Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

राहतको १० केजी चामलसँगै एमालेको चिठी !

१२ जेठ, विराटनगर । इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीमा कोरोना संक्रमितका लागि दिइएको राहतको पोकोमा ‘नेकपा एमालेको तर्फबाट’ लेखिएको भेटियो । त्यसभित्र एउटा चिठी पनि समावेश छ । जसमा लेखिएको छ, ‘यस महामारीको सामना गर्न तपाईंहरुको साथमा सिंगो नेकपा (एमाले) पार्टी रहेको छ, भन्दै संक्रमित टोलबासीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’ सुनसरीमा स्थानीय प्रशासनले राहत वितरणका […]

काठमाडौंमा पुनः बर्डफ्लु संक्रमण पुष्टि, ८ सय टर्की नष्ट गरिदै

१२, जेठ, काठमाडौं । काठमाडौंमा पुनः बर्डफ्लु संक्रमण पुष्टि भएको छ । काठमाडौंको कीर्तिपुरस्थिति दुई ठाउँ र चन्द्रागिरीमा पालिएको टर्कीमा बर्डफ्लु संक्रमण पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । कीर्तिपुरको दुई वटा प्वाइन्ट र चन्द्रागिरीको एक ठाउँमा सोमबार बर्डफ्लु संक्रमण पुष्टिपछि त्यस क्षेत्रका पन्छी नष्ट गर्न टोली खटाइएको विभागका सूचना अधिकारी डा.चन्द्र ढकालले अनलाइनखबरलाई […]

रुपन्देही र नवलपरासीका खोला–नदीमा मनपरी उत्खनन्, अनुगमन शून्य

१२ जेठ, बुटवल । कोरोना महामारीका कारण रुपन्देही र नवलपरासीमा निषेधाज्ञा जारी छ । सर्वसाधारण घर बाहिर निस्कन पाएका छैनन् । तर यही मौकामा दुवै जिल्लाका नदी तथा खोलामा मनपरी ढंगले ढुंगा, गिट्टी र बालुवाको उत्खनन् भइरहेको छ । रुपन्देहीका तिनाउ, सुखौरा, रोहिणी तथा नवलपरासी पश्चिमका भूमही र तुरियालगायतका खोला तथा नदीमा चरम उत्खनन् भइरहेको […]

कोभिसिल्डको विकल्पमा अर्को खोप रोज्न नेपाललाई कोभ्याक्सको पत्र

१२ जेठ, काठमाडौं । कोरोना खोप वितरणको एक विश्वव्यापी अभियान कोभ्याक्सले नेपाललाई कोभिसिल्डको विकल्पमा अर्को खोप रोज्न आग्रह गरेको छ । भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाले अझै एक वर्ष कोभिसिल्ड खोप दिन नसक्ने भनेको भन्दै कोभ्याक्सले त्यसको विकल्पमा अर्को उपयुक्त खोप रोज्न नेपाललाई आग्रह गरेको स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप महाशाखाका प्रमुख डा. झलक शर्मा […]

नौ दिनको अन्तरमा दुई चक्रवात, मनसुनमा सरदरभन्दा बढी पानी पर्ने

१२ जेठ, काठमाडौं । अरब सागरमा विकसित ‘ताउ-ते’ चक्रवात आएको करिब नौ दिनको फरकमा बंगालको खाडीमा अर्को चक्रवात ‘यास’ आयो । प्रि-मनसुन अवधिको मे महिनामा आएका यी दुवै चक्रवातको प्रभाव नेपालमा पनि पर्‍यो । ताउ तेबाट नेपालको पश्चिमी क्षेत्र र यासबाट पूर्वी क्षेत्र बढी प्रभावित भयो । नौ दिनको अन्तरालमै यस प्रकारको मौसमी प्रणाली बिरलै […]

पर्सा प्रशासनले भन्यो : नागरिकता वितरण भएको हल्ला निराधार

१२ जेठ, वीरगञ्ज । निषेधाज्ञा अवधिमा ठूलो भिडभाड जम्मा गरी धेरै नागरिकता वितरण भएको भन्ने हल्ला निराधार रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । कार्यालयका सूचना सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नागरिकता वितरण नभएको बताएका हुन् । जिल्ला प्रशासन कार्यालयको नाम जोडेर हालै समाजिक सञ्जालमा नागरिकता वितरण सम्बन्धी […]

