समाचार
१७ जेठ, डोटी । आफ्नै श्रीमानले आगो लगाउँदा जलेर घाइते भएकी डोटी आदर्श गाउँपालिका–४ रोडिङ्गकी २८ वर्षीया लक्ष्मी भाटलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरमार्फत लक्ष्मीलाई सोमबार काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । ‘माननीय वन तथा बातावरण मन्त्री प्रेमवहादुर आलेमगरज्यूले समन्वय […]
१७ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले एक साताअघि मन्त्रिपरिषद्बाट १८ जेठबाट तीन मुलुकका लागि नियमित हवाइ उडान खुलेको जानकारी गराएका थिए । तर, सो निर्णय कार्यान्वयन गराउने निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणमा अहिलेसम्म पुगेको छैन । जसले गर्दा तत्काल नियमित हवाई उडान नहुने निश्चित भएको छ । १४ जेठमा […]
१७ जेठ, काठमाडौं । पूर्वमन्त्री भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीले खोप माग गर्दै विभिन्न देशका राष्ट्रप्रमुखलाई पत्राचार गर्नु संविधानको उल्लंघन भएको टिप्पणी गरेका छन् । नेपालको संविधानले राष्ट्रपतिलाई कार्यकारी प्रमुखको भूमिका नदिएकाले खोप याचना गर्दै विभिन्न देशका राष्ट्रपतिलाई पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन भएको बताएका हुन् । कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गर्दै राष्ट्रपतिले […]
१७ जेठ, काठमाडौं । नेपाली कांग्रेसले हचुवाको भरमा बजेटमा आएका कतिपय कार्यक्रमले दीर्घकालीन दायित्व थपिने र त्यसले अर्थतन्त्रमा गम्भीर क्षति पुग्ने प्रतिक्रिया दिएको छ । आगामी आर्थिक वर्ष २०७८-७९ को बजेटबारे प्रत्रिक्रिया सार्वजनिक गर्दै नेपाली कांग्रेसले सामाजिक सुरक्षाका कार्यक्रमप्रति लक्षित गर्दै यस्तो प्रतिक्रिया दिएको हो । ‘सामाजिक सुरक्षाको अधिकार सबै नागरिकलाई छ, कोभिडको महामारीमा त […]
१७ जेठ, काठमाडौं । आइतबारसम्म निकै राम्रो बढेको होइड्रोपावर कम्पनीहरुको सेयर मूल्य सोमबार भने घटेको छ । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक ४५ अंक भन्दा धेरै घटेको छ । समग्रमा बजार हाइड्रोपावर समूहको सबइन्डेक्स ४ दशमलव ३१ प्रतिशत अर्थात १२९ दशमलव ९३ अंकले घटेको छ । यो नै आज सबैभन्दा धेरै घट्ने समूह हो […]
१७ जेठ, काठमाडौं । बौद्धमा एकजना फान्सेली नागरिक कोठाभित्र मृत अवस्थामा भेटिएका छन् । राहदानी नम्बर ०८ सिके ०४१२३ वाहक ६७ वर्षीय मार्क गेरार्ड बाजुसलाई मृत अवस्थामा फेला पारिएको प्रहरी वृत्त, बौद्धका डीएसपी नविन कार्कीले बताए । उनका अनुसार बाजुसको शवमा बाहिरी चोटपटक देखिएको छैन । र, शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइसकिएको […]
१७ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा रोपाईं सुरु भएको छ । देशका अन्य क्षेत्रमा भन्दा चाँडै रोपाईं सुरु हुने उपत्यकामा केही दिनअघि भएको वर्षाले पनि किसानलाई सहज भएको छ । काठमाडौंको मूलपानी र भक्तपुरको चाँगुनारायण क्षेत्रका किसान हिजोआज रोपाईं गर्न व्यस्त छन् । कोरोना महामारीले उपत्यकाको शहरी क्षेत्र निषेधाज्ञाका कारण बन्द छ । तर उपत्यकाकै […]
२७ जेठ, पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा महामारी नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याउने भएको छ । सोमबार प्रदेशसभामा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री गुरुङले कोभिड–१९ को उपचार गर्ने अस्पताल, अक्सिजन प्लान्ट निर्माणमा जोड दिने बताएका छन् । उनले मेडिकल सेवालाई होम आइसोलेसनसम्म पुर्याउने पनि उनले बताए […]
१७ जेठ, गलेश्वर । साताको दुई दिन बैंक तथा वित्तीय संस्थालाई खुला गर्न दिइने गरी म्याग्दीमा सोमबारदेखि एक हप्ता निषेधाज्ञा थप गरिएको छ । जिल्लामा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि आइतबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले आज राति १२ बजेदेखि लागू […]
१७ जेठ, काठमाडौं । जावलाखेल फुटबल क्लबका म्यानेजर अनुप श्रेष्ठ ‘पार्टी ड्रग’ मानिने महँगो एम्फेटामाइन (आइस) लागूऔषधसहित पक्राउ परेका छन् । प्रहरी परिसर, ललितपुरको टोलीले श्रेष्ठसहित तीनजनालाई पक्राउ गरेको हो । ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार श्रेष्ठको कोठाबाट ५० ग्राम एम्फेटामाइन, जोख्ने तराजु, प्याकिङका लागि राखिएका प्लास्टिक र ५० हजार रुपैयाँ बरामद भएको […]
१७ जेठ, काठमाडौं । नेपाली कांग्रेसले सरकारको जनमत बढ्दैछ भनेर भ्रम कसैलाई नभएको बताएको छ । सत्तारुढ दलका नेताहरुले बजेटलाई आम जनताले रुचाएका कारण विपक्षीहरुले विरोध गरेको बताइरहँदा कांग्रेसले सरकार लोकप्रिय होला कि भन्ने चिन्ता नभएको बताएको हो । बजेटबारे पार्टीको धारणा सार्वजनिक गर्न सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा छायाँ अर्थमन्त्री समेत रहेका कांग्रेस सांसद […]
