समाचार
१७ जेठ, धनगढी । नेकपा एमालेबाट शुक्रबार नियुक्त भएका सुदूरपश्चिम प्रदेश सरकारका ६ जना मन्त्रीले स्पष्टीकरण बुझाएका छैनन् । पार्टीको स्थायी कमिटीको निर्णयविपरीत प्रदेश सरकारको मन्त्री मण्डलमा सहभागी भएको भन्दै २४ घण्टे अल्टिमेटम दिँदै एमाले प्रदेश कमिटीले शनिबार स्पष्टीकरण मागेको थियो । तर उनीहरु ६ जनाले नै स्पष्टीकरण पेश नगरेको एमाले सुदूरपश्चिम प्रदेश कमिटिले जनाएको […]
१७ जेठ, बुटवल । अदालतमा मुद्दा विचाराधीन रहेका चार सांसदलाई लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान गर्न नदिन विपक्षी चार दलले माग गरेका छन् । मतदान हुनुभन्दा १६ घण्टा अगाडि निर्वाचन आयोगले पूरक मतदाताको रुपमा मताधिकारको अधिकार दिएपछि विपक्षी दलहरूले यो निर्णयले निर्वाचनको निष्पक्षतामा प्रश्न उठेको भन्दै निर्णय कार्यान्वयन नगर्न माग गरेका हुन् । पार्टीले […]
१७ जेठ, काठमाडौं । स्पष्टीकरण सोधिएका एमाले नेताहरुलाई थप कारबाहीलगायतका विषयमा छलफल गर्न नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दै छ । आइतबार बस्ने तय भए पनि स्थगित गरिएको बैठक सोमबार बिहान बस्न लागेको हो । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले सोमबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको जानकारी दिए । पछिल्लो राजनीतिक […]
१७ जेठ, काठमाडौं । कोरोना संक्रमणबाट बिरामी परेकाहरुलाई नक्कली औषधि बिक्री गरेको आरोपमा भारतमा ३ सय ५० जनाभन्दा धेरै पक्राउ परेका छन् । भारतको राजधानी नयाँदिल्लीबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका एकजना वरिष्ठ अधिकारी प्रेम नाथका अनुसार ती व्यक्तिहरुले सामाजिक सन्जाललाई प्रयोग गरेर कोभिड बिरामीलाई नक्कली औषधि र स्वास्थ्य सामग्रीहरु बेचेको पाइएको […]
१७ जेठ, धनगढी । सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा ल्याउँदै गरेको साढे ४ लाख बढीको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहतका बोर्डर आउट पोष्ट (बीओपी) पचुई, बयलबन्दा, दोधाराचाँदनी, झिलमिला र थापा चोकबाट खटिएको टोलीले सीमामा गस्ती गर्ने क्रममा अवैध ४ लाख ६६ हजार बराबरको अवैध सामान […]
१७ जेठ, विराटनगर । काम गरेको पैसा नदिई ठेकेदार प्रतिनिधि हिँडेपछि आफूहरु अलपत्र परेको मोरङको घिनाघाट-विराटचोक सडक खण्डमा काम गर्ने कामदारहरुले बताएका छन् । सो सडकखण्डमा उदयपुरका १५ युवा कार्यरत छन् । उनीहरुले बेखर्ची भएर भोकभोकै बस्नु परेको बताएका छन् । ‘ठेकेदारका मान्छे पैसा नदिई हिँडे, हामी यहाँ अलपत्र छौँ,’ उदयपुर बेलका नगरपालिका-३ का रेवत […]
१७ जेठ, धनगढी । लागुऔषधसहित कञ्चनपुर प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको टोलीले वेदकोट नगरपालिका-७ को लालपुरबाट लागुऔषध खैरो हिरोइनसहित सोही ठाउँका २५ वर्षीय प्रविन चौधरीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले चौधरीको साथबाट ०.२७ ग्राम खैरो हिरोइन […]
