समाचार
१४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि समुदायस्तरमा एन्टिजिन टेस्ट गर्ने भएको छ । कोरोना भाइरस महामारीको बढ्दो संक्रमणको अवस्था बुझ्न महानगरपालिकाले नगर क्षेत्रभित्रका विभिन्न ठाउँमा एन्टिजिन परीक्षण गर्न लागेको हो । ११ जेठमा विभिन्न परीक्षण केन्द्रहरु सार्वजनिक गर्दै महानगरले शुक्रबारदेखि बृहद् रुपमा कोरोना परीक्षण गर्न लागेको हो । जेठ १८ गतेसम्म चल्ने एन्टिजिन परीक्षणमा […]
१४ जेठ, काठमाडौं । बेलायत सरकारले नेपाललाई सहयोग गरेका स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ । २६० भेन्टिलेटर, १९ हजार २ सय थान फेससिल्ड लगायतका स्वास्थ्य सामग्री शुक्रबार बिहान चार्टर्ड उडानबाट काठमाडौं ल्याइएको हो । ती सामग्रीहरु शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि बेलायती राजदूतत निकोला पोलिटले स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जारी […]
१४ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरु संवैधानिक इजलासमा सुनुवाइ गर्ने प्रक्रिया सुरु हुँदै छ । रिटमाथिको सुनुवाइका लागि शुक्रबार सर्वाेच्च अदालतमा संवैधानिक इजलास गठन हुँदैछ । सर्वाेच्चका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार संवैधानिक इजलासमा बस्ने न्यायाधीशको छनोट गरेपछि शुक्रबार नै इजलासमा रिटबारे सुनुवाइ गर्ने तयारी गरिएको छ । सरकारको सिफारिसमा गत शुक्रबार राष्ट्रपति विद्यादेवी […]
१४ जेठ, काठमाडौं । कोरोना महामारीले सबै क्षेत्र प्रभावित भएको छ । कयौँको रोजीरोटी खोसिएको छ । दैनिक ज्याला मजदूरी गर्नेलाई बिहान–बेलुका हातमुख जोर्न धौधौ छ । सङ्क्रमितले अस्पतालमा भीड भएर उपचारका लागि शय्या (बेड) नपाएको अवस्था छ भने उपचारका नाममा आइसीयू र भेन्टिलेटरको सुविधा भएको अस्पताललाई दैनिक रु २५ हजारदेखि ५० हजार बढीसम्मको चर्को […]
१४ जेठ, पोखरा । हाइफ्लोमा अक्सिजन दिएर उपचार भइराखेका बेला डाक्टरले अक्सिजन सकिएको खबर गरेपछि तनहुँ भानुकी सुत्केरी महिलाको परिवार होसहवास उड्यो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड आइसोलेसनमा शुक्रबार भर्ना भएर हाइफ्लो अक्सिजन दिएर सुत्केरीको उपचार भइरहेको थियो । बिहीबार साँझ नै अस्पतालले अक्सिजन रेगुलर नभएको भन्दै घरि अक्सिजन दिने, घरि नदिने गरिएको सुत्केरीका […]
१४ जेठ, काठमाडौं । केही वर्ष अगाडिसम्म नेपालमा कुनै राजनीतिक घटना हुनासाथ भारतीय विदेश मन्त्रालयले तत्कालै औपचारिक प्रतिक्रिया जनाइहाल्थ्यो । अर्थात्, नेपालको घटनाक्रममा बोल्न उसलाई मिडियाको प्रश्न र जिज्ञासा आवश्यक पर्दैन’थ्यो । नेपालमा ठूलो राजनीतिक घटना हुनासाथ विज्ञप्ति आइहाल्थ्यो । तर, विशेषगरी २०७४ सालको स्थानीय निर्वाचनपछि भारतले आफ्नो त्यो नीतिमा परिवर्तन गरेको छ । अहिले […]
१३ जेठ, काठमाडौं । राजनीतिक किचलोको मारमा बारम्बार बजेट पर्दा आर्थिक वर्षको समयमै नआउने र खर्च नहुने समस्या समाधान गर्न १५ जेठमा बजेट ल्याउनै पर्ने प्रावधान राखियो । यसको उद्देश्य १ साउनबाट सुरु हुने आर्थिक वर्ष अगाडि नै बजेट पास गर्ने र साउनबाट धमाधम कार्यान्वयनमा जान सकियोस् भन्ने थियो । तर जुन उद्देश्यले संविधानमा यो […]
