Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

‘प्रधानमन्त्री र राष्ट्रपतिले संविधान जलाउन खोजे’

१४ जेठ, काठमाडौं । कानुनविदलहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान जलाउन खोजेको आरोप लगाएका छन् । स्कुल अफ डेमोक्रेसी नेपालले गरेको भर्चुअल बैठकमा बोल्दै कानुनका जानकारहरुले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबाट जघन्य अपराध भएको टिप्पणी गरेका हुन् । ‘प्रधानमन्त्री र राष्ट्रपतिले संविधानमाथि जुन प्रकारको घात गर्नुभयो, यो राष्ट्रमाथिको सबैभन्दा ठूलो अपराध […]

एमाले सूप प्रमुख सचेतक : तारा आउट, लालबहादुर इन

१४ जेठ, धनगढी । नेकपा एमाले, सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले प्रमुख सचेतक तारा लामा तामाङलाई हटाएका छन् । उनले सभामुखलाई पत्र पठाउँदै लामालाई अन्य जिम्मेवारी प्रदान गर्नुपर्ने भएकाले प्रमुख सचेतकको जिम्मेबारीबाट मुक्त गरिएको जानकारी दिएका हुन् । दल नेता शाहले लालबहादुर खड्कालाई प्रमुख सचेतक र दुर्गाकुमारी कामीलाई सचेतक नियुक्त गरेको सूचना पनि […]

कोरोनाबाट प्रभावित करदातालाई दुई अर्ब १९ करोड कर छुट

१४ वैशाख, काठमाडौं । कोरोना महामारीबाट प्रभावित सवा ५ लाख करदाताले दुई अर्ब १९ करोड रुपैयाँ कर छुट पाएका छन् । अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण अनुसार आव २०७६/७७ मा लाग्ने आयकरमा २ अर्ब १९ करोड ६२ लाख रुपैयाँ कर छुट पाएका हुन् । यो कर छुटको लाभ […]

उपत्यकामा थपिए २,३२४ जना संक्रमित

१४ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ७ सय ९६ जना, भक्तपुरमा २१३ जना र ललितपुरमा ३१५ जना कोरोना संक्रमित भेटिएका छन् । शुक्रबार देशभर थप ६९५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ […]

स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहार खेदजनक : राष्ट्रपति भण्डारी

१४ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारप्रति खेद व्‍यक्त गरेकी छिन् । शुक्रबार राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् भेरी अस्पतालका चिकित्सक तथा नर्समाथि गरेको दुर्व्यवहारप्रति खेद व्‍यक्त गरेकी हुन् । आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक […]

कांग्रेसले भन्यो-स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर

१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसले बाँकेको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको निन्दा गरेको छ । नेपाली कांग्रेस कोभिड—१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने समूहलाई कानुनी दायरमा ल्याइ कारबाही गर्न माग गरेका हुन् । उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर मृतकका आफन्तहरुले डाक्टर र नर्सहरुमाथि आक्रमण […]

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याऊ : माानव अधिकार आयोग

१४ जेठ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बाँकेको भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोध जनाएको छ । आयोगको लुम्बिनी प्रदेश शाखा कार्यालय, नेपालगञ्जले शुक्रबारु नै भेरी अस्पतालको स्थलगत अनुगमन पनि गरेको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गरी घटनाको शीघ्र र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन, यस प्रकारको कार्यको पुनरावृत्ति हुन नदिने […]

स्वास्थ्यकर्मीमाथिको आक्रमण गर्नेलाई कडा कारबाही गर्ने कानुन ल्याऊ : चिकित्सक संघ

१४ जेठ, काठमाडौं । नेपाल चिकित्सक संघले नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको विरोध गरेको छ । कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकको मनोबल बढाउनुको साटो हातपात गर्ने र अस्पताल तोडफोड गर्ने घटनाले चिकित्सक र स्वास्थ्यकर्मीको जीवन असुरक्षित रहेको छर्लङ्ग हुने संघले बताएको छ । ‘भेरी अस्पतालमा संलग्न व्यक्तिहरुलाई मन्त्रिपरिषदको निर्णयअनुसार कडा भन्दा कडा कारवाही गरी […]

‘यसपटक राष्ट्रपतिजीले गरेको निर्णय बदर हुन्छ’

