समाचार
११ भदौ, चितवन । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा चितवनको भरतपुर कोभिड १९ प्रयोगशालामा स्वाबको नमुना थुप्रिने क्रम बढ्दो छ । नमूना लिएको झण्डै एक सातासम्म पनि रिपोर्ट नआएका गुनासो पनि ल्याबसमक्ष छ । तर प्रयोगशालाका प्राविधिकको आफ्नै गुनासो छ । ल्याबमा एकै व्यक्तिले एकै दिन फरक फरक ठाउँबाट स्वाब पठाएको र एकै जनाले ४/५ […]
११ भदौ, काठमाडौं । लकडाउन तथा निषेधाज्ञाका कारण मर्कामा परेका श्रमिकहरुलाई लक्षित गर्दै भैरहवामा पनि फुड बैंक सञ्चालनमा ल्याइएको छ । लकडाउनका बेलामा उपभोग्य सामग्रीको अभावमा कोही भोकै नपरोस् भन्ने उद्देश्यले बुधबारदेखि फुड बैंक स्थापना गरिएको मायादेवी च्यरिटेबल फाउन्डेसन तथा लायन्स क्लब अफ भैरहवाले जनाएको छ । फूड बैंकमा चामल, दाल, नुन, तेल, मस्यौरा, आलु, प्याज, […]
११ भदौ, डोटी । सुदूरपश्चिम प्रदेशमा १० दिनमा ६ सय ६० जना नयाँ संक्रमित थएिका छन् । कोरोना संक्रमणबाट थप दुई जनाको ज्यान गएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर, डोटीका अनुसार भदौ १ गतेदेखि बुधबारसम्म प्रदेशका विभिन्न जिल्लामा गरी ६ सय ६० जनामा कोरोना भाइरस (कोविड–१९) को संक्रमण देखिएको हो । १० दिनको […]
११ भदौ, काठमाडौं । खुल्ला ठाउँमा ताजा हावा खाने आउनेदेखि सेल्फी लिन आउनेको भिड लागिरहने पाटन दरबार क्षेत्रले अहिले विश्राम पाएको छ । पहिले भरिभराउ मान्छेका कारण राम्रोसँग चारो समेत खान नपाएका परेवाहरूले त्यही क्षेत्रमा अहिले स्वच्छन्द उडान भरिरहेका छन् । समग्रमा सुनसान छ पाटन दरबार क्षेत्र । ६० कटेका बा/आमाले झ्यालबाट बाहिरको दृश्य हेरेर […]
११ भदौ, पोखरा । पोखरा–१२ कि ३२ वर्षीया महिला श्वासप्रसासमा समस्या भएपछि साउन ३२ गते कास्की सेवा हस्पिटलमा उपचारका लागि पुगिन् । भदौ १ गते हस्पिटलमा उपचाररत तनहुाको ब्यास-१ की ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भयो । संक्रमण पुष्टि भएको भोलिपल्टै उनको मृत्यु भयो । त्यसपछि उनको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको स्वाब लिने क्रममा ३२ […]
११ भदौ, कैलाली । कञ्चनपुरको महाकाली नगरपालिकामा पछिल्लो १० दिनमा उच्च ज्वरो देखिएका ४ जनाको मृत्यु भएको छ । ‘उच्च ज्वरो आएका ८ जना हाम्रो सम्पर्कमा थिए । तीमध्ये ४ जनाको मृत्यु, भयो ४ जनाको उपचार भइरहेको छ’ स्वास्थ्य शाखा प्रमुख जयबहादुर महराले बताए । मृत्यु भएका अधिकांशलाई १ सय डिग्री भन्दा बढी ज्वरो रहेको […]
११ भदौ, महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका-११ अमरबस्तीमा चट्याङ लागेर बुधबार राति एक युवकको मृत्यु भएको छ । मृत्युहुनेमा २७ वर्षीय गणेशबहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । चट्याङ लागेर घाइते भएपछि युवकलाई उपचारका लागि धनगढी लैजादा चिकित्सकले मृत घोषणा गरेका थिए । उनले भने,’चट्याङबाट अन्य […]
११ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआएनए) ले विदेशमा अप्ठेरोमा परेका नेपालीलाई विना भेदभाव उद्धार गर्न सरकारलाई आग्रह गरेको छ । बिहीबार प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले आयोजना गरेको भर्चुअल बैठकमा एनआएनएका प्रवक्ता डिबी क्षेत्रीले सरकारले उद्धार गर्दा भेदभाव गर्न नहुने बताएका हुन् । ‘अब राज्यले श्रम गरेर आएका र नआएका नभनेर नेपाल […]
११ भदौ, कलैया (बारा) । मोटरसाइकल दुर्घटनामा परी बिहीबार एकजनाको मृत्यु भएको छ । बिहान ९ बजेका समयमा महागढीमाई नगरपालिका-२ भुतहीपुल नजिकै रौतहटबाट कलैयातर्फ आइरहेको ना६१प ६६४० नम्बरको मोटरसाइकल आफैँ पल्टिन जाँदा चालक रौतहट जिल्ला निवासी ३५ वर्षीय सुरेशचन्द्र पटेलको मृत्यु भएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए । गम्भीर घाइते भई उपचारका लागि कलैया […]
११ भदौ, चितवन । चितवनको माडीमा डेढ महिनापछि ९ जनामा कोरोना संक्रमण देखिएको छ । गएको असार ३१ गतेपछि बिहीबार ९ जनामा कोरोना संक्रमण देखिएको हो । यसअघि, माडीमा ४१ जना संक्रमित भएका थिए । अहिले थपिएका ९ जना संक्रमित माडी नगरपालिका वडा नं. ६ र ७ का ५ पुरुष र ४ महिला छन् । […]
