Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

राष्ट्रपति र प्रधानमन्त्रीका कारण देशले दुष्परिणाम भोग्नु परेको छ : देउवा

१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीका कारण देशले दुष्परिणाम भोग्नु परेको बताएका छन् । कुनै पनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुने भन्दै उनले हाम्रा राष्ट्रपति र प्रधानमन्त्रीको व्यवहार तदनुकूल नहुँदा देशले दुष्परिणाम भोग्नु परेको टिप्प्णी गरेका हुन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना […]

आज गणतन्त्र दिवस मनाइँदै, ४३० जनाको कैद मिनाहा

१५ जेठ, काठमाडौं । नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको १३ वर्ष पूरा भएको छ । गणतन्त्र दिवस स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले विभिन्न तरिकाले मनाइरहेका छन् । जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । दुई सय ३८ वर्ष […]

जनताको विजय भएको पर्वका रूपमा गणतन्त्र दिवस मनाउन राष्ट्रपतिको आग्रह

१५ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको विजय भएको पर्वका रूपमा गणतन्त्र दिवस मनाउन आह्वान गरेकी छन् । नेपाल सरकारले विभिन्न सहर एवं जिल्लामा जारी गरेको निषेधाज्ञाका नियमको पालना गर्दै गणतन्त्र दिवस मनाउनुपर्ने उनको आग्रह छ । चौधौं गणतन्त्र दिवसका अवसरमा सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले सो आग्रह गरेकी हुन् । राष्ट्रपति […]

फेरि पनि विवादमा रामदेव, पक्राउ गर्न डाक्टरहरुको माग

१५ जेठ, काठमाडौं । भारतमा योगगुरु रामदेव फेरि पनि विवादमा परेका छन् । यसअघि कोरोनाभाइरस (कोभिड–१९) बारे भ्रम फैलाएसँगै विवादमा मुछिएका उनी पछिल्लो समय भने आधुनिक औषधिको विषयमा दिएको अभिव्यक्तिको कारण विवादमा मुछिएका हुन् । हालै मात्र रामदेवले दिएको एक अभिव्यक्तिमा उनले आधुनिक औषधि लिएका हजारौं मानिसहरु कोरोना संक्रमणको कारण मृत्यु भएको बताएका थिए । […]

प्रधानमन्त्रीको निष्कर्ष : म जहाँ उभिन्छु, त्यही ठीक

१४ जेठ, काठमाडौं । अध्यादेशबाट बजेट ल्याउनु अघिल्लो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिभिजनमार्फत सम्बोधन गरे । सम्बोधनका क्रममा उनले ५ पुसको संसद् विघटन, सर्वोच्च अदालतबाट भएको पुनर्स्थापना, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजन, त्यसबीचका राजनीतिक संकट र फेरि संसद् विघटनबारे आफ्नो दाबी पेश गरेका छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको एउटै […]

‘कसैले पनि यसरी ज्यान गुमाउन नपरोस्’

१४ जेठ, पोखरा । २५ वर्षीया गर्भवती श्रीमतीलाई कोभिड देखिएपछि तनहुँ भानुका ३४ वर्षीय युवकले घरमै रेखदेख गरिरहेका थिए । शुक्रबार राति पेट दुखेपछि एक बजेतिर पश्चिमाञ्चल अस्पतालमा ल्याए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड वार्डमा उपचार शुरु भयो । चिकित्सककाे सल्लाहअनुसार अपरेसन गरेर बच्चा निकालियो । आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो हुँदै थियो […]

…अनि ट्वाइलेटको झ्यालबाट हामफालेर ज्यान जोगाएँ

१४ जेठ, काठमाडौं । बाँकेको कोहलपुर–११ की २२ वर्षीया सदीक्षा गैरेको नर्स बन्ने सपना पूरा भएको दुई वर्ष मात्रै भएको छ । यो अवधिमा नर्सिङ पेशा अँगालेर उनले धेरै बिरामीको सेवा गरिसकेकी छिन् । हरप्रयासको बाबजुद केही बिरामीले उनकै अगाडि ज्यान पनि गुमाएका थिए । कोरोना महामारीको बेलामा पनि अनवरत सेवामा खटिने क्रममा बिहीबार राति […]

