Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

पीजीको परीक्षा सार्न गगन थापाको सुझाव

१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले चिकित्सा शिक्षा आयोगले सञ्चालन गर्ने पोस्ट ग्र्याजुएट (पीजी)को परीक्षाको मिति सार्न अनुरोध गरेका छन् । नेता थापाले चिकित्सा शिक्षा आयोगका उपाध्यक्षसँग शुक्रबार भेट गरी कोरोना महामारीको समयमा परीक्षा सञ्चालन गर्ने वातावरण नभएको भन्दै परीक्षाको तयारीमा रहेका चिकित्सकहरुलाई अलमलमा पार्न नहुने सुझाव दिएका हुन् । ‘यही असारमा […]

‘हिमालमा जोखिम छैन, सबै आरोही सुरक्षित’

१४ जेठ, काठमाडौं । सगरमाथासहित हिमाल आरोहणमा पुगेका आरोही सुरक्षित रहेको पर्यटन विभागले जनाएको छ । विभागको पर्वतारोहण शाखाका अनुसार अनपेक्षित तथा आकस्मिक रुपमा उत्पन्न मौसममा परिवर्तन आएपनि सबै आरोही तथा आरोहण दलका सदस्य सुरक्षित रहेको र कुनै जोखिम समेत नरहेको जानकारी आएको छ । अहिले आरोही तथा सहयोगीहरु आधार शिविर र दोस्रो आधार शिविरमा […]

अत्यावश्यक वस्तुको ओसारपसारमा दिनभर अवरोध

१४ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञामा कडाइ गरिएपछि शुक्रबार अत्यावश्यक वस्तुको ढुवानीमा प्रहरीले अवरोध गरेको ढुवानीकर्ताले बताएका छन् । प्रहरीले बिहीबार रातिदेखि नै इन्धन र कुखुरा बोकेको सवारी साधन सञ्चालनमा अवरोध गरेको सम्बन्धित व्यवसायी र ढुवानीकर्ताले बताएका छन् । काठमाडौं उपत्यकामा मासुका लागि ल्याएको जिउँदो कुखुरा बोकेको गाडी थानकोट नाकामै बिहीबार रातिदेखि बिहान अबेरसम्म […]

मृगौला पीडित पत्रकार क्षेत्रीद्वारा सहयोगको अपिल

१४ जेठ, काठमाडौं । मृगौला प्रत्यारोपण गर्नुपर्ने रकमको अभावमा छटपटाइरहेका अछामका पत्रकार ध्रुव बिसी क्षेत्रीले सहयोगको अपिल गरेका छन् । वैकल्पिक उपचार विधि अपनाउँदा एक वर्ष बितिसकेको र यसबीचमा १८ लाख रुपैयाँ सकिएपछि आफु निकै समस्यामा परेको क्षेत्रीले बताएका छन् । आर्थिक रुपमा आफु समस्यामा परेको र अब मृगौला प्रत्यारोपण गर्न रकम अभाव भएको भन्दै […]

गोरखामा जेठ २५ सम्म निषेधाज्ञा थप

१४ जेठ, गोरखा । गोरखामा निषेधाज्ञाको अवधि दश दिन थपेर जेठ २५ गतेसम्म पुर्‍याइएको छ । शुक्रबार बसेको जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ २५ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । यसअघि निषेधाज्ञा जेठ १५ गतेसम्म थप गरिएको छ । यसअघिको निषेधाज्ञामा निर्माण सामग्री बोकेका सवारी साधन रातिको समयमा मात्र चल्न पाउने […]

पर्साको सखुवाप्रसौनी गाउँपालिकाले माग्यो खोप किन्ने अनुमति

१४ जेठ, वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाले कोरोना भाइरसविरुद्धको खोप खरिद गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुमति मागेको छ । गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार जैसवालले शुक्रबार स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई पत्र लेखेर खोप खरिद र प्रयोग गर्न अनुमति मागेका हुन् । विश्वभरी फैलिएको कोरोना भाइरसको महामारीबाट सुरक्षित रहने अन्तिम विकल्पकहो रुपमा खोप मात्रै देखिएको गाउँपालिकाको ठहर छ […]

