Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

चीन सरकारले पठाएका स्वास्थ्य सामग्री नेपाललाई हस्तान्तरण

१६ जेठ, काठमाडौं । चीनले कोरोना महामारीसँग लड्नका लागि सहयोग स्वरुप पठाएका स्वास्थ्य सामग्री आइतबार तातोपानी नाकामा नेपाललाई हस्तान्तरण गरिएको छ । चीन सरकारले ५० लाख आरएमबी अतिरिक्त अनुदानअन्तर्गत उपलब्ध गराएको ४० थान पोर्टेबल भेन्टिलेटर, २० थान अटोमेटेड एलाइजर, १० थान डीआर मेसिन, २० थान पोर्टेबल अल्ट्रासाउण्ड र ३० थान एथेन्सिया मेसिनलगायतका स्वास्थ्य सामग्री नेपाललाई […]

बजेट असंवैधानिक र अप्रजातान्त्रिक : राष्ट्रिय जनमोर्चा

१६ जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चाले संसद विघटन गरेर निर्वाचन तोकिसकेको सरकारले पूर्ण बजेट ल्याउनु असंवैधानिक र अप्रजातान्त्रिक भएको बताएको छ । यसरी बजेट ल्याउनुलाई सरकारको स्वेच्छाचारी शैली भन्दै राष्ट्रिय जनमोर्चाले यसले गणतन्त्र, संविधान, कानुन, प्रजातान्त्रिक विधि र प्रक्रियाको उपहास गरेको टिप्पणी गरेको छ । ‘चुनाव गराउने भनेर तिथिमिति समेत तोकिसकेको सरकारले पूर्ण बजेट पेस […]

नेपाली भिक्षुको पहलमा थाई राजपरिवारले पठाए स्वास्थ्य सामग्री

१६ जेठ, बुटवल । थाइल्याण्डमा बस्दै आएका नेपाली भिक्षु सुगन्धको पहलमा थाई राजपरिवारले नेपाललाई एक जहाज स्वास्थ्य सामग्री पठाएका छन् । थाइल्यान्डका राजा महाबलिरालङ्कन फा बजिरक लाओचाओइहा, रानी सुधिदा बज्रसुधाविमलाक्छना र राजकुमारी बज्रकितिबा नरेन्दादीब्याभातीले व्यक्तिगत रुपमा कोरोना संक्रमणविरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री पठाएका हुन् । थाई राजपरिवारले १० लाख थान सर्जिकल मास्क, ११ हजार ५२० […]

सञ्चार क्षेत्रमा बजेट सकारात्मक : पत्रकार महासंघ

१६ जेठ, काठमाडौं । नेपाल पत्रकार महासंघले आर्थिक वर्ष २०७८-७९ लाई सकारात्मक रुपमा लिएको जनाएको छ । महासंघले आइतबार विज्ञप्ति जारी गरी बजेटमा सञ्चार क्षेत्रका लागि समावेश भएका केही विषयहरु सह्राहनीय भएको बताएको हो । महासंघले वैशाख ७ गते मन्त्री पौडेलसँग छलफल गरेर अर्थ र सञ्चार मन्त्रालयलाई लिखित सुझाव दिएको थियो । सरकारी सुविधा र […]

शे-फोक्सुण्डो निकुञ्जका चार हिउँ चितुवामा जीपीएस कलार जडान

१६ जेठ, काठमाडौं । डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका चारवटा हिउँ चितुवामा ‘स्याटेलाइट जीपीएस कलार’ जडान गरिएको छ । वन तथा वातावरण मन्त्रालयको निर्णय अनुसार ती हिउँ चितुवामा जीपीएस कलार जडान गरिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष र डब्लूडब्लूएफ नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा २०७६÷७७ मा दुईवटा र यही जेठ […]

मजदुरका लागि राहत प्याकेज ल्याउन कांग्रेसको माग

१६ जेठ, धनगढी । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसको संक्रमणका जारी निषेधाज्ञाका कारण प्रभावित मजदुरका लागि तत्काल राहतका प्याकेज ल्याउन माग गरेको छ । आइतबार बसेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले ज्यालादारी गरेर खाने वर्ग निषेधाज्ञाका कारण प्रभावित भएको कारण तत्काल राहतका प्याकेज ल्याउन प्रदेश सरकारसँग माग गर्ने निर्र्णय गरेको छ । काँग्रेस […]

उपत्यकामा १०९३ जनामा कोरोना संक्रमण

१६ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ८०४, ललितपुरमा १७६ र भक्तपुरमा ११३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरमा भने ४ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुन विद्युतीय उपकरणमा कति घट्यो भन्सार महसुल ?