१४ जेठ, काठमाडौं । बंगालको खाडीमा विकसित यास चक्रवातको प्रभावका कारण शुक्रबार सुदूरपश्चिमबाहेकका प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा भने केही स्थानमा मात्र मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ । हाल नेपालमा यास चक्रवात पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई बनेको […]
१४ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा थप गरिएको निषेधाज्ञा शुक्रबारदेखि लागू भएको छ । थप एक साताको लागि तोकिएको निषेधाज्ञामा यसअघि भन्दा कडाइ गरिएको छ । शुक्रबारबाट लागू भएको निषेधाज्ञामा किराना पसल खोल्न नपाउने, अत्यावश्यक बाहेक हिँडडुल गर्न नपाउने, मर्निङ वाक र इभिनिङ वाकमा हिँड्न नपाइँने जस्ता प्रतिबन्धात्मक व्यवस्थाहरू गरिएका छन् । निषेधाज्ञा सम्बन्धी नियम […]
१४ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले २० वर्षपछि इराकसँग मैत्रीपूर्ण फुटबल खेल्दा विश्वकप छनोटका खेललाई ध्यानमा राख्नेछ । फिफा विश्वकप छनोट २०२२ र एएफसी एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको बाँकी तीन खेल नेपालले कुवेतमा खेल्दैछ । समूह ‘बी’ मा नेपालको ५ खेलबाट ३ अंक छ । त्यसअघि नेपालले इराकसँग […]
१४ जेठ, जनकपुरधाम । प्रदेश २ सरकारले ९ वटा बारुण यन्त्र (दमकल) किनेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले ९ वटा दमकल खरिद गरेको मन्त्रालयका प्रवक्ता अवधकिशोर कुसवाहाले जानकारी दिए । उनका अनुसार एउटा दमकलको मूल्य झण्डै ५३ लाख रुपैयाँ परेको छ । खरिद गरिएका दमकल आठै जिल्लाका प्रशासन कार्यालयलाई उपलब्ध गराइनेछ । […]
१४ जेठ, काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लगाउने कार्यमा विकशित देशहरुले तीव्र प्रगति गरिरहेका छन् । गरिव मुलुकहरु केही लाख डोज खोपका लागि तडपिइरहेका बेला खोप विकाश र उत्पादनमा पकड भएका मुलुकहरुले आफ्ना नागरिकको ठूलो हिस्सालाई खोप लगाइसकेका छन् । बुधबारसम्म विश्वभर झण्डै १ अर्ब ७० करोड डोज खोप लगाइएकोमा त्यसको ६० प्रतिशत खपत मुख्य […]
१४ जेठ, काठमाडौं । सामाजिक सञ्जालमाथि नियन्त्रण गर्नेखालको नियमका कारण भारत सरकारमा सामाजिक सञ्जाल कम्पनीहरू एवं सरकारबीच विवाद जारी छ । पछिल्लो पटक भारतीय प्रहरीले आफ्नो कार्यालयमा आएर चेतावनी दिएसँगै सामाजिक सञ्जाल कम्पनी ट्वीटरले ‘भारतको अभिव्यक्ति स्वतन्त्रता’बारे चिन्ता व्यक्त गरेको थियो । लगत्तै सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुकमा प्रजातन्त्रको चिन्ता नगर्न चेतावनीमूलक सन्देशहरू सरकारी अधिकारीहरूले जारी […]
१३ जेठ, काठमाडौं । बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण भएको छ । उपचारका क्रममा एकजना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले अनलाइनखबरलाई बताए । ‘बिहीबार राति करिब ८ बजेको थियो होला । सिप्याप भेन्टिलेटरमा दाङका ५४ वर्षीय संक्रमित उपचाररत थिए । उनको अवस्था गम्भीर थियो […]
