समाचार
१० भदौं, काठमाडौं । कोरोना महामारीपछि लघुवित्त वित्तीय संस्थाहरुको कर्जा लगानी सुस्ताएको छ । तर, निक्षेप संकलन भने अनपेक्षितरुपमा बढेको छ । लघुवित्त वित्तीय संस्थाहरुको कर्जा लगानी २५ प्रतिशतसम्म घटेको लक्ष्मी लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले बताए । अहिले लघुवित्तको कारोबार १५ प्रतिशत भन्दा तल रहेको उनको भनाइ छ । अहिले लघुवित्तका ग्रामीण […]
१०, भदौ, चितवन । चितवनमा कोभिड–१९ संक्रमित भएर जटिल अवस्थामा रहेको बिरामीको प्लाज्मा थेरापीबाट उपचार गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । त्यसका लागि अस्पताल तथा क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले तयारी गरिसकेका छन् । निषेधाज्ञा र लकडाउन गरिए पनि कोरोनाका गम्भीर बिरामी थपिने क्रम बढ्दै गएको छ । करिब तीन सातामा आईसीयूमा उपचार आवश्यक पर्ने […]
१० भदौ, पोखरा । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण बढेको छ । केही दिनयता यहाँका अधिकांश जिल्लामा निषेधाज्ञा जारी रहे पनि सङ्क्रमण घटेको छैन । सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीमा समेत सङ्क्रमण देखिएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बुधबार बिहान प्रदेशका कास्की, लमजुङ र नवलपरासीमा गरी दुई महिला र ३० पुरुष गरी ३२ जनामा सङ्क्रमण […]
१० भदौ, बुटवल । रुपन्देहीको तिलोत्तमामा स्कुटर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । तिलोत्तमा–३ सीता राइस मिलनजिक भएको दुर्घटनामा चालक तिलोत्तमा–२ शंकरनगरका ४० वर्षका शंकर कार्कीको मृत्यु भएको हो । बुटवलबाट मणिग्रामतर्फ जाँदै गरेको लु २६ प १४५५ नम्बरको स्कुटर गएराति सवा ११ बजे सडकमा पल्टिँदा गम्भीर घाइते भएका कार्कीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा […]
१० भदौ, काठमाडौं । नेपाल महिला संघकी संस्थापक सभापति मंगलादेवी सिंहको २४ औं स्मृति दिवस आज नेपाली कांग्रेस र उसका भातृ संस्थाहरुले मनाउँदैछन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा उनले गरेको योगदानको स्मरणमा आज दिउँसो भर्चुअल (भिडियो) छलफल गरी स्मृति दिवस मनाउन लागिएको हो । कोरोनाका महामारीका कारण यस वर्ष औपचारिक कार्यक्रम भने राखिएको छैन । सिंहले […]
१० भदौ, कैलाली । कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिकाका वडा नम्बर ११ का ४५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । मंगलबार साँझसम्म धनगढीको निसर्ग अस्पतालको आइसियूमा उपचार […]
१० भदौ, काठमाडौं । बल्खुमा डेरा गरी बस्ने चार सदस्यीय परिवारका एकजना सदस्यमा यसैसाता कोरोना पोजेटिभ देखियो । एउटा कोठामा थुनिएर ती व्यक्ति जसोतसो ‘रुम आइसोलेसन’मा बसे । आइसोलेसनमा बसे के भन्नु ? बसेजस्तो गरे । किनभने, शौचालय साझा छ, दिशा-पिसाब गर्नैपर्यो । भान्सा एउटै छ, खानै परिगो । संक्रमितले यसरी साझा शौचालय प्रयोग गर्दा […]
१० भदौ, मनाङ । मनाङमा मंगलबार थप दुई जनामा कोरोना पुष्टि भएको छ । स्याङ्जा चापाकोट घर भई मनाङ स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्य प्रमुखलाई संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले जानकारी दिए । स्वास्थ्य प्रमुख नै संक्रमित भेटिएपछि कन्ट्याक्ट ट्रेसिङका लागि जिल्ला अस्पतालको आकस्मिक सेवाबाहेक अरु सबै बन्द गरिएको मेडिकल अधिकृत डाक्टर सन्तोष […]
१० भदौ, बिराटनगर । कोरोना संक्रमणबाट बिराटनगरमा थप एक जनाको मृत्यु भएको छ । बिराटनगर महानगरपालिका–११ मा बस्दै आएकी ४४ वर्षीया महिलाको विराट मेडिकल कलेजमा मृत्यु भएको हो । मंगलबार दिउँसो भर्ना भएकी महिलाको उपचारका क्रममा राति ८ बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीर सिंह राठौरले जानकारी दिए । संक्रमित महिलालाई श्वासप्रश्वासमा समस्या देखिएको […]
१० भदौ, काठमाडौं । रुकुमपश्चिममा दुई जना लागुऔषध कारोबारीलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ । जिल्लाको मुसीकोट नगरपालिका–४ ठाराढुंगाबाट प्रहरीले गोली प्रहार गरी दुई जनालाई पक्राउ गरेको हो । गोली प्रहारबाट एकजना घाइते भएका छन् भने उनीसँगै रहेका अर्का एकजना पक्राउ परेका छन् । एकजना भने भागेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । […]
१० भदौ, काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौंका कोरोना संक्रमित ५४ वर्षीय पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको हो । स्वास्थ्य कार्यालय ललितपुरले विज्ञप्ति जारी गर्दै संक्रमित पुरुषको मृत्यु भएको पुष्टि गरेको छ । उनी गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।
