समाचार
१५ जेठ, काठमाडौं । आगामी साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै साउन १ गतेदेखि उक्त प्रविधि सञ्चालनमा आउने बताएका हुन् । उनका अनुसार उक्त प्रविधि सञ्चालनमा आएपछि हाल अवैध रुपमा भित्रिएका (बिना दर्ता) मोबाइल फोन नियन्त्रणमा आउनेछ । […]
१५ जेठ, काठमाडौं । सरकारले रक्सी, चुरोटलगायत मदिरा तथा सुर्तीजन्य पदार्थमा लाग्ने अन्तःशुल्क वृद्धि गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अन्तःशुल्क वृद्धि गरेको जानकारी दिएका हुन् । ‘मूल्य अभिवृद्धि करको दर यथावत राखेको छु, भन्सार महसुलका दरहरुमा सामान्य समायोजन गरेको छु,’ बजेट सार्वजनिक गर्दै उनले भने, ‘मदिरा, […]
१५ जेठ, काठमाडौं । सरकारले कोरोना महामारीका बेला समस्यामा परेका सर्वसाधारणका लागि केही राहत र सहुलियत घोषणा गरेको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८-७९ को बजेट प्रस्तुत गर्दै खानेपानी, विद्युत, खाद्यान्नलगायतका विषयमा सहुलियत घोषणा गरेको हो । नेपाल खानेपानी संस्थान, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र स्थानीय तहले गार्हस्थ्य उपभोक्तालाई वितरण […]
१५ जेठ, काठमाडौं । हरेक स्थानीय तहमा अग्नि नियन्त्रणका लागि दमकल राखिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै ७५३ वटै स्थानीय तहमा दमकल राखिने बताएका हुन् । एक अग्नि नियन्त्रकका अनुसार एउटा दमकललाई सामान्यत: ७० लाख रुपैयाँभन्दा बढी मूल्य पर्छ । यसका लागि कम्तीमा तीन कर्मचारी २४ सै […]
१५ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अप्ठ्यारो परिस्थितिमा आएको बजेट समग्रमा सन्तोषजनक रहेको बताएका छन् । आगामी आर्थिक वर्षका लागि अध्यादेशबाट ल्याइएको बजेटपछि अनलाइनखबरसँग प्रतिक्रिया दिंदै उनले निजी क्षेत्रका धेरै सुझावहरु समेटिएको बताए । महामारीका बेला आएको बजेट भएका कारण यसले स्वास्थ्य क्षेत्र नै प्राथमिकतामा राख्नुपर्ने थियो त्यो राखेको […]
१५ जेठ, काठमाडौँ । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका-३ जुकोटमा शुक्रबार पहिरो खस्दा पाकेको गहुँ बाली बगाएको छ । निरन्तर आएको अविरल वर्षाका कारण पहिरो लागेपछि गहुँ र जौ बगाएको हो । अविरल वर्षाले वाई कुलो नजीकै पहिरो बगेपछि गहुँ, जौँ बालीमा पूर्ण रुपमा क्षति पुर्याएको स्थानीयवासीले बताएका छन् । वर्षाले घट्टे […]
१५ जेठ, काठमाडौं । सरकारले सात प्रमुख भन्सार कार्यालयमा अत्याधुनिक कन्टेनर स्क्यानिङ र मालवस्तु तौलिने उपकरण जडान गर्ने भएको छ । आर्थिक २०७८/७९ को वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले मेची, विराटनगर, तातोपानी, वीरगन्ज, भैरहवा, नेपालगञ्ज र तातोपानी भन्सारमा स्क्यानर मेसिन जडान गरिने बताए । यस्तै आगामी आर्थिक वर्षमा थप तीनवटा भन्सार कार्यालय स्थापना […]
१५ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजेट समग्रमा राम्रो भएको प्रतिक्रिया दिएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७० को बजेटबारे प्रतिक्रिया दिदै अप्ठेरो अवस्थामा आएको बजेट भएका कारण यत्तिको बजेटलाई राम्रै मान्नु पर्ने बताए । निजी क्षेत्रले दिएका सबै सुझावहरु नसमेटिए पनि अप्ठेरो अवस्थामा आएका कारण नराम्रो भन्न […]
१५ जेठ, काठमाडौँ । सरकारले नारायणहिटी दरबार संग्रहालयदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालासम्मको क्षेत्रलाई सेन्ट्रल पार्कको रूपमा विकास गर्ने भएको छ । आगामी आर्थिक वर्षको लागि विनियोजित बजेटमा यसको लागि पनि बजेट विनियोजन गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । बजेट वक्तव्यमा यो क्षेत्रलाई एकीकृत रूपमा विकास गर्नका लागि ल्याइएको योजनाअनुरुप नै अत्याधुनिक सेन्ट्रल पार्क निर्माण गर्नका […]
१५ जेठ, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको रासन भत्ता १५ प्रतिशतले बढेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८-०७९ को बजेट सार्वजनिक गर्दै सुरक्षाकर्मीको रासन भत्ता बढाइएको बताएका हुन् । प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको रासन भत्ता ५ वर्षयता वृद्धि भएको थिएन । २०७२ माघपछि भत्ता नबढेकाले दुई सुरक्षा […]
