Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

घर डुबेपछि स्कुलको शौचालयमा बास

१६ जेठ, वीरगञ्ज । बाराको करैयामाई गाउँपालिका– ८ इटहर टोलमा एक दलित परिवार विद्यालयको शौचालयमा बस्न बाध्य भएका छन् । विसुन भनिने स्थानीय विष्णु मल्लिक, उनकी आमा र छोरी गरी ३ जना स्थानीय विद्यालयको शौचालयमा बसिरहेका छन् । दुई दिनदेखि परेको पानीका कारण उनको फुसको घर डुबानमा परेको छ । घरमा भएको अन्नसमेत भिजेका कारण […]

लुम्बिनीमा चार मन्त्रीले पनि पाए राष्ट्रियसभा उपनिर्वाचनमा मताधिकार

१६ जेठ, बुटवल । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा राष्ट्रिय सभा निर्वाचनको मतदानको केही घण्टाअघि जसपाबाट मन्त्री बनेका ४ जनालाई निर्वाचन आयोगले मताधिकार दिएको छ । जनता समाजवादी पार्टी (जसपा) ले कारवाही गरेपछि पदमुक्त भएका विजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय, कल्पना पाण्डेय लम्साल र सुमन शर्मा रायमाझीलाई मतदान शुरू हुनु १६ घण्टाअघि आइतबार साँझ ५ […]

फौजदारी अभियोगमा कर्णालीका मन्त्रीलाई सर्वोच्चले बोलायो

१६ जेठ, सुर्खेत । सर्वोच्च अदालतले कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री अम्मरबहादुर थापालाई छलफलका लागि जेठ ३० गतेभित्र उपस्थित हुन आदेश दिएको छ । सरकारी कागजात कीर्ते प्रमाणित भई फौजदारी सजाय पाएको भन्दै मन्त्री थापाको पद बदर गर्न सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आइतबार सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदीको इजलासले मन्त्री थापालाई छलफलका लागि […]

मध्य तराईमा घट्दैछ कोरोना संक्रमण

१६ जेठ, वीरगञ्ज । मध्य तराईमा पछिल्लो समय कोरोना भाइरस संक्रमण घट्दै गएको पाइएको छ । वीरगञ्जको नारायणी अस्पतालमा सञ्चालित ल्याबमा गरिएको परीक्षणमा संक्रमितको संख्या घटेको छ । यहाँको ल्याबमा बारा, पर्सा र रौतहटबाट संकलित स्वाबको परीक्षण गर्ने गरिन्छ । नारायणीको ल्याबमा जेठ १४ गते ८० जनाको परीक्षण गर्दा १४ र जेठ १५ गते ७७ […]

वीरगञ्ज महानगरले सञ्चालन गरेको कोरोना अस्पतालको अनुगमन

१६ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सञ्चालन गरेको अस्थायी कोरोना अस्पताल र आइसोलेसन सेन्टरको आइतबार अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति पर्साको टोलीले महानगरले गोपाल मण्डली धर्मशालामा सञ्चालन गरेको अस्थायी कोरोना अस्पताल र आइसोलेसन सेन्टरको अनुगमन गरेको हो । शुक्रबार बसेको जिल्ला समन्वय समिति सभापति, वीरगञ्ज महानगरपालिका सहित ६ वटा पालिका प्रमुख तथा प्रतिनिधि, […]

प्रदेश २ सरकारको गुनासो : चालु वर्षमा भन्दा पनि कम बजेट दिइयो 

१६ जेठ, जनकपुरधाम । प्रदेश २ सरकारले चालु आर्थिक वर्ष भन्दा पनि कम बजेट उपलब्ध गराएको भन्दै संघीय सरकारप्रति असन्तुष्टि जनाएको छ । संघीयता कार्यान्वयनको सन्दर्भमा प्रदेश र स्थानीय तहलाई कम्तीमा ६० प्रतिशत बजेट विनियोजन गर्नुपर्नेमा नगरेको प्रदेश २ सरकारको भनाइ छ । ‘प्रदेश र स्थानीय तहलाई कम्तीमा ६० प्रतिशत बजेट विनियोजन हुनुपर्नेमा संघलाई बढी […]

स्वास्थ्यकर्मीमाथि आक्रमण : कारबाही गर्ने कानून छैन

‘भीआईपी उपचार गराउन आए भने झन् तनाव हुन्छ’, भेरी अस्पतालकी नर्स सदीक्षा गैरेले अस्पतालमा आक्रमण भएको त्रासदीपूर्ण घटना सम्झँदै भनेकी छिन्, ‘आफ्नो पेशाप्रति म सधैं इमानदार थिएँ । तर बिहीबार रातिको त्यो त्रासदीपूर्ण घटनाले रातभर निदाउनै सकिनँ । सम्झिँदा पनि यो पेसामा किन लागेछु भन्ने कुरा बारम्बार मनमा आइरहन्छ ।’ केही वर्षयता स्वास्थ्यकर्मीहरूले बारम्बार यही […]

