Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

राष्ट्रियसभा उपनिर्वाचनको संकेत : संकटको सन्निकटमा मुख्यमन्त्री पोखरेल

१७ जेठ, काठमाडौं । राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्का पराजित हुँदा मुख्यमन्त्री शंकर पोखरेल समस्यामा परेका छन् । सोमबार भएको उपनिर्वाचन मत परिणामअनुसार खड्काले ८३ सदस्यीय प्रदेशसभाको केवल ४० मत पाए । नेपाली काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डेयले प्रदेशसभाका ४२ सदस्यको मत पाए भने एक मत बदर भएको छ । लुम्बिनी प्रदेशसभामा एमालेको ३८ […]

संक्रमितको शव जलाउने घाटमा फोहोर थुप्रिएपछि स्थानीयको विरोध

१७ जेठ, पोखरा । कोरोना संक्रमितको शव व्यवस्थापन गरिने पोखरा महानगरपालिका–३२ तल्लो गगनगौंडास्थित सेतीघाटमा फोहोर बढेको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका छन् । सुरुमा संक्रमितको शव सुरक्षित रुपमा गाडेर व्यवस्थापन गर्ने सहमति भए पनि अहिले शव जलाउने गरिएको र घाटमा फोहोरको थुप्रो लागेको भन्दै स्थानीय बासिन्दा रुष्ट बनेका हुन् । घाट वरपर अव्यवस्थित ढंगले पीपीई, […]

राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेसका दृगनारायण पाण्डेय निर्वाचित

१७ जेठ, बुटवल । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् । कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थन पाएका पाण्डेयले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका छन् । पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तहतर्फ ११८ जनाको मत पाएका छन् । खड्काले प्रदेशसभातर्फ ४० र […]

नारायणी अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण

१७ जेठ, वीरगञ्ज । कोरोना संक्रमितको उपचार गरिरहेको नारायणी अस्पताललाई विभिन्न संस्थाले सोमबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । ओमशान्ति जयसवाल ट्रेडर्सका सञ्चालक धीरेन्द्र चौधरीले १० थान बेड अस्पताललाई प्रदान गरेका छन् । झण्डै १ लाख मूल्य बराबरको बेड चौधरीले अस्पताललाई हस्तान्तरण गरेको सामाजिक अभियनता ओमप्रकाश सर्राफले जानकारी दिए । यस्तै मानव अधिकारका लागि एकल […]

रौतहटका थप ५ कोरोना संक्रमितको मृत्यु

१७ जेठ, रौतहट । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट रौतहटका थप ५ जनाको मृत्यु भएको छ । गौरमा रहेको अस्थायी कोभिड अस्पतालमा तीनजना र जिल्ला बाहिर दुईजनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । गौरको अस्थायी कोभिड अस्पतालमा बौधीमाई नगरपालिका–३ की ३२ वर्षीया, राजपुर–६ की ३२ वर्षीय महिला र चन्द्रपुर–१० का ५२ वर्षीय पुरुषको मृत्यु भएको […]

बजेट कार्यान्वयनबारे विभागीय मन्त्रालयसँग अर्थले थाल्यो छलफल

१७ जेठ, काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनका सम्बन्धमा विभागीय मन्त्रालयसँग छलफल थालेको छ । बजेटमा उल्लेखित योजना तथा कार्यक्रम समयमा सुरु गरी छिटो परिणाम ल्याउन अर्थ मन्त्रालयले बजेट प्रस्तुत भएलगत्तै बजेट कार्यान्वयनको गृहकार्य थालेको हो । सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लेखित योजना तथा कार्यक्रम कार्यन्वयन गर्न समयतालिका सहितको कार्ययोजना […]

करेन्ट लागेर रौतहटमा महिलाको मृत्यु, दुईजना पक्राउ

१७ जेठ, रौतहट । रौतहटमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । परोहा नगरपालिका–४ की २२ वर्षीया गुडियादेवी पासवानको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय तिलाई राय यादव र रामविनय राय यादवले नजिकै रहेको बिजुलीको पोलबाट नांगो तार जडान गरेर मकैबारीमा घेरा लगाएको बेला सोही तारमा अल्झेकी पासवानको करेन्ट लागेर मृत्यु […]

विना दर्ता सञ्चालित फार्मेसीबाट ठगी, सर्जिकल ग्लोब्सको मात्रै ५५ हजार !

