटर खरीद गरी ल्याइएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले […]
१७ जेठ, काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमाले कानूनी र प्राविधिक रूपमा एउटै भए पनि पार्टी संरचना, संसदीय मोर्चा र राजनीतिक गतिविधिमा विभाजित भइसकेको छ । तर दुवै समूहका नेताहरू पार्टी विभाजनको दोषबाट बच्न एकअर्का समूहमाथि गल्ती थोपर्ने प्रयास गरिरहेका छन् । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले नेतृत्वको निर्देशन पालना […]
from समाचार – Online Khabar https://ift.tt/3vDQ4zY
via IFTTT