समाचार
११ फागुन, काठमाडौं । चीनपछि कोरोना भाइरसको संक्रमणबाट दक्षिण कोरिया पनि प्रभावित बन्न पुगेको छ । त्यहाँका विभिन्न शहरमा तीब्ररुपमा कोरोना प्रभावित बिरामी देखिन थालेपछि कोरियामा रहेका नेपालीहरुमा पनि त्रास बढेको छ । कोरियाका अधिकांश मुख्य शहरमा नेपाली कामदार र विद्यार्थीहरु छन् । कोरियाको सियोलस्थित नेपाली राजदूतावासका अनुसार कोरोनाबाट सबैभन्दा बढी थेगु सहर प्रभावित छ । […]
११ फागुन, काठमाडौं । नौ महिनासम्म निष्क्रियजस्तै रहेको प्रमुख विपक्षी नेपाली कांग्रेसको छायाको पहिलो बैठक आइतबार बसेको छ । बैठकमा छाया प्रधानमन्त्री शेरबहादुर देउवाले हरेक मन्त्रालयको भ्रष्टाचार खोज्न निर्देशन दिएका छन् । काग्रेसले ६ जेठमा २१ वटा मन्त्रालयगत समिति बनाएको थियो र संयोजक र सदस्यहरु तोकेको थियो । सामान्यत छाया सरकारमा मन्त्रीहरु मात्र तोकिने भए […]
११ फागुन, काठमाडौं । कोटेश्वरमा हुने सवारी चाप न्यूनिकरण गर्न ट्राफिक प्रहरीले नयाँ प्रावधान अघि सारेको छ । सूर्यविनायक–जडिबुटी सडक-खण्डमा यात्रुबाहक तथा मालबाहक सवारी साधन र कम गतिमा गुड्ने सवारी साधानहरु बायाँ लेनबाट मात्र कुदाउने नियम लागू गर्न लागिएको हो । दाहिने लेनबाट भने निजी तथा साना सवारीसाधन मात्रै गुड्नेछन् । यो प्रावधान १४ फागुनदेखि […]
११ फागुन, काठमाडौं । मोडललाई बलि चढाउन खोजेको आरोपमा प्रहरीले पक्राउ गरेका ७ जनामध्ये ६ जनालाई कारागार चलान गरिएको छ । जिल्ला अदालत, काठमाडौंले भारतमा लगेर बलि चढाउन खोजिएको प्रकरणमा संलग्नमध्ये एक जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ । सुनसरीका रञ्जितकुमार चौधरी धरौटीमा छुटेका हुन् । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटी एक साताअघि […]
११ फागुन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आइतबार सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हाले । निर्वतमान मन्त्री गोकुल बास्कोटाले राजीनामा दिएपछि डा. खतिवडाले सञ्चारमन्त्रीको जिम्मेवारी पाएका हुन् । रोचक आगामी फागुन २० गते अर्थमन्त्रीबाट स्वतः अवकाश पाउने व्यक्तिलाई नै डेढ हप्ताका लागि सञ्चार मन्त्रालयको जिम्मेवारी थमाएर ओली सरकारले रमाइलो गरेको छ । अर्थमन्त्री डा. खतिवडा […]
११ फागुन, बर्दिया । नेपाली कांग्रेसेका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले पदमा बसिरहने राजनीतिक र नैतिक हैसियत गुमाइसकेको बताएका छन् । बर्दियामा आइतबार आयोजित कार्यक्रममा सांसद थापाले निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड घुस मागेको अडियोबारे प्रधानमन्त्रीलाई दुई महिना पहिले नै थाहा थियो भन्ने सुनेको बताए । त्यही प्रधानमन्त्रीले […]
११ फागुन, काठमाडौं । माघ अन्तिम साता सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्यो, ‘गाउँपालिका–३ को गुम्बावस्तीमा रुघा, खोकी र अत्याधिक ज्वरोजस्ता कोरोनासँग (कोभिड १९) लक्षण मिल्दोजुल्दो १ सय जना भन्दा बढी बिरामी भेटिएका छन् ।’ पत्र क्षणभरमै भाइरल भयो । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले विश्वलाई अत्याइरहेका बेला जुगल गाउँपालिकाको पत्रले […]
११ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिका– १४ को कार्यालय परिसरमा आइतबार बिहान मानिसहरुको एउटा समूह आएर नारा लगायो, ‘सार्वजनिक जग्गा मिच्न पाइँदैन, भ्रष्ट वडाध्यक्ष चाहिँदैन ।’ कलंकी मालपोत कार्यालयको पछाडिको १४ आना सार्वजनिक पर्ती जग्गालाई महानगरपालिकाले व्यक्तिलाई लाभ हुने गरी सहायक पिच बाटो भनेर सिफारिस गरेको भन्दै उनीहरु वडा कार्यालय घेर्न पुगेका थिए । त्यहाँका […]
११ फागुन, काठमाडौं । नेपालको हवाइ सेवाको नियामक निकायका रुपमा रहेको नेपाल नागरिक उड्ययन प्राधिकरणलाई टुक्रयाउने गरी तयार भएको दुई वटा विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आइतबार दर्ता गरेको प्रस्तावित विधेयकमा हवाइ सेवामा नियामक र सेवाप्रदायक निकायको रुपमा दुई वटा निकाय प्रस्ताव गरिएको छ । जसको […]
११ फागुन, काठमाडौं । विशेष अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री डम्बर श्रेष्ठलाई १५ दिनभित्र अदालतमा उपस्थित हुन म्याद जारी गरेको छ । आइतबार श्रेष्ठसहित २० जनाको नाममा हद म्याद जारी भएको विशेष अदालतका उपरजिस्ट्रार इन्द्रकुमार खड्काले अनलाइनखबरलाई जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)ले श्रेष्ठसँग ९ करोड ६५ लाख […]
११ फागुन, चितवन । नवलपुर जिल्लाको एकीकृत नमुना सदरमुकामको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । देशकै जिल्ला सदरमुकाममध्ये सबैभन्दा आधुनिक र नमूना सदरमुकाम बनाउने गरी थालिएको डीपीआरको काम सकिएको पूर्वी नवलपरासी क्षेत्र नं. २ का सांसद तिलक महतले जानकारी दिए । प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय र केन्द्र सरकारको शहरी विकास मन्त्रालयले माइलस्टोन डिजाइन […]
११ फागुन, हेटौंडा । बागमती प्रदेशसभाको बैठकमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद र ललिता निवास जग्गा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षीबीच जुहारी परेको छ । आइतबारको विशेष समयमा बोल्दै प्रतिपक्षी दलका अधिकाँश साँसदले सरकार भ्रष्टचारमा लिप्त हुँदै गएको आरोप लगाएका छन् ।सत्तापक्षका सांसदहरुले सरकारले भ्रष्टचार गर्ने कोहीलाई नछाड्ने गरी काम गरिरहेको भन्दै सरकारको बचाउ गरेका छन् । […]
११ फागुन, विराटनगर । बुधबार राति भारतको तामिलनाडुमा दुर्घटनामा परी ज्यान गुमाउने नेपालीको शव ल्याउने विषयमा अन्योल भएको छ । सरकारले बेलामा समन्वय नगर्दा भारतमा मृत्यु भएका तीर्थयात्रीको शव कसरी नेपाल ल्याउने भन्ने विषयमा आफन्त अलमलमा छन् । तीर्थयात्रामा गएका नेपाली सवार मिनीबस बुधबार राति भारतको तामिलनाडु प्रान्तको सलेम जिल्ला स्थित बेंगलरु नेशनल हाइवेमा दुर्घटना […]
११ फागुन, पोखरा । पोखरामा विशिष्ट सेवासहित बाल अस्पताल स्थापना हुने भएको छ । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) ले पोखरामा बाल अस्पताल स्थापना तथा सञ्चालन गर्ने भएको हो । चाइल्ड हेल्थले सबै प्रदेशमा विशिष्टिकृत बाल स्वास्थ्य सेवा प्रदान गर्ने तथा बाल स्वास्थ्य सम्बन्धी अध्ययन अनुसन्धान गर्ने लक्ष्य राखेको छ । उसले त्यसको सुरुआत […]