सम्भव देखिएन अर्थतन्त्रको ‘भी’ आकारको पुनरुत्थान

१४ वैशाख, काठमाडौं । कोरोनाभाइरस (कोभिड १९) को महामारीका कारण सरकारले लगातार दोस्रो वर्ष आर्थिक वृद्धिदर कमजोर हुने भएको छ । आर्थिक सर्वेक्षण २०७७/७८ सार्वजनिक गर्दै सरकारले सो तथ्य स्वीकार गरेको हो । आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर २.१२ प्रतिशत ऋणात्मक थियो । तर, चालु आर्थिक वर्ष २०७७/७८ मा भने यसमा ‘भी’सेप आकारमा […]

बारपाकका ७२२ एन्टिजेन परीक्षणमा ५८ जनामा कोरोना पुष्टि

१४ जेठ, गोरखा । बारपाकमा शुत्रबार ७ शय २२ जनाको एन्टिजेन परीक्षण गर्दा ५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीका अनुसार कोरोना पुष्टि हुनेमा ४० महिला र १८ पुरुष रहेका छन् । ‘३९८ जना महिला र ३२४ जना पुरुषको एन्टिजेन परीक्षण गर्‍यौं’ उनले भने, ‘उनीहरुमध्ये ५८ […]

शुभतारा स्कूल सधैंका लागि बन्द हुने व्यवस्थापनको घोषणा

१४ जेठ, ललितपुर । ललितपुरको लामाटारस्थित शुभतारा विद्यालय पूर्ण रुपमा बन्द हुने भएको छ । आर्थिक संकटको कारण देखाउँदै विद्यालय बन्द गर्न लागिएको हो । विद्यालयले बिहीबार राति अभिभावकहरुलाई इमेल गरेर विद्यालय पूर्ण रुपमा बन्द हुने औपचारिक जानकारी गराएको छ । गत सोमबार विद्यालयकी संस्थापक निर्देशक रानी गुरुङ कक्षपतिले विद्यालय बन्द हुने अनौपचारिक रुपमा जानकारी […]

अब चार मुलुकमा नियमित उडान

१४ जेठ, काठमाडौं । सरकारले नेपालबाट चार मुलुकका लागि नियमित उडान खुला गरेको छ । दुई छिमेकी मुलुक भारत र चीनसहित कतार र टर्कीमा अब सेड्युल उडान हुनेछन् । यसमध्ये अहिले भारतमा भने साताको दुई उडान भइरहेको छ । चीन, कतार र टर्कीमा भने १८ जेठबाट नियमित उडान खुल्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री […]

कैलालीमा युवक हत्या आरोपमा चार जना पक्राउ

१४ जेठ, धनगढी । कैलालीमा युवकको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । शुक्रबार बिहान धनगढी बसपार्कको प्रतिक्षालयमा मृत अवस्थामा फेला परेका पहिचान हुन नसकेका युवकको हत्या गरेको आरोपमा चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले धनगढी उपमहानगरपालिका–१ का १८ वर्षीय दिपेन्द्र भन्ने […]

पानी चुहिएर कोरोना अस्पतालको आईसीयू कक्ष जलमग्न

१४ जेठ, बुटवल । बुटवल धागो काराखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालको आईसीयू कक्षमा पानी चुहिएर जलमग्न भएको छ । तीन दिनदेखिको वर्षाका कारण भवनको छानोबाट पानी चुहिँदा आइसीयू कक्ष जलमग्न भएको हो । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले पुरानो भवनको टिनको छानोबाट चुहिएको पानी फल्स सिलिङबाट आईसीयू कक्षमा झरेको बताए । एउटा बेडमा […]

सुदूरपश्चिम सरकार हेरफेर, पाँच मन्त्री र चार राज्यमन्त्री नियुक्त

१४ जेठ, धनगढी । आन्तरिक विवादमा परेको नेकपा एमालेले सुदूरपश्चिम सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गरेको छ । सरकारमा सहभागी एमालेका तीनै मन्त्रीले राजीनामा दिएका छन् । लगत्तै पाँच मन्त्री र चार राज्यमन्त्री नियुक्त भएका छन् । एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाह मन्त्रीमा दोहोरिएका छन् । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्ष मात्र रहेको […]

