Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

फ्रन्टलाइनरका लागि एक करोड राशीको सम्मान घोषणा

१७ जेठ, काठमाडौं । बारबरा फाउण्डेसनले कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मीहरुका लागि १ करोड १ रुपैयाँ  राशीको सम्मान घोषणा गरेको छ । फाउण्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै कोभिड महामारी विरुद्ध अग्रपंक्तिमा खटिने देशभरका सरकारी तथा सामुदायिक अस्पतालमा कार्यरत डाक्टर, नर्स, स्वास्थ्य कर्मचारी लगायत एम्बुलेन्स चालकका लागि विशेष सम्मानको घोषणा गरेको जनाएका […]

वाग्मतीमा प्रि–बजेट छलफल सुरु, विपक्षी आक्रामक

१७ जेठ, हेटौंडा । बागमती प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७८/०७९ को प्रि बजेट अर्थात विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफल सुरु भएको छ । सोमबार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले प्रदेशसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) पेश गरेका सँगै छलफल सुरु भएको हो । कोरोना केन्द्रित बजेट मन्त्री ढुंगेलले आगामी […]

राष्ट्रिय जनमोर्चाले कृष्ण थापा रोज्छ कि मध्यावधि ?

१७ जेठ, पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभामा संसदीय दलको नेताको जिम्मेवारी पियारी थापालाई दिएको छ । केन्द्रीय निर्देशनअनुसार जेठ १५ गते नै थापालाई संसदीय दलको नेताको जिम्मेवारी दिईएको जनमोर्चाले जनाएको छ । ‘संसदीय दलको नेता तोक्ने काम केन्द्रीय कमिटीले गरिसकेको छैन,’ जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले भने, ‘नेता चयन भइनसकेको अवस्थामा दलको नेताको रुपमा […]

‘बजेट हाम्रा लागि आउँदैन, आउनेका लागि आयो होला’

नाम : प्रेमबहादुर लामा, वर्ष : ६१, घर : काभ्रेपलाञ्चोक । ‘मैले यहाँको क्लबमा पहिले पनि सबै जानकारी टिपाइसकेको छु’, परिचय दिन उनले खासै रुचि देखाएनन् । आफ्नो छोटो परिचय दिंदै प्रेमबहादुरले भने, ‘घर चाहिं काभ्रे हो, अहिले रानीबारीमा बस्छु ।’ बिहान उठ्यो । नजिकै सडक छेउमा टोलाएर बस्यो । त्यसै दिन काट्यो । उनको […]

संसद विघटनविरुद्ध जसपाको यादव पक्षद्वारा प्रदेश २ मा आन्दोलन घोषणा

१७ जेठ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षका प्रदेश २ समितिले प्रतिनिधिसभा विघटनबिरुद्व आन्दोलन घोषणा गरेको छ । प्रदेशका पदाधिकारी एवं आठै जिल्लाका अध्यक्षहरुको भर्चुअल बैठकले आन्दोलन घोषणा गर्ने निर्णय गरेको हो । आन्दोलन गर्दा सम्भव भए नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एमालेको माधव नेपाल पक्षधरसँग सहकार्य गर्न जिल्ला […]

संकटको सन्निकटमा मुख्यमन्त्री पोखरेल, विपक्षीले मागे राजीनामा

१७ जेठ, बुटवल । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचन परिणामले नेकपा एमाले नेतृत्वको प्रदेश सरकारलाई फेरि एक पटक समस्यामा पारेको छ । आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बेलामा प्रदेशसभाको अंकगणित मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा नरहेको उपनिर्वाचनको मत परिणामले देखाएको छ । सोमबार सम्पन्न निर्वाचन परिणाम अनुसार प्रदेश सभाका ८३ सांसदमध्ये सत्तापक्षका उम्मेदवारले जनता समाजवादी पार्टीका […]

धनुषामा जेठ २४ र सर्लाहीमा २५ गतेसम्म निषेधाज्ञा लम्बियो

१७ जेठ, जनकपुरधाम । धनुषा र सर्लाहीमा निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ । धनुषामा सोमबारसम्म कायम रहेको निषेधाज्ञालाई जेठ २४ गतेसम्म निरन्तरता दिइने भएको छ । सोमबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । कोरोनाको नयाँ भेरियन्टको संक्रमण दरमा सामान्य घट्दै […]

