समाचार
१७ जेठ, काठमाडौं । मोरङले आगामी जेठ २४ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले एक सूचना जारी गर्दै निषेधाज्ञालाई जेठ २४ गतेसम्म थप गर्ने निर्णय भएको बताएका हुन् । कोरोना सङ्क्रमण बढिरहेको अवस्थालाई ध्यानमा राखी जेठ २४ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञाको थप गरिएको उनले […]
१७ जेठ, म्याग्दी । जिल्ला सदरमुकामस्थित बेनी अस्पतालमा स्थापना गरिएको सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटर पूर्णरूपमा प्रयोगमा आउन सकेको छैन । जनशक्ति अभावका कारण गम्भीर बिरामीको उपचार गर्न गत असारमा स्थापना गरिएको आईसीयू सञ्चालन गर्न समस्या भएको हो । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत अस्पतालमा दुई वटा भेन्टिलेटरसहित पाँच शय्याको आईसीयू कक्ष स्थापना गरिएको […]
१७ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउनका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दाबी गरेको आरोप लगाएका छन् । सोमबार मन्त्री ढकालले न्युज एजेन्सीसँग कुरा गर्दै नेकपा(एमाले) र जनता समाजवादी पार्टीलाई विभाजन गराउने मनशायका साथ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेको बताएका हुन् । दलीय […]
१७ जेठ, काठमाडौं । चीनले नेपाललाई अनुदानस्वरुप दिने घोषणा गरेको १० लाख डोज खोप ५५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई दिइने भएको छ । उक्त खोप लिन नेपाल एयरलाइन्सको विमान सोमबार साँझ बेइजिङ जाँदैछ र मंगलबार खोप नेपाल आइपुग्दैछ । भेरोसेल नामको सो खोप ५५ देखि ६५ वर्ष उमेर समूहलाई दिइने स्वास्थ्य सेवा विभागको […]
१७ जेठ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ बाट उत्पन्न असरको सम्बोधन गर्न र नागरिकमाथि दुर्व्यवहार नगर्न सरकारलाई आग्रह गरेको छ । सोमबार एक विज्ञप्ति जारी गरी आयोगले आफ्नो केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयले गरेको अनुगमनका क्रममा आईसीयू र भेन्टिलेटरमा उपचार नपाएर मानिसको मृत्यु भएको तथा निषेधाज्ञा उल्लंघनका नाममा प्रहरीले निर्घात कुटपिट गरेको […]
१७ जेठ, हुम्ला । स्वास्थ्य सेवा कार्यालय हुम्लाले कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचारलाई दृष्टिगत गरी आठ नयाँ अक्सिजन कन्सन्ट्रेटर खरीद गरेको छ । जिल्लामा दैनिक रुपमा सङ्क्रमित बढिरहेका बेला कार्यालयले अक्सिजन कन्सन्ट्रेटर खरीद गरेको हो । दुर्गममा कोरोना सङ्क्रमितको उपचारका लागि बढी उपयोगी देखिएपछि अक्सिजन कन्सन्ट्रेटर खरीद गरी ल्याइएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले […]
१७ जेठ, काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमाले कानूनी र प्राविधिक रूपमा एउटै भए पनि पार्टी संरचना, संसदीय मोर्चा र राजनीतिक गतिविधिमा विभाजित भइसकेको छ । तर दुवै समूहका नेताहरू पार्टी विभाजनको दोषबाट बच्न एकअर्का समूहमाथि गल्ती थोपर्ने प्रयास गरिरहेका छन् । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले नेतृत्वको निर्देशन पालना […]
१७ जेठ, जनकपुरधाम । प्रदेश-२ सरकारले आगामी जेठ २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश-२ मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले चालु पाँचौ अधिवेशन अन्त्य गर्दै २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री […]
१७ जेठ, काठमाडौं । पूर्व प्रदेश प्रमुखहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको मिलेमतोमा प्रतिनिधिसभा पटक-पटक विघटन गर्ने कार्यले संविधानको जीवन क्षय हुने बताएका छन् । प्रदेश-१ का पूर्वप्रमुख गोविन्दबहादुर तुम्वाहाङ, गण्डकीका पूर्वप्रमुख बाबुराम कुँवर र कर्णाली प्रदेशका पूर्वप्रमुख दुर्गाकेशर खनालले संयुक्त विज्ञप्ति जारी सरकारको कदमको विरोध गरेका हुन् । उनीहरुले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक […]
१७ जेठ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का १ लाख ५२ हजारभन्दा धेरै नयाँ संक्रति फेला परेका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार उक्त अवधिमा भारतमा ३ हजार १२८ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या २ करोड ८० लाख ४७ हजार […]
