समाचार
१७ जेठ, पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभामा संसदीय दलको नेताको जिम्मेवारी पियारी थापालाई दिएको छ । केन्द्रीय निर्देशनअनुसार जेठ १५ गते नै थापालाई संसदीय दलको नेताको जिम्मेवारी दिईएको जनमोर्चाले जनाएको छ । ‘संसदीय दलको नेता तोक्ने काम केन्द्रीय कमिटीले गरिसकेको छैन,’ जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले भने, ‘नेता चयन भइनसकेको अवस्थामा दलको नेताको रुपमा […]
१७ जेठ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षका प्रदेश २ समितिले प्रतिनिधिसभा विघटनबिरुद्व आन्दोलन घोषणा गरेको छ । प्रदेशका पदाधिकारी एवं आठै जिल्लाका अध्यक्षहरुको भर्चुअल बैठकले आन्दोलन घोषणा गर्ने निर्णय गरेको हो । आन्दोलन गर्दा सम्भव भए नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एमालेको माधव नेपाल पक्षधरसँग सहकार्य गर्न जिल्ला […]
१७ जेठ, बुटवल । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचन परिणामले नेकपा एमाले नेतृत्वको प्रदेश सरकारलाई फेरि एक पटक समस्यामा पारेको छ । आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बेलामा प्रदेशसभाको अंकगणित मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा नरहेको उपनिर्वाचनको मत परिणामले देखाएको छ । सोमबार सम्पन्न निर्वाचन परिणाम अनुसार प्रदेश सभाका ८३ सांसदमध्ये सत्तापक्षका उम्मेदवारले जनता समाजवादी पार्टीका […]
१७ जेठ, जनकपुरधाम । धनुषा र सर्लाहीमा निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ । धनुषामा सोमबारसम्म कायम रहेको निषेधाज्ञालाई जेठ २४ गतेसम्म निरन्तरता दिइने भएको छ । सोमबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । कोरोनाको नयाँ भेरियन्टको संक्रमण दरमा सामान्य घट्दै […]
१७ जेठ, काठमाडौं । काठमाडौंको तिलगंगास्थित शारदा माविमा बनाइएको आइसोलेसन सेन्टरलाई रोटरी क्लबले सहयोग गरेको छ । काठमाडौं महानगरपालिका–९, मात्रिका आँखा केन्द्र र स्थानीय युथ क्लबको सहयोगमा उक्त आइसोलेसन सेन्टर बनाइएको हो । रोटरी क्लबको विभिन्न शाखाले समग्रमा २९ बेड र ४ लाख ३० हजार रुपैयाँ सहयोग गरेको हो । जसमध्ये बानेश्वर शाखाले १६ बेड […]
१७ जेठ, काठमाडौं । आफ्नै श्रीमानले सुतिरहेको अवस्थामा आगो लगाउँदा जलेर घाइते भएकी डोटीको आदर्श गाउँपालिका–४ रोडीकी लक्ष्मी भाट र उनी छोरीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी आगोले जलेर गम्भीर घाइते भएकी लक्ष्मीको उपचारमा लाग्ने सम्पूर्ण उपचार खर्च बेहोर्ने जनाएको हो । यसैगरी घटनामा संलग्न उनका […]
१७ जेठ, काठमाडौं । राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्का पराजित हुँदा मुख्यमन्त्री शंकर पोखरेल समस्यामा परेका छन् । सोमबार भएको उपनिर्वाचन मत परिणामअनुसार खड्काले ८३ सदस्यीय प्रदेशसभाको केवल ४० मत पाए । नेपाली काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डेयले प्रदेशसभाका ४२ सदस्यको मत पाए भने एक मत बदर भएको छ । लुम्बिनी प्रदेशसभामा एमालेको ३८ […]
१७ जेठ, पोखरा । कोरोना संक्रमितको शव व्यवस्थापन गरिने पोखरा महानगरपालिका–३२ तल्लो गगनगौंडास्थित सेतीघाटमा फोहोर बढेको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका छन् । सुरुमा संक्रमितको शव सुरक्षित रुपमा गाडेर व्यवस्थापन गर्ने सहमति भए पनि अहिले शव जलाउने गरिएको र घाटमा फोहोरको थुप्रो लागेको भन्दै स्थानीय बासिन्दा रुष्ट बनेका हुन् । घाट वरपर अव्यवस्थित ढंगले पीपीई, […]
१७ जेठ, बुटवल । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् । कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थन पाएका पाण्डेयले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका छन् । पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तहतर्फ ११८ जनाको मत पाएका छन् । खड्काले प्रदेशसभातर्फ ४० र […]
१७ जेठ, वीरगञ्ज । कोरोना संक्रमितको उपचार गरिरहेको नारायणी अस्पताललाई विभिन्न संस्थाले सोमबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । ओमशान्ति जयसवाल ट्रेडर्सका सञ्चालक धीरेन्द्र चौधरीले १० थान बेड अस्पताललाई प्रदान गरेका छन् । झण्डै १ लाख मूल्य बराबरको बेड चौधरीले अस्पताललाई हस्तान्तरण गरेको सामाजिक अभियनता ओमप्रकाश सर्राफले जानकारी दिए । यस्तै मानव अधिकारका लागि एकल […]
