Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

महाकाली अस्पतालमा उपचाररत थप ६ जना संक्रमितको मृत्यु

५ जेठ, धनगढी । कञ्चनपुरमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा महाकाली अस्पतालमा उपचाररत ६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयकी कोभिड फोकल पर्सन महिन्द्रा भट्टले भीमदत्त नगरपालिकाका-४ जना, कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाका १-१ जनाको मृत्यु भएको जानकारी दिइन् । उनका अनुसार भीमदत्त […]

सेयर बजारमा दोहोरो अंकको करेक्शन, कारोबार रकममा नयाँ रेकर्ड

५ जेठ, काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १३.०९ अंकले घढेर २ हजार ७ सय ८० दशमलव ८१ अंकमा झरेको छ । दिनभर तीव्रउचारचढाव पछि अन्तिममा नेप्से परिसूचक घटेको हो । आइतबार, सोमबार र मंगलबार लगातार बढेको नेप्से बुधबार घटेको हो । लगातार बढेर कुनै एक […]

आँखा रोग विशेषज्ञ पूज्यश्री कार्कीको कोरोना संक्रमणबाट निधन

५ जेठ, काठमाडौं । आँखा रोेग विशेषज्ञ प्रा.डा. पूज्यश्री कार्कीको कोरोना संक्रमणबाट बुधबार निधन भयो । नर्भिक अस्पतालमा उपचारका क्रममा बुधबार बिहान करिब २ बजे डा. कार्कीको निधन भएको किस्ट मेडिकल कलेजका अमीश पाठकले बताए । उनलाई १० दिनअघि संक्रमण पुष्टि भएको थियो । लगतै किस्ट मेडिकल कलेजमा भर्ना भएकी उनको सात दिनसम्म आईसीयूमा राखेर […]

महोत्तरीको बनौलीमा ७ जना संक्रमितको मृत्यु

५ जेठ, महोत्तरी । कोरोना महामारीको दोस्रो लहर चलिरहेको अवस्थामा महोत्तरीको एउटै गाउँमा सातजनाको मृत्यु भएपछि गाउँबासी त्रसित भएका छन् । जिल्लाको पिपरा गाउँपालिका-७ मा पर्ने बनौली गाउँमा विगत १५ दिनभित्र सातजनाको मृत्यु भएपछि सो गाउँभर त्रास फैलिएको हो । स्थानीय वैद्यनाथ चौधरीका अनुसार गाउँको एउटै जातिका ६ र अन्य जातिका एक गरी सातजनाको मृत्यु […]

पोखरा महानगरमा वार्षिक परीक्षा नहुने

५ जेठ, काठमाडौं । कोरोना भाइरसको दोस्रो भेरियन्टको कारण बढ्दो संक्रमण दर रोक्न जारी निषेधाज्ञाले पोखराका विद्यालयमा वार्षिक परीक्षा नहुने भएको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाले सूचना प्रकाशन गरेर क महामारीका कारण भौतिकरुपमा परीक्षा सञ्चालन गर्न असम्भव भएकाले यसपूर्व सञ्चालन भएका त्रैमासिक, अर्धवार्षिक परीक्षा एवं आन्तरिक मूल्यांकनका आधारमा मूल्यांकन गरी नतिजा प्रकाशन गर्न निर्देशन […]

गुल्मीमा पाँच बेडको आईसीयूका लागि दुई करोड विनियोजन

५ जेठ, गुल्मी । गुल्मी जिल्ला अस्पतालमा पाँच बेडको आईसीयू स्थापनाका लागि अर्थ मन्त्रालयबाट दुई करोड रुपैयाँ विनियोजन भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पहलमा गुल्मी अस्पतालमा २ करोड रुपैयाँमा पाँच बेडको आईसीयू स्थापनाका लागि अर्थ मन्त्रालयबाट बजेट विनियोजन भएको परराष्ट्रमन्त्रीका स्वकीय सचिव जंग नेपालीले बताए । कोरोना संक्रमणको दोस्रो लहरबाट जिल्लामा एक हजारभन्दा बढी […]

पत्रकार महासंघलाई चलचित्र निर्माता पौडेलको सहयोग

५ जेठ, काठमाडौं । चलचित्र निर्माता एमके पौडेलले कोरोना महामारीमा सञ्चारकर्मीहरुको स्वास्थ्य सुरक्षाका लागि भन्दै नेपाल पत्रकार महासंघको एसोसिएट प्रदेश समितिलाई एक लाख एक हजार रुपैयाँ सहयोग गरेका छन् । बुधबार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरी लगायतको उपस्थितिमा हाल अमेरिका रहेका पौडेलले पत्रकार राजन घिमिरेमार्फत प्रदेश समितिका अध्यक्ष बैकुण्ठराज पराजुलीलाई  सहयोग रकम […]