कांग्रेसले भन्यो : राजनीतिक अभिष्ट पूरा गर्न सरकारले आतंक फैलायो

१२ जेठ, काठमाडौं । नेपाली कांगेसले कोरोना महामारीको आडमा सरकारले आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि जनतामा आतंक फैलाउने काम गरेको आरोप लगाएको छ । बुधबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले कोभिड- १९ संक्रमणको रोकथाम गर्न भन्दा पनि महामारीको आडमा सरकारले राजनीति गर्न खोजेको निष्कर्ष निकालेको हो । प्रधानमन्त्री ओलीले आफ्ना […]

भारतमा २४ घण्टामा कोरोना संक्रमणबाट ४१ सय बढीको मृत्यु

१२ जेठ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण ४ हजार १५७ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार सो अवधिमा कोरोनाका २ लाख ८ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ७१ लाख ५७ हजार नाघेको […]

भारतले भन्यो- संसद विघटन नेपालको आन्तरिक मामिला

१२ जेठ, काठमाडौं । नेपालको पछिल्लो घटनाक्रमलाई भारतले नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ । नेपालको पछिल्लो घटनाक्रमबारे धेरै जिज्ञासा आएको न्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्मद बागचीले नेपालको पछिल्लो घटनाक्रमलाई नोट गरेको उल्लेख गरेका छन् र भनेका छन्, ‘यो उनीहरुको घरेलु फ्रेमवर्क र प्रजातान्त्रिक प्रक्रियाद्वारा उनीहरुले नै समाधान गर्ने विषय हो ।’ उनले […]

..अनि स्थापना भयो भेन्टिलेटर बैंक

१२ जेठ, काठमाडौं । विश्व महामारीका रूपमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि शुरू भयो । नेपालको स्वास्थ्य क्षेत्रमा कार्यरत र अन्य क्षेत्रसँग आवद्ध भएका केही सचेत व्यक्तिहरूलाई भेन्टिलेटरको कमी भएको थाहा थियो । गत वर्ष कोभिड १९ संक्रमण फैलन थाले पनि भेन्टिलेटरको अभावले धेरैको ज्यान जानसक्ने जोखिम बढ्यो । यो जोखिमलाई राम्ररी बुझेका शिक्षण अस्पताल […]

चन्द्रागिरि नगरपालिकाका मेयर गिरीलाई कोरोना संक्रमण

१२ जेठ, काठमाडौँ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई कोरोना संक्रमण देखिएको छ । नगरप्रमुख गिरीलाई सोमबार हल्का ज्वरोको लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा मङ्गलबार आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी अहिले होमआइसोलेशनमा छन् । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिमा हालसम्म चार हजार ५२ सङ्क्रमित भइसकेका छन् । तीमध्ये तीन हजार […]

अस्पतालबाट भागेका संक्रमित पक्राउ

१२ जेठ, डोटी । जिल्लाको बडिकेदार गाउँपालिकास्थित अस्थायी कोभिड अस्पतालबाट भागेका एक ४५ वर्षीय कोरोना संक्रमित पुरुष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार मङ्गलबार दिउँसो एकाएक फरार भएका संक्रमितत पुरुषलाई प्रहरी चौकी खडेउलीका प्रमुख तथा प्रहरी सहायक निरीक्षक जगत बोहराको कमाण्डमा खटिएको टोलीले गए राति पक्राउ गरेको हो […]

२० प्रतिशतसम्म बढ्नेछ राजस्व लक्ष्य, कत्रो होला बजेटको आकार ?

११ जेठ, काठमाडौं । सरकारले राजस्व परामर्श विकास समितिको सिफारिस अनुसार आर्थिक वर्ष २०७८/०७९ को राजस्व लक्ष्यमा २० प्रतिशत हाराहारी वृद्धि गर्ने तयारी गरेको छ । कोरोना महामारीबीच पनि राजस्व प्राप्ति र वैदेशिक व्यापारमा त्यति ठूलो असर गरेको छैन । आगामी आवमा कोरोना महामारी कम भएर अर्थतन्त्र चलायमान हुने अवस्थामा २० प्रतिशतसम्म वृद्धि वैज्ञानिक हुने […]

महन्थ ठाकुरले मागे उपेन्द्र यादवसँग स्पष्टीकरण

१२ जेठ, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबाट स्पष्ट दुई कित्तामा उभिएको जसपाका अध्यक्ष ठाकुरले पार्टीको निर्णय विपरीत कार्य गर्दै हिँडेको भन्दै यादवलाई अनुशासनको कारबाहीको व्यवस्था अनुसार स्पष्टीकरण सोधेका हुन् । मंगलबार सोधिएको ७ बुँदे स्पष्टीकरणमा लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरुलाई […]

