Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

पर्सामा सबै ठाउँमा निषेधाज्ञा जरुरी देखिएन : प्रजिअ तामाङ

११ भदौ, वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले निषेधाज्ञाको मोडलमा परिवर्तन गरिने बताएका छन् । कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथामका लागि निषेधाज्ञा जरुरी देखिए पनि जिल्लाभर आवश्यकता नभएकाले परिमार्जन गर्नुपर्ने बताए । बिहीबार पत्रकारसँगको कुराकानीमा प्रजिअ तामाङले वीरगञ्जको पश्चिमतर्फ विन्दबासिनी कटेपछि निषेधाज्ञा आवश्यक छ वा छैन भन्ने विषयमा सरोकारवालासँग छलफल भइरहेको बताए […]

विदेशमा घरेलु कामदार : श्रम शोषणदेखि अवैध गर्भसम्म

११ भदौ, काठमाडौं । घरेलु कामदारका रुपमा खाडी मुलुक पुगेका नेपालीको अवस्था दयनीय रहेको सरोकारवालाले बताएका छन् । प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले बिहीबार विदेशमा रहेका नेपाली महिला कामदारको अवस्थाको बारेमा विभिन्न देशका राजदूत, गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधि र सम्बद्ध मन्त्रालयका प्रतिनिधिसँग प्रविधिको प्रयोग (भर्चुअल) बाट छलफल गरेको थियो । छलफलमा राजदूतहरुले […]

बलात्कार आरोपमा पक्राउ परेका वडाध्यक्ष कारागार चलान

११ भदौ, गोरखा । बलात्कार आरोपमा पक्राउ परेका पालुङटार नगरपालिका वडानम्बर-४ का अध्यक्ष ठाकुरकान्त रानाभाट कारागार चलान भएका छन् । बिहीबार जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको एकल इजलासले ४६ वर्षीय रानाभाटलाई थुनामा राख्ने आदेश दिएको हो । १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उनी गत साउन १६ गते पक्राउ परेका हुन् । उनीविरुद्ध जवरजस्ती करणी शीर्षकमा […]

हिरासतमा युवकको मृत्यु भएपछि गरुडामा प्रर्दशन

११ भदौ, रौतहट । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका विजय रामको हिरासतमै मृत्यु भएपछि रौतहटको गरुडामा प्रर्दशन भएको छ । साउन ३२ गते रौतहटको गरुडा नगरपालिका वडा नं. ८ जिगंडवाका २० वर्षीय निरजंन रामको घाटी रेटेर हत्या गरेको अभियोगमा पक्राउ परेका विजय रामको उपचारको क्रममा गए राति वीरगन्जको नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो । […]

कुलमानले भने-म एक्लैले लोडसेडिङ हटाएको हैन, तथ्यहीन सूचना सम्प्रेषण नगरीदिनुस्

११ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पुनर्नियुक्तिबारे सामाजिक सञ्जालमा भइरहेका चर्चाबारे मुख खोलेका छन् । बिहीबार साँझ एक विज्ञप्ति निकालेर आफ्नो अर्को कार्यकालको पुनर्नियुक्तिका विषयलाई लिएर प्रधानमन्त्री, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री र आफूलाई जोडेर आधार तथा तथ्यहीन गलत सूचना र समाचार सम्प्रेषण नगरिदिनु आग्रह गरेका छन् । ‘मेरो ४ […]

बिहीबार जहाज चढेर ४३७ जना नेपाल आए, २०३ जना बाहिरिए

११ भदौ, काठमाडौं । विदेशमा रहेका नेपालीका लागि अहिले उद्धार उडान भइरहेका छन् । सोही क्रममा बिहीबार विभिन्न तीन एयरलाइन्सबाट ४३७ जना यात्रु नेपाल आएका छन् । नेपालबाट भने ४ बच्चासहित २०३ जना यात्रु बाहिरिएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बिहीबार हिमालय एयरलाइन्सले साउदीको दमामबाट १५४ जना यात्रुलाई काठमाडौं ल्याएको छ । आजै नेपाल […]

