समाचार
१० भदौ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का नेपाल कार्यालय प्रमुख डा. जोस भान्देलारले नेपालमा कोभिड-१९ को उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारको घटना दुखद भएको बताएका छन् । स्वास्थ्यकर्मीमा दुर्व्यवहारको घटना बढ्दै गयो भने अस्पताल भए पनि स्वास्थ्यकर्मी नहुने उनले बताए । स्वास्थ्यकर्मीहरु अग्रपंक्तिमा रहेर काम गरेको हुनाले संक्रमित भएका उनी बताउँछन् । ‘नेपालका स्वास्थ्यकर्मीहरु आफ्नो स्वास्थ्य जोखिममा […]
१० भदौ, सुर्खेत । कर्णाली प्रदेश अस्पतालका ६ जना चिकित्सकमा कोरोना संक्रमण देखिएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार ६ जना कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश अस्पतालका अनुसार बुधबार पाँच जना र मंगलबार एकजनामा संक्रमण देखिएको हो । दुई जना संक्रमित स्वास्थ्यकर्मीको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा २ जना […]
१० भदौ, चितवन । चितवनको ओम अस्पतालमा अप्रेसन गरेर सुत्केरी भएकी एक महिलामा कोरोना संक्रमण देखिएको छ । भरतपुर महानगरपालिका– २ क्षेत्रपुरकी २४ बर्षकी महिलालाई भदौ ८ गते प्रसव पीडा भएपछि चिकित्सकहरुले अप्रेशन गरेर प्रसुति सेवा दिएका थिए । चितवन मेडिकल कलेजमा भदौ ७ गते स्वाब दिएकी महिलाको अप्रेशन गरेपछि भदौ ९ गते राति कोरोना […]
१० भदौ, वीरगञ्ज । वीरगञ्जमा एकैदिनमा ६६ जनाले कोरोना संक्रमण निको भई घर फर्किएका छन् । वीरगञ्जस्थित दुई वटा कोभिड अस्पताल, सेमी तथा सामुदायिक आइसोलेसन सेन्टर र होम आइसोलेसनमा बसेका ६६ जनाको पछिल्लो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको छ । यो सँगै पर्सामा ४ सय ४४ जना कोरोना संक्रमण निको भएर घर फर्किएका […]
१० भदौ, विराटनगर । विराटनगरको एउटै वडामा कोरोना संक्रमितको संख्या ११९ पुगेको छ । समुदायमा संक्रमण फैलिएको विराटनगरको वडा नम्बर १२ मा ११९ जनामा संक्रमण पुष्टि भएको हो । विराटनगर महानगरपालिका जनस्वास्थ्य प्रमुख रमेश कार्कीका अनुसार बुधबारसम्म विराटनगरमा कोरोना संक्रमितको संख्या ८९३ पगुेको छ । तीमध्ये आधा भन्दा बढी कोरोना संक्रमित घरमा नै बस्न बाध्य […]
१० भदौ, काठमाडौं । सरकारले १ सेप्टेम्बरबाट नियमित र चार्टर्ड दुवै प्रकारका अन्तर्राष्ट्रिय उडानको तालिका तय गरेको छ । तर कोरोना भाइरसको महामारीका बीचमा हुन लागेको उडानका लागि थुप्रै शर्तहरू राखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ८ देशमाथिको उडान प्रतिबन्ध खुला गर्दै नियमित उडान तालिका तय गरेको हो । अब मलेसिया, टर्की, […]
१० भदौ, झापा । झापाको झापा गाउँपालिका ३ मा प्रहरी र स्थानीयबीचको झडप हुँदा प्रहरीले १० राउन्ड हवाई फायर गरेको छ । गोरु काटेको अभियोगमा २ जनालाई पक्राउ गरेर बिर्तामोड ल्याउने क्रममा स्थानीयले आक्रमण गरेपछि सशस्त्र प्रहरीले १० राउन्ड हवाई फायर गरेको हो । बुधबार दिउँसो अन्दाजी २५० जनाले प्रहरी टोलीमाथि आक्रमण गरेकाले हवाई फायर […]
