Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

हिरासतमा मृत्यु प्रकरण : गरुडामा नयाँ डीएसपी पठाइए

१४ भदौ, काठमाडौं । ज्यान मुद्दाका अभियुक्तको थुनामा रहेका बेला मृत्यु भएको प्रकरणमा इलाका प्रहरी कार्यालय, गरुडाका इञ्चार्जको जिम्मेवारी खोसिएको छ । हाल गरुडाका नेतृत्व गरिरहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोलाई २ नं. प्रदेश प्रहरी कार्यालय तानेर उनको ठाउँमा नयाँ डीएसपी पठाइएको हो । महतोलाई शनिबार प्रदेश प्रहरी कार्यालय तानिएको थियो भने उनको ठाउँमा […]

वीरगञ्जमा कोरोना संक्रमितलाई खाना र ‍औषधि दिन ‘सिस्टर रोबोट’

१४ भदौं, वीरगञ्ज । वीरगञ्जको अस्थायी कोभिड अस्पताल गण्डकमा अब संक्रमितहरुका लागि ‘सिस्टर रोबोट’ले सेवा दिने भएको छ । अबदेखि कोभिड अस्पतालमा भर्ना भई उपचाररत संक्रमतिहरुका लागि खाना, औषधि तथा अत्यावश्यक सामान रोबोटले पुर्‍याइ दिने भएको हो । संक्रमितको सेवामा नर्सहरुलाई सघाउने भएकोले नै यसको नाम ‘सिस्टर रोबोट’ राखिएको छ । ‘सिस्टर रोबोट’मा सामान राखेर […]

नियमित उडानमा नेपाल आउन पाउने विदेशी को हुन् ?

१४ भदौ, काठमाडौं । सरकारले १६ भदौबाट लागू हुने गरी नियमित उडानको तालीका बनाएको छ । त्यसअनुसार दैनिक ५ सय जना नबढ्ने गरी विभिन्न मुलुकबाट नियमित दुई उडान हुनेछन् । यो उडानमा नेपाली नागरिकले तोकिएको प्रक्रिया पुरा गरी नेपाल आउन सक्नेछन् । तर, विदेशी पर्यटकले भने अहिले पनि उडानको अनुमति पाउने छैनन् । तर, सरकारले […]

१६ भदौपछि हुने नियमित उडानमा नेपाल आउन पाउने विदेशी को हुन ?

१४ भदौ, काठमाडौं । सरकारले १६ भदौबाट लागू हुने गरी नियमित उडानको तालिका बनाएको छ । त्यसअनुसार दैनिक ५०० जना नबढ्ने गरी विभिन्न मुलुकबाट नियमित दुई उडान हुनेछन् । यो उडानमा नेपाली नागरिकले तोकिएको प्रक्रिया पूरा गरी नेपाल आउन सक्नेछन् । तर, विदेशी पर्यटकले भने अहिले पनि उडानको अनुमति पाउने छैनन् । तर, सरकारले कुटनीतिक […]

फेरि फर्किने कागज गराएर कैदीलाई घर पठाउन प्रस्ताव

१४ भदौ, काठमाडौं । सांसदहरुले पछि फर्किने सम्झौता गरेर जेलमा रहेका कैदीबन्दीलाई घर पठाउन प्रस्ताव गरेका छन् । पछिल्लो समय कैदी र बन्दीको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेपछि संंसदको राज्य व्यवस्था तथा सुशासन समितिले यस विषयमा भर्चुअल माध्यमबाट बैठक राखी छलफल गरेको थियो । उक्त बैठकमा सांसदहरुले जेलमा क्षमता भन्दा धेरै […]

कर्णालीमा २६ जना कोरोना संक्रमित थपिए

१४ भदौ, काठमाडौं । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा भएको परीक्षणमा थप २६ जनामा संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका संक्रमित मध्ये सुर्खतका ८ जना, सल्यानका […]

धनुषामा बिहान ६ घण्टा पसल खोल्न पाइने

१४ भदौ, जनकपुरधाम । धनुषामा निषेधाज्ञालाई खुकुलो बनाइएको छ । सोमबारदेखि लागू हुने गरी निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार निषेधाज्ञालाई एक साताका लागि थप गर्दै सोमबार बिहान ६ बजेदेखि मध्यान्ह १२ बजे ६ घण्टासम्म पसलहरु खोल्न दिइने छ । आइतबार बसेको जिल्ला सुरक्षा समिति र […]

