समाचार
१६ जेठ, सुर्खेत । नेकपा (एमाले) प्रदेश संसदीय दलले तत्काल बजेट अधिवेशन बोलाउन कर्णाली प्रदेश सरकारसँग माग गरेको छ। आइतबार बसेको संसदीय दलको बैठले संसद् अधिवेशन बोलाउन माग गरेको दलका नेता यामलाल कँडेलले जानकारी दिए । ‘प्रदेश सरकारले असार १ गतेभित्र बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था छ। तर, सरकार अहिलेसम्म चुपचाप,’ दलका नेता कँडेलले उनले भने, […]
१६ जेठ, काठमाडौं । सरकारले विद्युतीय सवारीको आयातमा लाग्दै आएको करमा व्यापक हेरफेर गरेको छ । अन्तःशुल्क हटाएको छ भने भन्सार दर पनि प्रगतिशील बनाएको छ । यसले विद्युतीय सवारीलाई फेरि उपभोक्ताले किन्न सक्ने अवस्थामा ल्याएको व्यवसायीले बताएका छन् । शनिबार अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले विद्युतको आन्तरिक खपत वृद्धि गर्न तथा […]
१६ जेठ, काठमाडौं । चालु आर्थिक वर्षकोभन्दा ७१ अर्ब ७१ करोड बढेर आएको आव ०७८/७९ को एक खर्ब ८० अर्ब चार करोड शैक्षिक क्षेत्रको बजेटमा अधिकांश पुरानै कार्यक्रमले निरन्तरता पाएको छ । कार्यान्वयनमा निश्चिन्त हुनसक्ने अवस्था समेत नहुँदा यो वर्षको शैक्षिक बजेटले आशा नजगाएको शिक्षाविद्हरुको भनाइ छ । शिक्षाविद् डा. विद्यानाथ कोइराला यो बजेट सकारात्मक […]
१६ जेठ, वीरगञ्ज । बाराको करैयामाई गाउँपालिका– ८ इटहर टोलमा एक दलित परिवार विद्यालयको शौचालयमा बस्न बाध्य भएका छन् । विसुन भनिने स्थानीय विष्णु मल्लिक, उनकी आमा र छोरी गरी ३ जना स्थानीय विद्यालयको शौचालयमा बसिरहेका छन् । दुई दिनदेखि परेको पानीका कारण उनको फुसको घर डुबानमा परेको छ । घरमा भएको अन्नसमेत भिजेका कारण […]
१६ जेठ, बुटवल । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा राष्ट्रिय सभा निर्वाचनको मतदानको केही घण्टाअघि जसपाबाट मन्त्री बनेका ४ जनालाई निर्वाचन आयोगले मताधिकार दिएको छ । जनता समाजवादी पार्टी (जसपा) ले कारवाही गरेपछि पदमुक्त भएका विजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय, कल्पना पाण्डेय लम्साल र सुमन शर्मा रायमाझीलाई मतदान शुरू हुनु १६ घण्टाअघि आइतबार साँझ ५ […]
१६ जेठ, सुर्खेत । सर्वोच्च अदालतले कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री अम्मरबहादुर थापालाई छलफलका लागि जेठ ३० गतेभित्र उपस्थित हुन आदेश दिएको छ । सरकारी कागजात कीर्ते प्रमाणित भई फौजदारी सजाय पाएको भन्दै मन्त्री थापाको पद बदर गर्न सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आइतबार सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदीको इजलासले मन्त्री थापालाई छलफलका लागि […]
१६ जेठ, वीरगञ्ज । मध्य तराईमा पछिल्लो समय कोरोना भाइरस संक्रमण घट्दै गएको पाइएको छ । वीरगञ्जको नारायणी अस्पतालमा सञ्चालित ल्याबमा गरिएको परीक्षणमा संक्रमितको संख्या घटेको छ । यहाँको ल्याबमा बारा, पर्सा र रौतहटबाट संकलित स्वाबको परीक्षण गर्ने गरिन्छ । नारायणीको ल्याबमा जेठ १४ गते ८० जनाको परीक्षण गर्दा १४ र जेठ १५ गते ७७ […]