काठमाडौंसहित देशभर मौसम बदली, सामान्य वर्षा हुने

१६ जेठ, काठमाडौं । मौसममा सुधार आएको एक दिनमा नै फेरि बदली सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालको वायुमण्डलमा पश्चिमी वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव देखिएर मौसम बदली भएको हो । देशका पहाडी भू-भागका अधिकांश स्थानहरुमा आंशिक र सामान्य बदली रहेको छ भने प्रदेश १, गण्डकी प्रदेश […]

प्रधानन्यायाधीशलाई शम्भु थापाको जवाफ- बिदामा बसे हुन्छ

१६ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ गर्न गठित संवैधानिक इजलासमा आज पनि न्यायाधीशबारे नै बहस भएको छ । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शम्भु थापा लगायतले न्यायाधीशबारे प्रश्न उठाएका छन् । न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले यो मुद्दा हेर्न नमिल्ने उनीहरुको जिकिर छ । तर इजलास गठन गरेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले ‘बायस’ नहुन […]

चुहानडाँडामा आडछिरिङको नाम राख्न सुकेटारमा रवीन्द्रलाई जोडियो

१६ जेठ, काठमाडौं । सुकेटार विमानस्थलको नाम फेरेर परिवर्तन गरी ‘रवीन्द्र अधिकारी विमानस्थल’ राख्ने सरकारी निर्णयको ताप्लेजुङमा विरोध भएको छ । जिल्लामा क्रियाशील सबै राजनीतिक दलले विमानस्थलको नाम परिर्वतन गर्ने सरकारी घोषणा ताप्लेजुङबासी जनताको भावना विपरित भएको बताएका छन् । विमानस्थलको नाम परिर्वतन अस्वीकार्य भएको भक्न्दै जारी गरिएको वक्तव्यमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी […]

राखेप पूर्व सदस्य-सचिव विष्टको प्रश्न : यति  बजेटले कति खेलकुद प्रतियोगिता गर्ने ?

१६ जेठ, काठमाडौं । सरकारले शनिबार अध्यादेशमार्फत सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को बजेटमा युवा तथा खेलकुदतर्फ २ अर्ब ७४ करोड बजेट विनियोजन भएको छ । युवा तथा खेलकुद मन्त्रालयका लागि छुट्याइएको बजेट चालु आर्थिक वर्षको भन्दा ३८ करोड रुपैयाँले बढी हो । बजेटमा निवृत्त भएका खेलाडीलाई सहुलियत दरमा कर्जा दिने र खेल विद्यालय स्थापना […]

केन्द्रको अनुदान सबैभन्दा बढी प्रदेश १ लाई, कुन प्रदेशलाई कति ?

१६ जेठ, काठमाडौं । संघीय सरकारले प्रदेश सरकारलाई पठाउने विभिन्न प्रकारका अनुदानमध्ये सबैभन्दा बढी प्रदेश नं १ ले पाउने भएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटबाट सरकारले कुल १ खर्ब ३ अर्ब ७० करोड २५ लाख रुपैयाँ प्रदेश सरकारलाई हस्तान्तरण गर्दै छ । यसरी हस्तान्तरण हुने रकमध्ये ७४ अर्ब २२ करोड रुपैयाँ चालु […]

स्वास्थ्य मन्त्रालयले भन्यो : खोप खरिद गर्ने जिम्मा केन्द्र सरकारको हो

१६ जेठ, काठमाडौं । सरकारले स्थानीय तहहरुलाई कोभिड–१९ विरुद्धको खोप आफैं खरिद नगर्न भनेको छ । केही स्थानीय तहहरुले खोप खरिद गर्ने व्यवस्था मिलाइदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुरोध गरिरहेका बेला सरकारको यस्तो धारणा बाहिर आएको हो । कोरोना महामारी नियन्त्रण गर्ने जिम्मेवारी स्वास्थ्य मन्त्रालय संघीय सरकारको रहेको भन्दै सरकारले सबै नागरिकलाई खोप दिने घोषणा […]

कुन प्रदेश र स्थानीय तहले संघबाट कति अनुदान पाए ? (सूचीसहित)

१६ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि झण्डै ४ खर्ब रुपैयाँ प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरेको छ । सरकारले सघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी चार प्रकारका अनुदान प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्छ । आगामी वर्ष ३ खर्ब ८६ अर्ब ७१ करोड […]