११ फागुन, काठमाडौं । वैदेशिक रोजगारीका लागि टर्की र ग्रीस जाने प्रलोभनमा पर्दा ३२ जना ठगिएका छन् । उनीहरुले ३९ लाख ५७ हजार रुपैयाँ पनि गुमाएका छन् । कामदार भिसामा आकर्षक तलब सुविधा रहेको बताएर एक जना व्यक्तिले ठगेपछि पीडित महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकु पुगेका थिए । प्रहरीले अनुसन्धानपछि मोरङको रतुवामाई–६, बुधबारे घर भई […]
११ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधनबारे गृहकार्य गर्न कार्यदल बनाएको छ । वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा बनेको कार्यदलमा पूर्वसभामुख सुवास नेम्वाङ र नेता खिमलाल देवकोटा छन् । यो कार्यदलले उपाध्यक्ष बामदेव गौतमको मागअनुसार राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न गृहकार्य गर्ने बताइएको छ । नेकपाले राष्ट्रपतिबाट […]
११ फागुन, काठमाडौं । ‘यही स्थिति रहने हो भने आउँदो २० वर्षमा बोर्लाङ उजाड हुन्छ’ सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक रामचन्द्र पौड्यालले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा यसो भन्दा धेरैको अनुहार मलिन देखियो । विभिन्न पेशा, व्यवसाय र पढाइका लागि गाउँ छाडेर काठमाडौं पसेकाहरुको भेलामा स्थानीय विद्यालयका हेडसरको भनाइ सुन्दा धेरैले गाउँ सम्झिरहेका थिए । ‘हाम्रा शैक्षिक […]
११ फागुन, काठमाडौं । ललितपुर–४, जावलाखेलमा रहेको पशुपति भिभान्ता नामक जुस स्टोरमा चोरी गरेको आरोपमा सोही पसलमा काम गर्ने कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा खगेन्द्रकुमार थापा छन् । अनुसन्धानका क्रममा शंकास्पद लागेपछि काठमाडौं–१४, कलंकीस्थित उनको डेरामा खनतलासी लिँदा जस्तामाथि बोराभित्र लुकाएको अवस्थामा २० लाख ५० हजार रुपैयाँ बरामद भएको थियो । साथै, घटनास्थलमा […]
११ फागुन, झापा । नेपाली सेनाका प्युठले सडकमा भेट्टाएको एक लाख रुपैयाँ सम्बन्धित धनीलाई बुझाएका छन् । २१ नम्बर बाहिनी अड्डा, तोपगाछीमा कार्यरत प्युठ मेघबहादुर अधिकारीले दमक–३, फर्निचर लाइनमा बेवारिसे अवस्थामा फेला पारेको रकम सम्बन्धित धनीलाई बुझाएका हुन् । जिल्ला प्रहरी कार्यालय, झापाका एसपी कृष्ण कोइरालाका अनुसार उनले १ फागुनमा रकम भेट्टाउने बित्तिकै इलाका प्रहरी […]
११ फागुन, काठमाडाैं । सिनामंगल नगरसेवा समाजको १८औं साधारण सभा सम्पन्न भएको छ । गत शनिवार काठमाडौं ३२ पेप्सीकोला स्थित शान बैंक्वेटमा संस्थाको साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा काठमाडौं महानगरपालिकाका– ३२ का वडाध्यक्ष नवराज पराजुलीको प्रमुख आतिथ्यता तथा वागमती प्रदेशका प्रमुख सचिव तोयम रायाको विशेष आतिथ्यता सम्पन्न साधारणसभाक समाजका अध्यक्ष गोपाल बहादुर तामाङ्गले सभाको […]
११ फागुन, काठमाडौं । प्रहरीको बर्दीमा टिकटक भिडियो बनाएको आरोपमा नेपाल प्रहरीका एक जना अधिकारी कारबाहीमा परेका छन् । महानगरीय प्रहरी प्रभाग सुडाल, भक्तपुरका इञ्चार्ज प्रहरी नायब निरीक्षक (सई) रत्नबहादुर थापा कारबाहीमा परेका हुन् । प्रहरी आचरण विपरितको कार्य गरेको भन्दै उनलाई महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले इञ्चार्जबाट तानेर अनुसन्धान थालेको छ । रानीपोखरीका प्रहरी […]
from समाचार – Online Khabar https://ift.tt/32l7DXv
via IFTTT






















