समाचार
१६, जेठ, काठमाडौं । नेपाल स्टील बिलेट उत्पादक उद्योगीहरुले स्वदेशमै स्टील बिलेट उत्पादन गर्ने उद्योगको संरक्षणमा बजेट चुकेको गुनासो गरेका छन् । तयारी बिलेट र त्यसको कच्चा पदार्थ (स्पोन्ज आईरन) आयातमा लाग्ने भन्सार महसुल पुनरावलोकन गर्न गरिएको आग्रह बजेटले उपेक्षा गरेको संघका अध्यक्ष विष्णु प्रसाद न्यौपानेले बताए । तयारी बिलेटको आयात आधि कम गर्न र […]
१६ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ८०४, ललितपुरमा १७६ र भक्तपुरमा ११३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरमा भने ४ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१६ जेठ, काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा आइतबारका लागि बहस सकिएको छ । रिट निवेदक पक्ष र सरकारी वकिलहरुले आइतबार संवैधानिक इजलासका न्यायाधीशमाथि उठेको प्रश्नबारे बहस गरे । संवैधानिक इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठ नेकपा विभाजनसम्बन्धी मुद्दाको सुनुवाइ गर्ने इजलासमा रहेका कारण अहिले उनले संसद विघटनको मुद्दा हेर्न नहुने रिट निवेदक पक्षका वकिलले बताएका छन् […]
१६ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट आएको भोलि पल्ट आइतबार सेयर बजार सकारात्मक देखिएको छ । सेयर बजारले छाटो समयका लागि सेयर कारोबार गर्नेलाई पुँजीगत लाभकर वृद्धि गरेको छ । यसले बजारमा नकरात्मक प्रभाव पर्नसक्ने आकलन थियो । बजेटले गरेका अन्य व्यवस्था र निजी क्षेत्रले समेत बजेटको स्वागत गरेकाले यसको सकारात्मक […]
१६ जेठ, पोखरा। पश्चिमाञ्चल होटल संघ पोखराले होटल सञ्चालक, कर्मचारी र मजदूरले कोभिड-१९ विरुद्धको खोप लगाएपछि मात्र व्यवसाय सञ्चालन गर्न सकिने स्पष्ट पारेको छ । संघका अध्यक्ष विकल तुलाचनले एक विज्ञप्ति जारी गरी निषेधाज्ञा हटेपनि होटलका कर्मचारी र परिवारको जीवन जोखिममा राखेर व्यवसाय सञ्चालन नगर्ने जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘काठमाण्डौं बाहेक अन्य बाहिरी […]
१६ जेठ, काठमाडौं । चिकित्सकको सुरक्षाका लागि सात दिनभित्र अध्यादेश ल्याउन नेपाल चिकित्सक संघले सरकारसँग माग गरेको छ । अध्यादेशमार्फत कानून ल्याएर चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षित तवरमा काम गर्ने वातावरण नबनेमा संघर्षका थप कार्यक्रम घोषणा गर्ने समेत संघले चेतावनी दिएको छ । संघले आइतबार विज्ञप्ति जारी गर्दै चिकित्सकमाथि बारम्बार आक्रमणका घटना भइरहेको र यस्ता आपराधिक […]
१६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रैका नेताबाट देशको लागि अनिष्ट हुने काम भइरहेको दाबी गरेका छन् । तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा उनले संसदीय प्रणाली र दलीय व्यवस्थामा विश्वमै कतै नहुने घटना नेपालमा भइरहेको बताए । उनले नेता माधवकुमार नेपालप्रति इंगित गर्दै नेतृत्व नै धमिलो […]
१६ जेठ, गलेश्वर । म्याग्दी जिल्लामा पनि केही दिन यतादेखि निरन्तर वर्षा भइरहेको छ । विगतका वर्षहरुमा यतिबेला खेतवारीमा व्यस्त देखिने म्याग्दीका किसानहरु यस वर्ष भने केही अस्पतालका शय्या त केही घरका ओछ्यानमा छन् । खेतीबालीको यो समयमा कामको व्यस्तताले छट्पटीमा देखिने अहिले भने ओछ्यानमा छट्पटाउँदै कोरोना महामारीसँग लडिरहेका छन् । मध्य जेठको याम शुरु […]
१६ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा ‘मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल’ आयोजनालाई ९ अर्ब १० करोड ५४ लाख रुपैयाँ विनियोजन गरेको छ । आगामी वर्षमा सरकारले आफ्नै स्रोतबाट १ अर्ब १ करोड र अमेरिकी सरकारको अनुदानबाट ८ अर्ब ९ करोड रुपैयाँ खर्च गर्ने गरी बजेटमा कार्यक्रम समावेश गरेको छ । ‘मिलिनियम […]
१६ जेठ, काठमाडौं । खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्र पठाएकी छन् । राष्ट्रपति भण्डारीले पठाएको पत्र मस्कोस्थित नेपाली दूतावासले रसियाको विदेश मन्त्रालय मार्फतपत्र पुटिनलाई दिने तयारी गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । पत्र शुक्रबार नै दूतावासलाई उपलब्ध गराइएको छ । सरकारले यसअघि नै रुसले उत्पादन […]
१६ जेठ, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को बजेटको लक्ष्य दोस्रो पटक संशोधन गरेको छ । संशोधित लक्ष्यअनुसार अब मात्र १२ खर्ब ६६ अर्ब २६ करोड ४६ लाख रुपैयाँ खर्च हुने भएको हो । चालु आर्थिक वर्षमा सरकारले विनियोजनाको तुलनामा पुँजीगत (विकास) खर्च १ खर्ब कम हुने अनुमान गरेको हो । यसले आर्थिक […]