१० भदौ, काठमाडौं । सरकारले एकैपटक ६० जना सहसचिवहरुको सरुवा गरेको छ । लामो समयदेखि केन्द्रमा कार्यरत उच्चपदस्थ कर्मचारीहरुलाई प्रदेशमा पनि सरुवा गर्ने नीतिअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट ६० जना सहसचिवहरुको सरुवा गरेको हो । यो सरुवाको सूचीमा नेपालको एकमात्र सहसचिवस्तरको पद ‘मुख्य मनोविज्ञानवेत्ता’ पनि परेका छन् । मन्त्रालयको वेबसाइटमा राखिएको […]
१० भदौ, सर्खेत । किशोरीलाई बलात्कारपछि असुरक्षित गर्भपतना गराएको आरोपमा प्रहरीले कालीकोटमा २ जनालाई पक्राउ गरेको छ । रास्कोट नगरपालिका–४, वसन्तपुरका ५१ वर्षीय नमराज शाही र उनका ज्वाइँ नाता पर्ने २४ वर्षीय खगेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको हो । होटल सञ्चालक नमराजले रास्कोट–४, सुनारबाढाकी १८ वर्षीया किशोरीलाई २०७६ चैत १५ गते जबर्जस्ती करणी गरेको खुलेको […]
१० भदौ, काठमाडौं । कोरोना संक्रमणको कारण भक्तपुरकी एक महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । ५ दिनअघि कोरोना संक्रमण पुष्टि भएकी सूर्य विनायक नगरपालिका- ८ कि ५३ वर्षीया महिलाको धुलिखेल अस्पतालको आईसीयूमा बुधबार मृत्यु भएको हो । भक्तपुर जिल्ला जनस्वास्थ्य प्रमुख कृष्णबहादुर मिजारका अनुसार ती महिलालाई ४ दिनअघि भक्तपुर अस्पतालबाट धुलिखेल अस्पताल रिफर गरिएको […]
१० भदौ, काठमाडौं । केन्द्र, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि एवं जनप्रतिनिधिको बैठकले एक साताभित्र काठमाडौंमा कम्तीमा ५०० शय्याको आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको छ । मंगलबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार खेम कार्की, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र केन्द्र तथा प्रदेश सभाका केही सांसद सहभागी बैठकले कोरोना […]
१० भदौ, सुर्खेत । बाढीले बाटो अवरुद्घ भएर समयमा उपचार हुन नसक्दा कालीकोटमा सुत्केरी र नवजात शिशुको मृत्यु भएको छ । रास्कोट नगरपालिका–२, सिप्खानाकी २८ वर्षीया शिरा सार्की र उनका नाबालक छोराको मृत्यु भएको हो । घरमै सुत्केरी भएकी शीराको रक्तश्राब नरोकिएपछि स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनका जेठाजु हरिसिंह सार्कीले बताए । […]
१० भदौ, काठमाडौं । हामीले दैनिक भान्सामा उपभोग गर्ने तरकारी र खाद्यान्नको स्रोत के होला ? विश्वनगरको एउटा गल्लीमा रहेको नेपालले अहिलेसम्म पनि स्वाभिमानको नारा घन्काइरहँदा हामीले खाने र उपभोग गर्ने वस्तुहरू कहाँबाट आउलान् ? यस विषयमा धेरै जानकार नै छन् । हरियाणाको चामल, उत्तर प्रदेशको साग, बिहारको खुर्सानी र हैदरावादको तेलले नेपालीको प्रत्येक गाँसलाई […]
१० भदौ, बुटवल । प्रदेश ५ को प्रदेशसभामा भएका खर्चमा अनियमितताको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । प्रदेश सभा सचिवालयले गाडी मर्मतमा गरेको ६० लाख रुपैयाँ भन्दा बढी खर्च र प्रदेश सभाका सचिव दुर्लभकुमार पुन र लेखा अधिकृत आलोक अग्रहरिले कानून विपरीत घरभाडा लिँदै आएको विषयमा उजुरी परेको थियो । यस […]
