समाचार
१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनको काठमाडौँस्थित निदान अस्पतालमा उपचारका क्रममा निधन भएको हो । सभापति देउवाले बिहीबार शोक विज्ञप्तिमार्फत पार्टीका नेता, पूर्व प्रदेश प्रमुख, समाजसेवी, असल, वौद्धिक एवं शालिन व्यक्तित्वका धनी मल्लको असामयिक निधनको खबरले दुःखी बनाएको […]
१३ जेठ, पाँचथर । हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसाद शिगूको कोरोना संक्रमणबाट मृत्यु भएको छ । दुई सातादेखि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत वडाध्यक्ष शिगूलाई विहीबार बिहान चिकित्सकले मृत घोषित गरेको गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेनले पुष्टि गरे । शवको व्यवस्थापन झापामै गर्ने तयारी भइरहेको उनले जानकारी दिए । ‘परिवारजन र झापा प्रशासनसँग समन्वय गरिरहेका छौँ’, […]
१३ जेठ, काठमाडौं । सभामुख अग्नि सापकोटाले संसद विघटनका विषयमा परामर्श जारी राखेका छन् । यसअघि पूर्वसभामुखहरुसँग परामर्श गरेका उनले बिहीबार संविधान, कानून र न्यायिक क्षेत्रका विज्ञ, विशेषज्ञहरुसँग परामर्श थालेका हुन् । दिउँसो एक बजेदेखि संसद भवनको ल्होत्से हलमा परामर्श गर्न लागिएको सभामुखको सचिवालयले जनाएको छ । परामर्शका लागि नेपाल बार एशोसिएसनका पूर्वअध्यक्षहरु, वरिष्ठ अधिवक्ताहरुलगायतलाई […]
१३ जेठ, काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका तीन जना, बर्दियाका दुईजना, कैलाली, दाङ र कञ्चनपुरका एक/एकजना गरी ८ जनाको मृत्यु भएको हो । यो संख्या बुधबार राति ७ः१५ बजेदेखि बिहीबार बिहान ७ बजेसम्मको हो । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० का ५७ वर्षीय […]
१३ जेठ, काठमाडौं । किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णयबाट आलोचित प्रशासनले कसैलाई खाद्य सामग्री अभाव भए खरिदका लागि वैकल्पिक व्यवस्था गरेको छ । नागरिकमा खाद्य सामग्री नै पाइँदैन भन्ने भ्रम गएको भन्दै उपत्यका प्रशासनले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट अत्यावश्यक सामग्री मगाउन सक्ने गरी व्यवस्था […]
१३ जेठ, सुर्खेत । कोरोना भाइरसको संक्रमणबाट जाजरकोटका पूर्व सांसद रत्नप्रसाद न्यौपानेको निधन भएको छ । उपचारका क्रममा काठमाडौँस्थित सशस्त्र प्रहरी अस्पतालमा बुधबार राति निधन भएको उनका छोरा मदनरत्न न्यौपानेले पुष्टि गरे । ‘शुरुमा वैशाख २३ गते बुवालाई कोरोना संक्रमण देखिएको थियो, तर पछि फोक्सोमा निमोनिया भएर गम्भीर समस्या भएपछि काठमाडौँमा उपचार भइरहेको थियो । […]
१३ जेठ, काठमाडौं । पशुपति क्षेत्र विकास कोषको गोठाटारमा रहेको जग्गामा बनाइएको अवैध संरचना प्रहरीले भत्काएको छ । मंगलबार नेपाल प्रहरीले गोठाटारमा बनाइएको करिब २५ वटा टहरा भत्काएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए । स्थानीयले रातारात कोषको जग्गा अतिक्रमण गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौं, गृह मन्त्रालय र पशुपति क्षेत्र […]
१३ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले गुप्तचर एजेन्सीहरुलाई कोरोना भाइरसको उत्पत्तिबारे अध्ययन गरेर ९० दिनभित्र रिपोर्ट बुझाउन निर्देशन दिएका छन् । एक विज्ञप्ति जारी गर्दै बाइडनले कोरोना भाइरसको उत्पत्तिको विषयमा आफ्नो प्रयास बढाउन आग्रह गरेका हुन् । कोरोना भाइरसको पहिलो संक्रमित सन् २०१९ को डिसेम्बरमा चीनको हुबेईस्थित वुहान सहरमा फेला परेका थिए । […]
१३ जेठ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ३ हजार ८४७ जनाको मृत्यु भएको छ । यससँगै भारतमा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख १५ हजार २३५ पुगेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २ लाख ११ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । […]
१३ जेठ, पोखरा । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रमेश कर्माचार्र्यको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कर्माचार्यको निदान अस्पताल, पुल्चोकमा उपचारका क्रममा मृत्यु भएको हो । २० दिनअघि कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएको उनका काका ईश्वर कर्माचार्यले जानकारी दिए । ‘कोरोना पोजेटिभ देखिएर धेरै ज्वरो आएपछि ३ दिनदेखि भेन्टिलेटर राखेर उपचार भइरहेको […]
१३ जेठ, काठमाडौं । नेपाल चिकित्सक संघले विश्व स्वास्थ्य संगठन लगायतका स्वास्थ्य क्षेत्रका विभिन्न संघसंस्थासँग मिलेर स्वास्थ्यकर्मीलाई तालिम दिन सुरु गरेको छ । बिहीबारदेखि सुरु भएको तालिम ५ वटा समूहलाई दुई÷दुई दिनको दरमा १० दिनसम्म चल्ने संघका अध्यक्ष लोचन कार्कीले जानकारी दिए । एउटा समूहमा १०० जना चिकित्सक एवं स्वास्थ्यकर्मीलाई समेटिएको छ । तालिममा कोरोना महामारीबाट […]
