Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार ऋण, खानेपानी र विजुलीमा छुट

१५ जेठ, काठमाडौं । सरकारले कोरोना महामारीका बेला समस्यामा परेका सर्वसाधारणका लागि केही राहत र सहुलियत घोषणा गरेको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८-७९ को बजेट प्रस्तुत गर्दै खानेपानी, विद्युत, खाद्यान्नलगायतका विषयमा सहुलियत घोषणा गरेको हो । नेपाल खानेपानी संस्थान, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र स्थानीय तहले गार्हस्थ्य उपभोक्‍तालाई वितरण […]

अब हरेक स्थानीय तहमा दमकल

१५ जेठ, काठमाडौं । हरेक स्थानीय तहमा अग्नि नियन्त्रणका लागि दमकल राखिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै ७५३ वटै स्थानीय तहमा दमकल राखिने बताएका हुन् । एक अग्नि नियन्त्रकका अनुसार एउटा दमकललाई सामान्यत: ७० लाख रुपैयाँभन्दा बढी मूल्य पर्छ । यसका लागि कम्तीमा तीन कर्मचारी २४ सै […]

हामीले माग गरेका धेरै विषय बजेटमा समेटिए : चन्द्र ढकाल

१५ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अप्ठ्यारो परिस्थितिमा आएको बजेट समग्रमा सन्तोषजनक रहेको बताएका छन् । आगामी आर्थिक वर्षका लागि अध्यादेशबाट ल्याइएको बजेटपछि अनलाइनखबरसँग प्रतिक्रिया दिंदै उनले निजी क्षेत्रका धेरै सुझावहरु समेटिएको बताए । महामारीका बेला आएको बजेट भएका कारण यसले स्वास्थ्य क्षेत्र नै प्राथमिकतामा राख्नुपर्ने थियो त्यो राखेको […]

खापर गाउँपालिकाका २० घर पहिरोको उच्च जोखिममा

१५ जेठ, काठमाडौँ । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका-३ जुकोटमा शुक्रबार पहिरो खस्दा पाकेको गहुँ बाली बगाएको छ । निरन्तर आएको अविरल वर्षाका कारण पहिरो लागेपछि गहुँ र जौ बगाएको हो । अविरल वर्षाले वाई कुलो नजीकै पहिरो बगेपछि गहुँ, जौँ बालीमा पूर्ण रुपमा क्षति पुर्‍याएको स्थानीयवासीले बताएका छन् । वर्षाले घट्टे […]

तीनवटा भन्सार कार्यालय थप, ठूला भन्सार कार्यालयमा अत्याधुनिक स्क्यानिङ मेसिन राखिने

१५ जेठ, काठमाडौं । सरकारले सात प्रमुख भन्सार कार्यालयमा अत्याधुनिक कन्टेनर स्क्यानिङ र मालवस्तु तौलिने उपकरण जडान गर्ने भएको छ । आर्थिक २०७८/७९ को वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले मेची, विराटनगर, तातोपानी, वीरगन्ज, भैरहवा, नेपालगञ्ज र तातोपानी भन्सारमा स्क्यानर मेसिन जडान गरिने बताए । यस्तै आगामी आर्थिक वर्षमा थप तीनवटा भन्सार कार्यालय  स्थापना […]

बजेट समग्रमा राम्रो, कार्यान्वयनमा शंका छः शेखर गोल्छा

१५ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजेट समग्रमा राम्रो भएको प्रतिक्रिया दिएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७० को बजेटबारे प्रतिक्रिया दिदै अप्ठेरो अवस्थामा आएको बजेट भएका कारण यत्तिको बजेटलाई राम्रै मान्नु पर्ने बताए । निजी क्षेत्रले दिएका सबै सुझावहरु नसमेटिए पनि अप्ठेरो अवस्थामा आएका कारण नराम्रो भन्न […]

