समाचार
१२ भदौ, विराटनगर । नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङकर विराटनगरमा विष्फोेट भएको छ । बुधबार बेलुका निगमको इन्धन ढुवानी गर्ने ना ४ ख ७१६६ नम्बरको ट्याङकर विष्फोट भएको हो । बिष्फोटका कारण नजिकै रहेका घरमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । ट्याङकर नेपाल आयल […]
१२ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आलोचकहरुले लगाउने गरेको एउटा आरोप हो, भारतबाट बिजुली किनेर लोडसेडिङ हटाएको छ । घिसिङ अहिले आफ्नो कार्यकालको अन्तिम समयमा रहँदा फेरि यो विषय बाहिर आइरहेको छ । के नेपालमा लोडसेडिङ हट्न भारतको बिजुली नै निर्णायक हो त ? गत आर्थिक वर्ष २०७६/७७ मा नेपालको […]
१२ भदौ, जनकपुरधाम । प्रदेश २ का भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले छिटो छिटो सचिव सरुवा नगरिदिन आग्रह गर्दै संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रीलाई पत्र पठाएका छन् । पछिल्लो २ बर्षमा मन्त्रालयमा ६ जना सचिवको सरुवा र पदस्थापन गरिएको भन्दै मन्त्री साहले यसले कामकाज प्रभावित भएको पत्रमा उल्लेख गरेका छन् । […]
१२ भदौ, विराटनगर । कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव ३ दिनदेखि अस्पतालमै राखिएको छ । मंगलबार राति विराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएका महोत्तरीका ६१ वर्षका पुरुषको आफन्त सम्पर्कविहीन छन् भने शव व्यवस्थापनमा स्थानीय प्रशासन पनि मौन बसेको छ । अस्पतालका डाइरेक्टर इन्जिनियर रञ्जितराज बस्नेतका अनुसार मृतकको कुरुवाको रुपमा छोरा अस्पताल आएका थिए । […]
१२ भदौ, काठमाडौं । कोरोना भाइरस महामारीका कारण अध्ययन र भ्रमणका लागि विदेश जानेहरु रोकिँदा नेपालको करिब ३६ अर्ब रुपैयाँ बिदेशिनबाट जोगिएको छ । गत आर्थिक वर्ष २०७६/७७ मा अध्ययन र घुम्नका लागि विदेश जाने नेपालीबाट ५३ अर्ब १३ करोड रुपैयाँ विदेश पुगेको छ । यो रकम आर्थिक वर्ष २०७५/७६ मा भने ८९ अर्ब ९० […]
१२ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल आइसोलेसनमा बस्नुपर्ने भएकाले भोलि शनिबारको बैठक स्थगित गरिएको हो । कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)मा कार्यालय सहयोगीलाई संक्रमण देखिएकाले दुबै नेता होम आइसोलेसनमा बसेको स्रोतले जानकारी […]
१२ भदौ, सुर्खेत । वीरेन्द्रनगरमा १२ दिनदेखि जारी निषेधाज्ञा सर्तसहित हटाइएको छ । भदौ एक गतेदेखि जारी निषेधाज्ञा शुक्रबार राति १२ बजेदेखि हटाउने निर्णय भएको हो । जिल्ला प्रशासन कार्यालय सुर्खेतले चाडपर्वमा कोभिड-१९ संक्रमणको जोखिम रहने भन्दै विषेधाज्ञा जारी गरेको थियो । जिल्लामा निषेधाज्ञा हटाइए पनि कोरोना संक्रमणको जोखिम रहेकोले केही शर्त भने कायमै रहको […]
१२ भदौ, कैलाली । जिल्लाको पुनर्बास नगरपालिका– १ गणेश बस्तीमा आफ्नै आमाले विष खुवाउँदा ८ महिने शिशुको मृत्यु भएको छ । स्थानीय २४ बर्षीया निर्मला रानाले आफूसँगै ८ महिने शिशु एलेक्स रानालाई समेत सल्फास नामक विषादी सेवन गराएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ‘आमाले आफूसँगै शिशुलाई पनि विष खुवाएकी थिइन्’ जिल्ला प्रहरी कार्यालय […]
१२ भदौं, काठमाडौ । रानीपोखरी पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । शुक्रबार स्थलगत अवलोकनका लागि पुगेका सहरी विकास राज्यमन्त्री रामबीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको टोलिलाई रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिले अधिकांश काम सम्पन्न भएको जानकारी गराएको हो । समितिका अध्यक्ष अजय स्थापितले रानीपोखरी पुर्ननिर्माणको काम शत प्रतिशत र मन्दिर तथा सौदर्यीकरणको काम […]
१२ भदौ, विराटनगर । मोरङको बेलबारीमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका– ५ कसेनीस्थित लोहन्द्र पुलमा शुक्रबार दिउँसो एक जनाको मृत्यु भएको हो । झडपमा चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार स्थानीय ४० वर्षका चन्द्रकुमार राईको मृत्यु भएको […]
१२ भदौं, वीरगञ्ज । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पर्सामा जारी निषेधाज्ञा अब वीरगञ्ज महानगरपालिका मात्रै सीमित गरिएको छ । जिल्ला सुरक्षा समिति र संकट व्यवस्थापन केन्द्रको बैठकले भदौं १८ गते मध्यरातिसम्म वीरगञ्जमा मात्रै निषेधाज्ञा कायम राख्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी आसमान तामाङको अध्यक्षतामा बसेको बैठकले निषेधाज्ञा वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र मात्रै […]
