समाचार
१४ जेठ, काठमाडौं । सामाजिक सञ्जालमाथि नियन्त्रण गर्नेखालको नियमका कारण भारत सरकारमा सामाजिक सञ्जाल कम्पनीहरू एवं सरकारबीच विवाद जारी छ । पछिल्लो पटक भारतीय प्रहरीले आफ्नो कार्यालयमा आएर चेतावनी दिएसँगै सामाजिक सञ्जाल कम्पनी ट्वीटरले ‘भारतको अभिव्यक्ति स्वतन्त्रता’बारे चिन्ता व्यक्त गरेको थियो । लगत्तै सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुकमा प्रजातन्त्रको चिन्ता नगर्न चेतावनीमूलक सन्देशहरू सरकारी अधिकारीहरूले जारी […]
१३ जेठ, काठमाडौं । सरकारले आगामी शनिबार अध्यादेशमार्फत आगामी आर्थिक वर्षका लागि बजेट ल्याउँदैछ । संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेको सरकारले अध्यादेमार्फत बजेट ल्याउने भएपछि बिहीबार पूर्वप्रमुख निर्वाचन आयुक्तहरु, पूर्वअर्थमन्त्रीहरु र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुले सरकारलाई आफ्नो सीमा नमिच्न संकेत गर्दै खबरदारी गरेका छन् । छुट्टा-छुट्टै संयुक्त व्यक्तव्यहरु जारी गर्दै पूर्व प्रमुख निर्वाचन […]
१३ जेठ, विराटनगर । धरानमा प्रहरी चौकीमा स्थानीय युवाको दुई समूहबीच खुकुरी हानाहान भएको छ । दुई समूहबीच भएको झडप रोक्न खोज्दा चौकीका इन्चार्ज घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाका अनुसार एउटा समूह उजुरी लेख्न आएको थियो । उनले भने, पछिपछि आएको अर्काे समूहले चौकी भित्र आक्रमण गर्न खोज्यो । […]
१३ जेठ, गोरखा । २०७२ सालको विनाशकारी भूकम्पको केन्द्रविन्दु बारपाक अहिले अर्को संकटमा छ । गाउँभरि रुघाखोकी, ज्वरो र पखालाका बिरामी छन् । १५ दिनमा १३ जनाको मृत्यु भएको छ, जसमध्ये तीन जनाले बुधबार राति मात्र ज्यान गुमाएका हुन् । मृत्यु भएका अधिकांशमा रुघाखोकी र ज्वरो देखिएको स्थानीयले बताएका छन् । करिव १५ शय घरधुरी […]
१३ जेठ, काठमाडौं । गत हप्ता ‘ताउते चक्रवात’ आएपछि पाकिस्तान र भारतका मुरुभूमिमा सलह किराको वंश वृद्धि हुँदैछ । योसँगै नेपालमा फेरि सलहको झुण्ड आउन सक्ने खतरा रहेको भन्दै सतकर्तासहित पूर्वतयारी थालिने भएको छ। विश्व खाद्य कार्यक्रमले प्रकाशित गर्ने सलहबारेको नियमित रिपोर्ट अध्ययन गरेपछि विज्ञहरुले गत वर्षजस्तै नेपालमा सलह आउनसक्ने जोखिम रहेको ठहर गरेका छन् […]
१३ जेठ, काठमाडौं । कोभिड १९ का कारण शैक्षिक सत्र दुई महीना पछाडि धकेलियो । महामारीको दोस्रो लहर तीव्र बनेपछि एसईई र कक्षा १२ का विद्यार्थीको परीक्षा हुन सकेन । जेठको दोस्रो हप्ता बित्न लाग्दा पनि परीक्षा विधि एवं तालिका निश्चित हुन नसकेपछि विद्यार्थी अन्योलमा छन् भने अभिभावक आफ्ना बालबालिकाको भविष्य के हुने भन्ने तनावमा […]
१३ जेठ, हेटौंडा । वाग्मती प्रदेश सभाको बजेट अधिवेशन जेठ १६ गतेदेखि सञ्चालन गर्न दलहरु सहमत भएका छन् । बिहीबार प्रदेशको प्रदेश सुशासन केन्द्र जाउलाखेलमा बसेको सर्वदलीय बैठकले जेठ १६ गतेदेखि प्रदेश सभाको अधिवेशन शुरु गर्ने र बैठकले प्रदेश सभा कसरी चलाउने तथा कोभिड – १९ को महामारीका बिचमा कसरी सहज ढंगले चलाउने भन्ने विषयमा […]