सप्तरीमा कोरोना संक्रमित र कुरुवालाई निःशुल्क खाना

१४ जेठ, सप्तरी । सप्तरीमा कोरोना संक्रमित बिरामी र उनका कुरुवालाई निःशुल्क खाना खुवाउने अभियान शुरु भएको छ । सदरमुकाम राजविराजका युवा व्यवसायी र राजविराज जेसीजको पहलमा कोरोना संक्रमित र कुरुवालाई खाना खुवाउन शुरु गरिएको हो । हरेक दिन दुबै छाक खाना खुवाउन थालिएको राजविराज जेसीजका अध्यक्ष सिद्धार्थ तातेडले बताए । गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार […]

प्रगति विवरण सुनाउँदै प्रधानमन्त्रीले भने-रोजगारीका अवसर बढ्दा बाहिरिने श्रमशक्ति घट्दैछन्

१४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र रोजगारीका अवसर बढ्दै र श्रमशक्ति बाहिरिने क्रम घट्दै गएको बताएका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् २ लाख प्रत्यक्ष रोजगारी उपलब्ध भएको बताएका छन् । १ सय  ३८ स्थानीय तहमा राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट महिलाहरूको जीविकोपार्जन सुधार कार्य सुरु भएको जानकारी […]

सुर्खेतमा जेठ २५ गतेसम्म निषेधाज्ञा थप

१४ जेठ, सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा जेठ २५ गतेसम्म थप गरिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले जेठ २५ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल जानकारी दिए । ‘जिल्लामा अझै संक्रमणको दर उच्च छ, संक्रमित नघट्दासम्म निषेधाज्ञा थप्नु नै उत्तम हुन्छ, आजको बैठकले पनि २५ […]

सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी, सुवेदीले दिए राजीनामा

१४ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । सरकारमा भएका केही मन्त्रीले राजीनामा दिने र नयाँ नियुक्त गर्ने तयारी छ । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्ष मात्र रहेको स्थायी कमिटीले प्रदेश सरकारलाई समर्थन फिर्ता लिन निर्देशन दिएपनि प्रदेशले समर्थन कायमै राख्ने निर्णय गरेको छ । यसलाई […]

बजेटअघि प्रधानमन्त्रीले सार्वजनिक गरे सरकारको नीति

१४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०७८/७९मा सरकारले गर्ने कामहरुको लागि आधारभूत नीतिहरु सार्वजनिक गरेका छन् । संविधानअनुसार राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्नुपर्ने थियो । तर, संसद विघटन गरिएपछि कामचलाउ भएको सरकारले अध्यादेशमार्फत बजेट ल्याउन तयारी गरिरहेको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशबाट जारी […]

लुम्बिनी प्रदेशको राष्ट्रिय सभा निर्वाचनमा आज रातिदेखि मौन अवधि

१४ जेठ, काठमाडौं । लुम्बिनी प्रदेशमा जेठ १७ गते हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि शुक्रबार रातिदेखि मौन अवधि सुरु हुने भएको छ । मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र म माग्न नमिल्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले एस.एम.एस, फेसवुक, भाईवर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न […]

रुपन्देहीका कोभिड अस्पतालमा जनमुक्ति पार्टीको निःशुल्क खाना

१४ जेठ, बुटवल । रुपन्देहीका दुई कोभिड अस्पतालमा भर्ना भएका बिरामी तथा स्वास्थ्यकर्मीहरुलाई राष्ट्रिय जनमुक्ति पार्टीले निःशुल्क खाना र खाजा खुवाउन शुरु गरेको छ । पार्टीले बुटवल धागो कारखानामा सञ्चालित कोभिड अस्पतालमा दैनिक एकसय जनालाई एकछाक खाना र भीम अस्पतालमा ५० जनालाई फलफूलसहित खाजा खुवाउन शुरु गरेको हो । शुक्रबारदेखि शुरु भएको अभियान एकहप्तासम्म जारी […]

‘प्रधानमन्त्री र राष्ट्रपतिले संविधान जलाउन खोजे’