१७ जेठ, वीरगञ्ज । नेपालको सीमावर्ती भारतीय राज्य बिहारमा जारी लकडाउन ८ जुनसम्म लम्ब्याइएको छ । व्यापारमा अतिरिक्त छुट गर्दै ८ जुनसम्म लकडाउन गर्ने निर्णय गरिएको हो । बिहारका मुख्यमन्त्री नितिश कुमारले लकडाउन जुन ८ गतेसम्म जारी रहने जानकारी गराएका छन् । केही खुकुलो गरिएको लकडाउनमा अब बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म पसल खोल्न […]
१७ जेठ, काठमाडौं । नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रमेश खरेल कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । खरेलको पिसीआर रिपोर्ट नेगेटिभ आएको नेपाल प्रहरी अस्पतालका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. सञ्जय श्रेष्ठले अनलाइनखबरलाई बताए । उनका अनुसार खरेलको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ र उनी नर्मल बेडमा बसिरहेका छन् । सम्भवतः साँझसम्ममा खरेलको डिस्चार्ज […]
१७ जेठ, काठमाडौं । बाँकेमा जारी निषेधाज्ञा आगामी जेठ २४ गतेसम्मका लागि लम्ब्याइएको छ । कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र ५ बमोजिम जेठ २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । यसअघि प्रशासनले जेठ १७ गते राति १२ बजेसम्म […]
१७ जेठ, दार्चुला। अपी हिमाल गाउँपालिका-५ का एक महिलाको यार्सागुम्बा संलनका क्रममा एकजना महिलाको मृत्यु भएको छ । यार्सागुम्बा सङ्कलनका लागि अपी हिमाल गाउँपालिकाको सातगङ्गा वनमा गएको बेला ४० वर्षीया चुन्धरी धामीको मृत्यु भएको हो । यार्सागुम्बा सङ्कलनका लागि गत वैशाखमै पाटन पुगेकी धामीको पेट दुख्ने समस्या थियो । दुई/तीन दिनसम्म पेट दुखाइ निको नभएपछि मृत्यु […]
१७ जेठ, बुटवल । लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा २९७ मत खसेको छ । स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१४ जनाले मतदान गरेका छन् । लुम्बिनी प्रदेशसभाका भने सबै ८३ सदस्यले मतदान गरेका छन् । स्थानीय तहतर्फ भने बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख र नरैनापुर गाउँपालिकाका अध्यक्ष तथा गुल्मीको गुल्मी दरबार गाउँपालिकाका अध्यक्षले अहिलेसम्म मतदान नगरेका […]
१७ जेठ, काठमाडौं । चीनले आफ्नो मुलुकमा बस्ने दम्पत्तीलाई तीन सन्तान जन्माउन पाउने अधिकार दिने निर्णय गरेको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार सरकारले दुई सन्तान नीतिमा परिवर्तन गर्दै तीन सन्तानको नीति घोषणा गरेको हो । चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो मिटिङमा राष्ट्रपति सि जिनपिङले उक्त नीतिलाई स्वीकृति दिएका हुन् । चीनको जनसंख्या वृद्धिदर दशकयताकै […]
१७ जेठ, मोरङ । औषधि कालोबजारी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१५ रानीस्थित जनता मेडिकल स्टोरका सञ्चालक ३५ वर्षीय रवि कुमार रजक रहेका छन् । घरमा विभिन्न औषधि तथा औषधिका खोलहरू भण्डारण गरी कालोबजारी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले […]
१७ जेठ, काठमाडौं । मोरङमा आगामी जेठ २४ गतेसम्मका लागि निषेधाज्ञा लम्बिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले एक सूचना जारी गर्दै निषेधाज्ञालाई जेठ २४ गतेसम्म थप गर्ने निर्णय भएको बताएका हुन् । कोरोना सङ्क्रमण बढिरहेको अवस्थालाई ध्यानमा राखी जेठ २४ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञाको थप गरिएको उनले बताए । यस […]
१७ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएका ६ मन्त्रीलाई नेकपा एमालेको केपी ओली पक्षले कारबाही सिफारिस गरेको छ । पार्टी निर्णय विपरीत माधवकुमार नेपाल पक्ष सरकारमा गएपछि ओली पक्षले २४ घण्टे स्पष्टीकरण सोध्दै जवाफ नआएको भनी कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गरेको हो । ओलीपक्षका नेता तथा प्रदेश कमिटीका सचिव राजेन्द्र रावलले भौतिक […]
१७ जेठ, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मध्यावधि निर्वाचनपछि पनि आफूहरुले नै सरकार बनाउने र बजेट कार्यान्वयन बताएका छन् । निर्वाचन घोषणा गरेको सरकारले पूर्ण बजेट ल्याएको भन्दै आलोचना भएका बेला उनले चुनावपछि पनि नेकपा एमाले नै सरकारमा आउने र बजेट कार्यान्वयन गर्ने दाबी गरेका हुन् । ‘आज बजेट जसले प्रस्तुत गरेको छ, त्यसैले बजेट […]
from समाचार – Online Khabar https://ift.tt/3c88nW7
via IFTTT