११ भदौ, बुटवल । बुटवलमा प्लाज्मा थेरापी गरिएकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी ७० वर्षीया महिलाको बिहीबार बिहान साढे १० बजे मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा। सुदर्शन थापाले पुष्टि गरे । उनलाई लुम्बिनी प्रादेशिक अस्पतालकै कोरोना संक्रमणमुक्त डा। साजन श्रेष्ठले रगत दिएर प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो […]
एक महिनाअघि कामविशेषले कास्कीको नापी कार्यालयमा पुगेकी थिएँ । भेट्नुपर्ने कार्यालय प्रमुख खिमलाल गौतम सरलाई । कार्यालय प्रवेशसँगै कोरोना कहरका मापदण्ड पूरा गरेर उहाँको कार्यकक्षमा पुगेँ । खिमलाल सर टेबुलमा केही फाइल पल्टाउँदै हुनुहुन्थ्यो । अभिवादनसहित म टेबुल अगाडिको सोफामा बसें । त्यो दिन साउनको २ गते थियो । अक्सर हँसिलो अनुहारमा प्रस्तुत हुने उहाँ […]
११ भदौ, काठमाडौं । कोरोना संक्रमणको त्रास बढ्दै गर्दा अत्यावश्यक सेवा क्षेत्रमा पर्ने बैंकिङ सेवा पनि यतिबेला प्रभावित भएको छ । काठमाडौं उपत्यका सहितका धेरै ठाउँमा सीमित शाखा खोलेर सेवा दिइरहे पनि कतिपय ठाउँमा बैंकहरु पूर्ण रुपमा बन्द भएका छन् । वाणिज्य बैंकहरुले सीमित शाखाहरु खोलेर सेवा दिइरहँदा विकास बैंकहरुहरुले पनि सोही विधि अपनाएका छन् […]
११ भदौं, रौतहट। रौतहटको इशनाथ नगरपालिकाको लवतनाबाट प्रहरीले श्रोत नखुलेको २८ लाख ५१ हजार ९६० रुपैयाँ बरामद गरेको छ । इशनाथ नगरपालिका ९ लवतनामा भारततर्फबाट आउँदै गरेको बीआर३०एन९५८० नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्ने क्रममा एक युवकका साथबाट सो रकम बरामद भएको सशस्त्र प्रहरी बलले जनाएको छ । नेपाल भारत सिमानाबाट लवतनातर्फ आउँदै गरेका इशनाथ-९ का […]
११ भदौ, काठमाडौं । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको हुकुम फुडले पहिलो चरणको लकडाउन खुलेपछि आफ्ना कामदार फ्याक्ट्रीमा ल्यायो । आटा, मैदा र पिठोका परिकारहरु उत्पादन गर्ने उद्योगको कच्चा पदार्थ भारत र तराईका जिल्लाबाट काठमाडौंको फ्याक्ट्रीसम्म आउँथ्यो । खाद्यान्न उद्योग भएकाले सरकारले उद्योग चल्न दिएको थियो भने खुकुलो लकडाउनमा उद्योगबाट राम्ररी काम भएको थियो । एकाएक […]
११ भदौ, वीरगञ्ज । पर्सा, बारा र रौतहटमा गरी थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रयोगशालमा ५ सय १० वटा स्वाब नमुना परीक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका सूचना अधिकारी डा. अतुलेश चौरसियाले जानकारी दिए […]
११ भदौ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९)बाट मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ६० हजार ४७२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार २३ जनाको मृत्यु भएको हो। त्यस्तै पछिल्लो २४ घण्टामा […]
१० भदौ, काठमाडौं । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा कार्यरत २२ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ । वृत्तमा कार्यरत अधिकृतसहित २२ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकृतका अनुसार मनमैजु हत्या प्रकरणका आरोपितलाई कोरोना भाइरसको संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा प्रहरी अधिकारीहरुको स्वाब संकलन गरिएको […]
११ भदौ, पोखरा । पोखरा महानगरपालिका- १२ की ३२ वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा बिहीबार विहान मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि भदौ ७ गतेदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा उपचाररत उनको बिहीबार विहान ८ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । उनलाई पोखराको कास्की सेवा हस्पिटलबाट ७ […]
११ भदौ, काठमाडौं । ललितपुरको किस्ट अस्पतालमा उपचाररत ५५ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । कोभिडसँग मिल्दोजुल्दो लक्षण लिएर गत ७ गते भर्ना भएका उनलाई ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार संक्रमणको कारण ति पुरुषको दुवै छातीमा संक्रमण भएको थियो भने निमोनिया पनि भएको थियो […]
११ भदौ, वीरगञ्ज । रौतहटबाट ल्याइएका एक विरामीको वीरगञ्जमा मृत्यु भएको छ । राजदेवी नगरपालिका–७ मुडवल्वाका ८० वर्षीय वृद्धको नारायणी अस्पतालमा उपचारको क्रममा बुधबार साँझ ६ः३० बजे मृत्यु भएको डाक्टर उदय नारायण सिंहले जानकारी दिए । उनको पीसीआर परीक्षण रिपोर्ट आउन बाँकी छ । सास फेर्न गाह्रो भएर वीरगञ्ज ल्याइएका उनलाई तराई हस्पीटलमा भर्ना गरिएको […]
from समाचार – Online Khabar https://ift.tt/32tt9dk
via IFTTT