Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

निषेधाज्ञाको बेला पशुपतिको जग्गामा बनाइएका अवैध संरचना भत्काइयो

१३ जेठ, काठमाडौं । पशुपति क्षेत्र विकास कोषको गोठाटारमा रहेको जग्गामा बनाइएको अवैध संरचना प्रहरीले भत्काएको छ । मंगलबार नेपाल प्रहरीले गोठाटारमा बनाइएको करिब २५ वटा टहरा भत्काएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए । स्थानीयले रातारात कोषको जग्गा अतिक्रमण गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौं, गृह मन्त्रालय र पशुपति क्षेत्र […]

कोरोनाको उत्पत्तिबारे ९० दिनभित्र रिपोर्ट बुझाउन गुप्तचर एजेन्सीलाई बाइडनको निर्देशन

१३ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले गुप्तचर एजेन्सीहरुलाई कोरोना भाइरसको उत्पत्तिबारे अध्ययन गरेर ९० दिनभित्र रिपोर्ट बुझाउन निर्देशन दिएका छन् । एक विज्ञप्ति जारी गर्दै बाइडनले कोरोना भाइरसको उत्पत्तिको विषयमा आफ्नो प्रयास बढाउन आग्रह गरेका हुन् । कोरोना भाइरसको पहिलो संक्रमित सन् २०१९ को डिसेम्बरमा चीनको हुबेईस्थित वुहान सहरमा फेला परेका थिए । […]

भारतमा कोरोनाबाट थप ३८४७ को मृत्यु

१३ जेठ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ३ हजार ८४७ जनाको मृत्यु भएको छ । यससँगै भारतमा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख १५ हजार २३५ पुगेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २ लाख ११ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । […]

कोरोनाबाट पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कर्माचार्यको मृत्यु

१३ जेठ, पोखरा । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रमेश कर्माचार्र्यको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कर्माचार्यको निदान अस्पताल, पुल्चोकमा उपचारका क्रममा मृत्यु भएको हो । २० दिनअघि कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएको उनका काका ईश्वर कर्माचार्यले जानकारी दिए । ‘कोरोना पोजेटिभ देखिएर धेरै ज्वरो आएपछि ३ दिनदेखि भेन्टिलेटर राखेर उपचार भइरहेको […]

महामारीविरुद्ध लड्न चिकित्सक संघद्वारा स्वास्थ्यकर्मीलाई तालिम

१३ जेठ, काठमाडौं । नेपाल चिकित्सक संघले विश्व स्वास्थ्य संगठन लगायतका स्वास्थ्य क्षेत्रका विभिन्न संघसंस्थासँग मिलेर स्वास्थ्यकर्मीलाई तालिम दिन सुरु गरेको छ । बिहीबारदेखि सुरु भएको तालिम ५ वटा समूहलाई दुई÷दुई दिनको दरमा १० दिनसम्म चल्ने संघका अध्यक्ष लोचन कार्कीले जानकारी दिए । एउटा समूहमा १०० जना चिकित्सक एवं स्वास्थ्यकर्मीलाई समेटिएको छ । तालिममा कोरोना महामारीबाट […]

म्याग्दीमा स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली

१३ जेठ, म्याग्दी । म्याग्दीको नयाँ पर्यटकीय स्थल लभ्लीहिलमा स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन गरिएको छ । जिल्लाको बेनी नगरपालिका-२ खबराको लभ्लीहिल (मायालु डाँडो )मा म्याग्दी ऊर्जा प्रविधि केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय सीप र प्रविधिको प्रयोग गरी हावाबाट बिजुली निकालिएको हो । काठ, जस्तापाता, पाइप र धागोजस्ता स्थानीय सामग्रीबाट भर्टिकल टर्वाइन […]

नेपाल र चीनका राष्ट्रपतिबीच खोपबाहेक अरू के विषयमा कुरा भयो ?

