Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कोरोना स‌ंक्रमणबाट सर्लाहीका पुरुषको भारतमा मृत्यु

१४ भदौ, जनकपुरधाम । सर्लाहीको बरहथवा नगरपालिकाका एक पुरुषको भारतमा कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बरहथवा नगरपालिका-१५ का ६३ बर्षीय पुरुषको भारतको मेघालयमा उपचारको क्रममा कोरोना संक्रमण पुष्टि भएर मृत्यु भएको वडाध्यक्ष रामबहादुर चौधरीले जानाकरी दिए । छोरासँगै केही दिनअघि ब्लड क्यान्सरको उपचार गराउन भारतको पटना गएका ती पुरुषको उपचार त्यहाँ हुन नसकेपछि […]

मेहतर उत्थान समाजले दियो अति विपन्नलाई राहत सामग्री

१४ भदौ, सप्तरी । मेहतर अर्थात् सरसफाइ गर्ने दलित अन्तर्गतको जात । पछिल्लो समयमा अधिकांश मेहतरलाई छाक टार्न धौ–धौ परेको छ । लकडाउन र निषेधाज्ञाका कारण उनीहरु काममा जान पाएका छैनन् । यस्तो अवस्थामा पनि सप्तरीका मेहतरले आफूआफूमा चन्दा संकलन गरी निषेधाज्ञाका बेला समस्यामा परेका विपन्न र अपाङ्गता भएकालाई राहत वितरण गरेका छन् । राजविराज […]

निषेधाज्ञा हटाउन चितवनका उद्योगी व्यवसायीको माग

१४, भदौ, चितवन । चितवनका उद्योगी व्यवसायीहरुले निषेधाज्ञा हटाउन माग गरेका छन् । जिल्लाका विभिन्न उद्योगी व्यसायी सम्बद्ध संघसंस्थाका अध्यक्ष र प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई आइतबार ज्ञापन पत्र बुझाउँदै निषेधाज्ञा हटाउन माग गरेका हुन् । उनीहरूले निषेधाज्ञाका कारणले आर्थिक गतिविधि अवरुद्ध हुन गई आपूर्ति श्रृखला टुट्ने, मानिस रोगभन्दा पनि भोक र व्यवसायिक तनावले […]

१० दिनदेखि लक्षण देखिए पनि घरमै थिए धरानका मृतक संक्रमित

१४ भदौ, विराटनगर । धरान उपमहानगरपालिका– १७ का ६० वर्षका पुरुषलाई १० दिनअघि सामान्य ज्वरो आयो । छिमेकका कोरोना संक्रमित होम आइसोलेसनमा थिए । ती पुरुषलाई ज्वरो आएको केही दिनपछि उनकी ७४ वर्षकी आमालाई पनि ज्वरो आयो । ज्वरो आए पनि उनीहरु उपचार गर्न भने गएनन् । एक्कासी ज्वरो र स्वासप्रश्वासको समस्याले च्यापेपछि शनिबार राति […]

विद्यालयको ढोकाले चेपिँदा बालकको मृत्यु

१४ भदौ, सप्तरी । सप्तरीमा विद्यालयमा फलामे ढोका खसेर एक बालकको मृत्यु भएको छ । रुपनी गाउँपालिका ४ स्थित आधारभूत विद्यालय छपकीको हालै निर्माण गरिएको फलामको गेट खस्दा सोही विद्यालयका कार्यालय सहायक चन्द्रशेखर प्रमाणीका १४ बर्षीय छोरा भूपेन्द्रको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि रायपुरस्थित युनिक अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको […]

कालीकोटमा पहिरोले पुरिएर ३ जनाको मृत्यु

१४ भदौ, सुर्खेत । कालीकोटमा पहिरोले पाँचवटा घर बगाउँदा तीनजनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार तिलागुफा नगरपालिका-१, नाग्म बजारमा पहिरोले घर पुर्दा तीनजनाको मृत्यु भएको हो । आइतबार बिहान ८ बजे घरमाथिबाट आएको पहिरोले पाँचवटा घर पुरेको डीएसपी लोकनाथ तिम्सिनाले जानकारी दिए । डीएसपी तिम्सिनाका अनुसार मृत्यु हुनेमा सुभकालिका गाउँपालिका-७ […]