१० भदौ, बुटवल । बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१ का ३७ वर्षीय पुरुषको मृत्यु भएको हो । दुवै फोक्सोमा निमोनियाको समस्या भएका उनलाई भदौ ८ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएकोमा अर्को दिन कोरोना पोजिटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन […]
१० भदौ, चितवन । चितवनमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३६ जना संक्रमित भरतपुर महानगरपालिकाका छन् । भरतपुर अस्पताल कोभिड ल्याबमा गएराति गरिएको परीक्षणअनुसार भरतपुर महानगरपालिकामा २० महिला र १६ पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनीहरु ५ देखि ५४ वर्ष उमेर समूहका छन् । भरतपुर महानगरपालिका २, ४, ५, ७, […]
१० भदौ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र भूगर्भविदसहितको टोली आज सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि जाँदै छ । यो टोलीले जोखिमयुक्त वस्तीको अध्ययन गर्ने र स्थानान्तरणको पहल गर्ने बताइएको छ । टोलीमा सभामुख सापकोटा, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका भूगर्भविद लेखप्रसाद भट्टलगायत छन् […]
१० भदौ, काठमाडौं । जेम्स एण्डरसनको ६०० टेष्ट विकेट । तेस्रो टेष्ट बराबरी अनि सिरिज इंग्ल्याण्डको पक्षमा । एण्डरसन टेष्ट क्रिकेटमा ६०० विकेट पूरा गर्ने पहिलो फास्ट बलर बन्दा घरेलु टोली इंग्ल्याण्डको १० वर्ष लामो प्रतिक्षा पनि सकिएको छ । इंग्ल्याण्डले १० वर्षपछि टेष्टमा पाकिस्तानलाई पराजित गरेको हो । तेस्रो तथा अन्तिम टेष्ट बराबरीमा सकिएपछि […]
९ भदौं, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का नेपाल कार्यालय प्रमुख डा. जोस भान्देलारले नेपालमा कोभिड-१९ को संक्रमण सुरुवात मात्र रहेको बताएका छन् । आगामी महिनामा योभन्दा खराब परिस्थिति आउने तर आत्तिन नहुने उनले बताए । उनले भने, ‘पहिला विदेशबाट आउनेहरूमा संक्रमण थियो । अहिले दीर्घरोगी र वृद्धवृद्धामा संक्रमण बढी देखिन सक्छ, सोही कारण मृत्युदर बढ्नसक्छ […]
९ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ९ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा काठमाडौं, महोत्तरी र बाराका दुई/दुई जना तथा पर्सा, रुपन्देही र कैलालीका एक/एक जना छन् । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७२ पुगेको छ । काठमाडौं, चाबहिलकी ७१ वर्षीया महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको […]
९ भदौं, काठमाडौं । देशको एकमात्रै पूर्ण सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा प्रा.डा. उपेन्द्रकुमार कोइराला नियुक्त हुने भएका छन् । कोइराला उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी अर्थात् छोराका ससुरा हुन् । कोइरालालाई नेपाल सरकार (मन्त्री स्तर) बाट निर्णयले सोमबार बैंकको सञ्चालकमा नियुक्त गरिएको छ । बैंकका अध्यक्ष रहेका निर्मलहरि अधिकारीलाई सरकारले राजश्व […]
९ भदौ, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको सुरक्षामा खटिँदै आएका तीनजना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । मुख्यमन्त्रीको स्कर्टिङमा खटिएका तीनजना सुरक्षाकर्मीमा कोरोना संक्रमण भएको बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख कुन्दनकुमार सिंहले पुष्टि गरे । संक्रमित हुनेमा एकजना हवल्दार र २ जना प्रहरी जवान छन् । मुख्यमन्त्री कार्यालयका कर्मचारी र सुरक्षाकर्मीहरुको […]
९ भदौ, काठमाडौं । राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थल निर्माणका लागि रुख गणनाको काम प्रारभ भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका अनुसार अहिलेससम्म ६० हजार रुखको गणना भइसकेको छ । सरकारले यो विमानस्थलको निर्माणका सन्दर्भमा उचित समन्वय गर्न नसक्दा रुख कटान प्रक्रिया अगाडि बढ्न सकेको छैन । विश्वकै सबैभन्दा ठूला […]
९ भदौ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात एवम शहरी विकास मन्त्री बसन्तकुमार नेम्वाङले इनरुवा-बर्दिवास खण्डको रेलमार्ग निर्माणमा लगानीसहितको सहकार्य गर्न रसियासँग प्रस्ताव गरेका छन् । नेपालका लागि रसियाका राजदुत एलेक्सी नोभिकोभले भेटवार्तामा मन्त्री नेम्वाङले रसियलाई रेलमार्गको झापाको काँकडभिट्टादेखि सुनसरीको इनरुवासम्म सरकारले आफ्नै खर्चमा रेलमार्ग बनाउन लागेको जानकारी दिँदै इनरुवादेखि बर्दिबाससम्म रेलमार्ग बनाउन रसियाले सहयोग […]
from समाचार – Online Khabar https://ift.tt/2QqGrSk
via IFTTT






