आइसोलेसन सेन्टरलाई रोटरी क्लबको सहयोग

१७ जेठ, काठमाडौं । काठमाडौंको तिलगंगास्थित शारदा माविमा बनाइएको आइसोलेसन सेन्टरलाई रोटरी क्लबले सहयोग गरेको छ । काठमाडौं महानगरपालिका–९, मात्रिका आँखा केन्द्र र स्थानीय युथ क्लबको सहयोगमा उक्त आइसोलेसन सेन्टर बनाइएको हो । रोटरी क्लबको विभिन्न शाखाले समग्रमा २९ बेड र ४ लाख ३० हजार रुपैयाँ सहयोग गरेको हो । जसमध्ये बानेश्वर शाखाले १६ बेड […]

आगोले जलेर घाइते भएकी डोटीकी लक्ष्मीको उपचार खर्च सरकारले व्यहोर्ने

१७ जेठ, काठमाडौं । आफ्नै श्रीमानले सुतिरहेको अवस्थामा आगो लगाउँदा जलेर घाइते भएकी डोटीको आदर्श गाउँपालिका–४ रोडीकी लक्ष्मी भाट र उनी छोरीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी आगोले जलेर गम्भीर घाइते भएकी लक्ष्मीको उपचारमा लाग्ने सम्पूर्ण उपचार खर्च बेहोर्ने जनाएको हो । यसैगरी घटनामा संलग्न उनका […]

राष्ट्रियसभा उपनिर्वाचनको संकेत : संकटको सन्निकटमा मुख्यमन्त्री पोखरेल

१७ जेठ, काठमाडौं । राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्का पराजित हुँदा मुख्यमन्त्री शंकर पोखरेल समस्यामा परेका छन् । सोमबार भएको उपनिर्वाचन मत परिणामअनुसार खड्काले ८३ सदस्यीय प्रदेशसभाको केवल ४० मत पाए । नेपाली काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डेयले प्रदेशसभाका ४२ सदस्यको मत पाए भने एक मत बदर भएको छ । लुम्बिनी प्रदेशसभामा एमालेको ३८ […]

संक्रमितको शव जलाउने घाटमा फोहोर थुप्रिएपछि स्थानीयको विरोध

१७ जेठ, पोखरा । कोरोना संक्रमितको शव व्यवस्थापन गरिने पोखरा महानगरपालिका–३२ तल्लो गगनगौंडास्थित सेतीघाटमा फोहोर बढेको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका छन् । सुरुमा संक्रमितको शव सुरक्षित रुपमा गाडेर व्यवस्थापन गर्ने सहमति भए पनि अहिले शव जलाउने गरिएको र घाटमा फोहोरको थुप्रो लागेको भन्दै स्थानीय बासिन्दा रुष्ट बनेका हुन् । घाट वरपर अव्यवस्थित ढंगले पीपीई, […]

राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेसका दृगनारायण पाण्डेय निर्वाचित

१७ जेठ, बुटवल । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् । कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थन पाएका पाण्डेयले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका छन् । पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तहतर्फ ११८ जनाको मत पाएका छन् । खड्काले प्रदेशसभातर्फ ४० र […]

नारायणी अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण

१७ जेठ, वीरगञ्ज । कोरोना संक्रमितको उपचार गरिरहेको नारायणी अस्पताललाई विभिन्न संस्थाले सोमबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । ओमशान्ति जयसवाल ट्रेडर्सका सञ्चालक धीरेन्द्र चौधरीले १० थान बेड अस्पताललाई प्रदान गरेका छन् । झण्डै १ लाख मूल्य बराबरको बेड चौधरीले अस्पताललाई हस्तान्तरण गरेको सामाजिक अभियनता ओमप्रकाश सर्राफले जानकारी दिए । यस्तै मानव अधिकारका लागि एकल […]

रौतहटका थप ५ कोरोना संक्रमितको मृत्यु

१७ जेठ, रौतहट । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट रौतहटका थप ५ जनाको मृत्यु भएको छ । गौरमा रहेको अस्थायी कोभिड अस्पतालमा तीनजना र जिल्ला बाहिर दुईजनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । गौरको अस्थायी कोभिड अस्पतालमा बौधीमाई नगरपालिका–३ की ३२ वर्षीया, राजपुर–६ की ३२ वर्षीय महिला र चन्द्रपुर–१० का ५२ वर्षीय पुरुषको मृत्यु भएको […]

प्रधानमन्त्रीको आक्रोश : न्यायाधीश पनि कालोकोटधारीले तय गर्ने ?