१६ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सञ्चालन गरेको अस्थायी कोरोना अस्पताल र आइसोलेसन सेन्टरको आइतबार अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति पर्साको टोलीले महानगरले गोपाल मण्डली धर्मशालामा सञ्चालन गरेको अस्थायी कोरोना अस्पताल र आइसोलेसन सेन्टरको अनुगमन गरेको हो । शुक्रबार बसेको जिल्ला समन्वय समिति सभापति, वीरगञ्ज महानगरपालिका सहित ६ वटा पालिका प्रमुख तथा प्रतिनिधि, […]
१६ जेठ, जनकपुरधाम । प्रदेश २ सरकारले चालु आर्थिक वर्ष भन्दा पनि कम बजेट उपलब्ध गराएको भन्दै संघीय सरकारप्रति असन्तुष्टि जनाएको छ । संघीयता कार्यान्वयनको सन्दर्भमा प्रदेश र स्थानीय तहलाई कम्तीमा ६० प्रतिशत बजेट विनियोजन गर्नुपर्नेमा नगरेको प्रदेश २ सरकारको भनाइ छ । ‘प्रदेश र स्थानीय तहलाई कम्तीमा ६० प्रतिशत बजेट विनियोजन हुनुपर्नेमा संघलाई बढी […]
‘भीआईपी उपचार गराउन आए भने झन् तनाव हुन्छ’, भेरी अस्पतालकी नर्स सदीक्षा गैरेले अस्पतालमा आक्रमण भएको त्रासदीपूर्ण घटना सम्झँदै भनेकी छिन्, ‘आफ्नो पेशाप्रति म सधैं इमानदार थिएँ । तर बिहीबार रातिको त्यो त्रासदीपूर्ण घटनाले रातभर निदाउनै सकिनँ । सम्झिँदा पनि यो पेसामा किन लागेछु भन्ने कुरा बारम्बार मनमा आइरहन्छ ।’ केही वर्षयता स्वास्थ्यकर्मीहरूले बारम्बार यही […]
१६ जेठ, काठमाडौं । मौसममा सुधार आएको एक दिनमा नै फेरि बदली सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालको वायुमण्डलमा पश्चिमी वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव देखिएर मौसम बदली भएको हो । देशका पहाडी भू-भागका अधिकांश स्थानहरुमा आंशिक र सामान्य बदली रहेको छ भने प्रदेश १, गण्डकी प्रदेश […]
१६ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ गर्न गठित संवैधानिक इजलासमा आज पनि न्यायाधीशबारे नै बहस भएको छ । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शम्भु थापा लगायतले न्यायाधीशबारे प्रश्न उठाएका छन् । न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले यो मुद्दा हेर्न नमिल्ने उनीहरुको जिकिर छ । तर इजलास गठन गरेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले ‘बायस’ नहुन […]
१६ जेठ, काठमाडौं । सुकेटार विमानस्थलको नाम फेरेर परिवर्तन गरी ‘रवीन्द्र अधिकारी विमानस्थल’ राख्ने सरकारी निर्णयको ताप्लेजुङमा विरोध भएको छ । जिल्लामा क्रियाशील सबै राजनीतिक दलले विमानस्थलको नाम परिर्वतन गर्ने सरकारी घोषणा ताप्लेजुङबासी जनताको भावना विपरित भएको बताएका छन् । विमानस्थलको नाम परिर्वतन अस्वीकार्य भएको भक्न्दै जारी गरिएको वक्तव्यमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी […]
१६ जेठ, काठमाडौं । सरकारले शनिबार अध्यादेशमार्फत सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को बजेटमा युवा तथा खेलकुदतर्फ २ अर्ब ७४ करोड बजेट विनियोजन भएको छ । युवा तथा खेलकुद मन्त्रालयका लागि छुट्याइएको बजेट चालु आर्थिक वर्षको भन्दा ३८ करोड रुपैयाँले बढी हो । बजेटमा निवृत्त भएका खेलाडीलाई सहुलियत दरमा कर्जा दिने र खेल विद्यालय स्थापना […]