१७ जेठ, विराटनगर । विराटनगरको अस्पताल चोकमा दर्ता विना सञ्चालनमा रहेको फार्मेसीले बिरामीलाई ठगी गरेको पाइएको छ । गोल्डेन अस्पताल विराटनगरमा उपचारका लागि भर्ना भएका बिरामीलाई फार्मेसीले ठगी गरेको हो । १८ दिन अस्पतालमा बसेका बिरामीका लागि फार्मेसीले तीन लाख ५ हजारको औषधि उपलब्ध गराएको बिल थमाएको छ । जसमा सर्जिकल ग्लोब्स मात्रै ५५ हजार […]

उपत्यकामा थपिए १,२६३ जना संक्रमित

१७ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ८९० जना, भक्तपुरमा १२१ जना र ललितपुरमा २५२ जना कोरोना संक्रमित भेटिएका छन् । सोमबार देशभर थप ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ […]

‘हिमालयन रि’लाई पुनर्बीमा लाइसेन्स दिने बीमा समितिको निर्णय

१७ जेठ, काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले प्रस्तावित हिमालयन रि–इन्स्याेरेन्सलाई पुनर्बीमा व्यवसाय सञ्चालनका लागि सञ्चालन अनुमति (लाइसेन्स) दिने निर्णय गरेको छ । पुनर्बीमा कम्पनीको लाइसेन्स लिने दौडमा हिमालयनसहित पाँच कम्पनीहरु थिए । अन्य चारलाई पछि पार्दै हिमालयनले लाइसेन्स हात पार्ने भएको हो । ‘हामीले हिमालयन रिलाई लाइसेन्स दिने निर्णय गरेका छौँ, माइन्यूट […]

खाने तेल उत्पादक संघले भन्‍यो : कृत्रिम मूल्य वृद्धि गरेका छैनौं

१७ जेठ, काठमाडौं । खाने तेल उत्पादकहरुको छाता संगठन नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले अनुचित ढंगबाट खाने तेलको मूल्य नबढाएको दाबी गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै संघले कोभिडका कारण अन्तर्राष्ट्रिय रुपमै तेलको कच्चा पदार्थको मूल्य बढेकाले तेल महँगो हुन पुगेको कारण दाबी गरेको छ । ‘ब्राजिल, अष्ट्रेलिया, क्यानडा, युक्रेन लगायतका मुलुकबाट नेपालसम्म […]

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई ५ वर्षसम्म कैद सजायको व्यवस्था गर्न सुझाव

१७ जेठ, काठमाडौं । नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई तीनदेखि पाँच वर्षसम्मको कैद सजाय हुने कानूनी व्यवस्था गर्न सुझाव दिएको छ । सोमबार विभाग प्रमुख खगराज अधिकारी नेतृत्वको टोलीले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई भेटी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको अध्यादेशमा यस्तो व्यवस्था […]

महेश बस्नेतको दाबी : कांग्रेस र माओवादी दुवै फुटाउन सक्छौं

१७ जेठ, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आफूहरुले चाहे नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुवै दल फुटाउन सक्ने दाबी गरेका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिएका बस्नेतले कांग्रेसका २३ सांसद पार्टी विभाजनको पक्षमा रहेको दाबी गरे । माओवादी केन्द्रका पनि २५/२६ सांसद प्रचण्डबाट पार लाग्दैन भन्ने निष्कर्षमा […]

टावर मर्मत नहुँदा दार्चुलाका स्थानीयहरु ७ महिनादेखि सञ्चार सेवाबाट बञ्चित

१७ जेठ, दार्चुला । व्याँस गाउँपालिका–१ छाङ्गरुस्थित नेपाल टेलिकमको स्काई टावरको मर्मत नहुँदा गत गत मंसिरदेखि स्थानीय बासिन्दा सञ्चार सुविधाबाट बञ्चित हुन पुगेका छन् । गत मंसिरमा परेको हिमपातले टावरमा व्यापक क्षति पुर्‍याएको थियो । सात महिनासम्म टावरको मर्मतसम्भार नहुँदा अहिले व्याँस गाउँपालिका-१ छाङ्गरु तिङ्करका स्थानीयवासीका साथै सशस्त्र प्रहरी र नेपाल प्रहरी सञ्चार सेवाबाट बञ्चित […]