१३ जेठ, चितवन । चितवनका अस्पतालहरुमा कोरोना संक्रमित बिरामीको संख्या घट्दै गएको देखिएको छ । कोरोना संक्रमितहरुको उपचार गराउँदै आएका भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेन्स भरतपुर र बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कोरोना संक्रमित बिरामीको संख्यामा कमी आएको छ । एक साताअघिसम्म यहाँका विभिन्न अस्पतालमा ५०२ जना कोरोना संक्रमितले उपचार गराउँदै […]
१३ जेठ, विराटनगर । कोरोना महामारीको जोखिम बढेपछि जिल्ला अदालत मोरङले अनलाइनबाटै मुद्दाको सुनुवाइ गरेको छ । बिहीबार जबरजस्ती करणी मुद्दाको सुनुवाइ अनलाइन माध्यमबाट गरेको हो । सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएपछि बिहीबार जुम एपमार्फत मुद्दाको सुनुवाइ भएको जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालले बताए । उनका अनुसार न्यायाधीश भरत लम्सालको इजलासले जुममार्फत प्रतिवादीको […]
१३ जेठ, बुटवल । लुम्बिनी प्रदेशका विपक्षी पाँच दलले राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठका कारण संविधान धरापमा परेको बताएका छन् । मध्यरातमा संसद विघटन र असंवैधानिक चुनावको घोषणाले संविधानमार्फत संस्थागत गरिएको लोकतान्त्रिक गणतन्त्र, संघीयता, समानुपातिक, समावेशिता र धर्मनिरपेक्षता धरापमा परेको पाँच दलले ठहर गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, नेकपा (माओवादी केन्द्र) लुम्बिनी […]
१३ जेठ, काठमाडौं । युट्युब च्यानलहरुमा गलत सन्देश जाने खालका तथा पत्रकारिताको मर्म विपरित प्रसारण गर्नेलाई कारबाही गर्न माग गरिएको छ । बिहीबार प्रेस काउन्सिललाई ज्ञापन पत्र बुझाउँदै अनलाइन टिभी पत्रकार संघले यस्तो माग गरेको हो । संघको तर्फबाट अध्यक्ष जीवन भण्डारीले काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीलाई बिहीबार ज्ञापनपत्र बुझाउँदै युट्युबबाट विकृति फैलाउने गरी प्रसारण […]
१३ जेठ, काठमाडौं । गत हप्ताको तुलनामा यो हप्ता नेपालमा कोरोना संक्रमण दर ५.७ प्रतिशतले घट्यो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ ९ गतेको तथ्यांकमा संक्रमण दर थोरै घटेको देखिएको छ । काठमाडौं विश्वविद्यालय जनस्वास्थ्य विभागकी सहप्राध्यापक डा. अर्चना श्रेष्ठका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अघिल्लो साताको तुलनामा संक्रमण दर घटेको हो । बागमतीमा […]
१३ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटन र निषेधाज्ञाको विरोधमा बृहत नागरिक आन्दोलनले काठमाडौंमा प्रदर्शन गरेको छ । बिहीबार नागरिकले गरिबलाई रोक्न गस्ती छ, शासकलाई मात्र मस्ती छ, निषेधाज्ञा अति भो, लोकतन्त्रलाई खति भो लगायतका नारा लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए । साँझको समयमा वृहत नागरिक आन्दोलनका सहभागीले मोवाइल बालेर प्रदर्शन गरेका थिए । उनीहरुले मसाल […]
१३ जेठ, काठमाडौं । सिन्धुपाल्चोकसँग सिमाना जोडिएको चीनको न्यालमका अधिकारीले १२ लाख आरएमबी (नेपाली २ करोड १८ लाख) बराबरको सहयोग घोषणा गरेका छन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलसहितसँग भएको भर्चुअल संयुक्त बैठकपछि ‘चिफ अफ न्यालम’ फेई लुईले सहयोग घोषणा गरेका हुन् । सीडीओ पोखरेलका अनुसार लुईले तत्काल दुई लाख आरएमबीको स्वास्थ्य सामग्री पठाउने […]
