Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

होटेल व्यवसायीको माग : बजेटमा पर्यटन पुनर्उत्थान योजना ल्याऊ

१३ जेठ, काठमाडौं । होटेल व्यवसायीले कोरोना भाइरसको महामारीका कारण थलिएको पर्यटन क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न वृहत पर्यटन पुनरुत्थान योजना ल्याउन माग गरेका छन् । कोभिड-१९ को विश्वव्यापी महामारीबाट थला परेको होटल उद्योग पुनः सञ्चालनमा आउन नपाउँदै नयाँ कोरोना भेरियन्टको कारण अस्तव्यस्त हुन पुगेको भन्दै व्यवसायीले बजेटबाट विशेष सम्बोधन हुनुपर्ने माग गरेका हुन् । […]

असार मसान्ततिर मात्रै कामचलाउ बजेट ल्याउनुपर्छ : पूर्वअर्थमन्त्री महत

१३ जेठ, काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाल कांग्रेसका नेता रामशरण महतले विश्वासको मत नपाएको सरकारले अध्यादेशमार्फत बजेट ल्याउन ल्याउनु गलत हुने बताएका छन् । अनलाइनखबरसँग संक्षिप्त कुराकानी गर्दै महतले बजेट अध्यादेश ल्याउनैपर्ने भएमा असारमसान्तसम्म सरकारले पर्खिनुपर्ने बताए । अदालतमा पुगेको संसद विघटनविरुद्धको मुद्दाको फैसला असार मसान्तसम्म नआउने अवस्थामा मात्रै सरकारले गत वर्षको बजेटको कार्यक्रमअनुसार […]

कोरोनाबाट हप्ता दिनमा एकै परिवारका ३ जनाको मृत्यु

११ जेठ, बुटवल । बुटवलमा कोरोना संक्रमणबाट एक हप्ताको अवधिमा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१० कालिकानगरमा एकै परिवारका पाँच सदस्यमध्ये बाबु आमा र छोराको एक हप्ता अवधिमा मृत्यु भएको हो । वैैशाख अन्तिम साता उक्त परिवारका आमा र छोरामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमणपछि ३९ वर्षका छोराको अवस्था गम्भीर […]

फिफा वरीयतामा नेपाल १७१औं स्थानमा यथावत

१३ जेठ, काठमाडौं । फिफा वरीयतामा नेपाल १७१औं स्थानमा यथावत रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल यथावत रहेको हो । अप्रिल ७ मा पनि नेपाल १७१औं स्थानमै थियो । पछिल्लो वरीयतामा जम्मा एक स्थानमा मात्र परिवर्तन भएको छ । युक्रेनसँग गोलरहित बराबरी खेलेको बहराइन एक स्थान सुधार गर्दै […]

कांग्रेसको महाधिवेशन गर्न पौडेलले दिए दुई विकल्प

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशन गर्न दुई विकल्प अघि सारेका छन् । कोरोना महामारी र मध्यावधि निर्वाचनका कारण भदौका लागि तय भएको महाधिवेशन अनिश्चित देखिएपछि पौडेलले विकल्प अघि सारेका हुन् । पार्टीको वैधानिकता जोगाउन भदौसम्म जसरी पनि महाधिवेशन गर्नुपर्ने भन्दै वरिष्ठ नेता पौडेलले अहिले टुंगो लागेका क्रियाशील […]

सुदूरपश्चिम प्रदेश प्रमुख यादवद्वारा मल्लको निधनप्रति दुःख व्यक्त

१३ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका प्रमुख गंगाप्रसाद यादवले प्रदेशका पूर्वप्रमुख मोहनराज मल्लको निधनप्रति दुःख व्यक्त गरेका छन् । बिहीबार विज्ञप्ति जारी जारी प्रदेश प्रमुख यादवले स्वर्गीय मल्लप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् । कोरोना भाइरसको संक्रमणबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मल्लको गएराति काठमाडौंमा उपचारका क्रममा निधन भएको हो ।

एमालेले सुदूरपश्चिमका तीन मन्त्रीसँग माग्यो स्पष्टीकरण

१३ जेठ, धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने तीन मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले सरकारबाट फिर्ता हुने पार्टी निर्देशन अवज्ञा गरेकामा २४ घण्टे स्पष्टीकरण सोधेका हुन् । सुदूरपश्चिम प्रदेश सरकारमा रहेका एमाले नेताहरु प्रकाशबहादुर शाह, कृष्णराज सुवेदी र माया […]

