समाचार
१० भदौ, विराटनगर । विराटनगरको एउटै वडामा कोरोना संक्रमितको संख्या ११९ पुगेको छ । समुदायमा संक्रमण फैलिएको विराटनगरको वडा नम्बर १२ मा ११९ जनामा संक्रमण पुष्टि भएको हो । विराटनगर महानगरपालिका जनस्वास्थ्य प्रमुख रमेश कार्कीका अनुसार बुधबारसम्म विराटनगरमा कोरोना संक्रमितको संख्या ८९३ पगुेको छ । तीमध्ये आधा भन्दा बढी कोरोना संक्रमित घरमा नै बस्न बाध्य […]
१० भदौ, झापा । झापाको झापा गाउँपालिका ३ मा प्रहरी र स्थानीयबीचको झडप हुँदा प्रहरीले १० राउन्ड हवाई फायर गरेको छ । गोरु काटेको अभियोगमा २ जनालाई पक्राउ गरेर बिर्तामोड ल्याउने क्रममा स्थानीयले आक्रमण गरेपछि सशस्त्र प्रहरीले १० राउन्ड हवाई फायर गरेको हो । बुधबार दिउँसो अन्दाजी २५० जनाले प्रहरी टोलीमाथि आक्रमण गरेकाले हवाई फायर […]
१० भदौ, काठमाडौं । सरकारले एकैपटक ६० जना सहसचिवहरुको सरुवा गरेको छ । लामो समयदेखि केन्द्रमा कार्यरत उच्चपदस्थ कर्मचारीहरुलाई प्रदेशमा पनि सरुवा गर्ने नीतिअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट ६० जना सहसचिवहरुको सरुवा गरेको हो । यो सरुवाको सूचीमा नेपालको एकमात्र सहसचिवस्तरको पद ‘मुख्य मनोविज्ञानवेत्ता’ पनि परेका छन् । मन्त्रालयको वेबसाइटमा राखिएको […]
१० भदौ, सर्खेत । किशोरीलाई बलात्कारपछि असुरक्षित गर्भपतना गराएको आरोपमा प्रहरीले कालीकोटमा २ जनालाई पक्राउ गरेको छ । रास्कोट नगरपालिका–४, वसन्तपुरका ५१ वर्षीय नमराज शाही र उनका ज्वाइँ नाता पर्ने २४ वर्षीय खगेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको हो । होटल सञ्चालक नमराजले रास्कोट–४, सुनारबाढाकी १८ वर्षीया किशोरीलाई २०७६ चैत १५ गते जबर्जस्ती करणी गरेको खुलेको […]
१० भदौ, काठमाडौं । कोरोना संक्रमणको कारण भक्तपुरकी एक महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । ५ दिनअघि कोरोना संक्रमण पुष्टि भएकी सूर्य विनायक नगरपालिका- ८ कि ५३ वर्षीया महिलाको धुलिखेल अस्पतालको आईसीयूमा बुधबार मृत्यु भएको हो । भक्तपुर जिल्ला जनस्वास्थ्य प्रमुख कृष्णबहादुर मिजारका अनुसार ती महिलालाई ४ दिनअघि भक्तपुर अस्पतालबाट धुलिखेल अस्पताल रिफर गरिएको […]
१० भदौ, काठमाडौं । केन्द्र, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि एवं जनप्रतिनिधिको बैठकले एक साताभित्र काठमाडौंमा कम्तीमा ५०० शय्याको आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको छ । मंगलबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार खेम कार्की, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र केन्द्र तथा प्रदेश सभाका केही सांसद सहभागी बैठकले कोरोना […]
१० भदौ, सुर्खेत । बाढीले बाटो अवरुद्घ भएर समयमा उपचार हुन नसक्दा कालीकोटमा सुत्केरी र नवजात शिशुको मृत्यु भएको छ । रास्कोट नगरपालिका–२, सिप्खानाकी २८ वर्षीया शिरा सार्की र उनका नाबालक छोराको मृत्यु भएको हो । घरमै सुत्केरी भएकी शीराको रक्तश्राब नरोकिएपछि स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनका जेठाजु हरिसिंह सार्कीले बताए । […]
१० भदौ, काठमाडौं । सुदूरपश्चिमाञ्चल क्षेत्रमा धुमधामका साथ मनाइने गौरा पर्व कोरोना भाइरस संक्रमणका कारण खल्लो रह्यो । भाद्र कृष्णको षष्ठीदेखि अष्टमीसम्म मनाइने यो पर्वमा विगतका वर्षहरुमा काठमाडौंको टुँडिखेललगायतका क्षेत्रमा ठूलो जमघटका साथ मनाइन्थ्यो । यस वर्ष काठमाडौंमा रहेका केही सुदूरपश्चिमवासीले घरकै कौसीमा भेला भएर गौरा नाचेर यो पर्व मनाए । डडेल्धुराकी शारदा जोशीले यस […]
१० भदौ, काठमाडौं । अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले बार्सिलोना क्लव छोड्ने इच्छा व्यक्त गर्दै मंगलबार पत्र लेखे । यसको अर्थ नोउ क्याम्पमा १६ वर्षको करियर, जसमा उनले ३४ ट्रफीहरु र ६३४ गोल हासिल गरे, टुंग्याउन उनी तयार भएका छन् । बार्सिलोनामा खेल्दा ६ पटक बालोन डे ओर अवार्डसँगै मेस्सीको केही विलक्षण उपलब्धीहरु छन् । गत […]
१० भदौ, काठमाडौं । सरकारले कोरोनाका कारण अन्तर्राष्ट्रिय उडानमाथि लगाएको प्रतिवन्ध विभिन्न ८ वटा देशका हकमा फुकुवा गरेको छ । गत चैत १० गतेबाट कुनै पनि देशका विमानले नेपालमा उडान भर्न नपाउने गरी प्रतिवन्ध लगाइएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ८ देशमाथिको उडान प्रतिवन्ध खुला गर्दै नियमित उडान तालिका तय गरेको हो […]
१० भदौ, बुटवल । इलाका प्रहरी कार्यालय बुटवलमा राखिएका १३ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न अभियोगमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पुष्टि गरेको छ । १३ जनामध्ये तीनजना बुधबार नै छुट्ने क्रममा रहेका रुपन्देही प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्क बहादुर […]
