समाचार
१४ जेठ, काठमाडौं । नेपालमा संचालनमा रहेका सार्वजनिक संस्थाले आयकरमा एक वर्षमा १९ अर्ब ३६ करोड ८८ लाख रुपैयाँ योगदान गरेका छन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा सार्वजनिक संस्थानबाट उक्त रकम बराबर आयकर योगदान भएको हो । यो रकम आव २०७५/७६ को तुलनामा १०.२२ प्रतिशतले बढी हो । क्षेत्रगत […]
१४ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण निकै असहज अवस्था सिर्जना भए पनि वित्तीय सूचकहरु सवल देखिएका छन् । शुक्रबार अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण अनुसार अधिकांश वित्तीय सूचकहरु सवल देखिएका छन् । गत फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा तरल सम्पत्तिको अंश २४.४८ प्रतिशत, नगद […]
१४ जेठ, वीरगञ्ज । पर्साका स्थानीय तहले संक्रमित पहिचानका लागि एन्टिजेन परीक्षण गर्ने भएका छन् । शुक्रबार वीरगञ्जमा भएको बैठकमा स्थानीय तहका प्रमुख, राजनीतिक दलका नेतालगायत सरोकारवालाको बैठकले एन्टिजेन परीक्षण र कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउने निर्णय गरेको हो । पर्सामा वीरगञ्ज महानगरपालिका सहित १४ वटा स्थानीय तह छन् । बैठकमा वीरगञ्ज महानगरपालिकासहति ६ वटा स्थानीय […]
१४ जेठ, डोटी । डोटी र डडेल्धुरा जिल्लामा जेठ २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । यसअघि दुवै जिल्लामा शनिबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको शुक्रबार बसेको बैठकले एक साताका लागि निषेधाज्ञा थप गर्न सिफारिस गरेपछि प्रमुख जिल्ला अधिकारी सुनिल खनालले […]
१४ जेठ, विराटनगर । शुक्रबार दिउँसो विराटनगर महानगरपालिका– २ तीनपैनी चोकमा रहेको सिटी सिनेमा हल अगाडि निजी सवारी साधनको लाइन थियो । निषेधाज्ञाको समयमा पनि सिनेमा हलभित्र चहलपहल थियो । मान्छेको आउजाउ बढेपछि स्थानीयले सोधीखाजी गरे । सोधिखोजी गर्दा पत्ता लाग्यो हल भित्र कोरोना भाइरसविरुद्धको खोप कोभिसिल्डको दोस्रो डोज लगाइदैछ । तर सार्वजनिक जानकारी नदिई […]
१४ जेठ, ललितपुर । ललितपुर महानगरपालिकाले कोरोना संक्रमितका लागि आइसोलेसन सञ्चालनमा ल्याएको छ । महानगरले सुनाकोटीस्थित युथ फाउन्डेसनको भवनमा र बागडोलस्थित ज्यापु समाजले निर्माण गरेको वृद्धाश्रमको नवनिर्मित भवनमा गरी दुई ठाउँमा निःशुल्क आइसोलेसन सञ्चालनमा ल्याएको हो । सुनाकोटीमा युथ फाउन्डेसनको सहकार्यमा ५० बेडको आइसोलेसनमा ४ वटा एचडीयूसमेत जडान गरिएको छ । दुईजना डाक्टर, एकजना पारामेडिक्स, […]
१४ जेठ, काठमाडौं। काठमाडौँ महानगरपालिकाले ४५ थान भेन्टिलेटर महानगरपालिका क्षेत्र भित्र र उपत्यकाका विभिन्न ९ अस्पतालहरुलाई उपलब्ध गराइएको जानकारी दिएको छ । कोभिड–१९ को संक्रमण बढेसँगै अस्पतालहरुको क्षमता अभिवृद्धि गर्ने र सेवा विस्तार गरी संक्रमित नागरिकलाई बचाउने उद्देश्यले ती भेन्टिलेटर विभिन्न अस्पताललाई उपलब्ध गराएको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । महानगरपालिकाले चिकित्सा विज्ञान […]
१४ जेठ, काठमाडौं । ललितपुर महानगरपालिकालाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग भएको छ । नेपाल र्यापिड एक्सन टाक्सफोर्स समूहका नेपाल राइजिङ, यूएसए र गुथिको सहकार्यमा महानगरपालिकालाई उक्त अक्सिजन कन्सन्ट्रेटर सहयोग भएको हो । सो समूहले महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई अक्सिजन सिलिण्डर र अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरेको महानगरपालिकाले जनाएको छ । कोभिड–१९ संक्रमित बिरामीलाई उपचार […]
१४ जेठ, सुर्खेत । नेपाल चिकित्सक संघ कर्णाली प्रदेशलले नेपालगञ्जको भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि बिहीबार राति भएको आक्रमणको विरोध जनाएको छ । संघले कोरोना संटकमा नागरिकको ज्यान बचाउँन लागि परेका स्वास्थ्यकर्मीहरुलाई बाँच्न दिन आग्रह गरेको छ । संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दोषीलाई गैरजमानती हिरासतको नियमानुसार कारबाही गर्न माग गरिएको संघका अध्यक्ष डा. नवराज […]
१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले चिकित्सा शिक्षा आयोगले सञ्चालन गर्ने पोस्ट ग्र्याजुएट (पीजी)को परीक्षाको मिति सार्न अनुरोध गरेका छन् । नेता थापाले चिकित्सा शिक्षा आयोगका उपाध्यक्षसँग शुक्रबार भेट गरी कोरोना महामारीको समयमा परीक्षा सञ्चालन गर्ने वातावरण नभएको भन्दै परीक्षाको तयारीमा रहेका चिकित्सकहरुलाई अलमलमा पार्न नहुने सुझाव दिएका हुन् । ‘यही असारमा […]