१३ जेठ, म्याग्दी । म्याग्दीको नयाँ पर्यटकीय स्थल लभ्लीहिलमा स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन गरिएको छ । जिल्लाको बेनी नगरपालिका-२ खबराको लभ्लीहिल (मायालु डाँडो )मा म्याग्दी ऊर्जा प्रविधि केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय सीप र प्रविधिको प्रयोग गरी हावाबाट बिजुली निकालिएको हो । काठ, जस्तापाता, पाइप र धागोजस्ता स्थानीय सामग्रीबाट भर्टिकल टर्वाइन […]
१३ जेठ, काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङले कोरोना महामारी विरुद्ध लड्न नेपाललाई सकेसम्म धेरै सहयोग प्रदान गर्ने कार्यलाई जारी राख्ने बताएका छन् । चिनियाँ राष्ट्रपतिले नेपाली जनताले कोरोना महामारी विरुद्धको लडाईं निश्चित रूपमा जित्ने विश्वास समेत व्यक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन वार्तामा सिले सो धारणा व्यक्त गरेको चीनको सरकारी समाचार एजेन्सी […]
१३ जेठ, बागलुङ। कोरोनाको त्रासदी छ । महामारी गाउँ छिरेको छ । सङ्क्रमण रोक्न गरिएको निषेधाज्ञा जारी छ । किसानलाई भने पौरख नचलाई सुख छैन । घरमै बसेर हातमुख जोडिन्न । बर्खा सुरु हुँदैछ। खेतीपाती नगरी भएन । कोरोना छलेर कामधन्दा गर्नुछ । महामारीबीच रोपाइँको याम शुरु भएको छ । गलकोटलगायत जिल्लाका कतिपय भेगमा जेठ […]
१३ जेठ, काठमाडौं । संसद विघटनको विरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बेन्चमा हुने भएको छ । बिहीबार पेशी तोक्दा प्रधानन्यायाधीश जबराले १९ रिटको सुनुवाइ आफ्नो एकल बेन्चमा हुने गरी तोकेका हुन् । सर्वोच्च अदालतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ बिहीबार (आज) हुँदैछ । संवैधानिक इजलासमा सुनुवाइको माग […]
१३ जेठ, काठमाडौं । कोरोना संक्रमित १३ नं बाहिनी जावलाखेलका जर्नेल दिनेश केसीको निधन भएको छ । एक साता अघि कोरोना संक्रमण पुष्टि भएर सैनिक अस्पताल छाउनीमा उपचाररत केसीको बिहीबार बिहान ज्यान गएको नेपाली सेनाले जनाएको छ । केसीको निधनबारे नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सामाजिक सञ्जालमा प्रतिक्रिया दिंदै दु:ख व्यक्त गरेका छन् । क्षेत्रीले […]
१२ जेठ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले निष्क्रिय कर्जा घटाएका छन् । गत वर्ष भएको लकडाउनपछि बैंकहरूको निष्क्रिय कर्जा धेरै बढ्न सक्ने अनुमान गरिएको थियो । तर अनुमान विपरीत बैंकहरुले निष्क्रिय कर्जामा सुधार गरेका छन् । लामो समय भएको लकडाउनका कारण व्यापार व्यवसाय बन्द भए । लकडाउनमा बन्द भएका कतिपय उद्योगहरु अहिले पनि सञ्चालनमा […]
१३ जेठ, धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले आफ्ना तीन मन्त्रीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ । प्रदेश समितिको तर्फबाट अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले तीनै जना मन्त्रीलाई छुट्टाछुट्टै पत्र लेख्दै आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकास […]
१३ जेठ, काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले मतदातालाई प्रभाव पार्ने खालको कार्यक्रम बजेटमा नराख्न आग्रह गरेका छन् । बिहीबार पूर्व निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधिप्रसाद यादव र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरूङले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । उनीहरुले २०७८ साल कात्तिक र मंसिरमा प्रस्तावित प्रतिनिधिसभाको […]
१३ जेठ, काठमाडौं । नेकपा एमाले नेता गोकर्ण विष्टले पार्टी एकता जोगाउन अन्तिम क्षणसम्म प्रयासरत रहेको बताएका छन् । बिहीबार नेता बिष्टले ट्वीट गर्दै नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहने उल्लेख गरेका हुन् । बुधबार माधव नेपाल पक्षीय १५ नेताहरूले […]
१३ जेठ, धनगढी । कोरोना भाइरसको संक्रमणबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ । कैलालीका स्थायी बासिन्दा मल्लको काठमाडौँमा उपचारका क्रममा निधन भएको उनका भतिजा रुपक मल्लले पुष्टि गरे । ‘उहाँलाई एक हप्ता पहिले कोरोना संक्रमण देखिएको थियो,’ उनले भने, ‘काठमाडौँमा उपचार गराइरहनु भएको थियो । हिजो राति ११ बजेतिर मृत्यु भयो […]
from समाचार – Online Khabar https://ift.tt/3bXNn4q
via IFTTT






















