Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

जापानका प्रधानमन्त्री सिन्जो आबेले दिए राजीनामा

१२ भदौ, काठमाडौं । जापानका प्रधानमन्त्री सिन्जो आबेले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् । स्वास्थ्यमा देखिएको समस्याको कारण उनले आफ्नो स्वास्थ्य अवस्थाको कारण देखाउँदै राजीनामाको घोषणा गरेका हुन् । पछिल्लो केही समयदखि बिरामी रहेका उनले शुक्रबार टोकियोमा राजीनामाको घोषणा गरेका हुन् । उनले सञ्चारकर्मीसँग कुरा गर्दै आफूले स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेको बताए । ‘मेरो खराब […]

सैनिक अस्पताल छाउनीमा कार्यरत ९ जनामा कोरोना पुष्टि

१२ भदौ, काठमाडौं । नेपाली सेनाको वीरेन्द्र अस्पताल, छाउनीमा कार्यरत ९ जना सैनिक चिकित्सकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमण कसरी फैलियो भन्ने विषयमा नेपाली सेनाको एक विशेष टोलीले अध्ययन गरिरहेको छ । संक्रमण पुष्टि भएपछि अस्पतालको सेवा केही समयलाई स्थगित गरेर डिस्इन्फेक्ट गरिएको थियो । योसँगै हालसम्म नेपाली सेनाका ४०३ जना संक्रमित […]

नेकपाको सचिवालय बैठक स्थगित

१२ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल आइसोलेसनमा बस्नुपर्ने भएकाले भोलि शनिबारको बैठक स्थगित गरिएको हो । कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)मा कार्यालय सहयोगीलाई संक्रमण देखिएकाले दुबै नेता होम आइसोलेसनमा बसेको स्रोतले जानकारी […]

पुजारी हत्याको घटनामा गृहको सर्कुलरमाथि ११ संघ-संस्थाको आपत्ति

१२ भदौ, काठमाडौं । रौतहटस्थित एक मन्दिरका पुजारीको हत्यालाई लिएर विभिन्न ११ वटा धार्मिक संघ-संस्थाले साझा विज्ञप्ति जारी गरी विरोध जनाएका छन् । साथै, सो घटनाका सन्दर्भमा गृह मन्त्रालयले मातहतका निकायमा जारी गरेको परिपत्रमाथि पनि उनीहरुले आपत्ति जनाएका छन् । गत भदौ ३ गते रौतहटको माधवनारायण नगरपालिका-२ स्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको अज्ञात समूहले […]

सीमामा खटिएका ४७ सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

१२ भदौ, काठमाडौं । नेपाल- भारत सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका कर्मचारीको जिम्मेवारी परिवर्तन गर्ने बेला परीक्षण गर्दा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सा, बारा र रौतहटको नेपाल-भारत सीमा  क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका कर्मचारीको बुधबार स्वाब लिएर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । सशस्त्र प्रहरी बलका एक उच्च अधिकृतले […]

हिरासतमा राखिएका युवकको मृत्युबारे मानव अधिकार आयोगद्वारा अनुसन्धान सुरु

१२ भदौ, काठमाडौं । रौतहटमा हिरासतमा राखिएका विजयराम चमारको मृत्युको घटनाको राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ । उनलाई प्रहरी हिरासतमा रहँदा यातना दिइएको भनिएको विषयमा आयोगको प्रदेश नं. २ कार्यालय जनकपुरले अनुसन्धान शुरू गरेको आयोगका प्रवक्ता वेद भट्टराईले जानकारी दिए । आयोगले चमारको स्वास्थ्य परीक्षण प्रतिवेदनको प्रतिलिपी तथा पोष्टमार्टम प्रतिवेदनको प्रतिलिपी शीघ्र […]

उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण

१२ भदौ, काठमाडौं । उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको चौधरीले उल्लेख गरेका छन् । डाक्टरको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको र आफूसँग सम्पर्कमा रहेकाहरुलाई […]

विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु

१२ भदौ, विराटनगर । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा थप एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ । सिराहाको लाहान घर भई विराटनगर महानगरपालिका– १० बस्ने ६५ वर्षीया महिलाको शुक्रबार बिहान १०ः४५ बजे मृत्यु भएको केन्द्रका प्रमुख वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले जानकारी दिए । बिहीबार कोरोना पोजेटिभ देखिएपछि राति १० बजे […]