सेयर बजारमा नयाँ रेकर्ड, एकै दिन साढे १४ अर्ब माथिको कारोबार

१३ जेठ, काठमाडौं । सेयर कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ । यस अघि एकैदिन १३ अर्ब १७ करोड रुपैयाँको सेयर कारोबारले रेकर्ड राखेको थियो । साताको अन्तिम कारोबार बिहीबार भने साढे १४ अर्ब रुपैयाँ भन्दा माथिको कारोबार भएर सेयर कारोबारमा नयाँ रेकर्ड कायम भएको हो । मंगलबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा कार्यान्वयनका […]

राष्ट्र बैंकको निर्देशनले सेयर बजारमा कस्तो असर पर्ला ?

१३ जेठ, काठमाडौं । बुधबार नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई सेयर कारोबारमा कडाइ गर्दै नयाँ निर्देशन जारी गर्‍यो । यसअनुसार, बैंक तथा वित्तीय संस्थाले लघुवित्तहरूको सेयर किन्न पाउने छैनन् । कम्पनीहरूको सेयर पनि कम्तीमा एक वर्ष ‘होल्ड’ गर्ने गरी किन्नुपर्नेछ । १० जेठ २०७७ (सोमबार) सम्म किनिसकेको लघुवित्तको […]

पर्वतमा ५० हजार एन्टिजेन किटको माग

१३ जेठ, पर्वत । पर्वतमा स्थानीयस्तरमै कोभिड परीक्षण गर्न सकिने एन्टिजेन किट अभाव भएको छ । परीक्षण गरिएका करिब ५० प्रतिशतमा कोरोना पुष्टि भएपछि स्वास्थ्यकर्मी र स्थानीय तहले बिरामीको पहिचान छिटो गर्न माग गरेका छन् । स्थानीय तहको माग ५० हजार रहेकामा ३५० वटा मात्र किट रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका तथ्याङ्क […]

पाँच पूर्वअर्थमन्त्रीले भने- कामचलाउ बजेट मात्र ल्याऊ

१३ जेठ, काठमाडौं । पूर्वअर्थमन्त्रीहरूको समूह पूर्वअर्थमन्त्री मञ्चले अध्यादेशबाट आउने बजेट कामचलाउ मात्र हुनुपर्ने बताएका छन् । मञ्चको बुधबार बसेको बैठकले संसद पुनर्स्थापनाको मुद्दा अदालतका विचाराधीन रहेको अवस्थामा पूर्ण बजेट ल्याउन नमिल्ने निष्कर्ष निकालेको हो । अहिले बहुमतको सरकार नरहेको, कामचलाउ सरकार रहेको, संसद पुनस्र्थापनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा पूर्ण बजेट ल्याउन नमिल्ने […]

देउवाले भने : महामारीका बेला सडकमा जाँदैनौं, अदालतले न्याय दिन्छ

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले आफूहरुलाई न्याय दिने विश्वास व्यक्त गरेका छन् । नेपाल प्रेस युनियनको ३० औं वार्षिक उत्सवको अवसरमा बिहीबार अनलाइन माध्यमबाट सम्बोधन गर्दै उनले राष्ट्रपतिले मध्यरातमा असंवैधानिक रुपमा संसद विघटन गरेकाले आफूहरु न्याय खोज्न अदालत जानुपरेको बताए । देउवाले संसद विघटनविरुद्ध सडक आन्दोलनमा […]

संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा

१३ जेठ, काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमा पठाएको छ । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो । बिहीबार जबराको इजलासमा संसद विघटनसम्बन्धी १९ वटा रिटमाथि सुनुवाइ भएको थियो । सुनुवाइ सकिएपछि उनले भने ‘यो सबै संवैधानिक इजलासमा जान्छ, अब त्यहीँ […]

मोरङमा थप १० जना संक्रमितको मृत्यु

१३ जेठ, विराटनगर । कोरोना संक्रमणका कारण मोरङका विभिन्न अस्पतालहरुमा थप १० जनाको मृत्यु भएको छ । बिहीबार बिहान ४ महिला र ६ जना पुरुषको मृत्यु भएको हो । विराटनगरको नोबेल मेडिकल कलेजमा ५ जना, मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट मेडिकल कलेज र विराटनगरको कोशी अस्पताल कोभिड उपचार युनिटमा २/२ जना, कोशीकै कोभिड–१९ उपचार केन्द्रमा १ […]