टेक अवे र होम डेलिभरी सेवा प्रदायक प्रहरी नियन्त्रणमा

११ भदौ, काठमाडौं । निषेधाज्ञाको समयमा विभिन्न सामग्रीको टेक अवे तथा होम डेलिभरी सेवा दिनेलाई प्रहरीले पक्राउ गरेको छ । अनलाइन माध्यमबाट माग भएका खानेकुरा तथा अन्य वस्तु डेलिभरी गर्न हिँडेका व्यवसायीलाई प्रहरीले सडकमै नियन्त्रणमा लिई होल्डिङ जोनमा राखेको छ । राजधानीको मुख्य चोकहरुमा बनाइएका होल्डिङ जोनमा उनीहरुलाई राखिएको छ । यूजी केककी सञ्चालिका निकिता […]

शुल्क तिर्न दबाब दिएपछि मल्पी सिटीका अभिभावकले सरकार गुहारे

११ भदौ, काठमाडौं । सरकारी निर्णयको अवज्ञा गरेर विद्यालयले शुल्क तिर्न दबाब दिएको भन्दै राजधानीस्थित मल्पी सिटी स्कूलका अभिभावकले केन्द्रीय र स्थानीय सरकार गुहारेका छन् । अभिभावकहरूले प्रमुख जिल्ला अधिकारी, वडा कार्यालय, काठमाडौं महानगरपालिका, नेपाल प्रहरीको अपराध महाशाखा, नेपाल अभिभावक संघ र संस्थागत अभिभावक संघलाई पत्र लेखेर विद्यालयलाई कारवाही गर्न माग गरेका हुन् । सन् […]

महेन्द्र श्रेष्ठ फेरि स्वास्थ्य मन्त्रालयमा

११ भदौ, काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशक पदबाट स्वास्थ्य मन्त्रालय तानिएका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले अढाई महिनापछि जिम्मेवारी पाएका छन्। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठलाई नीति योजना तथा गुणस्तर महाशाखाको जिम्मेवारी दिएका हुन्। उनलाई कोभिड-१९ समेत हेर्ने गरी जिम्मेवारी तोकिएको सहसचिव रघुराम विष्टले जानकारी दिए । यसअघि यो जिम्मेवारी पनि अर्का […]

२५ वर्षपछि बिदेशबाट फर्केर भैंसीपालनमा

११ भदौ, गुल्मी । रेसुुुंगा नगरपालिका– ४ का तोयनारायण पाण्डेले भारत, मलेसिया र कतारमा गरी झण्डै २५ वर्ष घरबाहिरै बिताए । १४ वर्षको उमेरमा भारत गएका उनले पछिल्लो ९ वर्ष कतार र मलेसियामा बिताए । तर विदेशको कमाइले कुनै प्रगति नभएपछि गाउँमै आएर खेती गर्न थाले । पाण्डेले विदेशबाट फर्केपछि शुरु गरेको व्यवसायिक भैँसीपालनबाट मनग्य […]

मुटु अस्पतालका डाक्टरसहित बुटवलमा थपिए ३५ संक्रमित

११ भदौ, बुटवल । बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका एक चिकित्सकसहित बुटवलमा बिहीबार मात्रै ३५ जना कोरोना भाइरस -कोभिड-१९)का संक्रमित थपिएका छन् । उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहका अनुसार ३५ जना संक्रमितमध्ये एकजना मुटु अस्पतालका चिकित्सक हुन् । डाक्टरमा कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका बिरामी र अन्यको कन्ट्याक्ट ट्रेसिङ गरेर पीसीआर परीक्षण गर्न […]

सर्लाहीमा खाल्डोको पानीमा डुबेर २ जनाको मृत्यु

११ भदौ, जनकपुरधाम । सर्लाहीको बरहथवा नगरपालिकाको छुट्टाछुट्टै स्थानमा बिहीबार खाल्डोको पानीमा डुबेर एक युवती र बालिकाको मृत्यु भएको छ । बरहथवा नगरपालिका– १० सीतापुर बस्ने १९ बर्षीया पुनम महतोको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । बरहथवा नगरपालिका ९ मुर्तियास्थित हजूरआमाको घरमा बस्दै आएकी पुनम कसैलाई नसोधी घरबाट बिहीबार बिहान निस्केकी […]

मोरङमा कारागारमा कैदीको शंकास्पद मृत्यु

१० भदौ, विराटनगर । जिल्ला कारागार मोरङमा कैदीको शंकास्पद मृत्यु भएको छ । लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका विराटनगर- ४ का २६ वर्षीय निराजन यादवको शंकास्पद मृत्यु भएको हो । बुधबार कारागारमा मृत्यु भएका उनलाई साढे चार बजे कोशी अस्पताल ल्याइएको थियो । अस्पतालले लगतै मृत घोषित गरेको थियो । कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर […]