प्रधानमन्त्रीको स्पष्टीकरण : भोट आकर्षित गर्ने घटिया काम गर्दैनौं

१७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावका लागि भनेर सरकारले पपुलिस्ट काम नगर्ने दाबी गरेका छन् । मध्यावधि निर्वाचन प्रभावित गर्ने गरी लोक रिझाउने बजेट ल्याएको भन्दै विपक्षी दलहरुले आलोचना गरिरहेका बेला प्रधानमन्त्री ओलीले भने त्यसको खण्डन गरेका छन् । ‘जनताको सेवा होइन, भोट आकर्षित गर्ने घटिया काम गर्दैनौं’ पार्टीसम्वद्ध युवा संघको भर्चुअल […]

धनगढीको निसर्ग हस्पिटलमा सिटी स्क्यानसहितको न्यूरो ट्रमा सेवा सुरु

१७ गते, धनगढी । कैलालीको धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा सिटी स्क्यान सेवा सुरु भएको छ । अस्पतालले न्यूरो ट्रमा सेन्टर स्थापना गरेपछि सिटी स्क्यान मेसिन जडान गरेको हो । अन्यत्रबाट आएका बिरामीलाई बाहिरबाटै गरिएको सिटी स्क्यानका आधारमा अस्पतालले गत फागुनदेखि न्यूरो सर्जरी सेवा दिंदै आएको थियो । करिब तीन महिना अघि सञ्चालन […]

विना लाइसेन्स सञ्चालित विराटनगरका दुई फार्मेसी सिल

१७ जेठ, विराटनगर । विना लाइसेन्स सञ्चालन गरेको पाइएपछि औषधि व्यवस्था विभागले विराटनगरका दुईवटा औषधि पसल सिल गरेको छ । एउटा व्यक्तिको नाममा दर्ता गरी अर्कैले सञ्चालन गरेको पाइएपछि विराटनगर महानगरपालिका–९ अस्पताल चोकमा रहेका टाइम्स फर्मा र रियाङ्शी मेडिको बन्द गरेको औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरका निमित्त प्रमुख सञ्जीव कट्टेलले जानकारी दिए । ‘एउटा […]

युवक हत्याको आरोपमा ४ जना पक्राउ

१७ जेठ, धनगढी । कैलालीमा युवक हत्याको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ का १८ वर्षीय दीपेन्द्र भन्ने दिपान्सु पौडेल, डडेल्धुरा अमरगढी नगरपालिका घर भई कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बस्ने १९ वर्षीय प्रवीण ऐर, डोटीको पूर्वी चौकी गाउँपालिका–४ बस्ने २० वर्षीय अनिल कुँवर र कैलालीको घोडाघोडी नगपालिका–१ बस्ने १८ वर्षीय युवराज […]

कस्तो होला झलनाथ–माधव विनाको एमाले ?    

१७ जेठ, काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमाले कानूनी र प्राविधिक रूपमा एउटै भए पनि पार्टी संरचना, संसदीय मोर्चा र राजनीतिक गतिविधिमा विभाजित भइसकेको छ । तर दुवै समूहका नेताहरू पार्टी विभाजनको दोषबाट बच्न एकअर्का समूहमाथि गल्ती थोपर्ने प्रयास गरिरहेका छन् । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले नेतृत्वको निर्देशन पालना […]

लक्ष्मीलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगियो

१७ जेठ, डोटी । आफ्नै श्रीमानले आगो लगाउँदा जलेर घाइते भएकी डोटी आदर्श गाउँपालिका–४ रोडिङ्गकी २८ वर्षीया लक्ष्मी भाटलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरमार्फत लक्ष्मीलाई सोमबार काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । ‘माननीय वन तथा बातावरण मन्त्री प्रेमवहादुर आलेमगरज्यूले समन्वय […]

भोलि खुल्ने भनिएको चीनसहितका देशमा हवाई उडान अनिश्चित

१७ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले एक साताअघि मन्त्रिपरिषद्बाट १८ जेठबाट तीन मुलुकका लागि नियमित हवाई उडान खुलेको जानकारी गराएका थिए । तर, सो निर्णय कार्यान्वयन गराउने निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणमा अहिलेसम्म पुगेको छैन । जसले गर्दा तत्काल नियमित हवाई उडान नहुने निश्चित भएको छ । १४ जेठमा […]



from समाचार – Online Khabar https://ift.tt/3p4jKng
via IFTTT
Powered by Blogger.