सभापति देउवाद्वारा मल्लको निधनप्रति दुःख व्यक्त

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनको काठमाडौँस्थित निदान अस्पतालमा उपचारका क्रममा निधन भएको हो । सभापति देउवाले बिहीबार शोक विज्ञप्तिमार्फत पार्टीका नेता, पूर्व प्रदेश प्रमुख, समाजसेवी, असल, वौद्धिक एवं शालिन व्यक्तित्वका धनी मल्लको असामयिक निधनको खबरले दुःखी बनाएको […]

कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

१३ जेठ, पाँचथर । हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसाद शिगूको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ । दुई सातादेखि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत वडाध्यक्ष शिगूलाई विहीबार बिहान चिकित्सकले मृत घोषित गरेको गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेनले पुष्टि गरे । शवको व्यवस्थापन झापामै गर्ने तयारी भइरहेको उनले जानकारी दिए । ‘परिवारजन र झापा प्रशासनसँग समन्वय गरिरहेका छौँ’, […]

संविधान र कानूनका विज्ञसँग सभामुखको परामर्श

१३ जेठ, काठमाडौं । सभामुख अग्नि सापकोटाले संसद विघटनका विषयमा परामर्श जारी राखेका छन् । यसअघि पूर्वसभामुखहरुसँग परामर्श गरेका उनले बिहीबार संविधान, कानून र न्यायिक क्षेत्रका विज्ञ, विशेषज्ञहरुसँग परामर्श थालेका हुन् । दिउँसो एक बजेदेखि संसद भवनको ल्होत्से हलमा परामर्श गर्न लागिएको सभामुखको सचिवालयले जनाएको छ । परामर्शका लागि नेपाल बार एशोसिएसनका पूर्वअध्यक्षहरु, वरिष्ठ अधिवक्ताहरुलगायतलाई […]

बाँकेमा थप ८ संक्रमितको मृत्यु

१३ जेठ, काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका तीन जना, बर्दियाका दुईजना, कैलाली, दाङ र कञ्चनपुरका एक/एकजना गरी ८ जनाको मृत्यु भएको हो । यो संख्या बुधबार राति ७ः१५ बजेदेखि बिहीबार बिहान ७ बजेसम्मको हो । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० का ५७ वर्षीय […]

किराना पसल बन्द हुँदा खाद्य र साल्ट ट्रेडिङले होम डेलिभरी गर्ने

१३ जेठ, काठमाडौं । किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णयबाट आलोचित प्रशासनले कसैलाई खाद्य सामग्री अभाव भए खरिदका लागि वैकल्पिक व्यवस्था गरेको छ । नागरिकमा खाद्य सामग्री नै पाइँदैन भन्ने भ्रम गएको भन्दै उपत्यका प्रशासनले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट अत्यावश्यक सामग्री मगाउन सक्ने गरी व्यवस्था […]

कोरोनाबाट जाजरकोटका पूर्वसांसद न्यौपानेको निधन

१३ जेठ, सुर्खेत । कोरोना भाइरसको संक्रमणबाट जाजरकोटका पूर्व सांसद रत्नप्रसाद न्यौपानेको निधन भएको छ । उपचारका क्रममा काठमाडौँस्थित सशस्त्र प्रहरी अस्पतालमा बुधबार राति निधन भएको उनका छोरा मदनरत्न न्यौपानेले पुष्टि गरे । ‘शुरुमा वैशाख २३ गते बुवालाई कोरोना संक्रमण देखिएको थियो, तर पछि फोक्सोमा निमोनिया भएर गम्भीर समस्या भएपछि काठमाडौँमा उपचार भइरहेको थियो । […]

निषेधाज्ञाको बेला पशुपतिको जग्गामा बनाइएका अवैध संरचना भत्काइयो

१३ जेठ, काठमाडौं । पशुपति क्षेत्र विकास कोषको गोठाटारमा रहेको जग्गामा बनाइएको अवैध संरचना प्रहरीले भत्काएको छ । मंगलबार नेपाल प्रहरीले गोठाटारमा बनाइएको करिब २५ वटा टहरा भत्काएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए । स्थानीयले रातारात कोषको जग्गा अतिक्रमण गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौं, गृह मन्त्रालय र पशुपति क्षेत्र […]



from समाचार – Online Khabar https://ift.tt/34n8wki
via IFTTT
Powered by Blogger.