साउनमा साढे ४ अर्बको मोबाइल फोन आयात

११ भाद्र, काठमाडौं । गत साउन महिनामा करिब साढे चार अर्ब रुपैयाँको मोवाइल फोन आयात भएको छ । कोरोना भाइरसको महामारी रहेकै बेला बिलासी विद्युतीय सामग्री मोबाइल धेरै आयात हुँदा औषधिको आयात भने न्युन रहेको भन्सार विभागले जनाएको छ । साउन महिनामा ४ लाख ७० हजार ६२१ सेट मोबाइल सेट भन्सार पास भएको थियो । […]

प्रदेश ५ मा घरेलु तथा साना उद्योग दर्ताको शुल्क नलाग्ने

११ भदौ,बुटवल । प्रदेश ५ सरकारले चालु आर्थिक वर्षमा लघु, घरेलु तथा साना उद्योगहरुको दर्ता दस्तुर पूर्ण छुट गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले कोरोना महामारीका कारण अर्थतन्त्र संकटमा परेकाले घरेलु तथा साना उद्योगको प्रवद्र्धनका लागि दर्ता दस्तुरमा पूर्णरुपमा छुट गर्ने निर्णय गरेको हो । बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश […]

केही कर्मचारीको सरुवा र बढुवा, हेर्नुहोस् मन्त्रिपरिषदको निर्णय

११ भदौ, काठमाडौं । भदौ ९ गते बसेको मन्त्रिपरिषद बैठकले केही कर्मचारीको सरुवा, बढुवा र पदस्थापनको निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बलराम रिजाललाई विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको काम गर्ने गरी तोकेको छ । त्यस्तै ज्ञानप्रसाद ढकाललाई सहसचिव वा सोसरहको सहन्यायाधिवक्ता पदमा नियुक्त गरी उच्च सरकारी वकिल […]

ठूला अस्पताललाई कोरोना विशेष बनाऊ : शान्ति समाज

११ भदौ, बुटवल । मानव अधिकार तथा शान्ति समाजले सबै अस्पतालमा कोरोना भाइरस संक्रमितको उपचार गर्नु उचित नहुने बताएको छ । एउटै अस्पतालमा संक्रमित र संक्रमण नभएका बिरामीको उपचार गर्दा कोरोना संक्रमण झन् फैलिन सक्ने खतरा औंल्याउंदै समाजले सरकारलई उक्त निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ । ‘दीर्घरोगी, बृद्घ–बृद्घा, बालबालिका लगायत अति संवेदनशील स्वास्थ्य समस्या […]

एकैदिनमा भेटिए १ हजार १११ कोरोना संक्रमित

११ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार १११ कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिएका छन् । देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुष्नमा संक्रमण पुष्टि भएको हो । यसस“गै कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । उनीहरुमध्ये १८३ जनाको मृत्यु भएको छ भने २० हजार […]

काठमाडौं उपत्यकामा ३७७ संक्रमित थपिए

११ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३७७ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २७० जना, ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जना संक्रमित भेटिएका छन् । संक्रमितहरु कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

कर्णालीमा थपिए २५ जना कोरोना संक्रमित

११ भदौ, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमित थपिएका छन् । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पतालमा भएको परीक्षणबाट थप २५ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । महाशाखाका अनुसार थपिएका संक्रमित दैलेखको दुल्लु नगरपालिकाका ६/६ जना महिला र पुरुष गरी […]

‘नेपाली फर्काउन देश अनुसारको उद्धार नीति बनाऊ’

११ भदौ, काठमाडौं । संसदको महिला तथा सामाजिक समितिले विदेशमा अप्ठेरोमा परेका नेपालीलाई स्वदेश फर्काउन देश अनुसार फरक फरक उद्धार नीति बनाउन सरकारलाई निर्देशन दिएको छ । विभिन्न देशका राजदूत, गैरआवासीय नेपाली संघ (एनआएनए) का प्रतिनिधि र विभिन्न मन्त्रालयका प्रतिनिधिसँग प्रविधिको माध्यमबाट छलफल गर्दै समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो । कुन देशको समस्या कस्तो […]



from समाचार – Online Khabar https://ift.tt/2YEBFot
via IFTTT
Powered by Blogger.