नारायणहिटीदेखि त्रिपुरेश्वरसम्मलाई समेटेर ‘सेन्ट्रल पार्क’ निर्माण गरिने

१५ जेठ, काठमाडौँ । सरकारले नारायणहिटी दरबार संग्रहालयदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालासम्मको क्षेत्रलाई सेन्ट्रल पार्कको रूपमा विकास गर्ने भएको छ । आगामी आर्थिक वर्षको लागि विनियोजित बजेटमा यसको लागि पनि बजेट विनियोजन गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । बजेट वक्तव्यमा यो क्षेत्रलाई एकीकृत रूपमा विकास गर्नका लागि ल्याइएको योजनाअनुरुप नै अत्याधुनिक सेन्ट्रल पार्क निर्माण गर्नका […]

५ वर्षपछि बढ्यो प्रहरीको रासन भत्ता

१५ जेठ, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको रासन भत्ता १५ प्रतिशतले बढेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८-०७९ को बजेट सार्वजनिक गर्दै सुरक्षाकर्मीको रासन भत्ता बढाइएको बताएका हुन् । प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको रासन भत्ता ५ वर्षयता वृद्धि भएको थिएन । २०७२ माघपछि भत्ता नबढेकाले दुई सुरक्षा […]

विद्युतीय सवारीको आयातमा लाग्ने अन्तशुल्क खारेज, भन्सार दर घट्यो

१५ जेठ, काठमाडौं । सरकारले विद्युतीय सवारीको आयातमा लाग्ने अन्तशुल्क खारेज गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै विद्युतीय सवारीमा लाग्ने भन्सार शुल्क पनि उल्लेख्य मात्रा घटाएको बताए । गत वर्ष सरकारले विद्युतीय सवारीमा लाग्ने भन्सार अन्तशुलकमा उच्च रुपमा वृद्धि गरेको थियो । उनले विभिन्न विद्युतीय उकपरणको […]

ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार पुग्यो

१५ जेठ, काठमाडौं । सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेका अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता एक हजार बढाएका हुन् । उनका अनुसार सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएको छ । सामाजिक सुरक्षाका लागि १ खर्ब […]

स्टार्टअप व्यवसायलाई पाँच वर्षसम्म आयकरमा छुट

१५, जेठ, काठमाडौं । सरकारले स्टार्टअप व्यवसाय प्रर्वधनका लागि आयकर छुटको नीति लिएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् । अब कुनै पनि स्टार्टअप व्यवसायले कारोबार सुरु गरेको पाँच वर्षसम्म आयकरमा शतप्रतिशत छुट पाउने उनले जानकारी दिए । यस्तै निजी क्षेत्रका उद्योग प्रतिष्ठानले बढीमा पाँच वटा […]

वार्षिक २० लाखसम्म कारोबार गर्नेलाई आयकरमा ९० प्रतिशत छुट

१५ जेठ, काठमाडौं । सरकारले वर्षमा २० लाखसम्म कारोबार गर्नेलाई आयक करमा ९० प्रतिशत छुट दिने घोषणा गरेको छ । आगामी वर्षका लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले २० लाखदेखि ५० लाखसम्म करोबाबार गर्नेलाई आयक करमा ७५ प्रतिशत छुट दिने घोषणा गरेका छन् । ५० लाख देखि १ करोडसम्म कारोबार गर्नेलाई आयकरमा […]

विभिन्न विद्युतीय सामग्रीको आयातमा लाग्ने भन्सार छुट

१५ जेठ, काठमाडौं । सरकारले विभिन्न विद्युतीय उपकरणको आयतमा लाग्ने भन्सार महसुलमा छुट दिने भएको छ । विद्युतीय चुलो, रिफ्रिजेरटर, माइक्रोवेब ओभनको भन्सार महसुल घटाएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन् । विद्युत खपतको बढाउनका लागि प्रोत्साहन गर्न यस्तो नीति लिइएको हो।

दैलेखको पेट्रोलियम पदार्थ दुई वर्षभित्र उत्खनन गरिने

१५ जेठ, काठमाडौँ । सरकारले आगामी दुई वर्षभित्रमा दैलेखमा रहेको पेट्रोलियम पदार्थको उत्खनन गरी भण्डारण गर्ने कार्यको थालनी गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्दै पेट्रोलियम पदार्थ उत्खननका लागि आवश्यक बजेट विनियोजन गरेको बताए । दैलेखको पेट्रोलियम पदार्थको अन्वेषणकार्य सरकारले गरिरहेको छ तर कोरोना संक्रमण फैलिएसँगै अन्वेषण कार्यमा संग्लग्न चिनियाँ टोली २०७६ […]

