समाचार
१२ जेठ, काठमाडौं । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने प्रदेशसभा संसदीय दलको बैठकको निर्णय सह्य नहुने बताएका छन् । पार्टीको निर्देशन विपरित सुदूरपश्चिम प्रदेशमा निर्णय भएको भन्दै उनले अब के गर्ने भनेर पनि विधानमै खोजिने बताएका छन् । ‘औपचारिक जानकारी आएको छैन, तर सुने अनुसार सुदुरपश्चिम प्रदेश […]
१२ जेठ, विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले कोरोनाका नयाँ बिरामीको भर्ना लिन बन्द गरेको छ । अक्सिजन अभाव भएपछि नयाँ बिरामीको भर्ना बन्द गरेको नोबेल अस्पतालले जनाएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार नोबेलमा १७५ जना संक्रमित उपचाररत छन् । ती संक्रमितको लागि एक रातमा १८० सिलिण्डर चाहिन्छ । अक्सिजन अभाव […]
१२ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग नेपाललाई आवश्यक कोरोना भाइरसविरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन अनुरोध गरेकी छन् । बुधबार दुई राष्ट्रपतिबीच करिब ४० मिनेट कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । ‘कोभिड-१९ बाट नेपाली जनताको जीवन रक्षा गर्नु हाम्रो पहिलो दायित्व बनेको छ त्यसैले नेपाली जनतालाई आवश्यक पर्ने मात्रामा चीनबाट […]
१२ जेठ, काठमाडौं । लगातार कोरोना संक्रमण बढिरहेका बेला बुधबार नयाँ संक्रमितभन्दा धेरै संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७१४ नयाँ संक्रमित थपिँदा ६ हजार ७१६ संक्रमणमुक्त भएका छन् । देशभरका प्रयोगशालामा १९ हजार ३० नमुनाको पीसीआर टेष्ट गर्दा ६ हजार ६७७ जना र ३२२ एन्टिजेन टेष्टमा ३७ जनामा संक्रमण […]
१२ जेठ, बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञा जेठ २० गतेसम्म लम्बिएको छ । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बुधबार बसेको बैठकले सिफारिस गरे अनुसार प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा थप्ने निर्णय गरेको हो । गत वैशाख १६ गतेबाट शुरु भएको निषेधाज्ञा तेस्रोपटक पुनः एक हप्ता थप गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले […]
१२ जेठ, काठमाडौं । निजी क्षेत्रले करको भार नपर्ने गरी विद्यमान कानून कार्यान्वयन गर्न संघ, प्रदेश तथा स्थानीय सरकारसँग आग्रह गरेको छ । निजी क्षेत्रका प्रमुख तीन संगठनहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले स्थानीय तहमार्फत कार्यान्वयन हुने कर संकलनलाई प्रभावकारी र व्यवस्थित गर्न एवम् निजी क्षेत्रलाई करको भार […]
१२ जेठ, हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–७ जबुका गाउँमा अज्ञात रोगका कारण मौरी घारमै मर्न थालेका छन् । लामो समयदेखि मौरीपालन व्यवसाय गर्दै आएका कृषकको अज्ञात रोगका कारण घारमै मौरी मर्न थालेका छन् । व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका वडा नं ७ का गोइते सिंहका २० घारमध्ये पाँच घारमा अज्ञात रोगले मौरी मरेका वीरबहादुर सिहंले […]
१२ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले व्यक्तिगत वा अन्य कुनै तरिकाले लगिएका अक्सिजन सिलिण्डर फिर्ता गर्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै व्यक्तिगत, संस्थागत, आइसोलेशन केन्द्र र अस्पतालमा प्रयोगका लागि लगिएका सिलिण्डर जुन कम्पनी वा अस्पतालको हो उसैलाई फिर्ता गर्न अनुरोध गरेका छन् । उनले अक्जिसनको आपूर्ति […]
१२ जेठ, काठमाडौं । कोरोना भाइरसको संक्रमण दर बढेको भन्दै कालिमाटी तरकारी बजारका व्यवसायीका सवारीसाधनमा जोर-बिजोर प्रणाली लागू गरिएको छ । तरकारी ओसारपसारका लागि प्रयोग गरिने सवारी साधनमा जोर–बिजोर प्रणाली लगाउने निर्णय गरिएको बजार विकास समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले अनलाइनखबरलाई बताए । उनका अनुसार करिब ७० वटा सवारी साधन ढुवानीका लागि प्रयोग हुँदै आएका […]
१२ जेठ, काठमाडौं । कोरोना संक्रमण दर अपेक्षित रुपमा नघटेपछि किराना पसलसमेत बन्द गर्ने निर्णय गर्नु परेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताएका छन् । काठमाडौं उपत्यकामा किराना पसल र डिपार्टमेन्ट स्टोर समेत बन्द गर्ने प्रशासनको निर्णय अव्यावहारिक भएको भन्दै गुनासो आइरहेका बेला प्रजिअ भट्टराईले सर्वसाधारणकै लागि यो निर्णय लिइएको अनलाइनखबरलाई बताए । ‘व्यावहारिकता […]
१२ जेठ, काठमाडौं । भारतमा यास चक्रवातका कारण भएको भारी वर्षा र हावाहुरीले दुईजनाको मृत्यु भएको छ । चक्रवातका कारण १५ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतको ओडिसा र पश्चिम बंगालको तटीय क्षेत्रमा यसको असर धेरै देखिएको छ । ओडिसाका मुख्यमन्त्री नवीन पटनाइकेले सर्वसाधारणलाई नआत्तिन आग्रह गर्दै तटीय क्षेत्रबाट […]
