समाचार
२४ साउन, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र प्रसाद साहसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ८ जना महिलासहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ३ जना बारा र १ जना सर्लाहीका छन् । शुक्रबार मृत्यु भएका वीरगञ्ज–३ छपकैयाका ७४ वर्षीय वृद्ध पनि […]
२४ साउन, काठमाडौं । सम्भवतः नेपाली सेनाको इतिहासमै पहिलो र दुर्लभ घटना हुनुपर्छ, २० वैशाख २०६६ मा एकै दिन ‘दुई प्रधानसेनापति’ जंगीअड्डामा थिए । तत्कालीन प्रधानमन्त्री एवं नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारसँग टकरावका बीच सेना प्रमुख रुक्मांगद कटवाललाई बर्खास्त गरिएको पत्र थमाइएको थियो । कटवाललाई वर्खास्त गरेर प्रचण्ड सरकारले दोस्रो वरियताका […]
२४ साउन, काठमाडौं । सेयर बजारमा किन लगानी गरिन्छ ? यसको सामान्य जवाफ हो, प्रतिफल राम्रो पाउनका लागि । सेयर बजारमा मात्रै होइन, जुनसुकै क्षेत्रमा पनि प्रतिफलकै लागि लगानी गरिएको हुन्छ । तर सेयर बजारकै कुरा गर्ने हो भने जलविद्युत्मा गरिएको लगानीले प्रतिफल पाउने होइन, पुँजी जोगाउनसमेत मुश्किल पर्ने गरेको छ । उसो त सेयर […]
२४ साउन, भरतपुर । राम जन्मभूमि अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न भन्दै माडी नगरपालिकाको एक टोली काठमाडौं प्रस्थान गरेको छ । नगर प्रमुख ठाकुर ढकाल नेतृत्वको टोली शनिबार विहान काठमाडौं प्रस्थान गरेको हो । टोलीमा उपमेयर ताराकाजी महतो, अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समिति माडीका संयोजक नारदमणि पौडेल, नेकपा माडी नगर कमिटीका अध्यक्ष […]
२४ साउन, चितवन । चितवनको भरतपुर महानगरपालिका क्षेत्रमा सबैभन्दा बढी सडकको विकास भएको छ । सडक विस्तार, पिच, नाली, मोज्याक टायल लगाउने काम निकै भएको देखिन्छ । तर, यहाँ भएको विकास बर्खाको पानीले निकास नपाउने गरी भएको छ । त्यसैले मुख्य शहरी क्षेत्र र वस्तीहरु नै डुबानमा परेका छन् । पानीको निकास नभएपछि यहाँका सरकारी […]
गोर्कीकृत ‘आमा’को पावेल भ्लासोभजस्ता पात्र मैले नेपाली कथामै भेटें । नेपाल, चीन, भियतनाम, पेरु, भारतका ‘जनयुद्ध’मा आधारित थुप्रै कथा–उपन्यासमा पावेलजस्तै पात्र हुन्छन् । उनीहरूको संघर्ष र नियति मिल्दोजुल्दो हुन्छ । हिन्दु जात व्यवस्थामा आधारित नेपाली समाजमा हाम्रा लागि खास प्रिय हुनुपर्ने रामायण र महाभारतकै पात्र हुन् । जो पात्रका नाउँबाट नै हामीले आफ्ना धेरै प्रियजनका […]
‘तपाईं त्यहाँ एकचोटि जानू । निकै मीठो कविता फुर्न सक्छ ।’ शुभचिन्तकहरूको सल्लाह स्वीकार्दै अन्ततः म समुद्री सतहबाट १६ सय मिटर उचाइमा रहेको बोसन डाँडा पुगेँ । दक्षिणकाली नगरपालिकामा पर्ने बोसन डाँडाबाट पूर्वतिर काठमाडौं खाल्डो र पश्चिमपट्टि घना जङ्गल पर्दछ । ठ्याक्कै मेरै जन्मगाउँजस्तो ठाउँमा पुग्न पाएर म नोस्टाल्जिक भइहालें । एउटा कविताका लागि पुगेकी […]
२४ साउन, बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिका- ४ मा कार दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । लु २ च ६७५६ नम्बरको कार दुर्घटना हुँदा चालक रुपन्देही ओमसतिया गाउँपालिका–४ बालापुरका २६ वर्षीय देवेन्द्र चौधरी, रुपन्देही कोटहीमाई गाउँपालिका–३ का २७ वर्षीय नसाप दर्जी र नवलपरासी रामग्राम नगरपालिका–१२ पचगवाका १२ […]
२४ साउन, काठमाडौं । नेपालमा फेरि केही दिन मनसुन सक्रिय हुने भएको छ । शनिबार रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने सम्भावना देखिएकाले दुई–तीन दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने छ । केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान […]
काठमाडौं । टेलिभिजन कार्यक्रममा एक प्रस्तोताले आफूमाथि असभ्य टिप्पणी गरेको भन्दै नायिका पूजा शर्माले आक्रोश पोखेकी छन् । फेसबुकमा स्टाटस लेख्दै उनले ‘दारा निस्केको महानायिका’ भनेर आफ्नो मानहानी गरिएको बताएकी छन् । चलचित्र पत्रकार प्रकाश सुवेदीले आफ्नो एक टेलिभिजन कार्यक्रममा पूजामाथि लक्षित गर्दै छुद्र टिप्पणी गरेका थिए । त्यसको भिडियो क्लिप टिकटकमा भाइरल बनेको छ […]
२४ साउन, डिसी । वरिष्ठ लोकगायक तथा अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत प्रेमराजा महत र उनकी जीवन संगीनी कविता केसी महत कोरोना भाइरसबाट संक्रमित भएका छन् । वरिष्ठ लोकगायक महतले अगस्त ७, शुक्रबार दिउँसो करिब ३ बजे सामाजिक सन्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै संक्रमित भएको जानकारी दिएका छन् । उनले […]
