समाचार
१३ जेठ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरवासीलाई कोभिड विरुद्धको खोप अनुदानमा दिन माग गर्दै नसके खरिद गर्ने प्रकृया अघि बढाइदिन संघीय सरकारसँग माग गरेको छ । नगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको वैठकको निर्णय अनुसार नगर प्रमुख बासुदेव घिमिरेले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउंदै अनुदानमा दिन […]
१७ माघ, काठमाडौं । बुधबार विश्वका विभिन्न भागबाट रातो चन्द्रमा देखिएको छ । नेपालबाट नदेखिएको उक्त चन्द्र ग्रहणमा चन्द्रमा रातो देखिने भएकोले यसलाई बुधबार देखिएको चन्द्रमालाई सुपर ब्लड मुन भनिएको छ। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार बुधबार चन्द्रमाको पूरै भाग पृथ्वीको छायामा परेको थियो । जुनबेला चन्द्रमामा पृथ्वीको छाया परिसकेको हुँदैन, त्यसबेला चन्द्रमा पहिलेभन्दा ठूलो […]
१३ जेठ, काठमाडौं । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेको भन्दै बाढी पहिरोको सम्भावित जोखिम क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न सरोकारवाला निकायसँग आग्रह गरेको छ । पश्चिमी बंगालको खाडीमा विकसित जलवायुको प्रभाव र यास् चक्रवातको असरका कारण बिहीबारदेखि शनिबारसम्म कर्णाली र […]
१३ जेठ, काठमाडौं । संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ विहीबार हुँदै छ । सर्वोच्च अदालतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ विहीबार (आज) हुन लागेको हो । संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले […]
१३ जेठ, काठमाडौं । इटालियन क्लब इन्टर मिलानका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले क्लब छाडेका छन् । ११ वर्षपछि इन्टरला २ सिरी ए को उपाधि जिताएका उनले त्यसको तीन सातापछि क्लब छाडेका हुन् । ५१ वर्षीय कोन्टेले इन्टरमा प्रशिक्षकका रुपमा दुई वर्ष बिताए । उनको सम्झौताको अन्तिम वर्ष बाँकी रहेको बेला आपसी समझदारीमा उनले इन्टर छाडेका […]
१२ जेठ, काठमाडौं । उपत्यकामा एक महिनादेखि लकडाउन छ, सुरुमा विहान बेलुकी खुलेका दैनिक उपभोग्य बस्तुहरुको पसल पछिल्लो समय विहान ९ बजेसम्म मात्र खुल्छ । सबै जोहो गर्न सक्नेहरु त कहिले तरकारी किन्न त कहिले के किन्न पसल पुग्छन् भने दैनिक ज्यालामजदुरी गरेर कमाउने र त्यही पैसाले दालचामल किनेर छाक टर्नेहरुको संख्या पनि उल्लेख्य छ […]
१२ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमितको उपचारका लागि अस्पतालले पाएको बजेटमा सत्ता र शक्तिको दुरुपयोग भएको पाइएको छ । अर्थ मन्त्रालयले अस्पतालहरुलाई दिएको बजेट धेरैजसो पहुँचवाला नेताको जिल्लामा पुगेको छ । यस्तो बजेट अधिकतम समस्या भएका जिल्लामा भन्दा शीर्ष र पहुँचवाला नेताहरुको जिल्लामा बढी केन्द्रित छ । केन्द्रीय, प्रादेशिक, जिल्ला अस्पताल र स्थानीय अस्पतालहरुले […]
१२ जेठ, पोखरा । प्रदेशसभाको अधिवेशन १६ जेठका लागि आह्वान भइसकेको छ । पहिलो दिन दलका नेताहरुले भनाइ राख्ने छन् भने १७ गते प्रि–बजेट छलफल सुरु हुनेछ । त्यसपछि सरकारको नीति तथा कार्यक्रम र १ असारमा बजेट ल्याउने प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बताए । तर प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रमभन्दा पहिला […]
१२ जेठ, काठमाडौं । वि.सं.२०७८ वैशाख तेस्रो साता मुलुकभर कोरोना संक्रमण र मृत्युदर बढेपछि देशभरिकै कोभिड अस्पतालमा बेड र अक्सिजनको हाहाकार भयो । धेरै संक्रमितको मृत्यु भयो । त्यतिबेला दुई साताअघि १० प्रतिशत रहेको संक्रमणदर बढेर ५० प्रतिशत पुगेको थियो भने दैनिक २८ मा रहेको मृत्युको आँकडा ८८ हुँदै २०० नाघेको थियो । महामारी महासंकटको […]
१२ जेठ, काठमाडौं । चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग भएको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अनुदान घोषणा गरेका हुन् । दुई राष्ट्रपतिको टेलिफोन संवादपछि नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई अनुदानमा खोप दिएको जानकारी दिएकी हुन् । During today’s […]
१२ जेठ, काठमाडौं । जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी बारम्बार भन्थे, ‘उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रभावकारी समन्वय गर्ने हो भने कोरोना महामारी धेरै हदसम्म नियन्त्रणमा लिन सकिन्छ । यसले जनताको जीवन रक्षा त हुन्छ नै, पोखरेलको राजनीतिक जीवनमा पनि ठूलो फड्को मार्न सक्छ ।’ उच्चस्तरीय समन्वय समिति र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको संयोजक गरी […]