१६ जेठ, जनकपुरधाम । पहिलो लहरको कोरोना कोरोना महामारीको समयदेखि नै संक्रमणदर उच्च एवं मृत्युदर समेत धेरै देखिएको प्रदेश २ मा कोरोना परीक्षण दर भने कुल जनसंख्याको आधारमा अत्यन्त कम देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाका अनुसार प्रदेशमा रहेका अनुमानित ६० लाख जनसंख्यामध्ये हालसम्म २ दशमलव ९८ प्रतिशतले हुन आउने संख्यामा […]
१६ जेठ, काठमाडौं । आइतबार देशभरमा जम्मा ४ हजार ३६९ जना नयाँ संक्रमित थपिएका छन् । कोरोना महामारीको दोस्रो लहरकै सबैभन्दा धेरै ९४८३ संक्रमित वैशाख २८ गते एकै दिन थपिएको थियो भने जेठको दोस्रो साता औषतमा दैनिक ८ हजार संक्रमित भेटिएका थिए । तर तेस्रो साताको पहिलो दिन अर्थात १५ गते ४४८७ जनामा संक्रमण पुष्टि […]
१६ जेठ, काठमाडौं । निजी क्षेत्रका संघ संगठनहरुले आगामी आर्थिक वर्षका लागि आएको बजेट सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आइतबार बजेटबारे आधारिक धारणा सार्वजनिक गर्दै बजेट सकारात्मक रहेको तर कार्यान्वयन भने चुनौतीपूर्ण देखिएको प्रतिक्रिया दिएको छ । निजी क्षेत्रको अर्को संगठन नेपाल उद्योग परिसंघले पनि बजेटको स्वागत गर्दै अर्थमन्त्री विष्णु […]
१६ जेठ, काठमाडौं । प्रतिनिधिसभा भङ्ग गरेर घोषणा गरिएको मध्यावधि निर्वाचन हुनेमा विपक्षी दलहरु शंका गर्छन् । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक मञ्चबाटै ‘चुनाव हुँदैन र गराइँदैन’ भन्ने भ्रममा नपर्न आग्रह गरे । तर, अध्यादेशमार्फत ल्याएको बजेटमा चुनावी खर्च नखुलाएपछि फेरि सरकारमाथि प्रश्न उठेको छ । आगामी फागुनमा स्थानीय तहको समेत चुनाव गर्ने संवैधानिक […]
१६ जेठ, सुर्खेत । नेकपा (एमाले) प्रदेश संसदीय दलले तत्काल बजेट अधिवेशन बोलाउन कर्णाली प्रदेश सरकारसँग माग गरेको छ। आइतबार बसेको संसदीय दलको बैठले संसद् अधिवेशन बोलाउन माग गरेको दलका नेता यामलाल कँडेलले जानकारी दिए । ‘प्रदेश सरकारले असार १ गतेभित्र बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था छ। तर, सरकार अहिलेसम्म चुपचाप,’ दलका नेता कँडेलले उनले भने, […]
१६ जेठ, काठमाडौं । सरकारले विद्युतीय सवारीको आयातमा लाग्दै आएको करमा व्यापक हेरफेर गरेको छ । अन्तःशुल्क हटाएको छ भने भन्सार दर पनि प्रगतिशील बनाएको छ । यसले विद्युतीय सवारीलाई फेरि उपभोक्ताले किन्न सक्ने अवस्थामा ल्याएको व्यवसायीले बताएका छन् । शनिबार अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले विद्युतको आन्तरिक खपत वृद्धि गर्न तथा […]
१६ जेठ, काठमाडौं । चालु आर्थिक वर्षकोभन्दा ७१ अर्ब ७१ करोड बढेर आएको आव ०७८/७९ को एक खर्ब ८० अर्ब चार करोड शैक्षिक क्षेत्रको बजेटमा अधिकांश पुरानै कार्यक्रमले निरन्तरता पाएको छ । कार्यान्वयनमा निश्चिन्त हुनसक्ने अवस्था समेत नहुँदा यो वर्षको शैक्षिक बजेटले आशा नजगाएको शिक्षाविद्हरुको भनाइ छ । शिक्षाविद् डा. विद्यानाथ कोइराला यो बजेट सकारात्मक […]
