समाचार
१२ भदौ, काठमाडौं । नेपाल- भारत सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका कर्मचारीको जिम्मेवारी परिवर्तन गर्ने बेला परीक्षण गर्दा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सा, बारा र रौतहटको नेपाल-भारत सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका कर्मचारीको बुधबार स्वाब लिएर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । सशस्त्र प्रहरी बलका एक उच्च अधिकृतले […]
१२ भदौ, काठमाडौं । रौतहटमा हिरासतमा राखिएका विजयराम चमारको मृत्युको घटनाको राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ । उनलाई प्रहरी हिरासतमा रहँदा यातना दिइएको भनिएको विषयमा आयोगको प्रदेश नं. २ कार्यालय जनकपुरले अनुसन्धान शुरू गरेको आयोगका प्रवक्ता वेद भट्टराईले जानकारी दिए । आयोगले चमारको स्वास्थ्य परीक्षण प्रतिवेदनको प्रतिलिपी तथा पोष्टमार्टम प्रतिवेदनको प्रतिलिपी शीघ्र […]
डेढ दशकदेखि कथा र कविता लेखनमा सक्रिय बिना थिङको दोस्रो कथासंग्रह ‘याम्बुनेर’ बुधबारदेखि बजारमा उपलब्ध भएको छ । १३ वटा कथा रहेको संग्रहमा राज्यतहबाट ऐतिहासिकरुपमै सीमान्तमा पारिएको समुदायको कथाले बाहुल्य पाएको छ । कथाको शीर्षकबारे थिङ भन्छिन्, ‘तामाङ भाषामा काठमाडौंलाई याम्बु भनिन्छ । यो याम्बुको किनारमा छ तामाङ समुदाय । उपत्यका बाहिरबाट हेर्दा यो पनि […]
१२ भदौ, काठमाडौं । प्रस्तावित तीन जना राजदूतको संसदीय सुनुवाई प्रक्रिया सुरु भएको छ । केही दिनअघि राजदूत सिफारिस भएका बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्काविरुद्ध शुक्रबार संसदीय सुनुवाई समितिले उजुरी आह्वान गरेको छ । अबको १० दिनभित्र जो कोहीले सुनुवाई समितिसमक्ष राजदूत सिफारिस भएका […]
१२ भदौ, दैलेख । गुराँस गाउँपालिकाले निजी विद्यालयमा छोराछोरी पढाएका ३० जनालाई जरिवाना तोकेरै पत्र काटेको छ । गाउँपालिकाभरिका शिक्षक, अन्य सरकारी कर्मचारी सबैले अनिवार्यरुपमा आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने त्यसो नगरेर जरिवाना तिर्नुपर्ने नीति गत आर्थिक वर्षको गाउँसभाबाटै पारित गरिएको थियो । गाउँसभाले पारित गरेको नीति विपरीत काम गरेका ३० लाई जरिवाना तोकेर पालिकाले […]
१२ भदौ, रौतहट । लकडाउनका बेला नेपाल-भारत सीमा नाका अहिले बन्द छ । तर यही अवधिमा नेपाल-भारत सीमाबाट अवैध रकम ओसारपसारको क्रम बढेको छ । सशस्त्र प्रहरी बलले विगत दुई दिनमा रौतहटको ईशनाथ नगरपालिका–९ लवतनाबाट श्रोत नखुलेको ३४ लाख ९१ हजार ९ सय ६० रुपैयाँ बरामद गरेको छ । आज बिहान लवतनाबाट ईशनाथ २ औरैयाका […]
१२ भदौ, काठमाडौं । बेलायतमा गरिएको एक अध्ययनले बालबालिकामा कोरोना भाइरस (कोभिड–१९) को गम्भीर संक्रमण ‘दुर्लभ’ रहेको देखाएको छ । साथै कोरोना भाइरसको कारण बालबालिकाको मृत्यु हुनु अझै दुर्लभ रहेको बिहीबार बेलायतमा प्रकाशित एक अध्ययनले देखाएको हो । यो अध्ययन कोभिड–१९को कारण बेलायतको १३८ अस्पतालमा भर्ना गरिएका बालबालिकामा गरिएको थियो । यो अध्ययनका अनुसार अस्पतालमा […]
१२ भदौ, चितवन । चितवनको पुष्पाञ्जली अस्पतालमा पनि एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर–१० स्थित पुष्पाञ्जली अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–२ का ५१ वर्षीय पुरुषको शुक्रबार (आज) विहान १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । शुक्रवार विहानै चितवन मेडिकल कलेज भरतपुरमा हेटौंडा उपमहानगरपालिका–१९ की ७१ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो । […]
१२ भदौ, काठमाडौं । बनेपामा रहेको विनायक बचत तथा ऋण सहकारी संस्थामा राखेको आफ्नै पैसा निकाल्न पनि नमोबुद्ध–१० दाप्चा बस्ने लेखप्रसाद घोरसाइनेले निकै तनाव झल्नुपर्यो । उनी प्रहरीदेखि सञ्चारमाध्यमका ढोकासम्म पुगे । सहकारीका सञ्चालकले दिन्छु–दिन्छु भन्दै भाका सार्दै गइरहेका छन् । तर, ८ महिनादेखि धाउँदा पनि घोरसाइनेले संस्थाबाट निक्षेप फिर्ता पाउन सकेका छैनन् । काठमाडौंका […]
१२ भदौ, चितवन । कोरोना संक्रमणको जोखिम भएकाले घरभित्रै रहन प्रशासनले गरेको आग्रहलाई लत्याउँदै चितवनको खैरहनीस्थित एक विद्यालयभित्र तास खेलिरहेका प्रधानाध्यापकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । खैरहनी नगरपालिका वडा नं. २ स्थित लिटिल हेभन स्कुलमा तास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा छापा मारेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । बिहीबार दिउँसो १ बजेतिर […]
