Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

महेन्द्र श्रेष्ठ फेरि स्वास्थ्य मन्त्रालयमा

११ भदौ, काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशक पदबाट स्वास्थ्य मन्त्रालय तानिएका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले अढाई महिनापछि जिम्मेवारी पाएका छन्। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठलाई नीति योजना तथा गुणस्तर महाशाखाको जिम्मेवारी दिएका हुन्। उनलाई कोभिड-१९ समेत हेर्ने गरी जिम्मेवारी तोकिएको सहसचिव रघुराम विष्टले जानकारी दिए । यसअघि यो जिम्मेवारी पनि अर्का […]

२५ वर्षपछि बिदेशबाट फर्केर भैंसीपालनमा

११ भदौ, गुल्मी । रेसुुुंगा नगरपालिका– ४ का तोयनारायण पाण्डेले भारत, मलेसिया र कतारमा गरी झण्डै २५ वर्ष घरबाहिरै बिताए । १४ वर्षको उमेरमा भारत गएका उनले पछिल्लो ९ वर्ष कतार र मलेसियामा बिताए । तर विदेशको कमाइले कुनै प्रगति नभएपछि गाउँमै आएर खेती गर्न थाले । पाण्डेले विदेशबाट फर्केपछि शुरु गरेको व्यवसायिक भैँसीपालनबाट मनग्य […]

मुटु अस्पतालका डाक्टरसहित बुटवलमा थपिए ३५ संक्रमित

११ भदौ, बुटवल । बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका एक चिकित्सकसहित बुटवलमा बिहीबार मात्रै ३५ जना कोरोना भाइरस -कोभिड-१९)का संक्रमित थपिएका छन् । उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहका अनुसार ३५ जना संक्रमितमध्ये एकजना मुटु अस्पतालका चिकित्सक हुन् । डाक्टरमा कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका बिरामी र अन्यको कन्ट्याक्ट ट्रेसिङ गरेर पीसीआर परीक्षण गर्न […]

सर्लाहीमा खाल्डोको पानीमा डुबेर २ जनाको मृत्यु

११ भदौ, जनकपुरधाम । सर्लाहीको बरहथवा नगरपालिकाको छुट्टाछुट्टै स्थानमा बिहीबार खाल्डोको पानीमा डुबेर एक युवती र बालिकाको मृत्यु भएको छ । बरहथवा नगरपालिका– १० सीतापुर बस्ने १९ बर्षीया पुनम महतोको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । बरहथवा नगरपालिका ९ मुर्तियास्थित हजूरआमाको घरमा बस्दै आएकी पुनम कसैलाई नसोधी घरबाट बिहीबार बिहान निस्केकी […]

मोरङमा कारागारमा कैदीको शंकास्पद मृत्यु

१० भदौ, विराटनगर । जिल्ला कारागार मोरङमा कैदीको शंकास्पद मृत्यु भएको छ । लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका विराटनगर- ४ का २६ वर्षीय निराजन यादवको शंकास्पद मृत्यु भएको हो । बुधबार कारागारमा मृत्यु भएका उनलाई साढे चार बजे कोशी अस्पताल ल्याइएको थियो । अस्पतालले लगतै मृत घोषित गरेको थियो । कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर […]

साउनमा साढे ४ अर्बको मोबाइल फोन आयात

११ भाद्र, काठमाडौं । गत साउन महिनामा करिब साढे चार अर्ब रुपैयाँको मोवाइल फोन आयात भएको छ । कोरोना भाइरसको महामारी रहेकै बेला बिलासी विद्युतीय सामग्री मोबाइल धेरै आयात हुँदा औषधिको आयात भने न्युन रहेको भन्सार विभागले जनाएको छ । साउन महिनामा ४ लाख ७० हजार ६२१ सेट मोबाइल सेट भन्सार पास भएको थियो । […]

प्रदेश ५ मा घरेलु तथा साना उद्योग दर्ताको शुल्क नलाग्ने

११ भदौ,बुटवल । प्रदेश ५ सरकारले चालु आर्थिक वर्षमा लघु, घरेलु तथा साना उद्योगहरुको दर्ता दस्तुर पूर्ण छुट गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले कोरोना महामारीका कारण अर्थतन्त्र संकटमा परेकाले घरेलु तथा साना उद्योगको प्रवद्र्धनका लागि दर्ता दस्तुरमा पूर्णरुपमा छुट गर्ने निर्णय गरेको हो । बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश […]