तिलोत्तमा नगरपालिकाले बनायो ४० बेडको कोभिड अस्पताल

५ जेठ, बुटवल । कोरोना संक्रमित बढ्दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोभिड अस्थायी अस्पताल निर्माण गरेको छ । तिलोत्तमा ९ केवलानीस्थित नगरपालिकाको सभाहल तथा अतिथि गृहमा ४० बेडको अस्पताल बनाइएको हो । अस्थायी अस्पतालमा सेन्टर फ्लो सिष्टमबाट संक्रमितलाई आवश्यकता अनुसार अक्सिजन दिन सकिने व्यवस्था मिलाइएको छ । बुधबार नगर प्रमुख बासुदेव घिमिरेले कोरोना फोकल पर्सन […]

युनिफाइड अस्पताल बनाउने मन्त्रिपरिषद्को निर्णय प्रचारमात्रै

५ जेठ, काठमाडौं । आइतबार दिउँसो वीर अस्पतालको भर्खरै मात्र निर्माणसम्पन्न नयाँ भवनमा कामदारहरू शय्या फिट गर्न व्यस्त थिए । शय्या (बिरामी राख्ने बेड) जडान गर्न आधा दर्जन कामदार निरन्तर खटिएका थिए । यद्यपि, अक्सिजन अभावले गर्दा नयाँ भवनमा सञ्चालन हुने भनिएको ‘कोरोना युनिफाइड अस्पताल’ अलपत्र बनेको छ । वीर अस्पतालकी निमित्त निर्देशक डा. शान्ता […]

प्रहरीलाई देखेपछि युवक भागे, कटुवा पेस्तोल भुइँमा खस्यो

५ जेठ, जनकपुरधाम । सिरहामा प्रहरीलाई देखेपछि भागेका एक युवकको साथबाट कटुवा पेस्तोल भेटिएको छ । सिरहा नगरपालिका–१७ पटेर्वाका २७ वर्षीय धीरु यादव प्रहरीलाई देख्ना साथ भागेपनि उनले कटुवा पेस्तोल खसेको प्रहरीले जनाएको छ । खसेको पेस्तोल बरामद गरी फरार यादवको खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता शालिग्राम शर्माले बताए । मादक पदार्थ […]

आन्तरिक मूल्यांकन गरेर शैक्षिक वर्ष टुंग्याउँदै स्थानीय तह

५ वैशाख, काठमाडौं । कोरोना महामारीबाट अति प्रभावित स्थानीय तहहरुले आन्तरिक मूल्यांकन गरेर नतिजा सार्वजनिक गर्न विद्यालयहरुलाई निर्देशन दिन थालेका छन् । महामारीका कारण विद्यालय तहको वार्षिक परीक्षा भौतिक रुपमा सञ्चालन गर्न सम्भव नहुने भएपछि स्थानीय तहहरुले आन्तरिक मूल्यांकन गरेर नतिजा सार्वजनिक गर्न निर्देशन दिन थालेका हुन् । आइतबार काठमाडौं महानगरपालिका, सोमबार इलाम नगरपालिकाले र […]

बझाङमा यार्सा संकलन क्षेत्र फोहोर व्यवस्थापन अभियान

५ जेठ, बझाङ । साइपाल गाउँपालिकाले यार्सा संकलन क्षेत्रको फोहोर व्यवस्थापन अभियान सञ्चालन गरेको छ । गाउँपालिकाको आयोजना र सहारा नेपालका सहकार्यमा हिमाली क्षेत्रको जैविक विविधता संरक्षण गर्न सरसफाइ अभियान सञ्चालन गरिएको हो । गाउँपालिकाभित्र पर्ने संकलन क्षेत्र औलागाड, राईढुंगी, माझालगायत वनमा फालिएका पुराना कपडा, जुत्ता, प्लाष्टिक, सिसा आदि यार्सा संकलनकर्ताले फालेको फोहोर खाल्डो खनेर […]

मारवाडी सेवा समितिले बनायो गौशालामा निःशुल्क आइसोलेसन केन्द्र

५ जेठ, काठमाडौं । मारवाडी सेवा समितिले काठमाडौंको गौशालामा निःशुल्क आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । समितिले नेपाल–भारत मैत्री अस्पतालसँगको सहकार्यमा अक्सिजनसहितको ५१ बेडको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको हो । आइसोलेसन केन्द्रको बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुभारम्भ गरे । उनले तीन सय बेडसम्म सञ्चालन गर्न सकिने यो आइसोलेसनलाई पूर्ण रुपमा सञ्चालन गर्न कोभिड–१९ संकट व्यवस्थापन […]

रेमडिसिभिरको आयातमा लाग्ने सबै कर-महसुल छुट

५ जेठ, काठमाडौं । सरकारले कोरोना विरुद्धको उपचारमा प्रयोग भइरहेको रेमडिसिभिर औषधिको आयातमा लाग्ने सम्पूर्ण कर, महसुल तथा शूल्क पूर्ण रुपमा छूट गरेको छ । अर्थ मन्त्रालयका अनुसार भन्सार उपशीर्षक ३००४.९०.९० मा पर्ने यो औषधिको आयातमा लाग्ने कर छूट दिइएको हो । आयातकर्ताले यो औषधिको अधिकतम खुद्रा मूल्य सार्वजनिक गरि सर्वसुलभ रुपमा बिक्री वितरण गर्नुपर्नेछ […]