१३ जेठ, काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङले कोरोना महामारी विरुद्ध लड्न नेपाललाई सकेसम्म धेरै सहयोग प्रदान गर्ने कार्यलाई जारी राख्ने बताएका छन् । चिनियाँ राष्ट्रपतिले नेपाली जनताले कोरोना महामारी विरुद्धको लडाईं निश्चित रूपमा जित्ने विश्वास समेत व्यक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन वार्तामा सिले सो धारणा व्यक्त गरेको चीनको सरकारी समाचार एजेन्सी […]

महामारीबीच रोपाइँको याम शुरु

१३ जेठ, बागलुङ। कोरोनाको त्रासदी छ । महामारी गाउँ छिरेको छ । सङ्क्रमण रोक्न गरिएको निषेधाज्ञा जारी छ । किसानलाई भने पौरख नचलाई सुख छैन । घरमै बसेर हातमुख जोडिन्न । बर्खा सुरु हुँदैछ। खेतीपाती नगरी भएन । कोरोना छलेर कामधन्दा गर्नुछ । महामारीबीच रोपाइँको याम शुरु भएको छ । गलकोटलगायत जिल्लाका कतिपय भेगमा जेठ […]

संसद विघटन विरुद्ध परेका रिट प्रधानन्यायाधीशको बेन्चमा

१३ जेठ, काठमाडौं । संसद विघटनको विरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बेन्चमा हुने भएको छ । बिहीबार पेशी तोक्दा प्रधानन्यायाधीश जबराले १९ रिटको सुनुवाइ आफ्नो एकल बेन्चमा हुने गरी तोकेका हुन् । सर्वोच्च अदालतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ बिहीबार (आज) हुँदैछ । संवैधानिक इजलासमा सुनुवाइको माग […]

कोरोना संक्रमणबाट जर्नेल दिनेश केसीको निधन

१३ जेठ, काठमाडौं । कोरोना संक्रमित १३ नं बाहिनी जावलाखेलका जर्नेल दिनेश केसीको निधन भएको छ । एक साता अघि कोरोना संक्रमण पुष्टि भएर सैनिक अस्पताल छाउनीमा उपचाररत केसीको बिहीबार बिहान ज्यान गएको नेपाली सेनाले जनाएको छ । केसीको निधनबारे नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सामाजिक सञ्जालमा प्रतिक्रिया दिंदै दु:ख व्यक्त गरेका छन् । क्षेत्रीले […]

महामारीमा पनि बैंकहरूले घटाए निष्क्रिय कर्जा, कुन बैंकको कति ?

१२ जेठ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले निष्क्रिय कर्जा घटाएका छन् । गत वर्ष भएको लकडाउनपछि बैंकहरूको निष्क्रिय कर्जा धेरै बढ्न सक्ने अनुमान गरिएको थियो । तर अनुमान विपरीत बैंकहरुले निष्क्रिय कर्जामा सुधार गरेका छन् । लामो समय भएको लकडाउनका कारण व्यापार व्यवसाय बन्द भए । लकडाउनमा बन्द भएका कतिपय उद्योगहरु अहिले पनि सञ्चालनमा […]

सुदूरपश्चिम एमालेले तीन मन्त्रीलाई फिर्ता बोलायो

१३ जेठ, धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले आफ्ना तीन मन्त्रीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ । प्रदेश समितिको तर्फबाट अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले तीनै जना मन्त्रीलाई छुट्टाछुट्टै पत्र लेख्दै आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकास […]

पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले भने : मतदाता प्रभावित पार्ने कार्यक्रम बजेटमा नराख

१३ जेठ, काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले मतदातालाई प्रभाव पार्ने खालको कार्यक्रम बजेटमा नराख्न आग्रह गरेका छन् । बिहीबार पूर्व निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधिप्रसाद यादव र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरूङले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । उनीहरुले २०७८ साल कात्तिक र मंसिरमा प्रस्तावित प्रतिनिधिसभाको […]

पार्टी एकता जोगाउन अन्तिम क्षणसम्म प्रयत्नरत छौं :  गोकर्ण विष्ट

१३ जेठ,  काठमाडौं । नेकपा एमाले नेता गोकर्ण विष्टले पार्टी एकता जोगाउन अन्तिम क्षणसम्म प्रयासरत रहेको बताएका छन् । बिहीबार नेता बिष्टले ट्वीट गर्दै नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहने उल्लेख गरेका हुन् । बुधबार माधव नेपाल पक्षीय १५ नेताहरूले […]

कोरोनाबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मल्लको निधन

१३ जेठ, धनगढी । कोरोना भाइरसको संक्रमणबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ । कैलालीका स्थायी बासिन्दा मल्लको काठमाडौँमा उपचारका क्रममा निधन भएको उनका भतिजा रुपक मल्लले पुष्टि गरे । ‘उहाँलाई एक हप्ता पहिले कोरोना संक्रमण देखिएको थियो,’ उनले भने, ‘काठमाडौँमा उपचार गराइरहनु भएको थियो । हिजो राति ११ बजेतिर मृत्यु भयो […]

खोप किन्ने प्रक्रिया मिलाइदिन तिलोत्तमा नगरपालिकाको माग

१३ जेठ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरवासीलाई कोभिड विरुद्धको खोप अनुदानमा दिन माग गर्दै नसके खरिद गर्ने प्रकृया अघि बढाइदिन संघीय सरकारसँग माग गरेको छ । नगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको वैठकको निर्णय अनुसार नगर प्रमुख बासुदेव घिमिरेले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउंदै अनुदानमा दिन […]

यस्तो देखियो बुधबारको सुपर ब्लड मुन (फोटो फिचर)

१७ माघ, काठमाडौं । बुधबार विश्वका विभिन्न भागबाट रातो चन्द्रमा देखिएको छ । नेपालबाट नदेखिएको उक्त चन्द्र ग्रहणमा चन्द्रमा रातो देखिने भएकोले यसलाई बुधबार देखिएको चन्द्रमालाई सुपर ब्लड मुन भनिएको छ। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार बुधबार चन्द्रमाको पूरै भाग पृथ्वीको छायामा परेको थियो । जुनबेला चन्द्रमामा पृथ्वीको छाया परिसकेको हुँदैन, त्यसबेला चन्द्रमा पहिलेभन्दा ठूलो […]

कस्तो हुन्छ बजेट बनाउने टीमलाई ‘अन्तिम पाँच दिन’को तनाव ? 

१३ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रिया पुस मसान्तबाटै शुरु हुन्छ । फागुनपछि औपचारिक रुपमा बजेट सम्बन्धी छलफल शुरु हुन्छ । सांसद, निजी क्षेत्रका संघसंस्था र व्यक्तिले आफ्ना योजना/कार्यक्रम बजेटमा पार्न विभागीय मन्त्रालय, योजना आयोगदेखि अर्थ मन्त्रालयसम्मका ढोका यही समयमा चाहार्छन् । किनकि राष्ट्रिय योजना आयोग, विभागीय मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा […]

एमसीसीमा संसदीय अनुमोदनको विकल्प : अध्यादेश कि सम्झौता पुनरावलोकन ?

१३ जेठ, काठमाडौं । राजनीतिक दलहरूबीचको असमझदारीका कारण २०७६ असार ३० गते अनुमोदनका लागि दर्ता भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को सम्झौता अहिले पनि प्रतिनिधिसभामा विचाराधीन छ । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेपछि यो सम्झौताले अबको ६ महीना संसदमा प्रवेश नपाउने अवस्था छ । तर वर्तमान चुनावी सरकारले भने एमसीसीलाई अघि बढाउने गरी […]

गृहले भन्यो : पर्वतारोहीलाई तत्काल फिर्ता बोलाऊ, जोखिम क्षेत्रका बस्ती सार

१३ जेठ, काठमाडौं । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेको भन्दै बाढी पहिरोको सम्भावित जोखिम क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न सरोकारवाला निकायसँग आग्रह गरेको छ । पश्चिमी बंगालको खाडीमा विकसित जलवायुको प्रभाव र यास् चक्रवातको असरका कारण बिहीबारदेखि शनिबारसम्म कर्णाली र […]

संसद विघटन विरुद्धका रिटहरुको सुनुवाइ आज

१३ जेठ, काठमाडौं । संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ विहीबार हुँदै छ । सर्वोच्च अदालतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ विहीबार (आज) हुन लागेको हो । संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले […]



from समाचार – Online Khabar https://ift.tt/3us07qa
via IFTTT
Powered by Blogger.