Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

विभिन्न विद्युतीय सामग्रीको आयातमा लाग्ने भन्सार छुट

१५ जेठ, काठमाडौं । सरकारले विभिन्न विद्युतीय उपकरणको आयतमा लाग्ने भन्सार महसुलमा छुट दिने भएको छ । विद्युतीय चुलो, रिफ्रिजेरटर, माइक्रोवेब ओभनको भन्सार महसुल घटाएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन् । विद्युत खपतको बढाउनका लागि प्रोत्साहन गर्न यस्तो नीति लिइएको हो।

दैलेखको पेट्रोलियम पदार्थ दुई वर्षभित्र उत्खनन गरिने

१५ जेठ, काठमाडौँ । सरकारले आगामी दुई वर्षभित्रमा दैलेखमा रहेको पेट्रोलियम पदार्थको उत्खनन गरी भण्डारण गर्ने कार्यको थालनी गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्दै पेट्रोलियम पदार्थ उत्खननका लागि आवश्यक बजेट विनियोजन गरेको बताए । दैलेखको पेट्रोलियम पदार्थको अन्वेषणकार्य सरकारले गरिरहेको छ तर कोरोना संक्रमण फैलिएसँगै अन्वेषण कार्यमा संग्लग्न चिनियाँ टोली २०७६ […]

नेपाल वायुसेवा निगममा रणनीतिक साझेदारी भित्र्याउने पुनःघोषणा

१५ जेठ, काठमाडौं । सरकारले नेपाल वायुसेवा निगममा रणनीतिक साझेदार भित्र्याउने योजना पुनः घोषणा गरेको छ । सरकारले पटक पटक यो घोषणा गरेपनि कार्यान्वयनमा ल्याउन सकेको छैन । अर्थमन्त्री विष्णु पौडेलका अनुसार आगामी आवमा सरकारले निगमको पुँजी वृद्धिमा समेत सहयोग गर्नेछ । संगठन पुनसंरचना परिवर्तन गर्ने घोषणा अर्थमन्त्रीले गरेका हुन् ।

कांग्रेसका थप क्रियाशील सदस्यताको विवरण सार्वजनिक

१५ जेठ, काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत थप १६ जिल्लाका २१ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता नवीकरण र नयाँतर्फको प्रस्तावित नामावली सार्वजनिक गरेको छ । कांग्रेसले विधानको प्रक्रियानुसार विवादरहित रुपमा पार्टीका जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले पार्टीको सफ्टवेयरमा ‘इन्ट्री’ गरिएका क्रियाशील सदस्यतासम्बन्धी विवरण आज पार्टीको वेबसाइट नेपाली कंग्रेस डट ओरजी मार्फत […]

मदन भण्डारी राजमार्गले पायो ३ अर्ब २० बजेट

१४ जेठ, काठमाडौं । सरकारले मदभण्डारी राजमार्गका लागि ३ अर्ब २० बजेट विनियोजन गरेको छ । शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो आयोजनाका लागि सो बजेट विनियोजन गरिएको जानकारी दिएका छन् । उनले हेटौं–सिन्धुली–धरान खण्डको निर्माण आगामी आथिउृक वर्ष भित्र सकाउने बताएका छन् । त्यसभन्दा पूर्वको खण्डको निर्माणको […]

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेट १३ अर्ब ५८ करोड

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १३ अर्ब ५८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी दिएका हुन् । औद्योगिक पूर्वाधार विकास, स्वदेशी उत्पादनलाई प्रोत्साहन तथा निर्यात प्रवद्र्धन, बहुमूल्य खानी अन्वेषण लगायतका क्षेत्रमा उक्त बजेट […]

पत्रकारलाई सरकारी अस्पतालमा नि:शुल्क उपचार

१५ जेठ, काठमाडौं । सरकारले पत्रकारलाई सरकारी अस्पतालमा नि:शुल्क उपचार दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले  आर्थिक वर्ष २०७८/७९ को बजेटमा नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेका हुन् । पत्रकारको उपचारका लागि नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिललगायतका संस्थासँग मिलेर कार्य गरिने अर्थमन्त्री पौडेलले बताए । […]

पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि १५ अर्ब ३४ करोड बजेट

१५ जेठ, काठमाडौं । सरकारले प्रमुख शहरहरू बीचको दूरी अधिकतम् २ घण्टाको हुने गरी सडक बनाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेटमा पूर्व–पश्चिम राजमार्गको विस्तार गर्न १५ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ । सडकहरुलाई अधिकतम् गतियुक्त, सुरुङमार्ग, उचाईयुक्त पुल, फ्लाइओभर वन्यजन्तुमार्गसहित बनाउने घोषणा बजेटले गरेको छ । सबै […]

सुकेटार विमानस्थलको नाम स्व. रवीन्द्र अधिकारीका नाममा नामाकरण

१५ जेठ, काठमाडौं । सरकारले ताप्लेजुङको सुकेटारस्थित विमानस्थललाई स्व.पर्यटनमन्त्री रवीन्द्र अधिकारीको नामबाट नामाकरण गरेको छ । उनको २०७५ साल फागुन १५ गते ताप्लेजुङको पाथिभरामा हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो । साथै यति समूहका संस्थापक स्व. आङछिरिङ शेर्पाको नामबाट चुहानडाँडा विमानस्थलको नाम राखिने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

द्रूतमार्गका लागि ८ अर्ब १५ करोड बजेट विनियोजन

१५ जेठ, काठमाडौं । सरकारले काठमाडौं–तराई द्रूतमार्ग निर्माणका लागि अगामी वर्ष ८ अर्ब १५ करोड बजेट विनियोजन गरेको छ । शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले नेपाली सेनामार्फत बनिरहेको आयोजनालाई लगानी अभाव हुन नदिने गरी बजेट विनियोजन गरेका छन् । ७२.५ किलोमिटर लामो द्रूतमार्गमा आगामी वर्षबाट तीन वटा सुरुङमार्ग […]