नेपाल वायुसेवा निगममा रणनीतिक साझेदारी भित्र्याउने पुनःघोषणा

१५ जेठ, काठमाडौं । सरकारले नेपाल वायुसेवा निगममा रणनीतिक साझेदार भित्र्याउने योजना पुनः घोषणा गरेको छ । सरकारले पटक पटक यो घोषणा गरेपनि कार्यान्वयनमा ल्याउन सकेको छैन । अर्थमन्त्री विष्णु पौडेलका अनुसार आगामी आवमा सरकारले निगमको पुँजी वृद्धिमा समेत सहयोग गर्नेछ । संगठन पुनसंरचना परिवर्तन गर्ने घोषणा अर्थमन्त्रीले गरेका हुन् ।

कांग्रेसका थप क्रियाशील सदस्यताको विवरण सार्वजनिक

१५ जेठ, काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत थप १६ जिल्लाका २१ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता नवीकरण र नयाँतर्फको प्रस्तावित नामावली सार्वजनिक गरेको छ । कांग्रेसले विधानको प्रक्रियानुसार विवादरहित रुपमा पार्टीका जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले पार्टीको सफ्टवेयरमा ‘इन्ट्री’ गरिएका क्रियाशील सदस्यतासम्बन्धी विवरण आज पार्टीको वेबसाइट नेपाली कंग्रेस डट ओरजी मार्फत […]

आर्थिक वर्ष २०७८-७९ को बजेट वक्तव्य LIVE

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य प्रस्तुत गरेका छन् ।

मदन भण्डारी राजमार्गले पायो ३ अर्ब २० बजेट

१४ जेठ, काठमाडौं । सरकारले मदभण्डारी राजमार्गका लागि ३ अर्ब २० बजेट विनियोजन गरेको छ । शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो आयोजनाका लागि सो बजेट विनियोजन गरिएको जानकारी दिएका छन् । उनले हेटौं–सिन्धुली–धरान खण्डको निर्माण आगामी आथिउृक वर्ष भित्र सकाउने बताएका छन् । त्यसभन्दा पूर्वको खण्डको निर्माणको […]

विमानस्थल पूर्वाधार बनाउन २० अर्ब ३१ करोड बजेट, सबैभन्दा बढी पोखरा विमानस्थललाई

१५ जेठ, काठमाडौं । आगामी आवमा सरकारले चार अन्तराष्ट्रिय विमानस्थल तथा अन्य आन्तरिक विमानस्थल निर्माण गर्न कुल २० अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यसमध्ये सबैभन्दा बढी पोखरा विमानस्थलले प्राप्त गरेको छ । अर्थमन्त्री विष्णु पौडेलका अनुसार पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको निर्माण गर्न ८ अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको छ । […]

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेट १३ अर्ब ५८ करोड

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १३ अर्ब ५८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी दिएका हुन् । औद्योगिक पूर्वाधार विकास, स्वदेशी उत्पादनलाई प्रोत्साहन तथा निर्यात प्रवद्र्धन, बहुमूल्य खानी अन्वेषण लगायतका क्षेत्रमा उक्त बजेट […]

पत्रकारलाई सरकारी अस्पतालमा नि:शुल्क उपचार

१५ जेठ, काठमाडौं । सरकारले पत्रकारलाई सरकारी अस्पतालमा नि:शुल्क उपचार दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले  आर्थिक वर्ष २०७८/७९ को बजेटमा नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेका हुन् । पत्रकारको उपचारका लागि नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिललगायतका संस्थासँग मिलेर कार्य गरिने अर्थमन्त्री पौडेलले बताए । […]



from समाचार – Online Khabar https://ift.tt/2SGpvv7
via IFTTT
Powered by Blogger.