Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

बारपाकका ७२२ एन्टिजेन परीक्षणमा ५८ जनामा कोरोना पुष्टी

१४ जेठ, गोरखा । बारपाकमा शुत्रबार ७ शय २२ जनाको एन्टिजेन परीक्षण गर्दा ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीका अनुसार कोरोना पुष्टी हुनेमा ४० महिला र १८ पुरुष रहेका छन् । ‘३ शय ९८ जना महिला र ३ शय २४ जना पुरुषको एन्टिजेन परीक्षण […]

शुभतारा स्कुल सधैंका लागि बन्द हुने ब्यबस्थापनको घोषणा

१४ जेठ, ललितपुर । ललितपुरको लामाटारस्थित शुभतारा विद्यालय पूर्ण रुपमा बन्द हुने भएको छ । आर्थिक संकटको कारण देखाउँदै विद्यालय बन्द गर्न लागिएको हो । विद्यालयले विहीबार राति अभिभावकहरुलाई इमेल गरेर विद्यालय पूर्ण रुपमा बन्द हुने औपचारिक जानकारी गराएको छ । गत सोमबार विद्यालयकी संस्थापक निर्देशक रानी गुरुङ कक्षपतिले विद्यालय बन्द हुने अनौपचारिक रुपमा जानकारी […]

अब चार मुलुकमा नियमित उडान

१४ जेठ, काठमाडौं । सरकारले नेपालबाट चार मुलुकका लागि नियमित उडान खुला गरेको छ । दुई छिमेकी मुलुक भारत र चीनसहित कतार र टर्कीमा अब सेड्युल उडान हुनेछन् । यसमध्ये अहिले भारतमा भने साताको दुई उडान भइरहेको छ । चीन, कतार र टर्कीमा भने १८ जेठबाट नियमित उडान खुल्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री […]

कैलालीमा युवक हत्या आरोपमा चार जना पक्राउ

१४ जेठ, धनगढी । कैलालीमा युवकको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । शुक्रबार बिहान धनगढी बसपार्कको प्रतिक्षालयमा मृत अवस्थामा फेला परेका पहिचान हुन नसकेका युवकको हत्या गरेको आरोपमा चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले धनगढी उपमहानगरपालिका–१ का १८ वर्षीय दिपेन्द्र भन्ने […]

पानी चुहिएर कोरोना अस्पतालको आईसीयू कक्ष जलमग्न

१४ जेठ, बुटवल । बुटवल धागो काराखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालको आईसीयू कक्षमा पानी चुहिएर जलमग्न भएको छ । तीन दिनदेखिको वर्षाका कारण भवनको छानोबाट पानी चुहिँदा आइसीयू कक्ष जलमग्न भएको हो । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले पुरानो भवनको टिनको छानोबाट चुहिएको पानी फल्स सिलिङबाट आईसीयू कक्षमा झरेको बताए । एउटा बेडमा […]

सुदूरपश्चिमका नवनियुक्त मन्त्री भन्छन् : महामारी नियन्त्रण पहिलो प्राथमिकता

१४ जेठ, धनगढी । सुदूरपश्चिमका नवनियुक्त सामाजिक विकास मन्त्री लालबहादुर खड्काले कोरोना महामारी नियन्त्रण पहिलो प्राथमिकता हुने बताएका छन् । शपथ ग्रहणपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री खड्काले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारलाई मुख्य प्राथमिकता दिएर काम गर्ने बताए । ‘अहिले सबैभन्दा अप्ठ्यारो परस्थितिमा हाम्रो प्रदेश छ,’ खड्काले भने, ‘सामाजिक विकास मन्त्रालयले यहाँका सबै […]

पोखरा घटनाले उब्जायो सरकार कहाँ छ भन्ने प्रश्न : नेपाली कांग्रेस

१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसले अक्सिजनको अभावमा पोखरामा सुत्केरी महिलासहित ६ जनाको एकैसाथ मृत्यु हुनु दुःखद र कारुणिक घटना भएको बताएको छ । यो घटनाले राज्यको अकर्मण्यता पुष्टि गर्नुका साथै सरकार कहाँ छ भन्ने गम्भीर प्रश्न पनि सिर्जना गरेको पनि कांग्रेसले बताएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘जनताको मृत्यु […]

‘कोरोना महामारीमा पनि वित्तीय सूचक सवल देखिए’

१४ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण निकै असहज अवस्था सिर्जना भए पनि वित्तीय सूचकहरु सवल देखिएका छन् । शुक्रबार अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण अनुसार अधिकांश वित्तीय सूचकहरु सवल देखिएका छन् । गत फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा तरल सम्पत्तिको अंश २४.४८ प्रतिशत, नगद […]