आँबुखैरेनी-पोखरा सडक चार लेनको बनाउन ७ अर्ब २७ करोड विनियोजन

१५ जेठ, पोखरा । पृथ्वी राजमार्गको नागढुंगा–मुग्लिन र आँबुखैरेनी–पोखरा सडकखण्डको स्तरोन्नति तथा विस्तार गर्न सरकारले बजेट विनियोजन गरेको छ । पृथ्वी राजमार्गको नागढुंगा–मुग्लिन खण्डको स्तरोन्नति र आँबुखैरेनी–पोखरा खण्ड चार लेनको बनाउने योजनालाई सरकारले आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरेको हो । आँबुखैरेनी–पोखरा सडकका लागि बोलपत्र आह्वान भएर ठेकेदार छनौट पनि भइसकेको छ । यो सडक […]

१ लाख ६८ हजार घरका खरका छाना जस्तापाताले विस्थापित गरिने

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १ लाख ६८ हजार घरका खरका छना विस्थापित गर्ने लक्ष्य घोषणा गरेको छ । यसका लागि प्रतिपरिवार ७५ हजार रुपैयाँ अनुदान दिइने छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै  ३ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन् ।

आगामी वर्ष १ हजार ६२९ मेगावाट बिजुली थप हुने दावी

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १ हजार ६२९ मेगावाट बिजुली थप हुने अनुमान सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत सार्वजनिक भएको बजेटमा माथिल्लो तामाकोसीसहित विभिन्न आयोजनाको निर्माण सकाएर राष्ट्रिय प्रसारणमा १६ सय २९ मेगावाट बिजुली थप हुने उल्लेख छ । अर्थमन्त्री विष्णु पौडेलले सुख्खासयाममा समेत आन्तरिक माग धान्न सकिने […]

ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार पुग्यो

१५ जेठ, काठमाडौं । सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेका अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता एक हजार बढाएका हुन् । उनका अनुसार सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएको छ । सामाजिक सुरक्षाका लागि १ खर्ब […]

रेलमार्गका लागि सरकारले छुट्यायो १० अर्ब ३ करोड

१५ जेठ, काठमाडौं । सरकारले पूर्वपश्चिम रेलमार्गसहितका रेलमार्ग आयोजनाका लागि आगामी आर्थिक वर्ष २०७९÷७९ का लागि १० अर्ब ३ करोड बजेट छुट्याएको छ । शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले रेलमार्गका आयोजनाहरुका लागि १० अर्ब भन्दा बढी बजेट विनियोजन गरेको जानकारी दिए । उनले आगामी वर्ष जनकपुर–जयनगरसहितका रेलमार्गमा रेल […]

खानेपानी तथा सरसफाइलाई ४३ अर्ब ५४ करोड, मेलम्चीमा अर्को परियोजना थपिने

१५ जेठ, काठमाडौं । सरकारले खानेपानी तथा सरसफाइ मन्त्रालयका लागि ४३ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यो रकम चालु आव हाराहारी नै रहेको छ । सरकारले चालु आर्थिक वर्षमा ४३ अर्ब १० करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । यस बजेटमा मेचम्ची आयोजनामा खर्च हुने थप रकम समेत समावेश छ […]

युवा तथा खेलकुदको बजेट २ अर्ब ७४ करोड

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद क्षेत्रका लागि २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को लागि सरकारले युवा र खेलकुदतर्फको बजेट ३८ करोड बजेट वृद्धि गरेको छ । चालु आर्थिक वर्षमा युवा तथा खेलकुदको बजेट २ खर्ब ३६ करोड छुट्याइएको थियो । […]

पशुपतिनाथलाई ३५ करोड बजेट

१५ जेठ, काठमाडौं । सरकारले पशुपतिनाथको सजावटको लागि ३५ करोड बजेट छुट्‍याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

हुलाकी राजमार्गले पायो ६ अर्ब ३९ करोड बजेट

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा हुलाकी राजमार्गका लागि साढे ६ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको छ । शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यो वर्ष हुलाकी राजमार्गका लागि यो बजेट विनियोजन भएको हो । उनले एक वर्षभित्र यो राजमार्गको निर्माण गरिसक्ने घोषणा गरेका छन् […]

सरकारले मेड इन नेपाल, मेक इन नेपाल अभियान सञ्चालन गर्ने

१५ जेठ, काठमाडौं । सरकारले नीजी क्षेत्रसँग मिलेर मेड इन नेपाल, मेक इन नेपाल अभियान सञ्चालन गर्ने भएको छ । उक्त अभियानमार्फत सिमेन्ट, औषधि र फलामे डण्डीमा निर्यात तथा प्रर्वधन गरिने नयाँ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले जानकारी दिए ।

माडीमा राम मन्दिर बनाउन बजेट विनियोजन

१५ जेठ, काठमाडौं । सरकारले चितवनको माडीमा राम मन्दिर निर्माणको लागि बजेट विनियोजन गरेको छ । विगत एक वर्षदेखि चर्चामा रहेको र प्रधानमन्त्री केपी शर्मा ओलीको प्राथमिकता प्राप्त आयोजनाको रूपमा रहेको यो मन्दिर निर्माणका लागि आगामी आर्थिक वर्षको लागि चाहिने बजेट विनियोजन गरेको हो । गत राम नवमीको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले रामसीता र […]



from समाचार – Online Khabar https://ift.tt/3fyeZzc
via IFTTT
Powered by Blogger.