भर्चुअल बैठकमा गृहमन्त्रीको गुनासो : ब्यारेक र जेलमा कोरोना बढ्यो

१४ भदौ, काठमाडौं । पछिल्लो समय कारागारमा रहेका कैदी बन्दीहरुमा कोरोना संक्रमण बढ्न थालेको भन्दै गृहमन्त्री रामबहादुर थापा बादलले चिन्ता व्यक्त गरेका छन् । साथै सुरक्षाकर्मीहरुमा पनि संक्रमण बढेकोमा गृहमन्त्री चिन्तित देखिएका छन् । आइतबार राज्य व्यवस्था समितिको भर्चुअल बैठक बैठकमा सहभागिता जनाउँदै मन्त्री थापाले कारागार र ब्यारेकहरुमा संक्रमण बढेकोमा चिन्ता प्रकट गरेको बैठकमा सहभागी […]

भरतपुरको बागेश्वरीमा ७५ बेडको आइसोलेसन केन्द्र

१४ भदौ, चितवन । चितवनको भरतपुर महानगरपालिकाको बागेश्वरी आश्रममा कोरोना भाइरस संक्रमितलाई राख्न आइसोलेसन केन्द्र तयार पारिएको छ । योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा ७५ बेडको आइसोलेसन सञ्चालनमा ल्याइएको हो । भरतपुर महानगरपालिकाले प्राकृतिक चिकित्सालयसँग सहकार्य गरेर सञ्चालन गरेको आइसोलेसन केन्द्रको मेयर रेनु दाहालले आइतबार सुुभारम्भ गरिन् । पुरानो मेडिकल कलेज भरतपुरले झण्डै दुई […]

खुलामञ्चमा खाना खानेको लाइन (फोटो फिचर)

१४ भदौ, काठमाडौं । काठमाडौंको खुलामञ्चस्थित बस टर्मिनल क्षेत्रमा दिउँसो ३ बजेदेखि नै मानिसहरु भेला हुन थाल्छन् । मानिसहरुको संख्या बढ्दै ४ बजेतिर ४ देखि ५ सय हाराहारी पुग्छन् । शहरमा खानेकुराको अभावमा छाक टार्न समस्या परेकाहरु साढे ४ बजे स्वयंसेवकहरुले वितरण गर्ने खाना पर्खेर बसेका हुन्छन् । काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि निषेधाज्ञा सुरु […]

धरानमा कोरोना संक्रमणले आमाछोराको मृत्यु

१४ भदौ, काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा कोरोना संक्रमणले आमाछोराको एकै दिन मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि शनिबार बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना भएकी धरान उपमहानगरपालिका-१७  की ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोराको आइतबार बिहान मृत्यु भएको हो । आमाको बिहान ८ : ३० र छोराको ७ :४५ बजे मृत्यु […]

भारतमा एकै दिन ७८ हजार ७६१ संक्रमित थपिए

१४ भदौ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का कुनै पनि मुलुकमा अहिलेसम्म भेटिएको भन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ७८ हजार ७६१ नयाँ संक्रमित फेला परेका हुन् । यसअघि अमेरिकाले एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमित भेटिने रेकर्ड बनाएको थियो […]

कोरोना बीमा गराउनेको संख्या १० लाख नाघ्यो, साढे ५ करोड दावी भुक्तानी

१४ भदौ, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) को बीमा गराउनेको संख्या १० लाख नाघेको छ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले शुक्रबारसम्म यस्तो बीमा गराउनेको संख्या १० लाख नाघेको जानकारी दिएको हो । आइतबार यो संख्या झन धेरै बढ्ने अनुमान गरिएको छ । समितिका अनुसार बीमा पुल मार्फत आठ लाख ३४ हजार ९ […]

कुलेश्वरको दुर्गा ट्रेडर्सबाट केराउ, चामल र भटमास बिक्रीमा रोक

१४ असोज, काठमाडौं । कुलेश्वर क्षेत्रमा सञ्चालन भएको जय माँ दुर्गा ट्रेडर्सबाट बिक्री गर्न लागिएको २ सय बोरा केराउ, १ सय बोरा चालम र २० बोरा भटमास बिक्रीका लागि रोक लगाइएको छ । काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको नेतृत्वमा गएको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले यी खाद्य सामाग्री बिक्री गर्न रोक लगाएको हो […]