१३ जेठ, वीरगञ्ज । वीरगञ्जमा सर्जिकल पसलका कर्मचारी कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रल्हाद कार्की विवादमा तानिएका छन् । उनले पानीट्याङ्कीस्थित प्याथो सर्जिकल हाउसका कर्मचारी अफ्रोज अहमदलाई बुधबार विहान साढे १० बजे कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । पसलको सीसीटीभी क्यामेरामा कैद भएको उक्त भिडियोमा डीएसपी कार्की […]
१३ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७,२२६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,९३९ जना नयाँ संक्रमित भेटिँदा ७,२२६ जना संक्रमणमुक्त भएका हुन् । २० हजार ४१४ पीसीआर परीक्षणमा ६७३१ र ५७८ एन्टिजेन परीक्षणमा २०८ जना गरी पछिल्लो २४ घण्टामा ६,९३९ नयाँ संक्रमित भेटिएका हुन् । योसँगै […]
१३ जेठ, वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता बाहिनी मुख्यालय प्रदेश २ महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रप्रकाश गौतमले वीरगञ्ज नाकाको स्थलगत निरीक्षण गरेका छन् । गौतमलाई सशस्त्र प्रहरी निरीक्षक सुवर्ण बमले नाकाको गतिविधिको बारेमा जानकारी गराए । उनका अनुसार २०७७ चैत २३ गते यता नाकामा १ हजार ९८८ जनाको एन्टिजेन परीक्षण […]
१३ जेठ, धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने तीन मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले सरकारबाट फिर्ता हुने पार्टी निर्देशन अवज्ञा गरेकामा २४ घण्टे स्पष्टीकरण सोधेका हुन् । सुदूरपश्चिम प्रदेश सरकारमा रहेका एमाले नेताहरु प्रकाशबहादुर शाह, कृष्णराज सुवेदी र माया […]
१३ जेठ, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट स्रोत नखुलेको ५३ लाख ८० हजार रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका– ६ बस्ने २६ वर्षीय आनन्द गुप्ता र वीरगञ्ज–११ श्रीपुर बस्ने १९ वर्षीय प्रकाश जैसवाल रहेका छन् । उनीहरु दुवैजनाले अवैध वित्तिय कारोबार (हुण्डी) गरिरहेका छन् भनेर सूचना आएपछि उनीहरुमाथि निगरानी गर्ने क्रममा […]
१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दूरगामी प्रकृतिका निर्णय नलिन सरकारलाई आग्रह गरेका छन् । वर्तमान सरकार संविधानको मूल मर्म र भावना विपरीत सत्तामा रहेको र संसदीय प्रक्रियालाई छलेर दूरगामी प्रकृतिका निर्णयहरु लिइरहेको उनको आरोप छ । बिहीबार वक्तव्य जारी गर्दै देउवाले भनेका छन्, ‘सरकारका सम्बन्धमा न्यायपालिकामा मुद्दा विचाराधीन रहेको अवस्थामा कुनै […]
१३ जेठ, जनकपुरधाम । प्रदेश २ मा ३५३ जना कोरोना संक्रमित थपिंदा ८६७ जना निको भएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ७३७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३४९ जना र २० जनाको एन्टिजेन विधिबाट २० नमुना परीक्षण गर्दा चार जना संक्रमित देखिएका छन् । सबैभन्दा बढी धनुषामा ८६ जना, सिरहा र […]
from समाचार – Online Khabar https://ift.tt/3oXhaiN
via IFTTT