१२ जेठ, काठमाडौं । संविधान निगरानी समूहले महामारीको समयमा सत्ता प्राप्तिका लागि जे पनि गर्ने परिस्थिति देखिएको भन्दै चिन्ता व्यक्त गरेको छ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र सुशीला कार्की पूर्वगभर्नर हिमालयशम्शेर जबरासहितको उक्त समूहले कोरोना महामारीका कारण स्वास्थ्य र जीवन रक्षामा अभूतपूर्व संकट फैलिएको बेला संसद् भित्रबाट सबै राजनीतिक शक्तिले एकीकृत प्रयास गर्नुपर्नेमा सत्ता कब्जा […]
बलराम केसी, सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीश हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरी निर्वाचनमा जान राष्ट्रपतिलाई गरेको सिफारिश र सो बमोजिम राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटन अहिले विवादको विषय भएको छ । त्यसैगरी संविधानको धारा ७६(५) अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका बहुमत सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त नगरेकोमा विपक्षी दलहरूले राष्ट्रपतिको कदम विरुद्ध सर्वोच्च अदालतमा […]
१२ जेठ, काठमाडौं । काठमाडौंको छत्रपाटी निःशुल्क चिकित्सालयमा विशेष कोभिड अस्पताल सञ्चालनमा आएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा बुधबारदेखि सुरु भएको कोभिड उपचार अस्पतालको शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र महानगर प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शुभारम्भ गरे । कोभिड अस्पताल सञ्चालनका लागि महानगरले पूर्वाधार सुधारका लागि ३० लाख ३४ हजार रुपैयाँ र मासिक सञ्चालन […]
१२ जेठ, काठमाडौं । वि.सं.२०७८ वैशाख तेस्रो साता मुलुकभर कोरोना संक्रमण र मृत्युदर बढेपछि देशभरिकै कोभिड अस्पतालमा बेड र अक्सिजनको हाहाकार भयो । धेरै संक्रमितको मृत्यु भयो । त्यतिबेला दुई साताअघि १० प्रतिशत रहेको संक्रमणदर बढेर ५० प्रतिशत पुगेको थियो भने दैनिक २८ मा रहेको मृत्युको आँकडा ८८ हुँदै २०० नाघेको थियो । महामारी महासंकटको […]
१२ जेठ, काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसंख्या मंगलबार दिउँसो ३ः१० बजेदेखि बुधबार बिहान २ बजेसम्मको हो । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँके र रुकुम पश्चिमका दुई/दुई जना, सल्यान र दाङका एक/एकजनाका मृत्यु भएको हो । बाँकेको राप्तिसोनारी गाउँपालिका–५ का २३ वर्षीय पुरुषको भेरी अस्पतालमा […]
१२ जेठ, काठमाडौं । चैत २२ मा नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको रुपमा सार्वजनिक भएपछि अब्दुल्लाह अलमुताइरीले नेपालले अब अट्याकिङ फुटबल खेल्ने बताएका थिए । फिफा विश्वकप छनोटका लागि प्रो लाइसेन्स प्राप्त प्रशिक्षक चाहिने भएकोले एन्फाले चैत १८ गते उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । नेपाली फुटबल टिमको प्रशिक्षक बनेपछि नै उनको ‘बोल्ड’ […]
१२ जेठ, विराटनगर । नेकपा एमालेको इटहरी नगर कमिटीले वडा नम्बर ३ को सुनौलो बस्तीमा राहत बाँड्यो । ११२ परिवारलाई १० किलोग्राम चामल, तीन किलोग्राम दाल, तीन किलोग्राम आलु र तेलका दरले राहत वितरण गरिएको थियो । एमालेले अघिल्लो साता नै राहत बाँड्न खोजेको थियो । तर स्थानीय प्रशासनले राहत वितरणका लागि एकद्वार प्रणाली अपनाएको […]
१२, जेठ, काठमाडौं । काठमाडौंमा पुनः बर्डफ्लु संक्रमण पुष्टि भएको छ । काठमाडौंको कीर्तिपुरस्थित दुई ठाउँ र चन्द्रागिरिमा पालिएको टर्कीमा बर्डफ्लु संक्रमण पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । कीर्तिपुरको दुई वटा प्वाइन्ट र चन्द्रागिरिको एक ठाउँमा सोमबार बर्डफ्लु संक्रमण पुष्टिपछि त्यस क्षेत्रका पन्छी नष्ट गर्न टोली खटाइएको विभागका सूचना अधिकारी डा.चन्द्र ढकालले अनलाइनखबरलाई […]
१२ जेठ, बुटवल । कोरोना महामारीका कारण रुपन्देही र नवलपरासीमा निषेधाज्ञा जारी छ । सर्वसाधारण घर बाहिर निस्कन पाएका छैनन् । तर यही मौकामा दुवै जिल्लाका नदी तथा खोलामा मनपरी ढंगले ढुंगा, गिट्टी र बालुवाको उत्खनन् भइरहेको छ । रुपन्देहीका तिनाउ, सुखौरा, रोहिणी तथा नवलपरासी पश्चिमका भूमही र तुरियालगायतका खोला तथा नदीमा चरम उत्खनन् भइरहेको […]
१२ जेठ, काठमाडौं । कोरोना खोप वितरणको एक विश्वव्यापी अभियान कोभ्याक्सले नेपाललाई कोभिसिल्डको विकल्पमा अर्को खोप रोज्न आग्रह गरेको छ । भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाले अझै एक वर्ष कोभिसिल्ड खोप दिन नसक्ने भनेको भन्दै कोभ्याक्सले त्यसको विकल्पमा अर्को उपयुक्त खोप रोज्न नेपाललाई आग्रह गरेको स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप महाशाखाका प्रमुख डा. झलक शर्मा […]
from समाचार – Online Khabar https://ift.tt/3vtgd4k
via IFTTT






