१४ जेठ, काठमाडौं । सगरमाथासहित हिमाल आरोहणमा पुगेका आरोही सुरक्षित रहेको पर्यटन विभागले जनाएको छ । विभागको पर्वतारोहण शाखाका अनुसार अनपेक्षित तथा आकस्मिक रुपमा उत्पन्न मौसममा परिवर्तन आएपनि सबै आरोही तथा आरोहण दलका सदस्य सुरक्षित रहेको र कुनै जोखिम समेत नरहेको जानकारी आएको छ । अहिले आरोही तथा सहयोगीहरु आधार शिविर र दोस्रो आधार शिविरमा […]
१४ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञामा कडाइ गरिएपछि शुक्रबार अत्यावश्यक वस्तुको ढुवानीमा प्रहरीले अवरोध गरेको ढुवानीकर्ताले बताएका छन् । प्रहरीले बिहीबार रातिदेखि नै इन्धन र कुखुरा बोकेको सवारी साधन सञ्चालनमा अवरोध गरेको सम्बन्धित व्यवसायी र ढुवानीकर्ताले बताएका छन् । काठमाडौं उपत्यकामा मासुका लागि ल्याएको जिउँदो कुखुरा बोकेको गाडी थानकोट नाकामै बिहीबार रातिदेखि बिहान अबेरसम्म […]
१४ जेठ, काठमाडौं । मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने रकमको अभावमा छटपटाइरहेका अछामका पत्रकार ध्रुव बिसी क्षेत्रीले सहयोगको अपील गरेका छन् । वैकल्पिक उपचार विधि अपनाउँदा एक वर्ष बितिसकेको र यसबीचमा १८ लाख रुपैयाँ सकिएपछि आफू निकै समस्यामा परेको क्षेत्रीले बताएका छन् । आर्थिक रुपमा आफू समस्यामा परेको र अब मिर्गाैला प्रत्यारोपण गर्न रकम अभाव भएको भन्दै […]
१४ जेठ, गोरखा । गोरखामा निषेधाज्ञाको अवधि दश दिन थपेर जेठ २५ गतेसम्म पुर्याइएको छ । शुक्रबार बसेको जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ २५ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । यसअघि निषेधाज्ञा जेठ १५ गतेसम्म थप गरिएको छ । यसअघिको निषेधाज्ञामा निर्माण सामग्री बोकेका सवारी साधन रातिको समयमा मात्र चल्न पाउने […]
१४ जेठ, वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाले कोरोना भाइरसविरुद्धको खोप खरिद गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुमति मागेको छ । गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार जैसवालले शुक्रबार स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई पत्र लेखेर खोप खरिद र प्रयोग गर्न अनुमति मागेका हुन् । विश्वभरी फैलिएको कोरोना भाइरसको महामारीबाट सुरक्षित रहने अन्तिम विकल्पकहो रुपमा खोप मात्रै देखिएको गाउँपालिकाको ठहर छ […]
१४ जेठ, काठमाडौं । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार पहिलो पटक बहस भयो । पहिलो दिनको बहसमा अधिवक्ता र बेञ्चबीच रोचक सवाल–जवाफ भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले बिहीबार प्रतिनिधिसभा विघटन सम्बन्धी परेका सबै रिटहरूमाथि संवैधानिक इजलासमा सुनुवाइ गर्ने आदेश दिएको थियो […]
१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला २०७२ सालमा जारी वर्तमान संविधान मस्यौदा गर्ने समितिका सभापति थिए । अहिले संविधानको धारा ७६ (५) को प्रयोगका सम्बन्धमा विभिन्न कोणबाट बहस भइरहेको छ र अदालतमा मुद्दा पनि परेको छ । यसै सम्बन्धमा हामीले उनलाई संविधानको धारा ७६ (५) को मर्म के हो र संविधानको मस्यौदा […]
१४ जेठ, सप्तरी । सप्तरीमा कोरोना संक्रमित बिरामी र उनका कुरुवालाई निःशुल्क खाना खुवाउने अभियान शुरु भएको छ । सदरमुकाम राजविराजका युवा व्यवसायी र राजविराज जेसीजको पहलमा कोरोना संक्रमित र कुरुवालाई खाना खुवाउन शुरु गरिएको हो । हरेक दिन दुबै छाक खाना खुवाउन थालिएको राजविराज जेसीजका अध्यक्ष सिद्धार्थ तातेडले बताए । गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार […]
१४ जेठ काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९,८४१ पुगेको छ । एकै दिन संक्रमणमुक्त हुने यो अहिलेसम्मकै धेरै संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक संख्या पनि घटेर १०० भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९६ जनाको मृत्यु भएको छ र ६,९५१ जनामा संक्रमण […]
१४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र रोजगारीका अवसर बढ्दै र श्रमशक्ति बाहिरिने क्रम घट्दै गएको बताएका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् २ लाख प्रत्यक्ष रोजगारी उपलब्ध भएको बताएका छन् । १ सय ३८ स्थानीय तहमा राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट महिलाहरूको जीविकोपार्जन सुधार कार्य सुरु भएको जानकारी […]
१४ जेठ, सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा जेठ २५ गतेसम्म थप गरिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले जेठ २५ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल जानकारी दिए । ‘जिल्लामा अझै संक्रमणको दर उच्च छ, संक्रमित नघट्दासम्म निषेधाज्ञा थप्नु नै उत्तम हुन्छ, आजको बैठकले पनि २५ […]
from समाचार – Online Khabar https://ift.tt/3wzcT7Q
via IFTTT