१६ जेठ, वीरगञ्ज । बाराको करैयामाई गाउँपालिका– ८ इटहर टोलमा एक दलित परिवार विद्यालयको शौचालयमा बस्न बाध्य भएका छन् । विसुन भनिने स्थानीय विष्णु मल्लिक, उनकी आमा र छोरी गरी ३ जना स्थानीय विद्यालयको शौचालयमा बसिरहेका छन् । दुई दिनदेखि परेको पानीका कारण उनको फुसको घर डुबानमा परेको छ । घरमा भएको अन्नसमेत भिजेका कारण […]
१६ जेठ, बुटवल । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा राष्ट्रिय सभा निर्वाचनको मतदानको केही घण्टाअघि जसपाबाट मन्त्री बनेका ४ जनालाई निर्वाचन आयोगले मताधिकार दिएको छ । जनता समाजवादी पार्टी (जसपा) ले कारवाही गरेपछि पदमुक्त भएका विजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय, कल्पना पाण्डेय लम्साल र सुमन शर्मा रायमाझीलाई मतदान शुरू हुनु १६ घण्टाअघि आइतबार साँझ ५ […]
१६ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि गठित संवैधानिक इजलासमा तोकिएका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि रिट निवेदक पक्षका वकिलहरुले प्रश्न उठाएका छन् । विघटनविरुद्धको रिट निवेदक पक्षका वकिलहरुका अनुसार, न्यायाधीशद्वय केसी र श्रेष्ठमाथि प्रश्न उठाउनुको मुख्य कारण हो– नेकपा एकता भंगको फैसला र पुनरावलोकनको माग खारेज । २३ फागुन २०७७ […]
१६ जेठ, सुर्खेत । सर्वोच्च अदालतले कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री अम्मरबहादुर थापालाई छलफलका लागि जेठ ३० गतेभित्र उपस्थित हुन आदेश दिएको छ । सरकारी कागजात कीर्ते प्रमाणित भई फौजदारी सजाय पाएको भन्दै मन्त्री थापाको पद बदर गर्न सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आइतबार सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदीको इजलासले मन्त्री थापालाई छलफलका लागि […]
१६ जेठ, काठमाडौं । ‘नमस्ते सर, हजुरलाई कस्तो छ ? आज निकै फ्रेस र खुशी देखिनु भा’छ नि’ राउण्ड गर्न एचडीयू वार्डमा छिर्नासाथ डा.रोशन झाले एक संक्रमितलाई सोधे । ‘अब चाहिं बाँचिएला जस्तो छ, तर रिंगटा लागेर कमजोर बनाइरा’छ । अब फेरि गाह्रो त नबनाउला नि ?’ संक्रमितले आफ्नो हालखबर बताउँदै जिज्ञासा पनि राखे । […]
१६ जेठ, पोखरा । अक्सिजन अभावका कारण पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमितको एकै दिन मृत्यु भएको विषयमा विपक्षी दलहरुले सरकारसँग जवाफ मागेका छन् । तर सरकारले कमजोरी ढाकछोप गर्न खोज्दा अक्सिजनको अभावका कारण कसैको मृत्यु नै नभएको दाबी गरेको छ । प्रदेशसभाको बजेट अधिवेशनको पहिलो दिन दलका नेताहरु बोल्ने कार्यसूची थियो । […]
१६ जेठ, वीरगञ्ज । मध्य तराईमा पछिल्लो समय कोरोना भाइरस संक्रमण घट्दै गएको पाइएको छ । वीरगञ्जको नारायणी अस्पतालमा सञ्चालित ल्याबमा गरिएको परीक्षणमा संक्रमितको संख्या घटेको छ । यहाँको ल्याबमा बारा, पर्सा र रौतहटबाट संकलित स्वाबको परीक्षण गर्ने गरिन्छ । नारायणीको ल्याबमा जेठ १४ गते ८० जनाको परीक्षण गर्दा १४ र जेठ १५ गते ७७ […]
from समाचार – Online Khabar https://ift.tt/34Bidvm
via IFTTT