१६ जेठ, तेह्रथुम । तेह्रथुमको तिनजुरे, मिल्के र जलजल क्षेत्रमा ढकमक्क लालीगुराँस फुलेको छ । गुराँसको राजधानी भनेर चिनिने सो क्षेत्रमा विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २९ प्रजातिका गुराँस पाइन्छ । पूर्वी नेपालको तेह्रथुमस्थित लालीगुराँस नगरपालिका गुराँस पर्यटनको प्रवेशद्वार मानिन्छन् । यो नगरपालिकाको पूर्व सिमाना पिङगुवा खोलाले छुट्टयाएको छ भने पश्चिम सिमाना धनकुटा जिल्लाको पानी […]
१६ जेठ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ स्थित यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा रहेको राष्ट्रिय शहीद स्मारकको भवनमा २५ शैय्याको आइसोलेशन सञ्चालन गरेको छ । नगरपालिका, यज्ञडोल (जगडोल) सामुदायिक वन उपभोक्ता समूह र लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १ को सहयोगमा आइसोलेसन सञ्चालन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले राससलाई जानकारी दिए । सामुदायिक […]
१६ वैशाख, काठमाडौं । सरकारले शनिबार बजेटमार्फत निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट उपभोक्ताले खरिद गर्ने खाद्यान्नमा २० प्रतिशत छुटको घोषणा गर्यो । निषेधाज्ञा अवधिभर यी दुई कम्पनीबाट बिक्री हुने चामल, पिठो, दाल, नून, खानेतेल, चिनी तथा खाना पकाउने ग्यासको बिक्री मूल्यमा २० प्रतिशत छुट दिने व्यवस्था मिलाएको बजेट घोषणामा भनिएको […]
१६ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन अनिश्चित बनेको छ । सरकारले अगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट प्रदेशसभामा पेश गर्ने समय घर्किदा समेत सरकारले प्रदेशसभाको बजेट अधिवेशन बोलाउन सिफारिस गर्न नसकेपछि अनिश्चित बनेको छ । ‘आर्थिक कार्यविधि ऐन अनुसार सरकारले बजेट ल्याउनु भन्दा १५ दिन अघि प्रदेशसभामा नीति तथा कार्यक्रम पेश गरि […]
१६ जेठ, काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले संसद विघटनको मुद्दामा अदालतलाई दबाब दिन खोजिएको आरोप लगाएका छन् । संसद विघटनसम्बन्धी मुद्दा सुनुवाइ गरिरहेको संवैधानिक इजलासमा उनले रिट निवेदक पक्षबाट अदालतलाई दबाब दिने काम भएको आरोप लगाएका हुन् । ‘मैले बुझेको स्वच्छ सुनुवाइ भइरहेको छैन, मिडिया ट्रायल किन भइरहेको छ ?’ उनले प्रश्न गरे । यसअघिको […]
१६ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले सीमित शाखा कार्यालयहरुमात्रै खोले सेवा दिन निर्देशन दिएपछि विकास बैंकहरुले भागभण्डा गरेका छन् । विकास बैंकहरुको संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनले कुन बैंकको शाखा कार्यालय कहाँ खोल्ने भनेर भागवण्डा गरिदिएको हो । राष्ट्र बैंकले काठमाडौं उपत्यकाभित्र “ख” बर्गका विकास बैंकहरुको हकमा काठमाडांै जिल्लामा २ वटा, ललितपुर जिल्लामा १ वटा […]
१६ जेठ, धनगढी । ‘हाकिम सा’ब हुनुहुन्छ ?’ धनगढीस्थित प्रदेश प्रमुखको कार्यालयको गेटमा उभिएकी एक महिलाले मलिन स्वरमा सुरक्षाकर्मीलाई सोधिन् । डिउटीमा खटिएका सुरक्षाकर्मीले प्रतिप्रश्न गर्दै एकसाथ सोधे, ‘किन र ? के चाहियो ? कहाँबाट आउनुभएको तपाईं ?’ महिलाले स्पष्टीकरण दिंदै भनिन् ‘केही सहयोग मिल्छ कि भनेर हाकिम साहेबलाई भेटनुपर्ने थियो हजुर ।’ ती सुरक्षाकर्मीले […]
१६ जेठ, काठमाडौं । संघीय सरकारले प्रदेश सरकारलाई पठाउने विभिन्न प्रकारका अनुदानमध्ये सबैभन्दा बढी प्रदेश नं १ ले पाउने भएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटबाट सरकारले कुल १ खर्ब ३ अर्ब ७० करोड २५ लाख रुपैयाँ प्रदेश सरकारलाई हस्तान्तरण गर्दै छ । यसरी हस्तान्तरण हुने रकमध्ये ७४ अर्ब २२ करोड रुपैयाँ चालु […]
१६ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि झण्डै ४ खर्ब रुपैयाँ प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरेको छ । सरकारले सघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी चार प्रकारका अनुदान प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्छ । आगामी वर्ष ३ खर्ब ८६ अर्ब ७१ करोड […]
१६ जेठ, काठमाडौं । नेपालका लागि पूर्व भारतीय राजदूत मन्जीव सिंह पुरीले भारतीय विदेश मन्त्रालयले नेपालमा संसद विघटनको घट्नालाई आन्तरिक मामिला भनी गरेको धारणा कूटनीति रुपमा सही भएको बताएका छन्। भारतीय अखबार दि ट्रिब्युनमा एक लेख लेख्दै सो धारण व्यक्त गरेका हुन् । ‘भारतीय विदेश मन्त्रालयले नेपलामा भईरहेको घट्नाक्रमलाई घरेलु फ्रेमवर्क र प्रजातान्त्रिक प्रक्रियाद्वारा नेपालले […]
from समाचार – Online Khabar https://ift.tt/3yRzhLB
via IFTTT