महानगरीय प्रहरी कार्यालयका थप १३ जनामा कोरोना पुष्टि

१४ भदौ, काठमाडौं । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । प्रहरी उच्च स्रोतका अनुसार योसँगै रानीपोखरीमा संक्रमित हुने प्रहरीको संख्या २८ पुगेको छ । संक्रमण बढेसँगै प्रहरीले न्यून जनशक्तिबाट काम गरिरहेको छ । योसँगै हाल उपत्यकामा […]

काठमाडौं उपत्यकामा ४२९ जनामा कोरोना संक्रमण

१४ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु कहाँका हुन् भन्नेबारे मन्त्रालयले केही खुलाएको छैन ।

केन्द्रीय कारागारका ३५ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि

१४ भदौ, काठमाडौं । केन्द्रीय कारागार, सुन्धाराका ३५ जना कैदीबन्दीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । योसँगै केन्द्रीय कारागारमा कोरोना संक्रमित कैदीबन्दीको संख्या ५० पुगेको कारागार प्रशासन स्रोतले जनाएको छ । स्रोतका अनुसार कारागारभित्र रहेको अस्पतालमा उपचाररत एकजनालाई कोरोना देखिएपछि १७५ जना […]

पीसीआर परीक्षणको शुल्क घट्यो

१४ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पत्ता लगाउन गरिने प्रयोगशाला परीक्षणको शुल्क घटाएको छ । मन्त्रालयले पीसीआर टेष्टको शुल्क ४४०० रुपैयाँ तोकिएको सहायक प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए । ‘सेवा शुल्क सबै जोडेर यो भन्दा बढी लिन पाइँदैन’ उनले अनलाइनखबरसँग भने । यसअघि पीसीआर परीक्षणका लागि मन्त्रालयले नै ५ हजार ५०० […]

उच्च जोखिम समूहमा परीक्षण गर्दा बुढानीलकण्ठमा भेटिए ४० संक्रमित

१४ भदौ, काठमाडौं । उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दा बुढानीलकण्ठ नगरपालिका अछुत रहन सक्ने कुरै भएन । कहिले निजी सवारी साधनलाई एम्बुलेन्स बनाएर सेवा दिइरहेका युवक त कहिले व्यापार गर्दै आएका व्यक्तिको परिवारमा संक्रमण पुष्टि भयो । संक्रमितको संख्या बढ्दै गएपछि नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङले मात्र नपुग्ने निष्कर्ष निकाल्यो । र, संक्रमितहरुको प्रत्यक्ष सम्पर्कमा […]

होम डेलिभरी सेवाको मापदण्ड तयार गर्न समिति गठन 

१४ भदौ, काठमाडौं ।कोभिड १९ को विषम परिस्थितिमा होम डेलिभरीलाई ब्यवस्थित गर्नका लागि काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा सरोकारवाला सहित बैठक सम्पन्न भएको छ। गत बिहिवार प्रहरी प्रशासनले सामान डेलिभरीमा समस्या उत्पन्न गरेपछि नेपाल इ कमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालकहरुको साझा फोरमले सुरक्षा सावधानी अपनाएर सामान डेलिभरी गर्न पाउनुपर्ने माग राखेको थियो। […]

थुनामै रहँदा मृत्यु भएका विजयको परिवारलाई ५ लाख राहत

१४ भदौ, जनकपुरधाम । हिरासतमा रहेका बेला बिरामी परेर मृत्यु भएका रौतहटका विजय महराको परिवारलाई प्रदेश– २ सरकारले ५ लाख रुपैयाँ राहत दिने भएको छ । गरुडा नगरपालिका– ८ जिगडियाका १९ बर्षीय विजय महरा गरुडास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा बिरामी भएपछि उपचारका क्रममा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ५ दिनअघि मृत्यु भएको थियो । गाउँकै युवक […]

‘सम्धी विवाद’ले राष्ट्रिय वाणिज्य बैंक अध्यक्षको नियुक्ति अन्योलमा !