केही कर्मचारीको सरुवा र बढुवा, हेर्नुहोस् मन्त्रिपरिषदको निर्णय

११ भदौ, काठमाडौं । भदौ ९ गते बसेको मन्त्रिपरिषद बैठकले केही कर्मचारीको सरुवा, बढुवा र पदस्थापनको निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बलराम रिजाललाई विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको काम गर्ने गरी तोकेको छ । त्यस्तै ज्ञानप्रसाद ढकाललाई सहसचिव वा सोसरहको सहन्यायाधिवक्ता पदमा नियुक्त गरी उच्च सरकारी वकिल […]

ठूला अस्पताललाई कोरोना विशेष बनाऊ : शान्ति समाज

११ भदौ, बुटवल । मानव अधिकार तथा शान्ति समाजले सबै अस्पतालमा कोरोना भाइरस संक्रमितको उपचार गर्नु उचित नहुने बताएको छ । एउटै अस्पतालमा संक्रमित र संक्रमण नभएका बिरामीको उपचार गर्दा कोरोना संक्रमण झन् फैलिन सक्ने खतरा औंल्याउंदै समाजले सरकारलई उक्त निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ । ‘दीर्घरोगी, बृद्घ–बृद्घा, बालबालिका लगायत अति संवेदनशील स्वास्थ्य समस्या […]

कर्णालीमा थपिए २५ जना कोरोना संक्रमित

११ भदौ, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमित थपिएका छन् । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पतालमा भएको परीक्षणबाट थप २५ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । महाशाखाका अनुसार थपिएका संक्रमित दैलेखको दुल्लु नगरपालिकाका ६/६ जना महिला र पुरुष गरी […]

‘नेपाली फर्काउन देश अनुसारको उद्धार नीति बनाऊ’

११ भदौ, काठमाडौं । संसदको महिला तथा सामाजिक समितिले विदेशमा अप्ठेरोमा परेका नेपालीलाई स्वदेश फर्काउन देश अनुसार फरक फरक उद्धार नीति बनाउन सरकारलाई निर्देशन दिएको छ । विभिन्न देशका राजदूत, गैरआवासीय नेपाली संघ (एनआएनए) का प्रतिनिधि र विभिन्न मन्त्रालयका प्रतिनिधिसँग प्रविधिको माध्यमबाट छलफल गर्दै समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो । कुन देशको समस्या कस्तो […]

नेपालमा भलिबल : ८० वर्षको इतिहास, तर अझै बामे सर्दै

१० भदौ, काठमाडौं । सरकारले भलिबललाई नेपालको राष्ट्रिय खेलको मान्यता दिएको पनि ३ वर्ष पुगिसकेको छ । तर अझै पनि नेपालमा यो खेल र खेलाडीहरुको स्तर माथि उठ्न सकेको छैन । भलिबलको आˆनै कभर्ड हलसम्म छैन । नेपालले झण्डै ८ दशकदेखि भलिबल खेल्न थालेको इतिहास भए पनि अन्तर्राष्ट्रिय सहभागिता जनाउन थालेको करिब साढे चार दशकअघि […]

नेपाल एयरलाइन्सको जहाज उठाउन खरिदकर्ताको आनाकानी

११ भदौ, काठमाडौं । नेपाल एयरलाइन्ससँग बोइङ ७५७ (गण्डकी) खरिदका लागि बोलपत्र जितेको कम्पनीले जहाज नउठाएपछि समस्या भएको छ । पोल्याण्डको एमबीएस एयरक्राफ्टले बोलपत्रबाट सबैभन्दा बढी मूल्य राखेर यो जहाज खरिदको अनुमति पाएको थियो । कम्पनीले अहिले आएर खरिद सम्झौताका लागि आनाकानी गर्न थालेको नेपाल एयरलाइन्सका एक उच्च अधिकारीले बताए । ५७ लाख १० हजार […]

डा. केसीको अनशन एक हप्ता स्थगित

११ भदौ, काठमाडौं । चिकित्सक डा. गोविन्द केसीले बिहीबारदेखि घोषणा गरेको सत्याग्रह एक हप्ता पछि सारेका छन् । हाल जुम्लामा रहेका केसीले स्थानीय प्रशासनको विशेष आग्रहमा सत्याग्रह एक हप्ता पछि सारेको जानकारी दिएका छन् । ‘‍…स्थानीय प्रशासनको विशेष आग्रहमा आज बिहान सत्याग्रहलाई एक साता पछि सार्ने निर्णय गरेका छौं’ केसीले विज्ञप्तिमा भनेका छन् । गत […]