जंगी अड्डामा कार्यरत सैनिक जवानले गरे आत्महत्या

१४ भदौ, काठमाडौं । जंगी अड्डामा कार्यरत एक जवानले आत्महत्या गरेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका अनुसार आज विहान २ः४५ बजे तनहुँ रानीपोखरी स्थायी ठेगाना भएका एक जवानले आफूले बोकेको हतियार प्रयोग गरी आत्महत्या गरेका हुन् । सो घटना सम्वन्धी जवानको नजिकका नातेदारलाई जानकारी गराइसकिएको नेपाली सेनाले जनाएको छ । सैनिक प्रहरी समेतको […]

मन्त्रीहरुसँग नेकपाको प्रवास कमिटी : चार्टर्डभन्दा नियमित उडान महँगो भयो

१४ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रवास समन्वय कमिटीले श्रम गन्तव्य मुलुकमा रहेको नेपालीहरुलाई चार्टर्डभन्दा नियमित उडान महँगो परेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । कमिटीका अध्यक्ष युवराज चौलागाई र सचिव श्रीप्रसाद साहले आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री योगेश भट्टराई र श्रममन्त्री रामेश्वर रायलाई भेटेर यसबारे चासो व्यक्त गरेका हुन् । चौलागाईंले […]

एक वर्षमा झण्डै एक अर्बको बिजुली भारत निर्यात

१४ भदौ, काठमाडौं । नेपालले गत आर्थिक वर्ष २०७६/७७मा झण्डै एक अर्ब रुपैयाँको विद्युत् भारत निर्यात गरेको छ । आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गरिरहेको भन्ने आरोप खेपिरहेको नेपाल  विद्युत प्राधिकरणले गत आवमा ९५ करोड ७० लाख रुपैयाँको विद्युत भारत निर्यात गरेको हो । यसले देश विद्युतमा आत्मनिर्भरतातर्फ अगाडि बढेको संकेत गरेको प्राधिकरणले जनाएको […]

टिच फर नेपालले तयार पार्‍यो लकडाउन लक्षित पाठ्यपुस्तक

१४ भदौ, काठमाडौं । टिच फर नेपालले लकडाउन र निषेधाज्ञाका बेला घरमै बसेर पढ्न मिल्ने ‘वर्कबुक’ तयार पारेको छ । यो पाठ्यपुस्तक सहयोगी पुस्तिका हो । अनलाइन, रेडियो र टेलिभिजनमा पहुँच नभएका विद्यार्थीले पनि घरमै बसेर पढाइलाई निरन्तरता दिन सकिने गरी पुस्तक तयार पारिएको टिच फर नेपालका सह–संस्थापक शिशिर खनालले जानकारी दिए । खनालका अनुसार […]

वीरगञ्जमा गरिएको परीक्षणमा ८० जनामा कोरोना पुष्टि

१४ भदौ, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६ महिने शिशुदेखि ९७ वर्ष उमेर समूहका ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४७ जना पर्साका, ३० जना बाराका तथा मोरङ र काठमाडौंका–१/१ जना छन् । पर्साको पोखरियामा मात्रै १२ जनामा संक्रमण देखिएको छ भने बाँकी वीरगञ्ज महानगरपालिकाका संक्रमित छन् । बाराको […]

कोरोना संक्रमित रौतहटका पुरुषको वीरगञ्जमा मृत्यु

१४ भदौ, वीरगञ्ज । कोरोना संक्रमणबाट रौतहटका थप १ जनाको वीरगञ्जमा मृत्यु भएको छ । गण्डक कोभिड अस्पतालमा उपचाररत रौतहटको राजपुरतुल्सी घर भएका ४० वर्षीय पुरुषको आइतबार बिहान ७ः४० बजे मृत्यु भएको डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए । उनलाई भदौ १२ गते गण्डक कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । पुरानो मधुमेहका रोगी […]

पाटन अस्पतालमा २९ वर्षीय युवकको कोरोनाबाट मृत्यु

१४ भदौ, काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत २९ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु भएको छ । उनको गएराति १० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । ललितपुर निवासी ती युवक गत साउन २८ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए । उनमा अन्य रोग थियो कि थिएन भन्ने कुरा जनस्वास्थ्य कार्यालयले खुलाएको छैन । […]

विदेशमा कोरोनाबाट यो साता ३ नेपालीको मृत्यु

१४ भदौ, काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता बेलायतमा १ जना र युएईमा २ जनाको मृत्यु भएको हो । योसँगै कोरोनाबाट विदेशमा मृत्यु हुने नेपालीहरुको संख्या […]



from समाचार – Online Khabar https://ift.tt/3jsXOy4
via IFTTT
Powered by Blogger.