पर्साका ग्रामीण क्षेत्रमा एन्टिजेन परीक्षण गरिने

१४ जेठ, वीरगञ्ज । पर्साका स्थानीय तहले संक्रमित पहिचानका लागि एन्टिजेन परीक्षण गर्ने भएका छन् । शुक्रबार वीरगञ्जमा भएको बैठकमा स्थानीय तहका प्रमुख, राजनीतिक दलका नेतालगायत सरोकारवालाको बैठकले एन्टिजेन परीक्षण र कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउने निर्णय गरेको हो । पर्सामा वीरगञ्ज महानगरपालिका सहित १४ वटा स्थानीय तह छन् । बैठकमा वीरगञ्ज महानगरपालिकासहति ६ वटा स्थानीय […]

डोटी र डडेल्धुरामा एक साता निषेधाज्ञा थपियो

१४ जेठ, डोटी । डोटी र डडेल्धुरा जिल्लामा जेठ २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । यसअघि दुवै जिल्लामा शनिबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको शुक्रबार बसेको बैठकले एक साताका लागि निषेधाज्ञा थप गर्न सिफारिस गरेपछि प्रमुख जिल्ला अधिकारी सुनिल खनालले […]

विराटनगरमा उद्योगीलाई सुटुक्क खोप, स्थानीय पुगेपछि भागाभाग

१४ जेठ, विराटनगर । शुक्रबार दिउँसो विराटनगर महानगरपालिका– २ तीनपैनी चोकमा रहेको सिटी सिनेमा हल अगाडि निजी सवारी साधनको लाइन थियो । निषेधाज्ञाको समयमा पनि सिनेमा हलभित्र चहलपहल थियो । मान्छेको आउजाउ बढेपछि स्थानीयले सोधीखाजी गरे । सोधिखोजी गर्दा पत्ता लाग्यो हल भित्र कोरोना भाइरसविरुद्धको खोप कोभिसिल्डको दोस्रो डोज लगाइदैछ । तर सार्वजनिक जानकारी नदिई […]

ललितपुर महानगरले बनायो ५० बेडको आइसोलेसन

१४ जेठ, ललितपुर । ललितपुर महानगरपालिकाले कोरोना संक्रमितका लागि आइसोलेसन सञ्चालनमा ल्याएको छ । महानगरले सुनाकोटीस्थित युथ फाउन्डेसनको भवनमा र बागडोलस्थित ज्यापु समाजले निर्माण गरेको वृद्धाश्रमको नवनिर्मित भवनमा गरी दुई ठाउँमा निःशुल्क आइसोलेसन सञ्चालनमा ल्याएको हो । सुनाकोटीमा युथ फाउन्डेसनको सहकार्यमा ५० बेडको आइसोलेसनमा ४ वटा एचडीयूसमेत जडान गरिएको छ । दुईजना डाक्टर, एकजना पारामेडिक्स, […]

काठमाडौंमा ३०९ बेडको सामुदायिक आइसोलेसन

१४ जेठ, काठमाडौं। काठमाडौँ महानगरपालिकाले ४५ थान भेन्टिलेटर महानगरपालिका क्षेत्र भित्र र उपत्यकाका विभिन्न ९ अस्पतालहरुलाई उपलब्ध गराइएको जानकारी दिएको छ ।  कोभिड–१९ को संक्रमण बढेसँगै अस्पतालहरुको क्षमता अभिवृद्धि गर्ने र सेवा विस्तार गरी संक्रमित नागरिकलाई बचाउने उद्देश्यले ती भेन्टिलेटर विभिन्न अस्पताललाई उपलब्ध गराएको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । महानगरपालिकाले चिकित्सा विज्ञान […]

सरकारको दावी– १ करोड डोज खोप किन्ने प्रकृयामा छौं, १५ दिनमै ब्रेक थ्रु हुन्छ

१४ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनबाट ५० लाख र अमेरिकाबाट ५० लाख डोज खोप खरिद प्रकृया अगाडी बढाइएको भन्दै केही दिनमै यो प्रकृयामा ब्रेक थ्रु हुने दावी गरेका छन् । स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रममा मन्त्री ज्ञवालीले केही देशले सहयोग घोषणा गर्ने र केही देशसँग खरिद प्रकृया सुरू हुन लागेकाले १५ […]

निषेधाज्ञामा कडाइ : अनावश्यक हिँडडुल गर्नेलाई कारबाही (फोटो फिचर)