१० भदौ, काठमाडौं । सुदूरपश्चिमाञ्चल क्षेत्रमा धुमधामका साथ मनाइने गौरा पर्व कोरोना भाइरस संक्रमणका कारण खल्लो रह्यो । भाद्र कृष्णको षष्ठीदेखि अष्टमीसम्म मनाइने यो पर्वमा विगतका वर्षहरुमा काठमाडौंको टुँडिखेललगायतका क्षेत्रमा ठूलो जमघटका साथ मनाइन्थ्यो । यस वर्ष काठमाडौंमा रहेका केही सुदूरपश्चिमवासीले घरकै कौसीमा भेला भएर गौरा नाचेर यो पर्व मनाए । डडेल्धुराकी शारदा जोशीले यस […]
१० भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ८५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार २५३ नमुना परीक्षण गर्दा २९९ महिला र ५५६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ । उनीहरुमध्ये १९ हजार ५०४ जना संक्रमणमुक्त भइसकेका छन् भने १४ […]
१० भदौ, काठमाडौं । अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले बार्सिलोना क्लव छोड्ने इच्छा व्यक्त गर्दै मंगलबार पत्र लेखे । यसको अर्थ नोउ क्याम्पमा १६ वर्षको करियर, जसमा उनले ३४ ट्रफीहरु र ६३४ गोल हासिल गरे, टुंग्याउन उनी तयार भएका छन् । बार्सिलोनामा खेल्दा ६ पटक बालोन डे ओर अवार्डसँगै मेस्सीको केही विलक्षण उपलब्धीहरु छन् । गत […]
१० भदौ, काठमाडौं । सरकारले झापाको काँकडभिट्टादेखि सुनससरीको इनरुवासम्म रेलमार्गको ट्रयाक बेड बनाउन ठेक्का लगाउँदैछ । आवश्यक पूर्वतयारी नगरी ठेक्का लगाउन लागिएको भन्दै विज्ञहरुले ठेक्का प्रक्रिया रोकेर समग्र यातातात योजनाको समीक्षा गर्न सरकारलाई सुझाव दिएका छन् । विज्ञहरुले वीरगञ्ज काठमाडौं रेलमार्ग बढी प्रभावकारी हुने भन्दै झापातर्फ नलाग्न सरकारलाई भनेका छन् । रेलमार्गमा पर्ने जग्गाको मुआब्जा […]
१० भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि सुरु भएको निषेधाज्ञा थप एक हप्ता लम्ब्याइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । यसअघि ३ भदौको मध्यरातिबाट लागू हुने गरी सुरु भएको निषेधाज्ञा बुधबार […]
१० भदौ, काठमाडौं । ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर..’ सेतो कागजमा यी शब्दहरू लेखेर सटरमा टाँसिएको र तल खाद्यान्नका पोका राखिएको देखिने तस्वीर सामाजिक सञ्जालमा भाइरल छ । मोरङको केराबारीको यो फोटो भाइरल हुँदा गजुरी गाउँपालिका धादिङकी उपाध्यक्ष सीता ढुंगानालाई भने फोन उठाएरै फुर्सद छैन । ‘सकारात्मक प्रयासको फैलावट देशव्यापी हुँदैछ, बधाई र धन्यवादका फोन […]
१० भदौ, काठमाडौं । सरकारले कोरोनाका कारण अन्तर्राष्ट्रिय उडानमाथि लगाएको प्रतिवन्ध विभिन्न ८ वटा देशका हकमा फुकुवा गरेको छ । गत चैत १० गतेबाट कुनै पनि देशका विमानले नेपालमा उडान भर्न नपाउने गरी प्रतिवन्ध लगाइएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ८ देशमाथिको उडान प्रतिवन्ध खुला गर्दै नियमित उडान तालिका तय गरेको हो […]
from समाचार – Online Khabar https://ift.tt/31ywZme
via IFTTT






