‘हजुरबालाई अर्को अस्पतालमा भेन्टिलेटरमा रहेकी श्रीमतीको चिन्ता छ । वास्तवमा हजुरआमा बितिसक्नुभएको उहाँलाई सुनाइएको छैन, परिवारसँगको सल्लाहमा । अझै निकै अक्सिजन चाहिने हजुरबा सधैं मलाई डिस्चार्ज गरिदिनू न डा. साब भन्नुहुन्छ ।’ ०००० ‘अर्का बा बिस्तारै तङ्ग्रिदै हुनुहुन्छ । उहाँलाई पनि भाइको भर्खर मृत्यु भएको सुनाइएको छैन ।’ ०००० ‘अर्का बा–आमा दुवैजनालाई कोभिड । एकजना […]
१७ जेठ, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । भेटमा सरकारमा सहभागीताको विषयमा छलफल भएको स्रोतले जनाएको छ । ठाकुर र महतो ओली नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा छन् । सोमबारको भेटमा मन्त्रालय बाँडफाँटमा केन्द्रित हुने स्रोतले जनायो । यसैबीच जसपाका […]
१७ जेठ, जनकपुरधाम । रक्सी चोरेको आरोपमा सिराहा प्रहरीले ३ जना अधिकारीलाई निलम्बन गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाले रक्सी चोरीको आरोप खेपेका एक प्रहरी सहायक निरीक्षक (असई) सहित तीन जनालाई निलम्बन गरेको हो । लहान नगरपालिका वडा नम्बर २३ गढिया चोकस्थित पूजा होटल एवं एसके मदिरा पसलबाट भोड्का रक्सी चोरेको आरोपमा उनीहरुलाई निलम्बन […]
१७ जेठ, बाँके । बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार ४:४५ बजे दिउँसोदेखि सोमबार बिहान ७ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ। जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये २ जना बाँके, १/१ जना दैलेख, लमजुङ, दाङ र कैलालीका छन् । राप्तिसोनारी […]
१७ जेठ, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका प्रमुख धवलशमशेर राणाले राष्ट्रियसभाको उपनिर्वाचन बहिष्कार गरेका छन् । कोरोना महामारीसँग जुध्ने अहिलेको प्राथमिकता भएको भन्दै उनले मतदानमा भाग नलिएका हुन् । उनले सामाजिक सन्जालमार्फत यो जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन । अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकाले […]
१७ जेठ, बुटवल । राष्ट्रियसभामा रिक्त एक पदका लागि लुम्बिनी प्रदेशमा उपनिर्वाचन शुरु भएको छ । माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त भएको पदमा उपनिर्वाचन गरिएको हो । प्रदेश राजधानी दाङको कर्मचारी मिलन केन्द्रमा बिहान नौ बजेदेखि मतदान जारी छ । मतदाताहरु दूरी कायम गरी मतदान केन्द्रमा लामबद्ध […]
अहिले नेकपा एमालेमा वामपन्थ होइन, ‘रामपन्थ’ हावी हुने खतरा छ । त्यसैले जो–जो केपी ओलीलाई एकल नेता मान्न तयार हुन्छन्, उनीहरू मात्रै पार्टीमा रहन्छन् भन्ने सोच विकास भएको छ । जबकि एउटा कम्युनिष्ट पार्टी विधि र पद्धतिमा चल्छ । त्यो भनेको केन्द्रीय कमिटीको सर्वोच्चता, सबै सदस्य केन्द्रीय कमिटीको मातहत, व्यक्ति संगठनको मातहत र एउटा महाधिवेशनको […]
नेकपा एमालेभित्र अहिले देखिएको संकट वैचारिक जस्तो देखिन्न, तर अन्तर्यमा वैचारिक छ । तीन वर्षसम्म एमालेमा वैचारिक छलफल हुनै पाएन । जबकि पार्टीभित्र कब्जावादी र सर्वसत्तावादी चिन्तन विरुद्ध केपी शर्मा ओली संघर्षरत हुनुहुन्थ्यो । कुनैबेला आफ्नै टाउकोको मूल्य तोक्ने र आधा प्रतिगमन सच्चियो भनेर ज्ञानेन्द्र शाहको राज समर्थन गर्ने शेरबहादुर देउवालाई उपयोग गर्दै अगाडि बढेका […]
१७ जेठ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले ६१ जिल्लाको क्रियाशील सदस्यताको नवीकरण र वितरणको काम सकिएको जानकारी दिएको छ । सोसँगै ६१ जिल्लाको १०१ स्थानको लागि नामावली इन्ट्री गर्ने सफ्टवयर बन्द गरिएको छ । क्रियाशील सदस्यतामा कुनै त्रुटि भएमा सच्याउनका लागि नयाँ तर्फको नामावलीका सम्बन्धमा क्षेत्रीय कार्यसमितिले जिल्ला मार्फत केन्द्रमा र […]
१७ जेठ, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज पनि स्थगित भएको छ । सोमबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको बैठक अन्तिम समयमा स्थगित भएको हो । यसअघि आइतबार साँझ पाँच बजे तय भएको स्थायी कमिटी बैठक पनि स्थगित गरिएको थियो । बैठकमा स्पष्टीकरण सोधिएका १२ जना नेताहरुलाई थप कारबाही […]
१७ जेठ, काठमाडौं । उत्तराधिकारीको अभावका कारण लामो समयदेखि निष्कृय बनेको संशोधन मण्डललाई सवल बनाउन भन्दै सरकारले आगामी आर्थिक वर्षको लागि बजेट व्यवस्था गरेको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा इतिहासको अध्ययन, अन्वेषण र खोज गरी भौगोलिक, राजनीतिक, सांस्कृतिक एवं सामाजिक पक्षमा प्रामाणिकता स्थापित गर्न क्रियाशील रहेको इतिहास संशोधन मण्डललाई सबल बनाउन […]
from समाचार – Online Khabar https://ift.tt/3yNEHY5
via IFTTT