१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला २०७२ सालमा जारी वर्तमान संविधान मस्यौदा गर्ने समितिका सभापति थिए । अहिले संविधानको धारा ७६ (५) को प्रयोगका सम्बन्धमा विभिन्न कोणबाट बहस भइरहेको छ र अदालतमा मुद्दा पनि परेको छ । यसै सम्बन्धमा हामीले उनलाई संविधानको धारा ७६ (५) को मर्म के हो र संविधानको मस्यौदा […]

चीनले अनुदानमा दिने खोप लिन सोमबार वाइडबडी पठाउने तयारी

१४ वैशाख, काठमाडौं । चीनले अनुदानमा दिने १० लाख डोज खोप लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज सोमबार बेइजिङ पठाउने तयारी शुरु गरिएको छ । नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेका अनुसार वाइडबडी जहाज ए३३० जहाज सोमबार बेइजिङ पठाउने तयारी गरिएको छ । राष्ट्रपति विद्यादेवि भण्डारी र चिनियाँ समकक्षीबीचको टेलिफोन वार्तापछि चीनले नेपाललाई १० लाख डोज […]

स्वास्थ्यकर्मीमाथि आक्रमण गम्भीर अपराध : उपप्रधानमन्त्री पोखरेल

१४ जेठ, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले बाँकेका प्रमुख जिल्लाअधिकारीलाई फोन गरी स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्नेहरुलाई हदैसम्म कारबाही गर्न निर्देशन दिएका छन् । कोरोना संक्रमितको मृत्यु भएको विषयलाई लिएर बिहीबार राति चिकित्सक र नर्समाथि आक्रमण भएको थियो । यसबारे जानकारी लिन शुक्रबार प्रजिअ शिवराम गेलाललाई टेलिफोन गरेका उपप्रधानमन्त्री पोखरेलले यो घटना अमानवीय र गम्भीर अपराध भएको बताए […]

चर्को शुल्क असुल्दै वीरगञ्जका निजी अस्पताल

१४ जेठ, वीरगञ्ज । कोरोना संक्रमण पुष्टि भएपछि सर्लाहीकी ६५ वर्षीया महिलालाई २७ वैशाखमा वीरगञ्जको प्रभु हस्पिटलमा भर्ना भइन् । ८ दिन अस्पतालमा बसेको उनको बिल दुई लाख एक हजार ४५० रुपैयाँ आयो, जसमा अक्सिजनको मात्रै एक लाख एक हजार रुपैयाँ छ । अस्पतालले बिरामीसँग १ लाख ९६ हजार ७ सय रुपैयाँ लियो भने बाँकी […]

सभामुखलाई राय दिने वकिलले विपक्षमा बहस गर्न मिल्दैन : महान्यायाधिवक्ता

१४ जेठ, काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले सभामुखले बोलाएको छलफलमा जाने कानुन व्यवसायीलाई प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सरकारको विपक्षमा बहस गर्न नमिल्ने बताएका छन् । शुक्रबार संवैधानिक इजलासमा उनले सभामुखलाई राय दिने वकिलले संसद विघटनको मुद्दाको विपक्षमा बहस गर्न नमिल्ने बताएका हुन् । ‘सभामुखलाई राय दिनेले यहाँ आएर विपक्षमा बहस गर्न मिल्दैन । यो गर्न कानुन […]

…अनि ट्वाइलेटको झ्यालबाट हामफालेर ज्यान जोगाएँ

१४ जेठ, काठमाडौं । बाँकेको कोहलपुर–११ की २२ वर्षीया सदीक्षा गैरेको नर्स बन्ने सपना पूरा भएको दुई वर्ष मात्रै भएको छ । यो अवधिमा नर्सिङ पेसा अंगालेर उनले धेरै बिरामीको सेवा गरिसकेकी छिन् । हरप्रयासको बाबजुद केही बिरामीले उनकै अगाडि ज्यान पनि गुमाएका थिए । कोरोना महामारीको बेलामा पनि अनवरत सेवामा खटिने क्रममा बिहीबार राति एकजना […]

के भारतमा कोरोनाको दोस्रो लहर ओरालो लागेकै हो ?

