समाचार
१६ जेठ, काठमाडौं । नेपालका लागि पूर्व भारतीय राजदूत मन्जीव सिंह पुरीले भारतीय विदेश मन्त्रालयले नेपालमा संसद विघटनको घट्नालाई आन्तरिक मामिला भनी गरेको धारणा कूटनीति रुपमा सही भएको बताएका छन्। भारतीय अखबार दि ट्रिब्युनमा एक लेख लेख्दै सो धारण व्यक्त गरेका हुन् । ‘भारतीय विदेश मन्त्रालयले नेपलामा भईरहेको घट्नाक्रमलाई घरेलु फ्रेमवर्क र प्रजातान्त्रिक प्रक्रियाद्वारा नेपालले […]
१६ जेठ, विराटनगर । प्रदेश १ का प्रतिपक्षी दलका नेताहरुले प्रदेश सरकारले काम गर्न नसकेको प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसँग गुनासो गरेका छन् । आइतबार बिहान प्रदेश प्रमुखको निवास पुगेका नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताले सरकारले काम गर्न नसकेको गुनासो गरेका हुन् । प्रदेशसभा छलेर हिंडिरहेको सरकारले महामारीमा जनतालाई अनुभूति हुने […]
१६ जेठ, धनगढी । कोरोना संक्रमणबाट श्रीमतीको मृत्यु भएपछि अस्पतालमा कुरुवा बसेकी महिलाले आत्महत्या गरेकी छन् । डडेल्धुरा अस्पतालमा उपचाररत बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ का सुरेश कठायतको संक्रमणबाट मृत्यु भएको केही घण्टामा उनकी श्रीमती सरिता रावतले झुण्डिएर आत्महत्या गरेकी हुन् । वडाध्यक्ष खगेन्द्र रावतले शनिबार बिहान करिब साढे ९ बजेतिर डडेल्धुरा अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा […]
१६ जेठ, काठमाडौं । संसद विघटनविरुद्धका रिटमाथिको सुनुवाइमा आइतबार पनि संवैधानिक इजलासका एक जना सदस्य बमकुमार श्रेष्ठको सहभागीताप्रति प्रश्न उठेको छ । रिट निवेदकका तर्फबाट सुरुमा बहस गर्न आएका अधिवक्ता गोविन्द बन्दीले इजलास गठनमा प्रश्न उठाएका हुन् । उनले शुक्रबार पहिलो दिनको बहसमा पनि यही प्रश्न उठाएका थिए । बन्दीले इजलास गठनमा प्रश्न उठाउँदै पछि […]
१६ जेठ, काठमाडौं । विपक्षी गठबन्धनले सरकारले अलोकतान्त्रिक र असंवैधानिक काम गरिरहेको आरोप लगाउँदै त्यस्ता काममा संलग्न नहुन राज्यका सबै अंग र निकायहरुलाई आग्रह गरेका छन् । आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकले सो आग्रह गरेको हो । देश कोरोना महामारीबाट आक्रान्त भइरहेको कठिन परिस्थितिको दुरुपयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीले […]
१६ जेठ, बुटवल । राष्ट्रिय सभाअन्तर्गत लुम्बिनी प्रदेशतर्फ रिक्त सदस्य पदका लागि सोमबार (भोलि) हुने उपनिर्वाचनको तयारी पूरा भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा हुने निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुंवरले बताए । माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त हुन […]
१६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा विपक्षी गठबन्धनका नेताहरुको बैठक जारी छ । सरकारविरुद्धको रणनीतिबारे छलफल गर्न नेताहरु भेला भएको देउवा निकट स्रोतले बतायो । बैठकमा कांग्रेसको तर्फबाट देउवा र रामचन्द्र पौडेल, माओवादी अध्यक्ष प्रचण्ड, एमाले नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतका […]
१६ जेठ, काठमाडौं । संसद विघटनविरुद्धका रिटमाथि आइतबारको सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो । अधिवक्ताहरुले संवैधानिक इजलासमा राखिएका न्यायाधीश बमकुमार श्रेष्ठबारे प्रश्न उठाउने तयारी गरेका छन् । न्यायाधीश श्रेष्ठ तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने २३ फागुनको […]
१६ जेठ, जनकपुरधाम । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले संघीय सरकारले शनिबार अध्यादेश मार्फत् ल्याएको आर्थिक वर्ष २०७८/७९ को बजेट अवैधानिक रहेको बताएका छन् । ‘यो बजेटको वैधानिकता नै छैन’ अनलाइनखबरसँग प्रतिक्रिया दिदैं मन्त्री यादवले भने, ‘कार्यान्वयन पक्ष धेरै कमजोर छ र अध्यादेशबाट आएको छ ।’ मन्त्री यादवले चुनावी बजेट ल्याएको […]
१६ जेठ, काठमाडौं । यस वर्षको फेब्रुअरी महिनामा भारतले नेपाल सहित दक्षिण एसियाली मुलुकलाई अनुदानमा खोप उपलब्ध गरायो । अनुदानमा खोप पाउनासाथ उनीहरुले खोप अभियान सन्चालन गरे । यति मात्र होइन, संसारकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट भारतमा नै रहेका कारण दक्षिण एसियाली मुलुकले खरिदको प्रक्रिया अगाडि बढाए । पहिलो मात्रा सेरमले उत्पादन […]
१६ जेठ, धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशसभा कमिटीले पूर्वमन्त्री पठानसिंह बोहरासँग स्पष्टीकरण मागेको छ । एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले ओली समूहका सांसद एवम् पूर्व भौतिक पूर्वाधार विकासमन्त्री बोहरासँग स्पष्टीकरण मागेका हुन् । बोहरालाई शाहले लेखेको पत्रमा स्वयं उपस्थित भएको संसदीय दलको बैठकको निर्णयविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको, निर्णय कार्यान्वयनमा बाधा सिर्जना गरी गुटबन्दी […]