बिना थिङको ‘याम्बुनेर’

डेढ दशकदेखि कथा र कविता लेखनमा सक्रिय बिना थिङको दोस्रो कथासंग्रह ‘याम्बुनेर’ बुधबारदेखि बजारमा उपलब्ध भएको छ । १३ वटा कथा रहेको संग्रहमा राज्यतहबाट ऐतिहासिकरुपमै सीमान्तमा पारिएको समुदायको कथाले बाहुल्य पाएको छ । कथाको शीर्षकबारे थिङ भन्छिन्, ‘तामाङ भाषामा काठमाडौंलाई याम्बु भनिन्छ । यो याम्बुको किनारमा छ तामाङ समुदाय । उपत्यका बाहिरबाट हेर्दा यो पनि […]

गुन्द्रुकभन्दा सस्तो बन्यो ब्रोइलर कुखुराको मासु

१२ भदौ, काठमाडौं । आकस्मिक निषेधाज्ञाका कारण ब्रोइलर कुखुराको मासुको मूल्यमा गिरावट आएको छ । तयारी कुखुराको मासुको प्रतिकिलो मूल्य कालिमाटी तरकारी बजारले तोकेको गुन्द्रुकको भन्दा पनि सस्तो भएको भन्दै कुखुरापालक किसान चिन्तित भएका छन् । काठमाडौं उपत्यकामा ब्रोइलर कुखुराको तयारी मासु बिहीबारसम्म प्रतिकिलो २५५ रुपैयाँमा बिक्री भएको छ जबकी गुन्द्रुकको प्रतिकिलो मूल्य कालिमाटीमा २९५ […]

प्रस्तावित तीन राजदूतविरुद्ध उजुरी आह्वान

१२ भदौ, काठमाडौं । प्रस्तावित तीन जना राजदूतको संसदीय सुनुवाई प्रक्रिया सुरु भएको छ । केही दिनअघि राजदूत सिफारिस भएका बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्काविरुद्ध शुक्रबार संसदीय सुनुवाई समितिले उजुरी आह्वान गरेको छ । अबको १० दिनभित्र जो कोहीले सुनुवाई समितिसमक्ष राजदूत सिफारिस भएका […]

रौतहटका सीमाबाट अवैध रकम ओसारपसार, दुई दिनमा ३४ लाख बरामद

१२ भदौ, रौतहट । लकडाउनका बेला नेपाल-भारत सीमा नाका अहिले बन्द छ । तर यही अवधिमा नेपाल-भारत सीमाबाट अवैध रकम ओसारपसारको क्रम बढेको छ । सशस्त्र प्रहरी बलले विगत दुई दिनमा रौतहटको ईशनाथ नगरपालिका–९ लवतनाबाट श्रोत नखुलेको ३४ लाख ९१ हजार ९ सय ६० रुपैयाँ बरामद गरेको छ । आज बिहान लवतनाबाट ईशनाथ २ औरैयाका […]

सहकारीमा बेथितिको चाङ : सञ्चालक मालामाल, सदस्यको बेहाल

१२ भदौ, काठमाडौं । बनेपामा रहेको विनायक बचत तथा ऋण सहकारी संस्थामा राखेको आफ्नै पैसा निकाल्न पनि नमोबुद्ध–१० दाप्चा बस्ने लेखप्रसाद घोरसाइनेले निकै तनाव झल्नुपर्यो । उनी प्रहरीदेखि सञ्चारमाध्यमका ढोकासम्म पुगे । सहकारीका सञ्चालकले दिन्छु–दिन्छु भन्दै भाका सार्दै गइरहेका छन् । तर, ८ महिनादेखि धाउँदा पनि घोरसाइनेले संस्थाबाट निक्षेप फिर्ता पाउन सकेका छैनन् । काठमाडौंका […]

निजी विद्यालयमा छोराछोरी पढाउनेलाई १० हजार जरिवानासहितको पत्र

१२ भदौ, दैलेख । गुराँस गाउँपालिकाले निजी विद्यालयमा छोराछोरी पढाएका ३० जनालाई जरिवाना तोकेरै पत्र काटेको छ । गाउँपालिकाभरिका शिक्षक, अन्य सरकारी कर्मचारी सबैले अनिवार्यरुपमा आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने त्यसो नगरेर जरिवाना तिर्नुपर्ने नीति गत आर्थिक वर्षको गाउँसभाबाटै पारित गरिएको थियो । गाउँसभाले पारित गरेको नीति विपरीत काम गरेका ३० लाई जरिवाना तोकेर पालिकाले […]

