समाचार
१४ भदौ, काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता बेलायतमा १ जना र युएईमा २ जनाको मृत्यु भएको हो । योसँगै कोरोनाबाट विदेशमा मृत्यु हुने नेपालीहरुको संख्या […]
१४ भदौ, काठमाडौं । द्वन्द्वपीडितहरुले आफूहरुका मागमा सरकारले आँखा चिम्लेको भन्दै आक्रोश व्यक्त गरेका छन् । सरकारले पीडितहरुको सत्य, न्याय र परिपूरणको जायज मागलाई निरन्तर उपेक्षा गरेको उनीहरुको भनाइ छ । द्वन्द्वपीडितहरुले संयुक्त अपिल जारी गर्दै पीडितका पीडामा मल्हमपट्टी नगर्ने सरकारले सुखी नेपालीको हास्यास्पद कुरा गरेको टिप्पणीसमेत गरेका छन् । द्वन्द्वपीडितका ४१ संस्थाले जारी गरेको […]
१४ भदौ, सप्तरी । सप्तरीमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका वडा नम्बर–२ तेतरीगाछी निवासी ६५ वर्षीया महिला छिन् । बिरामी भएपछि शुक्रबार गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी उनको तत्कालै स्वाब संकलन गरिएको थियो । उनको स्वाबको रिपोर्ट शनिबार साँझ पोजेटिभ आएको थियो । तर […]
१४ भदौ, दाङ । दुई चिकित्सकसहित नौ जनामा कोरोना संक्रमण पुष्टि भएपछि दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल अनिश्चितकालका लागि सिल गरिएको छ । अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेका अनुसार शनिबार साँझ ६ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अस्पताल र अस्पताल परिसरको ५० मिटर क्षेत्रभित्र सिल गरिएको छ । प्रादेशिक अस्पतालका २ चिकित्सक, ३ […]
१४ भदौ, काठमाडौं । स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । बा २ झ ४०११ नम्बरको एम्बुलेन्स आइतबार बिहान सवा ४ बजे वालिङ नगरपालिका–५ माझकोट भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा चापाकोट- ९ का ३५ वर्षीय भानुभक्त गैरे र २२ वर्षीय श्याम पँगेनीको मृत्यु […]
१४ भदौ, काठमाडौं । उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री र प्रधानसेनापतिसहितका पदाधिकारीको कोभिड–१९ को पछिल्लो पिसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) को गत आइतबार बसेको बैठकमा सहभागी पदाधिकारीलाई चिया र पानी उपलब्ध गराउने व्यक्तिमा कोरोना संक्रमण देखिएपछि उनीहरुको पिसीआर परीक्षण गरिएको थियो । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, […]
१४ भदौ, डिसी । मेरिल्याण्ड र पेनसेलभेनियाका लागि महावाणिज्यदूत तथा वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी पत्नी कविता महत कोरोनाबाट मुक्त भएका छन् । गत अगस्त ७ मा महतले आफू र श्रीमती कवितालाई कोरोना संक्रमण भएको जानकारी फेसबुकमार्फत् दिएका थिए । कोरोनालाई जितेपछि महतले अगस्त २८ शुक्रबारको दिन कोरोनाबाट मुक्त भएको जानकारी फेसबुकमार्फत् नै दिएका […]
१४ भदौ, काठमाडौं । ग्लेन फिलिप्सको अर्धशतक र कार्लोल ब्रेथइटेको उत्कृष्ट बलिङ मद्दतमा जमैका तल्लावाहजले क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा तेस्रो जित हात पारेको छ । नेपाली स्पीनर सन्दीप लामिछानेले २ विकेट लिएको उक्त खेलमा जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सलाई ३७ रनले पराजित गरेको हो । ६ खेलमा ३ खेल जितेको जमैकाले ६ अंक नै […]
१४ भदौ, कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ । शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृतकका आफन्त र बिरामीको रगतको नमूना संकलन गरी जाँचका लागि काठमाडौंस्थित प्रयोगशाला पठाएको छ । दुई साताको अवधिमै उच्च ज्वरोका कारण छ जनाको मृत्यु […]
१४ भदौ, काठमाडौं । आर्सनलले प्रिमियर लिगको नयाँ सिजन सुरु हुनुअघि खेलाइने कम्युनिटी शिल्ड फुटबलको उपाधि जितेको छ । शनिवार वेम्बली स्टेडियममा भएको खेलमा प्रिमियर लिग च्याम्पियन लिभरपुललाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै आर्सनलले उपाधि जितेको हो । आर्सनलले १६ औं पटक कम्युनिटी शिल्डको उपाधि जितेको हो । आर्सनलभन्दा धेरै म्यानचेष्टर युनाइटेडले २१ […]
१४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न सभामुख सापकोटा शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटमा बाढी पहिरोबाट विस्थापित सिन्धुपाल्चोकवासीलाई सुरक्षित स्थानमा स्थायी आवास बनाएर स्थानान्तरण गर्नेबारे छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ । सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेका […]