सुदूरपश्चिमका नवनियुक्त मन्त्री भन्छन् : महामारी नियन्त्रण पहिलो प्राथमिकता

१४ जेठ, धनगढी । सुदूरपश्चिमका नवनियुक्त सामाजिक विकास मन्त्री लालबहादुर खड्काले कोरोना महामारी नियन्त्रण पहिलो प्राथमिकता हुने बताएका छन् । शपथ ग्रहणपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री खड्काले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारलाई मुख्य प्राथमिकता दिएर काम गर्ने बताए । ‘अहिले सबैभन्दा अप्ठ्यारो परस्थितिमा हाम्रो प्रदेश छ,’ खड्काले भने, ‘सामाजिक विकास मन्त्रालयले यहाँका सबै […]

बमकुमार श्रीमानले इजलास छोड्नुपर्छ : अधिवक्ता

१४ जेठ, काठमाडौं । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार पहिलो पटक बहस भयो । पहिलो दिनको बहसमा अधिवक्ता र बेञ्चबीच रोचक सवाल–जवाफ भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले बिहीबार प्रतिनिधिसभा विघटन सम्बन्धी परेका सबै रिटहरूमाथि संवैधानिक इजलासमा सुनुवाइ गर्ने आदेश दिएको थियो […]

‘यसपटक राष्ट्रपतिजीले गरेको निर्णय बदर हुन्छ’

१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला २०७२ सालमा जारी वर्तमान संविधान मस्यौदा गर्ने समितिका सभापति थिए । अहिले संविधानको धारा ७६ (५) को प्रयोगका सम्बन्धमा विभिन्न कोणबाट बहस भइरहेको छ र अदालतमा मुद्दा पनि परेको छ । यसै सम्बन्धमा हामीले उनलाई संविधानको धारा ७६ (५) को मर्म के हो र संविधानको मस्यौदा […]

पोखरा घटनाले उब्जायो सरकार कहाँ छ भन्ने प्रश्न : नेपाली कांग्रेस

१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसले अक्सिजनको अभावमा पोखरामा सुत्केरी महिलासहित ६ जनाको एकैसाथ मृत्यु हुनु दुःखद र कारुणिक घटना भएको बताएको छ । यो घटनाले राज्यको अकर्मण्यता पुष्टि गर्नुका साथै सरकार कहाँ छ भन्ने गम्भीर प्रश्न पनि सिर्जना गरेको पनि कांग्रेसले बताएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘जनताको मृत्यु […]

‘कोरोना महामारीमा पनि वित्तीय सूचक सबल देखिए’

१४ जेठ, काठमाडौं । कोरोनाभाइरस संक्रमणका कारण निकै असहज अवस्था सिर्जना भए पनि वित्तीय सूचकहरु सबल देखिएका छन् । शुक्रबार अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण अनुसार अधिकांश वित्तीय सूचकहरु सबल देखिएका छन् । गत फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा तरल सम्पत्तिको अंश २४.४८ प्रतिशत, नगद तथा […]

पर्साका ग्रामीण क्षेत्रमा एन्टिजेन परीक्षण गरिने

१४ जेठ, वीरगञ्ज । पर्साका स्थानीय तहले संक्रमित पहिचानका लागि एन्टिजेन परीक्षण गर्ने भएका छन् । शुक्रबार वीरगञ्जमा भएको बैठकमा स्थानीय तहका प्रमुख, राजनीतिक दलका नेतालगायत सरोकारवालाको बैठकले एन्टिजेन परीक्षण र कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउने निर्णय गरेको हो । पर्सामा वीरगञ्ज महानगरपालिका सहित १४ वटा स्थानीय तह छन् । बैठकमा वीरगञ्ज महानगरपालिकासहति ६ वटा स्थानीय […]

डोटी र डडेल्धुरामा एक साता निषेधाज्ञा थपियो

१४ जेठ, डोटी । डोटी र डडेल्धुरा जिल्लामा जेठ २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । यसअघि दुवै जिल्लामा शनिबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको शुक्रबार बसेको बैठकले एक साताका लागि निषेधाज्ञा थप गर्न सिफारिस गरेपछि प्रमुख जिल्ला अधिकारी सुनिल खनालले […]



from समाचार – Online Khabar https://ift.tt/2R1bPuj
via IFTTT
Powered by Blogger.