१२ जेठ, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले हैदमवादी शैलीमा कारबाहीको डण्डा चलाएको बताएका छन् । पछिल्लो पटक ११ नेतालाई पार्टी सदस्यबाट निष्कासन गर्ने र १२ जनालाई स्पष्टीकरण सोध्ने निरंकुश तानाशाही निर्णय सार्वजनिक गरिएको भन्दै नेपाल समूहका १५ स्थायी कमिटी सदस्यले भत्र्सना गरेका छन् । एमालेमा नेपाल समूहले सर्वोच्च […]
बलराम केसी, सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीश हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरी निर्वाचनमा जान राष्ट्रपतिलाई गरेको सिफारिश र सो बमोजिम राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटन अहिले विवादको विषय भएको छ । त्यसैगरी संविधानको धारा ७६(५) अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका बहुमत सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त नगरेकोमा विपक्षी दलहरूले राष्ट्रपतिको कदम विरुद्ध सर्वोच्च अदालतमा […]
१२ जेठ, विराटनगर । विराटनगरको एम्स अस्पतालले उपचारका लागि १८ घण्टा राख्दा बिरामीलाई एक लाख ३६ हजारको बिल थमाएको छ । जनकपुरबाट उपचारका लागि आएका ४४ वर्षीय बद्रीबहादुर मगरको उपचार शुल्कवापत अस्पतालले आफन्तलाई एक लाख ३६ हजारको बिल थमाएको हो । शनिबार नोबेल मेडिकल कलेजमा भर्ना भएका बद्रीको कोरोना संक्रमण परीक्षण रिपोर्ट नेगेटिभ आएपछि नोबेलले […]
१२ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणमा स्वयंसेवक खटाउने भएको छ । प्रदेशमा कोरोना नियन्त्रण, संक्रमितको उद्धार, उपचार र शव व्यवस्थापनमा स्वयंसेवक परिचालन गर्ने प्रदेश मन्त्रिपरिषदको सोमबारको बैठकले निर्णय गरेको सरकारकी प्रवक्ता सीता नेपालीले जानकारी दिइन् । प्रवक्ता नेपालीका अनुसार स्वयंसेवकहरूले मुख्यगरी बाह्य जिल्लाबाट आउने संक्रमितको उपचारमा सहयोग, संक्रमितको मृत्यु भएको खण्डमा […]
१२ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद विघटन गरेर नागरिकता अध्यादेश ल्याउनु सरकारको बदनियत भएको बताएको छ । अध्यक्षत्रय पशुपतिशम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, कमल थापाले संयुक्त विज्ञप्ति जारी गरी संसद विघटन गरेको दुई दिनमै विचाराधीन अवस्थामा रहेको नागरिकता विधेयकलाई अध्यादेशको रुपमा जारी गर्नु सरकारको बदनियत भएको बताएका हुन् । ‘अहिले अध्यादेश जारी गर्दा […]
१२ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोनाभाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । कैलालीका २, डडेल्धुराका २ र कञ्चनपुरका एक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा ३३७ जना संक्रमित थपिएका छन् । प्रदेशमा एन्टिजेन […]
१२ जेठ, धनगढी । कैलालीमा वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को सिफारिसमा स्थानीय प्रशासनले जारी निषेधाज्ञालाई जेठ २० गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जेठ २० गते राति १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने आदेश गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी […]
जेठ ७ गते शुक्रबार मध्यरात मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेपालको राजनीति थप पेचिलो बनेको छ । नेपाली राजनीतिले केही अवसर गुमाएको, सत्ता र शक्तिको आडमा लोकतान्त्रिक पद्धति र संविधानमाथि नै आँच पुर्याइएको, असन्तुष्टि पनि झाँगिएको छ । ओलीलाई सत्ताबाट हटाउन र राखिराख्न मधेशको राजनीतिका अब्बल राजनीतिज्ञ महन्थ ठाकुरको भूमिका केन्द्रमा छ […]
१२ जेठ, वीरगञ्ज । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पर्सामा जारी निषेधाज्ञा जेठ २० गतेसम्म लम्बिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बुधबार आदेश जारी गर्दै कोरोना संक्रमण अझै नियन्त्रणमा आइनसकेकाले जेठ २० गते राति १२ बजेसम्म निषेधाज्ञा जारी रहने जनाएका छन् । यसअघि बुधबार नै बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र […]
१२ जेठ, काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि मन्त्री पद गुमाएका सात पूर्वमाओवादी नेता हिजोआज पनि पुल्चोकस्थित मन्त्री क्वार्टरमै बस्छन् । सर्वोच्च अदालतले संसद सदस्य नरहेका कारण उनीहरुलाई दोस्रो पटक मन्त्री नियुक्त गर्न नमिल्ने भन्दै मन्त्रीको हैसियतमा कामकाज गर्न नदिन अन्तरिम आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि पूर्वमाओवादी नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, […]
from समाचार – Online Khabar https://ift.tt/3urBKZI
via IFTTT






