१३ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको पिसीआर परीक्षणका लागि भनसुन नगर्न आग्रह गरेको छ । जोखिम र सङ्क्रमणको सम्भावना भएका व्यक्तिलाई मात्र परीक्षण गरी चाँडै सङ्क्रमित पत्ता लगाई रोकथाम गर्नका लागि पिसीआर परीक्षण गरिने भएकाले अन्यले परीक्षणका लागि भनसुन नगर्न मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आग्रह गरे । ‘भएका स्रोत साधनको […]
१३ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट एकैदिन २० जनाको मृत्यु भएको पुष्टि भएको छ । पर्सा र महोत्तरीका ३/३ जना, काठमाडौं, भक्तपुर र ललितपुरका २/२ जना, सिराहा, पाल्पा, कास्की, गोरखा, बारा, मोरङ, रौतहट र नवलपुरका एक/एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अपरान्हको नियमित प्रेस ब्रिफिङका क्रममा १२ […]
१३ भदौ, चितवन । चितवनमा थप एक जना कोरोना संकमित पुरूषको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको विनयी त्रिवेणी–६ का ६२ वर्षीय पुरुषको शनिबार साँझ करीब ६ बजे मृत्यु भएको हो । अस्पतालका निर्देशक डा.दयाराम लम्सालका अनुसार निमोनिया भएर भदौ ४ गते अस्पताल भर्ना भएका उनको सघन कक्ष (आइसीयू)मा भेन्टिलेटरको सहायतामा उपचार […]
रेल्वे चाहिन्छ भन्ने कुरा बहसमा छ । नेपालको अन्तर्राष्ट्रियरुपमा कनेक्टिभिटीको कुरा गर्दा हामी कि हवाइरुपमा जोडिने हो, कि स्थल यातायात, मुख्य गरी रेल्वेबाटै हो । हवाइ जहाजमार्फत जोडिँदाका सीमाहरु छन् । त्यो खर्चिलो पनि छ । उड्डयनमा ‘प्वाइन्ट टू प्वाइन्ट कनेक्सन’ हुन्छ । त्यसले ‘बल्क कार्गो’ बोक्न सक्दैन । त्यसले औद्योगीकरणको साना (लाइट) उद्योगलाई मात्रै […]
१३ भदौ, काठमाडौं । निषेधाज्ञाका कारण बिक्री नभएपछि भक्तपुरको सूर्यबिनायकमा दूध सडकमा फ्याँकिएको छ । सूर्यबिनायक नगरपालिका-८ सूर्यविनायक चोकमा रहेको रानीकोट डेरीका सञ्चालकले बिक्री नभए पछि सडकमा दूध फ्याँकेका हुन् । किसानबाट संकलन गरेको दूध बिक्री ठप्प भएपछि शुभमाया श्रेष्ठ सञ्चचालक रहेको डेरीले सडकमा खन्याइदिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले […]
१३ भदौ, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) को उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी वा राष्ट्रसेवक कर्मचारीलाई डेरा/घरमा आउजाउमा अवरोध गर्नेलाई गृह मन्त्रालयले कारवाही गर्ने भएको छ । महामारी नियन्त्रणमा खटिएकाहरूलाई हुलहुज्जत गर्ने, धम्की दिने, बसोबास गरेको घर वा डेरामा आउन–जान नदिने, घेराउ गर्ने वा दुर्व्यवहार गर्नेलाई कडा कारवाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको गृह मन्त्रालयका […]
१३ भदौ, बुटवल । समुदायस्तरमा कोरोना संक्रमित बढ्दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आउँदै गरेको सोह्र श्राद्ध भर्चुअल (अनलाइन) माध्यमबाट गर्न आग्रह गरेको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै कोरोना संक्रमण नियन्त्रणका लागि सोह्र श्राद्ध भर्चुअल (अनलाइन) माध्यमबाट गर्न/गराउन नगरवासीमा आग्रह गरेको हो । ‘एकजना पुरोहित धेरैजना यजमानको घरमा श्राद्ध गराउन जाने प्रचलन रहेकाले यसपटक […]
१३ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ५१६ नमुना परीक्षण गर्दा २४२ महिला र ६५२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ । उनीहरुमध्ये २०७ जनाको मृत्यु भएको छ भने २० हजार ५५५ जना […]
१३ भदौ, डोटी । डडेल्धुरा जिल्ला परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरु स्थानीय सरकार सञ्चालन ऐन अपूर्ण देख्छन् । स्थानीय तहको परिभाषा खण्डदेखि नै उनी खोट देख्छन् । ‘ऐनको नाम स्थानीय सरकार सञ्चालन ऐन भनिएको छ तर परिभाषा खण्डदेखि नै ‘पालिका’ भन्ने शव्द मात्रै छ, सरकार भन्ने शव्दै छैन,’ उनी भन्छन्, ‘अन्यौलता यसरी सुरु […]
१३ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दशैँ पछाडि मात्र हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । पनिकाले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने […]
from समाचार – Online Khabar https://ift.tt/3jt3zfq
via IFTTT