‘बालबालिकामा कोरोनाको गम्भीर संक्रमण दुर्लभ’

१२ भदौ, काठमाडौं । बेलायतमा गरिएको एक अध्ययनले बालबालिकामा कोरोना भाइरस (कोभिड–१९) को गम्भीर संक्रमण ‘दुर्लभ’ रहेको देखाएको छ । साथै कोरोना भाइरसको कारण बालबालिकाको मृत्यु हुनु अझै दुर्लभ रहेको बिहीबार बेलायतमा प्रकाशित एक अध्ययनले देखाएको हो । यो अध्ययन कोभिड–१९को कारण बेलायतको १३८ अस्पतालमा भर्ना गरिएका बालबालिकामा गरिएको थियो । यो अध्ययनका अनुसार अस्पतालमा […]

चितवनको पुष्पाञ्जली अस्पतालमा पनि कोरोना संक्रमितको मृत्यु

१२ भदौ, चितवन । चितवनको पुष्पाञ्जली अस्पतालमा पनि एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर–१० स्थित पुष्पाञ्जली अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–२ का ५१ वर्षीय पुरुषको शुक्रबार (आज) विहान १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । शुक्रवार विहानै चितवन मेडिकल कलेज भरतपुरमा हेटौंडा उपमहानगरपालिका–१९ की ७१ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो । […]

विद्यालयभित्र तास खेल्ने प्रधानाध्यापकसहित ११ जना पक्राउ

१२ भदौ, चितवन । कोरोना संक्रमणको जोखिम भएकाले घरभित्रै रहन प्रशासनले गरेको आग्रहलाई लत्याउँदै चितवनको खैरहनीस्थित एक विद्यालयभित्र तास खेलिरहेका  प्रधानाध्यापकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । खैरहनी नगरपालिका वडा नं. २ स्थित लिटिल हेभन स्कुलमा तास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा छापा मारेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । बिहीबार दिउँसो १ बजेतिर […]

के भारतको बिजुलीले नै रोकिरहेको छ लोडसेडिङ ? हेर्नुस् तथ्यांक

१२ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आलोचकहरुले लगाउने गरेको एउटा आरोप हो, भारतबाट बिजुली किनेर लोडसेडिङ हटाएको छ । घिसिङ अहिले आफ्नो कार्यकालको अन्तिम समयमा रहँदा फेरि यो विषय बाहिर आइरहेको छ । के नेपालमा लोडसेडिङ हट्न भारतको बिजुली नै निर्णायक हो त ? गत आर्थिक वर्ष २०७६/७७ मा नेपालको […]

मध्य तराईका चार जिल्लामा ५७ जना कोरोना संक्रमित थपिए

१२ भदौ, वीरगञ्ज । पर्सा, बारा, रौतहट र सर्लाहीमा ५७ जना कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । पर्साका ४२ जना, बाराका १२ जना, रौतहटका २ जना र सर्लाहीका १ जनामा संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ । प्रयोगशालामा ३ सय ८ वटा स्वाब नमुना परीक्षण […]

चितवनमा हेटौंडाकी संक्रमित महिलाको ज्यान गयो

१२ भदौ, चितवन । चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका १९ कि ७१ वर्षीया महिलाको आज विहान मृत्यु भएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । उनलाई ७ गते चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको र परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो । उनी दम र […]

नेपालमा अब निजी जहाज राख्न पाइने !

१२ भदौ, काठमाडौं । नेपालमा अब निजी प्रयोजनका लागि जहाज खरीद गर्न सकिने भएको छ । सरकारले निजी जहाज आयात गरी सञ्चालनमा ल्याउन सकिने गरी नीति बनाएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार गरेको हवाई नीति २०७७ को अन्तिम मस्यौदामा यस्तो प्रावधान समेटिएको छ । सरोकारवालाको राय लिएर पास गर्ने प्रक्रियामा रहेको […]



from समाचार – Online Khabar https://ift.tt/3jmeuat
via IFTTT
Powered by Blogger.