२४ साउन, काठमाडौं । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ६० हजारभन्दा धेरै पुगेको छ । यसैगरी कोरोना संक्रमितको संख्या ४९ लाखभन्दा धेरै छ । नयाँ तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या ४९ लाख ३७ हजार ४ सय ४१ पुगेको छ । यस्तै मृतकको संख्या १ लाख ६१ हजार ३ […]
२४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार बिहान उनको स्वाब संकलन गरिएको थियो । सोही दिन साँझ नेगेटिभ रिपोर्ट आएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीसहित नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कानुनमन्त्री डा.शिवमाया तुम्बाहाङ्फे, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन […]
२४ साउन, काठमाडौं । भारतको केरलामा एयर इन्डियाको हवाई जहाज दुर्घटना हुँदा पाइलटसहित १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा क्याबिन क्रुका चार जना सदस्य सकुशल छन् । दुबईबाट आएको हवाईजहाज शुक्रबार बेलुका ७ बजेर ४१ मिनेटमा केरलाको कोझिकोड विमानस्थलमा दुर्घटना भएको हो । अवतरणको क्रममा रनवेमा चिप्लिएर विमान ३५ फिट टाढा खाल्डोमा खसेको थियो […]
२३ साउन, झापा । अपराध भएलगत्तै हुने सानो कमजोरीका कारण अभियुक्त भेट्न वर्षौं लाग्न सक्छ । कतिपय घटनामा प्रहरीलाई ढिलो सूचना पुग्दा अभियुक्त भारततिर छिर्छन् भने कहिलेकाहीँ अनुसन्धानको सुई सही दिशामा अघि नबढ्दा पनि अभियुक्त उम्कन्छन् । तर, अपराधमा संलग्नले जतिसुकै चतुर्याइँ गरे पनि कुनै न कुनै दिन अभियुक्त प्रहरीको फन्दामा परेरै छाड्छन् । जिल्ला […]
२३ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट शुक्रबार थप पाँच जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा २, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरको कोशी अस्पताल र वीरगञ्जको गण्डक अस्थायी कोभिड अस्पतालमा १/१ जनाको मृत्यु भएको हो । पाटन अस्पतालको आईसीयूमा सर्लाहीका ४५ वर्षीय पुरुष र रुपन्देही सुनौलीकी ४१ वर्षीया महिलाको कोरोना […]
२३ साउन, काठमाडौं । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार विधि र पद्दतिअनुसार चल्न नसकेको बताएका छन् । सरकार भ्रष्टीकरणको बाटोतिर जान थालेको बताउँदै यस्तो प्रवृत्तिमा ‘करेक्सन’ नभए ‘नकारात्मक पात्रहरुको भूमिका फेरेर’ भए पनि अगाडि बढ्नुपर्ने उनले बताएका छन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल पार्टीको स्थायी कमिटी सदस्यसमेत हुन् । रिमालले शुक्रबार सामाजिक सञ्जालबाटै […]
२३ साउन, काठमाडौं । सुनको भाउमा ऐतिहासिक वृद्धिले बजारमा फिर्ता सुनको कारोबार बढेको व्यवसायीहरुले बताएका छन् । पुराना गहना फिर्ता बिक्री कारोबार हरेक दिन पाँचदेखि सात किलोको दरले भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ । धेरैजसो आर्थिक समस्यामा परेकाहरुले अहिले सुन बेचिरहेको व्यवसायीहरुले बताएका छन् । तर, बजारमा सुन किन्ने ग्राहक भने छैनन् । […]
२३ साउन, धनगढी । कैलालीको लम्की चुहा नगरपालिका–६ प्रतापपुरकी भावना विष्ट शुक्रबार परिवारसँग भारतको मुम्बइबाट नेपाल आइपुगिन् । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको भयावह हुन थालेपछि उनी काखे बालक च्यापेर नेपाल आएको बताइन् । ‘हामी बसेको ठाउँमा धेरै संक्रमित थिए । बाहिर निस्किन पनि डर थियो । त्यसले आयौं’ उनले भनिन् । गाडीमा एउटा […]
२३ साउन, काठमाडौं । सेवा प्रदायकले यदि सरकारको नियम पालना भएको भए यतिबेला फरक नेटवर्कहरुमा हुने कल (फोन) प्रतिमिनेट ४४ पैसा सस्तो हुनुपर्थ्यो । विदेशबाट नेपालमा कल गर्दा पनि प्रतिमिनेट ४-५ रुपैयाँ सस्तो हुने थियो । तर, नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको ‘अन्तरआवद्धता निर्देशिका-२०७६’ लाई सेवा प्रदायकले अटेर गरेका छन् । चैत २० बाटै कार्यान्वयनमा […]
२३ साउन, पोखरा । आइसोलेसनमा रहेका सबै संक्रमितको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि म्याग्दी जिल्लामा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ । हालसम्म भएका ४६ वटा संक्रमित सबै निको भएर घर फर्किसकेकाले ‘हाललाई कोरोनामुक्त जिल्ला’ मानिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले हाल म्याग्दीको आइसोलेसनमा रहेका ६ जनाको […]
from समाचार – Online Khabar https://ift.tt/30EqWfq
via IFTTT






