१७ जेठ, रौतहट । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट रौतहटका थप ५ जनाको मृत्यु भएको छ । गौरमा रहेको अस्थायी कोभिड अस्पतालमा तीनजना र जिल्ला बाहिर दुईजनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । गौरको अस्थायी कोभिड अस्पतालमा बौधीमाई नगरपालिका–३ की ३२ वर्षीया, राजपुर–६ की ३२ वर्षीय महिला र चन्द्रपुर–१० का ५२ वर्षीय पुरुषको मृत्यु भएको […]
१७ जेठ, काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनका सम्बन्धमा विभागीय मन्त्रालयसँग छलफल थालेको छ । बजेटमा उल्लेखित योजना तथा कार्यक्रम समयमा सुरु गरी छिटो परिणाम ल्याउन अर्थ मन्त्रालयले बजेट प्रस्तुत भएलगत्तै बजेट कार्यान्वयनको गृहकार्य थालेको हो । सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लेखित योजना तथा कार्यक्रम कार्यन्वयन गर्न समयतालिका सहितको कार्ययोजना […]
१७ जेठ, रौतहट । रौतहटमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । परोहा नगरपालिका–४ की २२ वर्षीया गुडियादेवी पासवानको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय तिलाई राय यादव र रामविनय राय यादवले नजिकै रहेको बिजुलीको पोलबाट नांगो तार जडान गरेर मकैबारीमा घेरा लगाएको बेला सोही तारमा अल्झेकी पासवानको करेन्ट लागेर मृत्यु […]
१७ जेठ, विराटनगर । विराटनगरको अस्पताल चोकमा दर्ता विना सञ्चालनमा रहेको फार्मेसीले बिरामीलाई ठगी गरेको पाइएको छ । गोल्डेन अस्पताल विराटनगरमा उपचारका लागि भर्ना भएका बिरामीलाई फार्मेसीले ठगी गरेको हो । १८ दिन अस्पतालमा बसेका बिरामीका लागि फार्मेसीले तीन लाख ५ हजारको औषधि उपलब्ध गराएको बिल थमाएको छ । जसमा सर्जिकल ग्लोब्स मात्रै ५५ हजार […]
१७ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ८९० जना, भक्तपुरमा १२१ जना र ललितपुरमा २५२ जना कोरोना संक्रमित भेटिएका छन् । सोमबार देशभर थप ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ […]
१७ जेठ, काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले प्रस्तावित हिमालयन रि–इन्स्याेरेन्सलाई पुनर्बीमा व्यवसाय सञ्चालनका लागि सञ्चालन अनुमति (लाइसेन्स) दिने निर्णय गरेको छ । पुनर्बीमा कम्पनीको लाइसेन्स लिने दौडमा हिमालयनसहित पाँच कम्पनीहरु थिए । अन्य चारलाई पछि पार्दै हिमालयनले लाइसेन्स हात पार्ने भएको हो । ‘हामीले हिमालयन रिलाई लाइसेन्स दिने निर्णय गरेका छौँ, माइन्यूट […]
१७ जेठ, काठमाडौं । खाने तेल उत्पादकहरुको छाता संगठन नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले अनुचित ढंगबाट खाने तेलको मूल्य नबढाएको दाबी गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै संघले कोभिडका कारण अन्तर्राष्ट्रिय रुपमै तेलको कच्चा पदार्थको मूल्य बढेकाले तेल महँगो हुन पुगेको कारण दाबी गरेको छ । ‘ब्राजिल, अष्ट्रेलिया, क्यानडा, युक्रेन लगायतका मुलुकबाट नेपालसम्म […]
१७ जेठ, काठमाडौं । नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई तीनदेखि पाँच वर्षसम्मको कैद सजाय हुने कानूनी व्यवस्था गर्न सुझाव दिएको छ । सोमबार विभाग प्रमुख खगराज अधिकारी नेतृत्वको टोलीले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई भेटी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको अध्यादेशमा यस्तो व्यवस्था […]
१७ जेठ, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आफूहरुले चाहे नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुवै दल फुटाउन सक्ने दाबी गरेका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिएका बस्नेतले कांग्रेसका २३ सांसद पार्टी विभाजनको पक्षमा रहेको दाबी गरे । माओवादी केन्द्रका पनि २५/२६ सांसद प्रचण्डबाट पार लाग्दैन भन्ने निष्कर्षमा […]
१७ जेठ, दार्चुला । व्याँस गाउँपालिका–१ छाङ्गरुस्थित नेपाल टेलिकमको स्काई टावरको मर्मत नहुँदा गत गत मंसिरदेखि स्थानीय बासिन्दा सञ्चार सुविधाबाट बञ्चित हुन पुगेका छन् । गत मंसिरमा परेको हिमपातले टावरमा व्यापक क्षति पुर्याएको थियो । सात महिनासम्म टावरको मर्मतसम्भार नहुँदा अहिले व्याँस गाउँपालिका-१ छाङ्गरु तिङ्करका स्थानीयवासीका साथै सशस्त्र प्रहरी र नेपाल प्रहरी सञ्चार सेवाबाट बञ्चित […]
१७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावका लागि भनेर सरकारले पपुलिस्ट काम नगर्ने दाबी गरेका छन् । मध्यावधि निर्वाचन प्रभावित गर्ने गरी लोक रिझाउने बजेट ल्याएको भन्दै विपक्षी दलहरुले आलोचना गरिरहेका बेला प्रधानमन्त्री ओलीले भने त्यसको खण्डन गरेका छन् । ‘जनताको सेवा होइन, भोट आकर्षित गर्ने घटिया काम गर्दैनौं’ पार्टीसम्वद्ध युवा संघको भर्चुअल […]
from समाचार – Online Khabar https://ift.tt/34A77H2
via IFTTT