१४ भदौ, काठमाडौं । प्रस्तावित व्यक्ति तीव्र विवादमा मुछिएपछि राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष नियुक्ति प्रक्रिया लम्बिएको छ । सरकारले डा. उपेन्द्र कोइरालालाई बैंकको अध्यक्ष बनाउने गरी सञ्चालक समिति सदस्यमा नियुक्त गरेको थियो । नातावादका आधारमा नियुक्ति गरिएको भनेर व्यापक विरोध भएपछि कोइरालाका सम्धी उपप्रधानमन्त्री ईश्वर पोखरेलले नै केही दिन नियुक्त रोक्न आग्रह गरेको अर्थमन्त्रालय श्रोतले […]

कोरोना स‌ंक्रमणबाट सर्लाहीका पुरुषको भारतमा मृत्यु

१४ भदौ, जनकपुरधाम । सर्लाहीको बरहथवा नगरपालिकाका एक पुरुषको भारतमा कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बरहथवा नगरपालिका-१५ का ६३ बर्षीय पुरुषको भारतको मेघालयमा उपचारको क्रममा कोरोना संक्रमण पुष्टि भएर मृत्यु भएको वडाध्यक्ष रामबहादुर चौधरीले जानाकरी दिए । छोरासँगै केही दिनअघि ब्लड क्यान्सरको उपचार गराउन भारतको पटना गएका ती पुरुषको उपचार त्यहाँ हुन नसकेपछि […]

मेहतर उत्थान समाजले दियो अति विपन्नलाई राहत सामग्री

१४ भदौ, सप्तरी । मेहतर अर्थात् सरसफाइ गर्ने दलित अन्तर्गतको जात । पछिल्लो समयमा अधिकांश मेहतरलाई छाक टार्न धौ–धौ परेको छ । लकडाउन र निषेधाज्ञाका कारण उनीहरु काममा जान पाएका छैनन् । यस्तो अवस्थामा पनि सप्तरीका मेहतरले आफूआफूमा चन्दा संकलन गरी निषेधाज्ञाका बेला समस्यामा परेका विपन्न र अपाङ्गता भएकालाई राहत वितरण गरेका छन् । राजविराज […]

विद्युतीय बोलपत्रमा ‘करप्ट’ फाइल, रेल्वे टेन्डरको भविष्य अनिश्चित

१४ भदौ, काठमाडौं । सरकारले विद्युतीय बोलपत्र गर्ने वेबसाइट बोलपत्र डट जीओभी डट एनपीमार्फत टेन्डरमा भाग लिएका कम्पनीले अपलोड गरेका फाइलमा प्राविधिक समस्या आएपछि थुप्रै बोलपत्रहरूको भविष्य अनिश्चित भएको छ । सरकारले हतार-हतार लगाउन लागेको रेल्वेको टेन्डरको आर्थिक प्रस्तावका फाइलमा पनि समस्या देखिने अवस्था आएको सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओे) स्रोतले बताएको छ । अहिले […]

निषेधाज्ञा हटाउन चितवनका उद्योगी व्यवसायीको माग

१४, भदौ, चितवन । चितवनका उद्योगी व्यवसायीहरुले निषेधाज्ञा हटाउन माग गरेका छन् । जिल्लाका विभिन्न उद्योगी व्यसायी सम्बद्ध संघसंस्थाका अध्यक्ष र प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई आइतबार ज्ञापन पत्र बुझाउँदै निषेधाज्ञा हटाउन माग गरेका हुन् । उनीहरूले निषेधाज्ञाका कारणले आर्थिक गतिविधि अवरुद्ध हुन गई आपूर्ति श्रृखला टुट्ने, मानिस रोगभन्दा पनि भोक र व्यवसायिक तनावले […]

१० दिनदेखि लक्षण देखिए पनि घरमै थिए धरानका मृतक संक्रमित

१४ भदौ, विराटनगर । धरान उपमहानगरपालिका– १७ का ६० वर्षका पुरुषलाई १० दिनअघि सामान्य ज्वरो आयो । छिमेकका कोरोना संक्रमित होम आइसोलेसनमा थिए । ती पुरुषलाई ज्वरो आएको केही दिनपछि उनकी ७४ वर्षकी आमालाई पनि ज्वरो आयो । ज्वरो आए पनि उनीहरु उपचार गर्न भने गएनन् । एक्कासी ज्वरो र स्वासप्रश्वासको समस्याले च्यापेपछि शनिबार राति […]

विद्यालयको ढोकाले चेपिँदा बालकको मृत्यु

१४ भदौ, सप्तरी । सप्तरीमा विद्यालयमा फलामे ढोका खसेर एक बालकको मृत्यु भएको छ । रुपनी गाउँपालिका ४ स्थित आधारभूत विद्यालय छपकीको हालै निर्माण गरिएको फलामको गेट खस्दा सोही विद्यालयका कार्यालय सहायक चन्द्रशेखर प्रमाणीका १४ बर्षीय छोरा भूपेन्द्रको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि रायपुरस्थित युनिक अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको […]



from समाचार – Online Khabar https://ift.tt/2YPjcpz
via IFTTT
Powered by Blogger.