१६ जेठ, काठमाडौं । संघीय सरकारले प्रदेश सरकारलाई पठाउने विभिन्न प्रकारका अनुदानमध्ये सबैभन्दा बढी प्रदेश नं १ ले पाउने भएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटबाट सरकारले कुल १ खर्ब ३ अर्ब ७० करोड २५ लाख रुपैयाँ प्रदेश सरकारलाई हस्तान्तरण गर्दै छ । यसरी हस्तान्तरण हुने रकमध्ये ७४ अर्ब २२ करोड रुपैयाँ चालु […]
१६ जेठ, काठमाडौं । सरकारले स्थानीय तहहरुलाई कोभिड–१९ विरुद्धको खोप आफैं खरिद नगर्न भनेको छ । केही स्थानीय तहहरुले खोप खरिद गर्ने व्यवस्था मिलाइदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुरोध गरिरहेका बेला सरकारको यस्तो धारणा बाहिर आएको हो । कोरोना महामारी नियन्त्रण गर्ने जिम्मेवारी स्वास्थ्य मन्त्रालय संघीय सरकारको रहेको भन्दै सरकारले सबै नागरिकलाई खोप दिने घोषणा […]
१६ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि झण्डै ४ खर्ब रुपैयाँ प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरेको छ । सरकारले सघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी चार प्रकारका अनुदान प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्छ । आगामी वर्ष ३ खर्ब ८६ अर्ब ७१ करोड […]
१६ जेठ, धनगढी । कञ्चनपुरका युवाहरुको अगुवाइमा सञ्चालन भएको सँगसँगै अभियान मार्फत विरामीहरुलाई निःशुल्क स्वास्थ्य परामर्श दिइने भएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाका बेला संक्रमित र अन्य बिरामीले समेत उपचारका लागि सहजै अस्पतालसम्म जान नसक्ने अवस्थामा ध्यानमा राखेर निःशुल्क स्वास्थ्य परामर्श दिन थालिएको हो । काठमाडाँैको सर्वाङ्ग अस्पताल तथा धनगढीको […]
१६ जेठ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) वैकल्पिक विधिबाट सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनुमति मागेको छ । जेठ १३ का लागि पूर्व निर्धारित परीक्षा कोरोना महामारीका कारण हुन नसकेपछि वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न अनुमति मागिएको बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले बताए । ‘सुझाव समितिको प्रतिवेदनको आधारमा […]
१६ जेठ, काठमाडौं । सरकारले जेठ १५ को बजेटमा भाषा परिवर्तनको सहायता लिँदै किरात संस्कृति जोडिएको ‘खुवालुङ ढुंगो’ फुटाउने घोषणा गरेको छ । ‘कोशी नदीको चतरादेखि भोजपुरसम्म जल–यातायात सञ्चालन गर्न रहेका अवरोध हटाइनेछ’ भन्ने वाक्यांशसहित आर्थिक वर्ष २०७८/७९ को बजेटले खुवालुङ फुटाउने घोषणा गरेको हो । अभियन्ता तथा स्थानीयको चरणबद्ध आन्दोलनपछि गत चैत्रमा सरकार खुवालुङ […]
१६ वैशाख, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काका अनुसार मृतकमध्ये सुर्खेत र दैलेखका दुई/दुईजना रहेका छन् । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४१ पुगेको छ । प्रदेशभर आइतबार ३१३ जनाको पीसीआर परीक्षण गर्दा ८९ जनामा कोरोना संक्रमण पुष्टि […]
from समाचार – Online Khabar https://ift.tt/34CMJFb
via IFTTT