सेती अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर जडान, संक्रमितको उपचारमा सहज

५ जेठ, धनगढी । सेती प्रादेशिक अस्पतालले कोरोना संक्रमितको उपचारका लागि अक्सिजन कन्सन्ट्रेटर जडान गरेको छ । संघीय सरकारले खरिद गरेर पठाएका अस्पतालले २४ सहित ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरेर सेवा दिन थालेको छ । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले संघीय सरकारबाट प्राप्त भएका २४, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले दिएका ६ र […]

मोरङको रंगेलीमा महिलाको हत्या, पतिसहित चारजना पक्राउ

५ जेठ, विराटनगर । मोरङको रंगेली नगरपालिकामा हत्या गरी फालिएको अवस्थामा महिलाको शव फेला परेको छ । रंगेली नगरपालिका–३ को नहरखण्डमा हत्या गरी फालिएको अवस्थामा २४ वर्षीय महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । बुधबार पानी नरहेको  नहरको बीच भागमा घाँटी रेटिएको अवस्थामा २४ वर्षीया अनिता यादवको शव फेला परेको हो । यादवको घर […]

प्रधानमन्त्रीले बादललाई मत माग्नु आचारसंहिता विपरीत !

५ जेठ काठमाडौं । वाग्मती प्रदेशमा जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आफ्नो उम्मेदवारको पक्षमा मत मागेका छन् । नेकपा एमालेकै मतदाताहरुको मत विभाजन हुने देखिएपछि उनले निर्वाचनको एक दिनअघि पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा मत माग्दै मत नदिए क्षम्य नहुने धम्कीसमेत दिएका छन् । निर्वाचन आयोगका अनुसार जेठ […]

राष्ट्र बैंकको नीति विपरीत महालक्ष्मी विकास बैंकले निकाल्यो लिलामीको सूचना

५ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकको नीति विपरीत महामालक्ष्मी विकास बैंकले ऋणीको सम्पत्ति लिलामी गर्न सूचना प्रकाशित गरेको छ । कोरोना महामारीका कारण ऋणीहरु समस्यामा रहेको हुनसक्ने भन्दै राष्ट्र बैंकले मंगलबार निषेधाज्ञा अवधिभर जरिवाना लगायतका अतिरिक्त शुल्क ऋणीबाट असुल नगर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । यतिमात्रै होइन मौदि्रक नीतिको तेस्रो त्रैमासको […]

संक्रमितको शव व्यवस्थापनमा कैलालीमा खटिए महिला सैनिक

५ जेठ, धनगढी । कैलालीमा कोरोना संक्रमितको शव व्यवस्थापनका लागि नेपाली सेनाले महिला सैनिकलाई पनि खटाएको छ । धनगढीमा रहेको नेपाली सेनाको भवानी दल गणले बुधबारदेखि उप-सेनानी शशी खड्काको कमाण्डमा ५ जनाको टोली संक्रमितको शव व्यवस्थापनमा खटाएको जनाएको छ । भवानी दल गणका प्रमुख सेनानी विकास केसीले उक्त टोलीले विशेषगरी कोरोना संक्रमणबाट ज्यान गुमाएका महिला […]

बर्दिया जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न डेढ करोड

५ जेठ, बर्दिया । बर्दिया जिल्ला अस्पतालमा अक्सिजन जडानका लागि सङ्घीय सरकारले विनियोजन गरेको रकमबाट तत्काल लागि उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले रु डेढ करोड विनियोजन गरेका छन् । उपलब्ध रकम अस्पतालको माग अनुसार नै भएको जिल्ला अस्पताल बर्दिया गुलरिया अध्यक्ष अङ्गद श्रेष्ठले बताए । उनले मन्त्रालयबाट प्राप्त रकमको सही तवरले उपयोग गरिने […]

जगरनाथपुरमा गाउँभरि संक्रमित, न परीक्षण न आइसोलेसन

५ जेठ, वीरगञ्ज । वैशाख २७ गते पर्साको जगरनाथपुर गाउँपालिका-५ चिलझप्टीलगायत गाउँभरि ज्वरोका बिरामी भेटिएको तथ्य सार्वजनिक भयो । गाउँपालिकाको स्वास्थ्य शाखाले नै स्वास्थ्य कार्यालय पर्सालाई यसबारेमा जानकारी गरायो । १० दिनमा १० जनाको मृत्यु हुनेमा अधिकांश चिलझप्टी गाउँकै थिए । भोलिपल्ट जिल्ला र पालिकाको टोली पुगेर ज्वरोको बिरामी खोज्नुका साथै एन्टिजेन परीक्षण गर्‍यो । […]



from समाचार – Online Khabar https://ift.tt/3fopjIQ
via IFTTT
Powered by Blogger.