१५ जेठ, काठमाडौं । सरकारले विद्युतीय सवारीको आयातमा लाग्ने अन्तशुल्क खारेज गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै विद्युतीय सवारीमा लाग्ने भन्सार शुल्क पनि उल्लेख्य मात्रा घटाएको बताए । गत वर्ष सरकारले विद्युतीय सवारीमा लाग्ने भन्सार अन्तशुलकमा उच्च रुपमा वृद्धि गरेको थियो । उनले विभिन्न विद्युतीय उकपरणको […]
१५ जेठ, काठमाडौं । शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गरेकाहरूका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताएका छन् । चालू आर्थिक बर्षसम्म […]
१५ जेठ, काठमाडौं । सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ पुर्याएको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेका अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता एक हजार बढाएका हुन् । उनका अनुसार सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएको छ । सामाजिक सुरक्षाका लागि १ खर्ब […]
१५, जेठ, काठमाडौं । सरकारले स्टार्टअप व्यवसाय प्रर्वधनका लागि आयकर छुटको नीति लिएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् । अब कुनै पनि स्टार्टअप व्यवसायले कारोबार सुरु गरेको पाँच वर्षसम्म आयकरमा शतप्रतिशत छुट पाउने उनले जानकारी दिए । यस्तै निजी क्षेत्रका उद्योग प्रतिष्ठानले बढीमा पाँच वटा […]
१५ जेठ, काठमाडौं । सरकारले वर्षमा २० लाखसम्म कारोबार गर्नेलाई आयक करमा ९० प्रतिशत छुट दिने घोषणा गरेको छ । आगामी वर्षका लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले २० लाखदेखि ५० लाखसम्म करोबाबार गर्नेलाई आयक करमा ७५ प्रतिशत छुट दिने घोषणा गरेका छन् । ५० लाख देखि १ करोडसम्म कारोबार गर्नेलाई आयकरमा […]
१५ जेठ, काठमाडौं । सरकारले विभिन्न विद्युतीय उपकरणको आयतमा लाग्ने भन्सार महसुलमा छुट दिने भएको छ । विद्युतीय चुलो, रिफ्रिजेरटर, माइक्रोवेब ओभनको भन्सार महसुल घटाएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन् । विद्युत खपतको बढाउनका लागि प्रोत्साहन गर्न यस्तो नीति लिइएको हो।
१५ जेठ, काठमाडौँ । सरकारले आगामी दुई वर्षभित्रमा दैलेखमा रहेको पेट्रोलियम पदार्थको उत्खनन गरी भण्डारण गर्ने कार्यको थालनी गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्दै पेट्रोलियम पदार्थ उत्खननका लागि आवश्यक बजेट विनियोजन गरेको बताए । दैलेखको पेट्रोलियम पदार्थको अन्वेषणकार्य सरकारले गरिरहेको छ तर कोरोना संक्रमण फैलिएसँगै अन्वेषण कार्यमा संग्लग्न चिनियाँ टोली २०७६ […]
१५ जेठ, काठमाडौं । सरकारले नेपाल वायुसेवा निगममा रणनीतिक साझेदार भित्र्याउने योजना पुनः घोषणा गरेको छ । सरकारले पटक पटक यो घोषणा गरेपनि कार्यान्वयनमा ल्याउन सकेको छैन । अर्थमन्त्री विष्णु पौडेलका अनुसार आगामी आवमा सरकारले निगमको पुँजी वृद्धिमा समेत सहयोग गर्नेछ । संगठन पुनसंरचना परिवर्तन गर्ने घोषणा अर्थमन्त्रीले गरेका हुन् ।
१५ जेठ, काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत थप १६ जिल्लाका २१ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता नवीकरण र नयाँतर्फको प्रस्तावित नामावली सार्वजनिक गरेको छ । कांग्रेसले विधानको प्रक्रियानुसार विवादरहित रुपमा पार्टीका जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले पार्टीको सफ्टवेयरमा ‘इन्ट्री’ गरिएका क्रियाशील सदस्यतासम्बन्धी विवरण आज पार्टीको वेबसाइट नेपाली कंग्रेस डट ओरजी मार्फत […]
१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य प्रस्तुत गरेका छन् ।
१४ जेठ, काठमाडौं । सरकारले मदभण्डारी राजमार्गका लागि ३ अर्ब २० बजेट विनियोजन गरेको छ । शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो आयोजनाका लागि सो बजेट विनियोजन गरिएको जानकारी दिएका छन् । उनले हेटौं–सिन्धुली–धरान खण्डको निर्माण आगामी आथिउृक वर्ष भित्र सकाउने बताएका छन् । त्यसभन्दा पूर्वको खण्डको निर्माणको […]
from समाचार – Online Khabar https://ift.tt/2R8JsdW
via IFTTT