सुदूरपश्चिममा विरामीलाई फोनबाटै निःशुल्क परामर्श

१६ जेठ, धनगढी । कञ्चनपुरका युवाहरुको अगुवाइमा सञ्चालन भएको सँगसँगै अभियान मार्फत विरामीहरुलाई निःशुल्क स्वास्थ्य परामर्श दिइने भएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाका बेला संक्रमित र अन्य बिरामीले समेत उपचारका लागि सहजै अस्पतालसम्म जान नसक्ने अवस्थामा ध्यानमा राखेर निःशुल्क स्वास्थ्य परामर्श दिन थालिएको हो । काठमाडाँैको सर्वाङ्ग अस्पताल तथा धनगढीको […]

एसईई परीक्षा वैकल्पिक विधिबाट गर्न परीक्षा बोर्डले माग्यो अनुमति

१६ जेठ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) वैकल्पिक विधिबाट सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनुमति मागेको छ । जेठ १३ का लागि पूर्व निर्धारित परीक्षा कोरोना महामारीका कारण हुन नसकेपछि वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न अनुमति मागिएको बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले बताए । ‘सुझाव समितिको प्रतिवेदनको आधारमा […]

फेरि बजेटमा राखियो ‘खुवालुङ’ फुटाउने योजना

१६ जेठ, काठमाडौं । सरकारले जेठ १५ को बजेटमा भाषा परिवर्तनको सहायता लिँदै किरात संस्कृति जोडिएको ‘खुवालुङ ढुंगो’ फुटाउने घोषणा गरेको छ । ‘कोशी नदीको चतरादेखि भोजपुरसम्म जल–यातायात सञ्चालन गर्न रहेका अवरोध हटाइनेछ’ भन्ने वाक्यांशसहित आर्थिक वर्ष २०७८/७९ को बजेटले खुवालुङ फुटाउने घोषणा गरेको हो । अभियन्ता तथा स्थानीयको चरणबद्ध आन्दोलनपछि गत चैत्रमा सरकार खुवालुङ […]

कोरोना संक्रमणबाट कर्णालीमा थप ४ जनाको मृत्यु

१६ वैशाख, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काका अनुसार मृतकमध्ये सुर्खेत र दैलेखका दुई/दुईजना रहेका छन् । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४१ पुगेको छ । प्रदेशभर आइतबार ३१३ जनाको पीसीआर परीक्षण गर्दा ८९ जनामा कोरोना संक्रमण पुष्टि […]

रौतहटका थप ५ संक्रमितकोे मृत्यु

१६ जेठ, रौतहट । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण रौतहटका पाँचजनाको मृत्यु भएको छ । चितवनको भरतपुरमा उपचारका क्रममा देवाही गोनाही–४ का ४५ वर्षीय पुरुष तथा कटहरिया नगरपालिका–३ की ५० वर्षीया महिलाको मृत्यु भएको छ । यस्तै वीरगञ्जमा उपचारको क्रममा माधवनारायण–८ का ६० वर्षीय र गढीमाई–४ का ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको […]

एमसीसीले पायो ९ अर्ब बजेट

१६ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा ‘मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल’ आयोजनालाई ९ अर्ब १० करोड ५४ लाख रुपैयाँ विनियोजन गरेको छ । आगामी वर्षमा सरकारले आफ्नै स्रोतबाट १ अर्ब १ करोड र अमेरिकी सरकारको  अनुदानबाट ८ अर्ब ९ करोड रुपैयाँ खर्च गर्ने गरी बजेटमा कार्यक्रम समावेश गरेको छ । ‘मिलिनियम […]

चीन सरकारले पठाएका स्वास्थ्य सामग्री नेपाललाई हस्तान्तरण

१६ जेठ, काठमाडौं । चीनले कोरोना महामारीसँग लड्नका लागि सहयोग स्वरुप पठाएका स्वास्थ्य सामग्री आइतबार तातोपानी नाकामा नेपाललाई हस्तान्तरण गरिएको छ । चीन सरकारले ५० लाख आरएमबी अतिरिक्त अनुदानअन्तर्गत उपलब्ध गराएको ४० थान पोर्टेबल भेन्टिलेटर, २० थान अटोमेटेड एलाइजर, १० थान डीआर मेसिन, २० थान पोर्टेबल अल्ट्रासाउण्ड र ३० थान एथेन्सिया मेसिनलगायतका स्वास्थ्य सामग्री नेपाललाई […]



from समाचार – Online Khabar https://ift.tt/3i5mmj9
via IFTTT
Powered by Blogger.