१० भदौ, विराटनगर । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विराटनगर– ११ कि ४४ वर्षीया महिलाको मृत्यु भएको पुष्टि भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई मंगलबार दिउँसो बुढीगंगा गाउँपालिका–२ मा रहेको विराट मेडिकल कलेजमा लगिएको थियो । राति करिव ८ बजेतिरे इमर्जेन्सी कक्षमै उनको मृत्यु भएको छ । अस्पताल भर्ना भएलगत्तै स्वाब संकलन गरिएको थियो […]
१० भदौ, बुटवल । बाँकेमा बुधबार एकैदिन ५१ जना सैनिकसहित ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा २२ जना र कोहलपुरको बागेश्वरी पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरमा ५१ जना गरी ७३ जना संक्रमित थपिएका हुन् । कोहलपुर नगरपालिका–१ कौशिल्या नगरस्थित नेपाली सेनाको पश्चिम पृतना शिक्षालय ब्यारेकबाट १०० जनाको नमुना […]
१० भदौ, काठमाडौं । कोरोना संक्रमणको हटस्पट बनेको प्रदेश २ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ जना विशेषज्ञ चिकित्सकलाई पठाउने तयारी गरेको छ । मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टकाअनुसार मंगलबार नारायणी अस्पताल वीरगन्जमा काम गर्ने गरी ९ जना चिकित्सक पुगिसकेका छन् । त्यसैगरी १३ जना चिकित्सक भने धनुषाको जनकपुर प्रादेशिक अस्पताल र रौतहटको गौर […]
१० भदौ, कैलाली । एक महिना अगाडि भारतबाट फर्किएका कैलालीको गोदावरी नगरपालिका–११ का ४५ बर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट बुधबार मृत्यु भयो । भारतमा पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनी साउन ११ गते नेपाल आए । गोदावरी नगरपालिकाले त्यही दिन उनको स्बाब संकलन गर्यो । त्यसको रिपोर्ट नआउँदै स्वास्थ्यमा समस्या भएपछि उनी १३ गते सेती […]
१० भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख रघुराम विष्ट सरुवा भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सरुवा गरेको ६० जनाको सूचीमा उनी सरुवामा परेका हुन् । विष्टलाई सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय पठाइएको छ। उनको ठाउँमा प्रदेश नं १ मा आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हालेका […]
१० भदौ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले कोरोना नियन्त्रणको अल्पकालीन र दिर्घकालीन योजना सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । सरकारले निषेधाज्ञा जारी गरेको तर त्यसपछि के भन्ने प्रष्ट नपारेको उसको आरोप छ । कांग्रेसको कोरोना अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले भनेका छन्, ‘सरकारसँग के योजना छ सार्वजनिक गरोस् । संक्रमण यो भन्दा […]
१० भदौ, सुर्खेत । कर्णाली प्रदेश अस्पतालका चिकित्सकसहित दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा चिकित्सक र एक स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो । प्रदेश अस्पतालका अनुसार ओपीडीमा कार्यरत चिकित्सक र अस्पतालमा कार्यरत एक जना महिला स्वास्थ्यकर्मी रहेका छन् । उनीहरुमा संक्रमण देखिएपछि बुधबार नै […]
१० भदौ, जनकपुरधाम । महोत्तरीमा घरनजिकैको पोखरीमा डुबेर १४ महिनाका बालकको मृत्यु भएको छ । जिल्लाको बर्दिवास नगरपालिका- १२ निवासी रञ्जित मल्लिकका १४ महिने छोरा विवेकको मृत्यु भएको प्रहरीले जनाएको छ । भंगाहा नगरपालिका- ६ र बर्दिबास नगरपालिका- १२ को सिमानामा रहेको सार्वजनिक पोखरीको डिलमा खेल्ने क्रममा अचानक उनी पोखरीमा डुबेर मृत्यु भएको महोत्तरीका प्रहरी […]
१० भदौ, राष्ट्रिय चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी) सँग सम्बन्धन लिएर सञ्चालित स्वास्थ्य विषयका प्राविधिक एसएलसी सरहका कार्यक्रम खारेज गर्ने निर्णय गरेको छ। आयोगको साउन ३० गते बसेको बैठकले चिकित्सा शिक्षा ऐन २०७५ को दफा ४२ अनुसार प्रमाणपत्र तहभन्दा मुनिका सबै कार्यक्रम खारेज गरेको हो । यो निर्णय यसै शैक्षिक […]
१0 भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका वा सामान्य लक्षण भएका कोरोना संक्रमितहरुको १० औं दिनमा पीसीआर टेष्ट गर्न निर्देशन दिएको छ । यसरी टेष्ट गर्न नेगेटिभ आए होम आइसोलेनसमा बस्ने गरी घर पठाउनुपर्नेछ । पोजेटिभ आएकाहरुलाई थप चार दिन अस्पतालमा राख्नुपर्नेछ र, १४ औं दिनको दिन पीसीआर टेष्ट नगरी डिस्चार्ज गर्नुपर्नेछ […]
from समाचार – Online Khabar https://ift.tt/32toDeQ
via IFTTT





