१४ जेठ, काठमाडौं । भारतमा कोरोनाका संक्रमितको संख्या दुई करोड ७० लाख नाघिसकेको छ । संक्रमितको संख्याको आधारमा भारत अमेरिकापछि विश्वको सबैभन्दा बढी कोरोना प्रभावित प्रभावित मुलुक हो । अहिले भारत सबैभन्दा धेरै कोरोना (कोभिड–१९) फैलिएको मुलुकको रूपमा छ । कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै भारतको स्वास्थ्य प्रणालीले नै थेग्न नसक्ने अवस्था देखिएको थियो । […]

अर्थमन्त्रीको स्वीकारोक्ति : ४ प्रतिशतको आर्थिक वृद्धिदर भेट्टाउन पनि मुश्किल

१४ जेठ, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिको लक्ष्य भेट्न मुस्किल हुने बताएका छन् । आर्थिक सर्वेक्षण २०७७/७८ सार्वजनिक गर्दै उनले कोभिड-१९ले अर्थतन्त्रमा आएको सुस्तताले यस्तो अवस्था आएको बताएका हुन् । नेपालको २०७६/७७ मा आर्थिक वृद्धिदर २.१२ प्रतिशत ऋणात्मक थियो । चालुमा ४.०१ मा रहने भनिएकोमा अब आर्थिक वृद्धिदर चूनौतीपूर्ण रहेको […]

कोरोना खोपबारे १५ दिनमा ‘ब्रेक थ्रू’ हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

१४ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अबको १५ दिनमा खोप खरिदबारे टुंगो लाग्ने बताएका छन् । खोप खरिदका लागि सरकारले गरिरहेको पहलमा सकारात्मक जवाफ आएको भन्दै उनले खोप आउने आशा बढेको बताए । स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रममा मन्त्री ज्ञवालीले केही देशले सहयोग घोषणा गर्ने प्रतिबद्धता जनाएकाले १५ दिनमा ‘ब्रेक थ्रू’ हुने […]

संवैधानिक इजलासमा न्यायाधीश श्रेष्ठको उपस्थितिमा प्रश्न

१४ जेठ, काठमाडौं । १४ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्न संवैधानिक इजलास गठन गर्न प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले ‘पिक एण्ड चुज’ शैली अपनाए । उनले न वरियता क्रमलाई पछ्याए, न ५ पुसको विघटनको मुद्दा हेरेकाबारे समान नीति लिए । दोस्रो वरियतामा रहेका दीपककुमार कार्कीलाई संवैधानिक इजलासमा राखेका जबराले त्यसपछि सातौं नम्बरका […]

विवेकशील साझा पार्टीका नेता थापा भेन्टिलेटरमा

१४ जेठ, काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्वास्थ्य स्थिति जटिल बनेपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । कोरोना भाइरसको संक्रमण भएपछि ह्याम्स अस्पताल भर्ना गरिएका उनको फोक्सोमा समस्या देखिएको चिकित्सकहरुले बताएका छन् । पार्टीका संयोजक मिलन पाण्डेका अनुसार ह्याम्पसबाट उनलाई ग्राण्डी अस्पताल रिफर गरिएको थियो । शुक्रबार नेपाल मेडिसिटी अस्पतालमा लगिँदैछ । […]

गृहले भन्यो–स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ

१४ जेठ, काठमाडौं । स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने कार्य गैरजिम्मेवार र गैरकानूनी भएकाले संलग्नमाथि कानुनी कारबाही हुने गृह मन्त्रालयले जनाएको छ । शुक्रबार दिउँसो विज्ञप्ति जारी गर्दै मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिइ कानुनी कारबाही गर्ने विषयमा दृढ रहेको उल्लेख गरेको हो । गृह प्रवक्ता जनकराज दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको […]

शुभतारा स्कुल पूर्णरुपमा बन्द गर्ने निर्णय

१४ जेठ, ललितपुर । ललितपुरको लामाटारस्थित शुभतारा विद्यालय पूर्ण रुपमा बन्द हुने भएको छ । आर्थिक संकटको कारण देखाउँदै विद्यालय बन्द गर्न लागिएको हो । विद्यालयले विहीबार राति अभिभावकहरुलाई इमेल गरेर विद्यालय पूर्ण रुपमा बन्द हुने औपचारिक जानकारी गराएको छ । गत सोमबार विद्यालयकी संस्थापक निर्देशक रानी गुरुङ कक्षपतिले विद्यालय बन्द हुने अनौपचारिक रुपमा जानकारी […]



from समाचार – Online Khabar https://ift.tt/3oZZYsU
via IFTTT
Powered by Blogger.