१६ जेठ, जनकपुरधाम । महोत्तरीमा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका दाजु-भाइको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका ९ गोठबनौली निवासी रामकरण मण्डलका १० वर्षीय छोरा आशिक कुमार र नौ वर्षीय प्रेम कुमार छन् । घर नजिकै रहेको एमपीएस इँटा उद्योगले माटो झिक्न खनेको खाल्डोमा डुबेर दाजु-भाइको मृत्यु भएको महोत्तरी प्रहरीका प्रवक्ता प्रकाश […]
१६ जेठ, काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तनको प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी विमानस्थल नाम राख्ने घोषणा गरेपछि भट्टराईले नामकरण प्रक्रियाप्रति असन्तुष्टि जनाएका हुन् । बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी र तेह्रथुमको चुहानडाँडा […]
१६ जेठ, धनगढी । सुदूरपश्चिमका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले माओवादी केन्द्रलाई साथमा लिएर एमालेको नेतृत्वमा सरकार बनाउने बताएका छन् । एमालेको स्थायी कमिटीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको अवस्थामा शुक्रबारमात्र भौतिक पूर्वाधार विकासमन्त्री बनेका सोडारीले यस्तो प्रतिक्रिया दिएका हुन् । राष्ट्रिय राजनीति र प्रदेशसभाको अंक गणित हेर्दा तत्काल स्थायी […]
१६ जेठ, काठमाडौं । गण्डकी प्रदेशको बजेट अधिवेशन आइतबारबाट सुरु हुँदै छ । दिउँसो एक बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुले धारणा राख्ने कार्यसूची रहेको प्रदेश सभा सचिव हरिराज पोखरेलले जानकारी दिए । भोलिपल्ट बजेटका सिद्धान्त तथा प्राथमिकता सार्वजनिक गर्ने र त्यसपछि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ । प्रदेश सरकारलाई असार […]
१६ जेठ,पाँचथर । नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको निधन भएको छ । गत वैशाख ३१ गते कोरोना सङ्क्रमण भई झापाको पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा उपचाररत ५२ वर्षीय भण्डारीको शनिबार अपराह्न ४ः३० बजे निधन भएको हो। श्वासप्रश्सावमा समस्या देखिएका भण्डारीलाई भेन्टिलेटरमा राखी उपचार भइरहेकामा शनिबार निधन भएको उहाँको उपचारका लागि सहयोग सङ्कलनमा सक्रिय नेपाल […]
१६ जेठ, काठमाडौं । बर्खा नलाग्दै आएको बाढीले हिमालपारीको जिल्ला मनाङसहित आठ जिल्लामा क्षति पुर्याएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार जेठ १४ गते बिहान १० बजेदेखि १५ जेठ बिहान १० बजेसम्मको अवधिमा बाढी र पहिरोले तनहुँको व्यास नगरपालिका–१ निर्मल टोलमा एक जनाको मृत्यु भएको छ भने सिन्धुली, सुनसरी, […]
१६ जेठ, काठमाडौं । नेपालका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र अर्का बुद्धिजिवी अतुल के ठाकुरद्वारा लेखिएको हालैको एउटा लेखले भारतको सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) र हिन्दुवादी संस्था राष्ट्रिय स्वयंसेवक संघलाई चिढ्याएको छ । भारतीय दैनिक द हिन्दुमा प्रकाशित लेखमा भारतले असंवैधानिक रुपमा अघि बढेका प्रधानमन्त्री ओलीलाई भारत काँध थापेको भन्ने आशयको लेख प्रकाशित […]
१६ जेठ, बुटवल । १७ वर्षमा पूरा गर्ने भनिएपनि ४३ वर्षसम्म पूरा हुन नसकेको लुम्बिनी गुरुयोजना अबको दुईदेखि तीन वर्षमा पूरा हुने भएको छ । संघीय सरकारले शनिबार ल्याएको बजेटमा आउँदो आर्थिक वर्षका लागि एक अर्ब ५० करोड बजेट छुट्टाउँदै दुई वर्षमा पूरा हुने घोषणा गरिएसँगै लुम्बिनी गुरुयोजना छिट्टै पूरा हुने आशा पलाएको हो । […]
१६ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा चुनावलाई लक्षित गरेर पर्याप्त छुटको व्यवस्था गरिएको छ । प्रतिनिधि सभा भंग गरेर अध्यादेशबाट सरकारले ल्याएको बजेटमा यही आर्थिक वर्षदेखि नै लागू हुने गरी समेत विभिन्न विषयमा छुट दिइएको छ । आगामी कात्तिक अन्तिम साता र मंसिरको पहिलो साताको लागि चुनावको मिति तय भइसकेको […]
१६ जेठ, काठमाडौं । भारत र बेलायतमा फेला परेका कोरोना भाइरसको मिश्रणयुक्त नयाँ भेरियन्ट भियतनाममा फेला परेको त्यहाँका स्वास्थ्यमन्त्रीले बताएका छन् । भियतनामका स्वास्थ्यमन्त्री गुयन थान लङ्गले यो हाइब्रिड भेरियन्ट अत्यन्त खतरनाक रहेको बताएका छन् । उनले सरकारको एक बैठकमा यो नयाँ भेरियन्ट हावाबाट पनि तीव्र गतीमा फैलिने खालको रहेको बताएको बीबीसीले जनाएको छ । […]
from समाचार – Online Khabar https://ift.tt/3uFwOko
via IFTTT