१४ जेठ, काठमाडौं । कानुनविदलहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान जलाउन खोजेको आरोप लगाएका छन् । स्कुल अफ डेमोक्रेसी नेपालले गरेको भर्चुअल बैठकमा बोल्दै कानुनका जानकारहरुले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबाट जघन्य अपराध भएको टिप्पणी गरेका हुन् । ‘प्रधानमन्त्री र राष्ट्रपतिले संविधानमाथि जुन प्रकारको घात गर्नुभयो, यो राष्ट्रमाथिको सबैभन्दा ठूलो अपराध […]

निर्वाचनका लागि सबै दल सरकारमा आउनुस् : प्रधानमन्त्री

१४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका लागि सबै दललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफूले परिणामलाई नभई लोकतान्त्रिक प्रणालीलाई ध्यानमा राखेर निर्वाचन घोषणा गरेको भन्दै सबै दललाई सरकारमा सहभागी हुन आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले निर्वाचनमा जानुलाई प्रतिगमन भन्न नमिल्ने भन्दै ताजा जनादेशलाई […]

स्वास्थ्यकर्मीमाथि भएको आक्रमण ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि सरह दण्डनीय : प्रधानमन्त्री

१४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यकर्मीहरुमाथि भएको आक्रमणलाई ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि आक्रमण भए सरह दण्डनीय हुने बताएका छन् । शुक्रबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ संक्रमितहरुको उपचारमा खटिएका सबैको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको समेत बताए ।

सरकारको दावी– १ करोड डोज खोप किन्ने प्रकृयामा छौं, १५ दिनमै ब्रेक थ्रु हुन्छ

१४ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनबाट ५० लाख र अमेरिकाबाट ५० लाख डोज खोप खरिद प्रकृया अगाडी बढाइएको भन्दै केही दिनमै यो प्रकृयामा ब्रेक थ्रु हुने दावी गरेका छन् । स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रममा मन्त्री ज्ञवालीले केही देशले सहयोग घोषणा गर्ने र केही देशसँग खरिद प्रकृया सुरू हुन लागेकाले १५ […]

खोपको दोस्रो मात्रा जसरी पनि व्यवस्था गर्छौं : प्रधानमन्त्री ओली

१४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो डोज खोप लगाएका नागरिकलाई दोस्रो डोज जसरी पनि व्यवस्था गर्ने बताएका छन् । शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै उनले पहिलो मात्रा खोप लगाएका ज्येष्ठ नागरिकलाई जसरी पनि खोप व्यवस्था गर्ने बताएका हुन् । उनले सबै वयस्क नागरिकलाई खोप व्यवस्था गर्ने पनि बताए । नेपालमा अनुदानमा ३२ […]

एमाले सुदूरपश्चिम प्रमुख सचेतक : तारा आउट, लालबहादुर इन

१४ जेठ, धनगढी । नेकपा एमाले, सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले प्रमुख सचेतक तारा लामा तामाङलाई हटाएका छन् । उनले सभामुखलाई पत्र पठाउँदै लामालाई अन्य जिम्मेवारी प्रदान गर्नुपर्ने भएकाले प्रमुख सचेतकको जिम्मेबारीबाट मुक्त गरिएको जानकारी दिएका हुन् । दल नेता शाहले लालबहादुर खड्कालाई प्रमुख सचेतक र दुर्गाकुमारी कामीलाई सचेतक नियुक्त गरेको सूचना पनि […]

कोरोनाबाट मृत्यु हुनेको संख्या सात हजार नाघ्यो

१४ जेठ, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ९६ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७०४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार २०११० नमुना परीक्षण हुँदा ६९५१ संक्रमित थपिएका छन् । कोरोनाको दोस्रो लहर सुरु भएयता वैशाख ५ गते सबैभन्दा […]

कोरोनाबाट प्रभावित करदातालाई दुई अर्ब १९ करोड कर छुट

१४ वैशाख, काठमाडौं । कोरोना महामारीबाट प्रभावित सवा ५ लाख करदाताले दुई अर्ब १९ करोड रुपैयाँ कर छुट पाएका छन् । अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण अनुसार आव २०७६/७७ मा लाग्ने आयकरमा २ अर्ब १९ करोड ६२ लाख रुपैयाँ कर छुट पाएका हुन् । यो कर छुटको लाभ […]



from समाचार – Online Khabar https://ift.tt/3yKA3tX
via IFTTT
Powered by Blogger.