१६ जेठ, काठमाडौं । सरकारले विभिन्न घरायसी विद्युतीय उपकरणको भन्सार दर घटाएको छ । विद्युत खपत बढाउन भन्दै सरकारले विदेशबाट आयात हुने विद्युतीय उपकरणमा अन्तःशुल्क खारेज गरेको छ र भन्सार महसुलमा पनि छुट दिएको छ । यसले विदेशबाट आयात भई यहाँ बिक्री हुने विद्युतीय उपकरणकको मूल्य घट्नेछ । वासिङ मेसिन र भाँडा माझ्ने मेसिनमा यसअघि ५ […]

संसद विघटनको मुद्दामा न्यायाधीशबारे बहस

१६ जेठ, काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा आइतबारका लागि बहस सकिएको छ । रिट निवेदक पक्ष र सरकारी वकिलहरुले आइतबार संवैधानिक इजलासका न्यायाधीशमाथि उठेको प्रश्नबारे बहस गरे । संवैधानिक इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठ नेकपा विभाजनसम्बन्धी मुद्दाको सुनुवाइ गर्ने इजलासमा रहेका कारण अहिले उनले संसद विघटनको मुद्दा हेर्न नहुने रिट निवेदक पक्षका वकिलले बताएका छन् […]

सेयर बजारमा बजेटको सकारात्मक असर, कारोबार रकममा पुनः नयाँ रेकर्ड

१६ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट आएको भोलि पल्ट आइतबार सेयर बजार सकारात्मक देखिएको छ । सेयर बजारले छाटो समयका लागि सेयर कारोबार गर्नेलाई पुँजीगत लाभकर वृद्धि गरेको छ । यसले बजारमा नकरात्मक प्रभाव पर्नसक्ने आकलन थियो । बजेटले गरेका अन्य व्यवस्था र निजी क्षेत्रले समेत बजेटको स्वागत गरेकाले यसको सकारात्मक […]

पश्चिमाञ्चल होटल संघले भन्‍यो : खोप लगाएपछि मात्र व्‍यवसाय सञ्चालन गर्छौ

१६ जेठ, पोखरा। पश्चिमाञ्चल होटल संघ पोखराले होटल सञ्‍चालक, कर्मचारी र मजदूरले कोभिड-१९ विरुद्धको खोप लगाएपछि मात्र व्यवसाय सञ्‍चालन गर्न सकिने स्पष्ट पारेको छ । संघका अध्यक्ष विकल तुलाचनले एक विज्ञप्ति जारी गरी निषेधाज्ञा हटेपनि होटलका कर्मचारी र परिवारको जीवन जोखिममा राखेर व्यवसाय सञ्‍चालन नगर्ने जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘काठमाण्डौं बाहेक अन्य बाहिरी […]

चिकित्सकको सुरक्षाका लागि सात दिनभित्र अध्यादेश ल्याउन माग

१६ जेठ, काठमाडौं । चिकित्सकको सुरक्षाका लागि सात दिनभित्र अध्यादेश ल्याउन नेपाल चिकित्सक संघले सरकारसँग माग गरेको छ । अध्यादेशमार्फत कानून ल्याएर चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षित तवरमा काम गर्ने वातावरण नबनेमा संघर्षका थप कार्यक्रम घोषणा गर्ने समेत संघले चेतावनी दिएको छ । संघले आइतबार विज्ञप्ति जारी गर्दै चिकित्सकमाथि बारम्बार आक्रमणका घटना भइरहेको र यस्ता आपराधिक […]

प्रधानमन्त्रीको टिप्पणी : नेतृत्व तह नै अनुशासनहीन र अराजक

१६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रैका नेताबाट देशको लागि अनिष्ट हुने काम भइरहेको दाबी गरेका छन् । तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा उनले संसदीय प्रणाली र दलीय व्यवस्थामा विश्वमै कतै नहुने घटना नेपालमा भइरहेको बताए । उनले नेता माधवकुमार नेपालप्रति इंगित गर्दै नेतृत्व नै धमिलो […]

खेतबारीमा काम गर्ने बेला महामारीले थलिए किसान

१६ जेठ, गलेश्वर । म्याग्दी जिल्लामा पनि केही दिन यतादेखि निरन्तर वर्षा भइरहेको छ । विगतका वर्षहरुमा यतिबेला खेतवारीमा व्यस्त देखिने म्याग्दीका किसानहरु यस वर्ष भने केही अस्पतालका शय्या त केही घरका ओछ्यानमा छन् । खेतीबालीको यो समयमा कामको व्यस्तताले छट्पटीमा देखिने अहिले भने ओछ्यानमा छट्पटाउँदै कोरोना महामारीसँग लडिरहेका छन् । मध्य जेठको याम शुरु […]