१३ जेठ, गोरखा । २०७२ सालको विनाशकारी भूकम्पको केन्द्रविन्दु बारपाक अहिले अर्को संकटमा छ । गाउँभरि रुघाखोकी, ज्वरो र पखालाका बिरामी छन् । १५ दिनमा १३ जनाको मृत्यु भएको छ, जसमध्ये तीन जनाले बुधबार राति मात्र ज्यान गुमाएका हुन् । मृत्यु भएका अधिकांशमा रुघाखोकी र ज्वरो देखिएको स्थानीयले बताएका छन् । करिव १५ शय घरधुरी […]
१३ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटको सुनुवाइका क्रममा सर्वोच्च अदालतमा संविधानको धारा ७६(५) अनुसारको सरकार गठन प्रक्रियामा दलीय ह्वीप लाग्छ कि लाग्दैन ? भन्ने प्रश्न उठेको छ । १९ वटा रिटमाथि बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा भएको प्रारम्भिक सुनुवाइका क्रममा रिट निवेदक सुलभ खरेलले ७६(५) अन्तर्गतको सरकार गठनका बेला दलीय ह्वीप नलाग्ने […]
१३ जेठ, काठमाडौं । सरकारले आगामी शनिबार अध्यादेशमार्फत आगामी आर्थिक वर्षका लागि बजेट ल्याउँदैछ । संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेको सरकारले अध्यादेमार्फत बजेट ल्याउने भएपछि बिहीबार पूर्वप्रमुख निर्वाचन आयुक्तहरु, पूर्वअर्थमन्त्रीहरु र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुले सरकारलाई आफ्नो सीमा नमिच्न संकेत गर्दै खबरदारी गरेका छन् । छुट्टा-छुट्टै संयुक्त व्यक्तव्यहरु जारी गर्दै पूर्व प्रमुख निर्वाचन […]
१३ जेठ, काठमाडौं । सरकारले कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरिसकेको छ । मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ६ गते प्रमाणीकरण गरेपछि यो कानूनको रूपमा देशभर लागू भएको छ । यसमा स्वास्थ्य आपत्कालको व्यवस्था समेत गरिएको छ । कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश के हो र यसले कहाँ–कहाँ असर पार्छ ? […]
१३ जेठ, विराटनगर । धरानमा प्रहरी चौकीमा स्थानीय युवाको दुई समूहबीच खुकुरी हानाहान भएको छ । दुई समूहबीच भएको झडप रोक्न खोज्दा चौकीका इन्चार्ज घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाका अनुसार एउटा समूह उजुरी लेख्न आएको थियो । उनले भने, पछिपछि आएको अर्काे समूहले चौकी भित्र आक्रमण गर्न खोज्यो । […]
१३ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनका विषयमा बिहीबार सभामुख अग्निप्रसाद सापकोटाले संविधान तथा कानूनका जानकारहरुसँग छलफल गरे । छलफलका क्रममा संविधानविदहरुले उनलाई दुईथरी सुझाव दिए । कसैले सर्वोच्च अदालतको फैसला पर्खिनेबाहेक केही गर्न नमिल्ने सुझाव दिए भने कसैले सक्रिय हुन सुझाव दिए । सक्रिय हुन सुझाव दिनेले राष्ट्रपतिलाई पत्र लेख्न र संसदको पक्षमा जनमत सिर्जना […]
१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दूरगामी प्रकृतिका निर्णय नलिन सरकारलाई आग्रह गरेका छन् । वर्तमान सरकार संविधानको मूल मर्म र भावना विपरीत सत्तामा रहेको र संसदीय प्रक्रियालाई छलेर दूरगामी प्रकृतिका निर्णयहरु लिइरहेको उनको आरोप छ । बिहीबार वक्तव्य जारी गर्दै देउवाले भनेका छन्, ‘सरकारका सम्बन्धमा न्यायपालिकामा मुद्दा विचाराधीन रहेको अवस्थामा कुनै […]
from समाचार – Online Khabar https://ift.tt/3yKmSZV
via IFTTT