डाक्टरलाई कोरोना देखिएपछि जाजरकोट अस्पतालको ओपीडी सेवा बन्द

११ भदौ, सुर्खेत । चिकित्सकमा कोरोना संक्रमण देखिएपछि जाजरकोट अस्पतालको आकस्मिक बाहेकका सेवा (ओपीडी) बन्द गरिएको छ । अस्पतालमा कार्यरत चारजना चिकित्सक र एकजना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि आकस्मिकबाहेकका सेवा बन्द गरिएको अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. सुनिल पुनले बताए । ‘अस्पतालमा अग्रपंक्तिमा रहेर काम गर्ने सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा चिकित्सकसहित […]

प्रदेश २ का प्रयोगशालामा ४ हजार स्वाब थुप्रियो

११ भदौ, सप्तरी । गाउँमा एक संक्रमितको सम्पर्कमा पुगेका कारण बलान बिहुल गाउँपालिकाका विनोद रजकले साउन ३१ गते कोरोना परीक्षणका लागि स्वाब दिएर होम क्वारेन्टिनमा बसे । उनले २/३ दिनमा रिपोर्ट आउने आंकलन गरेका थिए । तर, रिपोर्ट ६ भदौमा आयो । ‘रिपोर्ट नआउँदासम्म धेरै तनाव खेप्नुप¥यो’ रजक भन्छन्, ‘स्वाब दिनुअघि मैले पनि केही साथीसँग […]

चितवनको प्रयोगशालामा एकै व्यक्तिको ४ पटक कोरोना परीक्षण !

११ भदौ, चितवन । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा चितवनको भरतपुर कोभिड १९ प्रयोगशालामा स्वाबको नमुना थुप्रिने क्रम बढ्दो छ । नमूना लिएको झण्डै एक सातासम्म पनि रिपोर्ट नआएका गुनासो पनि ल्याबसमक्ष छ । तर प्रयोगशालाका प्राविधिकको आफ्नै गुनासो छ । ल्याबमा एकै व्यक्तिले एकै दिन फरक फरक ठाउँबाट स्वाब पठाएको र एकै जनाले ४/५ […]

भैरहवामा पनि खुल्यो फुड बैंक

११ भदौ, काठमाडौं । लकडाउन तथा निषेधाज्ञाका कारण मर्कामा परेका श्रमिकहरुलाई लक्षित गर्दै भैरहवामा पनि फुड बैंक सञ्चालनमा ल्याइएको छ । लकडाउनका बेलामा  उपभोग्य सामग्रीको अभावमा कोही भोकै नपरोस् भन्ने उद्देश्यले बुधबारदेखि फुड बैंक स्थापना गरिएको मायादेवी च्यरिटेबल फाउन्डेसन तथा लायन्स क्लब अफ भैरहवाले जनाएको छ । फूड बैंकमा चामल, दाल, नुन, तेल, मस्यौरा, आलु, प्याज, […]

सुदूरपश्चिममा १० दिनमा ६६० संक्रमित

११ भदौ, डोटी । सुदूरपश्चिम प्रदेशमा १० दिनमा ६ सय ६० जना नयाँ संक्रमित थएिका छन् । कोरोना संक्रमणबाट थप दुई जनाको ज्यान गएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर, डोटीका अनुसार भदौ १ गतेदेखि बुधबारसम्म प्रदेशका विभिन्न जिल्लामा गरी ६ सय ६० जनामा कोरोना भाइरस (कोविड–१९) को संक्रमण देखिएको हो । १० दिनको […]

निषेधाज्ञामा सुनसान पाटन (फोटोफिचर)

११ भदौ, काठमाडौं । खुल्ला ठाउँमा ताजा हावा खाने आउनेदेखि सेल्फी लिन आउनेको भिड लागिरहने पाटन दरबार क्षेत्रले अहिले विश्राम पाएको छ । पहिले भरिभराउ मान्छेका कारण राम्रोसँग चारो समेत खान नपाएका परेवाहरूले त्यही क्षेत्रमा अहिले स्वच्छन्द उडान भरिरहेका छन् । समग्रमा सुनसान छ पाटन दरबार क्षेत्र । ६० कटेका बा/आमाले झ्यालबाट बाहिरको दृश्य हेरेर […]

बाँकेमा ७० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

११ भदौ, काठमाडौं । बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका-७ कि ७० वर्षीया महिलाको मृत्यु भएको हो । वृद्धाको बिहीबार बिहान साढे १० बजे कोभिड आईसीयू कक्षमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका उपनिर्देशक डाक्टर दिनेश श्रेष्ठले जानकारी दिए । महिला दम बढेपछि यही […]



from समाचार – Online Khabar https://ift.tt/2Qv0pve
via IFTTT
Powered by Blogger.