एमसीसीले पायो ९ अर्ब बजेट

१६ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा ‘मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल’ आयोजनालाई ९ अर्ब १० करोड ५४ लाख रुपैयाँ विनियोजन गरेको छ । आगामी वर्षमा सरकारले आफ्नै स्रोतबाट १ अर्ब १ करोड र अमेरिकी सरकारको  अनुदानबाट ८ अर्ब ९ करोड रुपैयाँ खर्च गर्ने गरी बजेटमा कार्यक्रम समावेश गरेको छ । ‘मिलिनियम […]

खोप खरिदमा सहजीकरण गरिदिन राष्ट्रपति भण्डारीद्वारा पुटिनलाई पत्राचार

१६ जेठ, काठमाडौं । खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्र पठाएकी छन् । राष्ट्रपति भण्डारीले पठाएको पत्र मस्कोस्थित नेपाली दूतावासले रसियाको विदेश मन्त्रालय मार्फतपत्र पुटिनलाई दिने तयारी गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । पत्र शुक्रबार नै दूतावासलाई उपलब्ध गराइएको छ । सरकारले यसअघि नै रुसले उत्पादन […]

चालु वर्षको बजेटमा दोस्रो संशोधन, विकास बजेट १ खर्ब घटाइयो

१६ जेठ, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को बजेटको लक्ष्य दोस्रो पटक संशोधन गरेको छ । संशोधित लक्ष्यअनुसार अब मात्र १२ खर्ब ६६ अर्ब २६ करोड ४६ लाख रुपैयाँ खर्च हुने भएको हो । चालु आर्थिक वर्षमा सरकारले विनियोजनाको तुलनामा पुँजीगत (विकास) खर्च १ खर्ब कम हुने अनुमान गरेको हो । यसले आर्थिक […]

तिनजुरे, मिल्के र जलजले क्षेत्रमा ढकमक्क फुल्‍यो लालीगुराँस

१६ जेठ, तेह्रथुम । तेह्रथुमको तिनजुरे, मिल्के र जलजल क्षेत्रमा ढकमक्क लालीगुराँस फुलेको छ । गुराँसको राजधानी भनेर चिनिने सो क्षेत्रमा विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २९ प्रजातिका गुराँस पाइन्छ । पूर्वी नेपालको तेह्रथुमस्थित लालीगुराँस नगरपालिका गुराँस पर्यटनको प्रवेशद्वार मानिन्छन् । यो नगरपालिकाको पूर्व सिमाना पिङगुवा खोलाले छुट्टयाएको छ भने पश्चिम सिमाना धनकुटा जिल्लाको पानी […]

गोकर्णेश्वरमा २५ शैय्याको आइसोलेशन सञ्चालन

१६ जेठ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ स्थित यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा रहेको राष्ट्रिय शहीद स्मारकको भवनमा २५ शैय्याको आइसोलेशन सञ्चालन गरेको छ । नगरपालिका, यज्ञडोल (जगडोल) सामुदायिक वन उपभोक्ता समूह र लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १ को सहयोगमा आइसोलेसन सञ्चालन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले राससलाई जानकारी दिए । सामुदायिक […]

विना तयारी खाद्य कम्पनी र साल्ट ट्रेडिङको खाद्यान्न बिक्रीमा छुट घोषणा

१६ वैशाख, काठमाडौं । सरकारले शनिबार बजेटमार्फत निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट उपभोक्ताले खरिद गर्ने खाद्यान्नमा २० प्रतिशत छुटको घोषणा गर्‍यो । निषेधाज्ञा अवधिभर यी दुई कम्पनीबाट बिक्री हुने चामल, पिठो, दाल, नून, खानेतेल, चिनी तथा खाना पकाउने ग्यासको बिक्री मूल्यमा २० प्रतिशत छुट दिने व्यवस्था मिलाएको बजेट घोषणामा भनिएको […]

राजनीतिक किचलोले सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन अनिश्चित

१६ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन अनिश्चित बनेको छ । सरकारले अगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट प्रदेशसभामा पेश गर्ने समय घर्किदा समेत सरकारले प्रदेशसभाको बजेट अधिवेशन बोलाउन सिफारिस गर्न नसकेपछि अनिश्चित बनेको छ । ‘आर्थिक कार्यविधि ऐन अनुसार सरकारले बजेट ल्याउनु भन्दा १५ दिन अघि प्रदेशसभामा नीति तथा कार्यक्रम पेश गरि […]



from समाचार – Online Khabar https://ift.tt/3p3rc1Q
via IFTTT
Powered by Blogger.