१४ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा थप गरिएको निषेधाज्ञामा शुक्रबारदेखि कडाइ गरिएको छ । थप एक साताको लागि तोकिएको निषेधाज्ञालाई प्रभावकारी बनाउनको लागि बिहानैदेखि नेपाल प्रहरी र ट्राफिक प्रहरीहरू खटिएका छन् । बिहानैदेखि काठमाडौंमा झरी परिरहेको छ । झरीमा रुझ्दै प्रहरीहरूले अत्यावश्यक बाहेक अरू सवारी र व्यक्तिलाई समेत होल्डिङ सेन्टरमा राखिरहेका छन् । शुक्रबारबाट लागू […]

प्रधानमन्त्री भन्छन्- ‘संसद विघटनपछि अराजनीतिक र असंसदीय गतिविधि देखिए’ (पूर्णपाठ)

१४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि मुलुकमा अराजनीतिक, असंसदीय र अलोकतान्त्रिक गतिविधि देखा परेको बताएका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले २०४८ सालदेखि नेपालको राजनीतिमा देखिएको विकृत अभ्यास अहिले पनि देखिन खोजेको बताए । धारा ७६(५) बमोजिमको सरकार गठनका क्रममा देखा परेका घटना र प्रवृत्तिले नेपाली राजनीतिलाई पछिसम्म प्रदूषित […]

ललितपुर महानगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

१४ जेठ, काठमाडौं । ललितपुर महानगरपालिकालाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग भएको छ । नेपाल र्‍यापिड एक्सन टाक्सफोर्स समूहका नेपाल राइजिङ, यूएसए र गुथिको सहकार्यमा महानगरपालिकालाई उक्त अक्सिजन कन्सन्ट्रेटर सहयोग भएको हो । सो समूहले महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई अक्सिजन सिलिण्डर र अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरेको महानगरपालिकाले जनाएको छ । कोभिड–१९ संक्रमित बिरामीलाई उपचार […]

‘स्वास्थ्यकर्मीमाथिको आक्रमण अमानवीय र निन्दनीय’

१४ जेठ, सुर्खेत । नेपाल चिकित्सक संघ कर्णाली प्रदेशलले नेपालगञ्जको भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि बिहीबार राति भएको आक्रमणको विरोध जनाएको छ । संघले कोरोना संटकमा नागरिकको ज्यान बचाउँन लागि परेका स्वास्थ्यकर्मीहरुलाई बाँच्न दिन आग्रह गरेको छ । संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दोषीलाई गैरजमानती हिरासतको नियमानुसार कारबाही गर्न माग गरिएको संघका अध्यक्ष डा. नवराज […]

पीजीको परीक्षा सार्न गगन थापाको सुझाव

१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले चिकित्सा शिक्षा आयोगले सञ्चालन गर्ने पोस्ट ग्र्याजुएट (पीजी)को परीक्षाको मिति सार्न अनुरोध गरेका छन् । नेता थापाले चिकित्सा शिक्षा आयोगका उपाध्यक्षसँग शुक्रबार भेट गरी कोरोना महामारीको समयमा परीक्षा सञ्चालन गर्ने वातावरण नभएको भन्दै परीक्षाको तयारीमा रहेका चिकित्सकहरुलाई अलमलमा पार्न नहुने सुझाव दिएका हुन् । ‘यही असारमा […]

‘हिमालमा जोखिम छैन, सबै आरोही सुरक्षित’

१४ जेठ, काठमाडौं । सगरमाथासहित हिमाल आरोहणमा पुगेका आरोही सुरक्षित रहेको पर्यटन विभागले जनाएको छ । विभागको पर्वतारोहण शाखाका अनुसार अनपेक्षित तथा आकस्मिक रुपमा उत्पन्न मौसममा परिवर्तन आएपनि सबै आरोही तथा आरोहण दलका सदस्य सुरक्षित रहेको र कुनै जोखिम समेत नरहेको जानकारी आएको छ । अहिले आरोही तथा सहयोगीहरु आधार शिविर र दोस्रो आधार शिविरमा […]

अत्यावश्यक वस्तुको ओसारपसारमा दिनभर अवरोध

१४ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञामा कडाइ गरिएपछि शुक्रबार अत्यावश्यक वस्तुको ढुवानीमा प्रहरीले अवरोध गरेको ढुवानीकर्ताले बताएका छन् । प्रहरीले बिहीबार रातिदेखि नै इन्धन र कुखुरा बोकेको सवारी साधन सञ्चालनमा अवरोध गरेको सम्बन्धित व्यवसायी र ढुवानीकर्ताले बताएका छन् । काठमाडौं उपत्यकामा मासुका लागि ल्याएको जिउँदो कुखुरा बोकेको गाडी थानकोट नाकामै बिहीबार रातिदेखि बिहान अबेरसम्म […]



from समाचार – Online Khabar https://ift.tt/3vCeolG
via IFTTT
Powered by Blogger.