१२ भदौ, काठमाडौं । सरकारले नेपालमा हवाई उद्योगसँग सम्बन्धित जुनसुकै काममा २ अर्बभन्दा बढी लगानी गर्ने लगानीकर्तालाई आयकरमा ५ वर्षसम्म शतप्रतिशत छूट दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार गरेको हवाई नीति २०७७ को अन्तिम मस्यौदाले यस्तो प्रावधान समेटेको हो । पर्यटन मन्त्री योगेश भट्टराईका अनुसार यो नीति सरोकारवालाको राय लिएर […]
१२ भदौ, काठमाडौं । कोरोनाको संक्रमण नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञाले गर्दा घरायशी वस्तुहरुको खरिद बिक्री असहज बनिरहेको छ । यस्तोमा केही केही ई–कमर्श स्टार्टअपहरुको सेवाले उपभोक्तालाई राहत दिएको थियो । तर, जिल्ला प्रशासनले यस्तो सेवामा पनि अंकुश लगाउन थालेको छ । घर–घरमा पुगेर डेलिभरी सेवा दिनेहरुले कोरोना फैलाउने जोखिम बढेको भन्दै स्थानीय प्रशासन […]
१२ भदौ, जनकपुरधाम । हत्या आरोपमा पक्राउ परेका रौतहटको गरुडा नगरपालिका–८ जिगडियाका १९ बर्षीय विजय महराको उपचारका क्रममा मृत्यु भयो । हिरासतमा रहेको मिर्गौला रोगी भएको र उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेज लैजाने क्रममा मृत्यु भएको रौतहट प्रहरीले बताएको छ । उनको शरीरभरि कुटपिटको निलडाम भेटिएको छ । मृत्यु हुनुभन्दा अगाडि विजय स्वयंमले हिरासतमा […]
१२, भदौ, चितवन । चितवनको भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना संक्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । भरतपुर अस्पतालको प्रसुति विभागका चिकित्सक डा. रामप्रसाद सापकोटाका अनुसार शल्यक्रियापछि जुम्ल्याहा छोरा र आमाको अवस्था सामान्य छ । गोरखाको गोरखा नगरपालिका–१० छेवेटारकी ३७ बर्षकी गर्भवती महिलामा भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी […]
१२ भदौ, बुटवल । रुपन्देहीमा थप ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ६ वटा पालिकाका २३ जना महिला र २९ जना पुरुष गरी ५२ जनामा कोरोना पोजेटिभ देखिएको हो । थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै सिद्धार्थनगर नगरपालिकाका १० जना महिला र ८ जना पुरुष गरी […]
१२ भदौ, काठमाडौं । नेपालमा शुक्रबारसम्म ७१ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । पत्रकारको छाता संस्था नेपाल पत्रकार महासंघका अनुसार सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशमा पत्रकार पनि कोरोना संक्रमित भएका छन् । प्रदेश १ मा १३ जना पत्रकार कोरोना संक्रमित भएकामा मोरङका १२ र उदयपुरका १ जना रहेका छन् । प्रदेश २ मा २७ […]
१२ भदौ, काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियूले एसईई ग्रेडिङ मापदण्ड स्थगित गर्नुपर्ने लगायतका २१ सूत्रीय मागसहितको ज्ञापनपत्र आज शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई बुझाएको छ । इमेलमार्फत् बुझाइएको ज्ञापनपत्रमा विद्यालय शिक्षासँग सम्वन्धित ११ वटा र विश्वविद्यालय शिक्षासँग सम्वन्धित १० वटा माग प्रस्तुत गरिएको छ । कोरोना संकट र निषेधाज्ञाका कारणले शिक्षामन्त्री पोखरेलसँगको टेलिफोन संवादपछि इमेलबाट ज्ञापनपत्र […]
१२ भदौ, चितवन । चितवनमा फेरि थप ७ दिनका लागि निषेधाज्ञा लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले यसअघि जारी गरेको निषेधाज्ञाको आदेश बिहीबार राति सकिने भएपछि पुनः ७ दिनका लागि थप गरिएको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले कोरोना संक्रमणको जोखिम कम भई नसकेका कारण मानिसहरुको आवतजावत र जमघटमा नियन्त्रण गर्न निषेधाज्ञालाई भदौ १९ […]
१२ भदौ, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । दैलेख अस्पताल प्रयोगशाला, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र रुकुम पश्चिमको चौरजहारीको प्रयोगशाला गरिएको पीसीआर परीक्षणमा शुक्रबार १९ जनामा संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको रिपोर्टअनुसार दैलेखमा ११ जना, जुम्लामा ६ […]
१२ भदौ, काठमाडौं । कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गरी दाङ जिल्लामा भदौ १४ गतेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरिने भएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र दाङको आज बसेको बैठकले भदौ १४ गते राति १२ बजेदेखि भदौ २१ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यसअघि दाङ प्रशासनले राति ९ […]
from समाचार – Online Khabar https://ift.tt/3jnM1kx
via IFTTT