१२ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आलोचकहरुले लगाउने गरेको एउटा आरोप हो, भारतबाट बिजुली किनेर लोडसेडिङ हटाएको छ । घिसिङ अहिले आफ्नो कार्यकालको अन्तिम समयमा रहँदा फेरि यो विषय बाहिर आइरहेको छ । के नेपालमा लोडसेडिङ हट्न भारतको बिजुली नै निर्णायक हो त ? गत आर्थिक वर्ष २०७६/७७ मा नेपालको […]
१२ भदौ, वीरगञ्ज । पर्सा, बारा, रौतहट र सर्लाहीमा ५७ जना कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । पर्साका ४२ जना, बाराका १२ जना, रौतहटका २ जना र सर्लाहीका १ जनामा संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ । प्रयोगशालामा ३ सय ८ वटा स्वाब नमुना परीक्षण […]
१२ भदौ, चितवन । चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका १९ कि ७१ वर्षीया महिलाको आज विहान मृत्यु भएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । उनलाई ७ गते चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको र परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो । उनी दम र […]
१२ भदौ, काठमाडौं । नेपालमा अब निजी प्रयोजनका लागि जहाज खरीद गर्न सकिने भएको छ । सरकारले निजी जहाज आयात गरी सञ्चालनमा ल्याउन सकिने गरी नीति बनाएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार गरेको हवाई नीति २०७७ को अन्तिम मस्यौदामा यस्तो प्रावधान समेटिएको छ । सरोकारवालाको राय लिएर पास गर्ने प्रक्रियामा रहेको […]
१२ भदौ, काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । झापाको दमक–३ घर भएका ८३ वर्षीय पुरुष र मोरङको बेलबारी–५ की ५६ वर्षीया महिलाको मृत्यु भएको हो । ८३ वर्षीय पुरुषको आज बिहान ३ः४५ बजे र ५६ वर्षीया महिलाको ३ः१४ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश […]
कोरोना भाइरस (कोभिड–१९)को बिरामी देखिन थालेपछि नेपालमा मिर्गौला प्रत्यारोपणको काम ठप्प भएको छ । रिएजेन्टजस्ता परीक्षण र औषधिको अभाव, प्रत्यारोपणपछि कोरोना संक्रमण भएमा मानिसको मृत्यु हुने अत्यधिक सम्भावना भएकाले पनि मिर्गौला प्रत्यारोपण रोकिएको हो । तर डायलासिस सेवा भने नियमित चलिरहेको छ । यस अवधिमा डायलासिसका बिरामीको मृत्यु हुने क्रम पनि बढिरहेको छ । यद्यपि […]
१२ भदौ, काठमाडौं । निषेधाज्ञा उल्लघंन गर्दै अनलाइनको माध्यमबाट प्रचार गरेर व्यवसाय जारी राखेको भन्दै पक्राउ परेका डेलिभरीब्वाई तथा सञ्चालकलाई प्रहरीले निषेधाज्ञा अवधिभर सेवा बन्द गर्ने कागज गराएर छाडेको छ । उपत्यकाका विभिन्न स्थानबाट बिहीबार दिनभरी पक्राउ परेका ८० जनालाई सेवा बन्द राख्ने कागज गराएर छोडिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले अनलाइनखबरलाई […]
१२ भदौ, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्तामेउले कप्तान लिओनल मेसीले क्लब छाड्ने निर्णय बदलेमा आफूले क्लब छाड्ने बताएका छन् । मेसी क्लबमा रहने अवस्था आए बार्तामेउले आफू पद छाड्ने संकेत गरेको स्पानिस अनलाइन मार्काले जनाएको छ । अर्जेन्टिनी स्टार मेसीले मंगलबार क्लबलाई पत्र लेख्दै आफूले क्लब छाड्न चाहेको जानकारी दिएका थिए […]
१२ भदौ, गोरखा । ६९ औं बसन्त पार गरिसके उनले । अनुहारका छाला चाउरिसकेका छन् । बुढेसकालले छोए पनि अजिरकोट गाउँपालिका–२ वलाङका कृतिमान गुरुङको जोश र जाँगरलाई बुढ्यौलीले छोएको छैन । सूचनाको सम्वाहकको रुपमा उनी विगत २५ वर्षभन्दा बढी समयदेखि काम गर्दै आइरहेका छन् । गाउँमा उनी कटुवाल बाजे भनेर परिचित छन् । कटुवाल कराउँदै […]
११ भदौ, काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्यासँगै मृत्युदर बढ्दै गएको छ । संक्रमण बढेसँगै स्थानीय प्रशासनले लकडाउनको अर्को स्वरूप निषेधाज्ञा जारी गरेको छ । तर संक्रमण फैलिने क्रम रोकिएको छैन । कोरोना संक्रमण नियन्त्रणका लागि नेपालले गरिरहेको प्रयास पर्याप्त छ ? हामीले अब के गर्नुपर्छ ? खोप र औषधिको सम्भावना के कस्तो […]
११ भदौ, काठमाडौं । गृहमन्त्रालयको निर्देशनपछि झापा गोलीकाण्डको छानबिनका लागि समिति गठन भएको छ । जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको हो । समितिमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापा र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सुशान्त बराल छन् । समितिलाई घटनामा सुरक्षाकर्मीको कमजोरीबारे छानविन गरेर […]
from समाचार – Online Khabar https://ift.tt/2QthsO2
via IFTTT