सप्तरीमा थप दुईजना संक्रमितको मृत्यु

१२ वैशाख, सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा उपचार गराइरहेका एक महिला र पुरुषको मंगलबार राती मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी सूर्यकान्त झाका अनुसार रुपनी गाउँपालिका वडा नम्बर २ की ५५ बर्षीया महिला र सुरुंगा नगरपालिका ९ का ७५ बर्षीय पुरुषको एचडियू […]

दुई वर्षदेखि रोकियो घाटु

यसपालि पनि सती घाटु सम्झिइयो मात्र । कोरोना महामारीका कारण सदियौँ पुरानो घाटु देखाइएन । गत वर्ष पनि कोरोना जोखिमकै कारण घाटु रोकिएको थियो । घाटुको पुस्तैनी परम्परा लगातार दुई वर्ष प्रभावित बन्न पुगेको छ । समय ठिकठाक चलेको भए गलकोट नगरपालिका–१० पाण्डवखानीमा यतिबेला घाटुको रौनक छाउँथ्यो । बुद्ध पूर्णिमाका दिन त घाटु हेर्नकै लागि […]

मण्डनदेउपुर १० दिन सिलः बनेपा र पनौतीमा निषेधाज्ञा थप

१२ जेठ, काठमाडौं । छिल्ला दिन कोरोना भाइरस सङ्क्रमणदर बढ्दै गएपछि उच्च जोखिममा रहेको जनाउँदै मण्डनदेपुर नगरपालिकाले नगर क्षेत्रमा आजदेखि १० दिन सिल गरेको छ । बनेपा र पनौती नगरले पनि आजदेखि नगरक्षेत्र थप पाँच दिन सिल गरेको जनाएका छन् । दोस्रो लहरको कोभिड–१९ नगरमा तीव्ररूपमा फैलिएकाले यस जोखिमपूर्ण अवस्थामा सङ्क्रमण नियन्त्रण, न्यूनीकरण तथा सङ्क्रमण […]

एमाले सुदूरपश्चिम संसदीय दलको बैठक शुरु

१२ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको एमाले संसदीय दलको बैठक शुरु भएको छ । मंगलबार आपसी विवादका कारण बस्न नसकेको बैठक बुधबार बिहान साढे नौ बजेबाट शुरु भएको हो । बैठकमा २० जना प्रदेश सभा सदस्य सहभागी भएका छन् । सुदूरपश्चिम प्रदेश सभामा एमालेको तर्फबाट सभामुख सहित कुल २५ सदस्य रहेकोमा बैठकमा ४ जना […]

आज उभौली पर्व, भूमेस्थानमा पूजा गरी मनाइँदै

१२ जेठ, काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्तिकुमार दूमी राईले जानकारी दिए । गर्मी बढ्ने भएकाले यो समुदायका […]

निषेधाज्ञाले मल गोदाममै, अभावले कृषक पिरलोमा

१२ जेठ, काठमाडौं । मकवानपुरको मकवानपुरगढी–६ का कृष्णप्रसाद ढुंगानाको खेतमा रोपिएको चैते धानमा मल हाल्न बितिसक्यो । तर, निषेधाज्ञाका कारण उनी हेटौंडा बजारमा मल लिन जान पाएका छैनन् ।  ‘यहाँबाट बस, अटो गाडी केही चलेको छैन, आफ्नो सवारी पनि छैन’ उनी भन्छन्, ‘हिंडेर गएर मल ल्याउन सकिन्न, यसपालि चैते धानले मल नभेट्ने भयो ।’ मल […]

भौतिक दूरी कायम गरेर लुम्बिनीमा प्रार्थना

१२ जेठ, बुटवल । २५६५ औं बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा भौतिक दूरी कायम गरी प्रार्थना गरिएको छ । हरेक वर्ष बुद्धजयन्तीका दिन बिहानैदेखि सयौं आगन्तुकहरुको चहलपहल हुने लुम्बिनीमा यसवर्ष भने आन्तरिक र वाह्य पर्यटक, भिक्षु–भिक्षुणी, बौद्धमार्गीहरुको भिड लागेन । लुम्बिनी विकास कोषले औपचारिक कार्यक्रम नै आयोजना गरेर स्वदेश तथा विदेशका राष्ट्र प्रमुखलाई निम्त्याउने गरेकोमा कोरोना […]



from समाचार – Online Khabar https://ift.tt/3uoFhbc
via IFTTT
Powered by Blogger.