१७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कानून व्यवसायी र पूर्व प्रधानन्यायाधीशहरुको चर्को आलोचना गरेका छन् । प्रतिनिधिसभा विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि प्रश्न उठाएकोमा उनले आपत्ति जनाएका छन् । एमाले सम्बद्ध युवा संघको भर्चुअल बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले वकिलहरुले आफूले […]

बजेट कार्यान्वयनबारे विभागीय मन्त्रालयसँग अर्थले थाल्यो छलफल

१७ जेठ, काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनका सम्बन्धमा विभागीय मन्त्रालयसँग छलफल थालेको छ । बजेटमा उल्लेखित योजना तथा कार्यक्रम समयमा सुरु गरी छिटो परिणाम ल्याउन अर्थ मन्त्रालयले बजेट प्रस्तुत भएलगत्तै बजेट कार्यान्वयनको गृहकार्य थालेको हो । सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लेखित योजना तथा कार्यक्रम कार्यन्वयन गर्न समयतालिका सहितको कार्ययोजना […]

करेन्ट लागेर रौतहटमा महिलाको मृत्यु, दुईजना पक्राउ

१७ जेठ, रौतहट । रौतहटमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । परोहा नगरपालिका–४ की २२ वर्षीया गुडियादेवी पासवानको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय तिलाई राय यादव र रामविनय राय यादवले नजिकै रहेको बिजुलीको पोलबाट नांगो तार जडान गरेर मकैबारीमा घेरा लगाएको बेला सोही तारमा अल्झेकी पासवानको करेन्ट लागेर मृत्यु […]

विना दर्ता सञ्चालित फार्मेसीबाट ठगी, सर्जिकल ग्लोब्सको मात्रै ५५ हजार !

१७ जेठ, विराटनगर । विराटनगरको अस्पताल चोकमा दर्ता विना सञ्चालनमा रहेको फार्मेसीले बिरामीलाई ठगी गरेको पाइएको छ । गोल्डेन अस्पताल विराटनगरमा उपचारका लागि भर्ना भएका बिरामीलाई फार्मेसीले ठगी गरेको हो । १८ दिन अस्पतालमा बसेका बिरामीका लागि फार्मेसीले तीन लाख ५ हजारको औषधि उपलब्ध गराएको बिल थमाएको छ । जसमा सर्जिकल ग्लोब्स मात्रै ५५ हजार […]

उपत्यकामा थपिए १,२६३ जना संक्रमित

१७ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ८९० जना, भक्तपुरमा १२१ जना र ललितपुरमा २५२ जना कोरोना संक्रमित भेटिएका छन् । सोमबार देशभर थप ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ […]

‘हिमालयन रि’लाई पुनर्बीमा लाइसेन्स दिने बीमा समितिको निर्णय

१७ जेठ, काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले प्रस्तावित हिमालयन रि–इन्स्याेरेन्सलाई पुनर्बीमा व्यवसाय सञ्चालनका लागि सञ्चालन अनुमति (लाइसेन्स) दिने निर्णय गरेको छ । पुनर्बीमा कम्पनीको लाइसेन्स लिने दौडमा हिमालयनसहित पाँच कम्पनीहरु थिए । अन्य चारलाई पछि पार्दै हिमालयनले लाइसेन्स हात पार्ने भएको हो । ‘हामीले हिमालयन रिलाई लाइसेन्स दिने निर्णय गरेका छौँ, माइन्यूट […]

थप ४,७६२ जनामा संक्रमण, ११४ जनाको मृत्यु

१७ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर परीक्षणमा ४१७८ जना र २४२५ एन्टिजेन परीक्षणमा ५८४ जना गरी ४७६२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणका कारण ११४ जनाको मृत्यु भएको छ भने ६ हजार ४९१ जना […]



from समाचार – Online Khabar https://ift.tt/3uCQgOC
via IFTTT
Powered by Blogger.