समाचार
१३ भदौ, काठमाडौं । नेपाली सेनाका प्रधानसेनाति पूर्णचन्द्र थापाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) का कार्यालय सहयोगीमा कोरोना संक्रमण देखिएपछि तीन मन्त्री र सेनापति होम आइसोलेसनमा बसेका थिए । थापाको शनिबार नेगेटिभ रिपोर्ट आएको सैनिक स्रोतले बताएको छ ।
१३ भदौ, विराटनगर । विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका- २ का ६१ वर्षीय पुरुषको शनिबार विराटनगरको न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ३ भदौमा न्यूरो अस्पताल भर्ना गरिएको थियो । मुटुसम्बन्धी रोगबाट पीडित उनको शनिबार मृत्यु भयो । उनको बिहीबार स्वाब […]
१३ भदौ, बुटवल । बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल र दाङको राप्ती प्रादेशिक अस्पतालका १५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । मुटु अस्पतालमा कार्यरत ६ जना नर्समा कोरोना पोजेटिभ देखिएको हो । यसअघि तीनजना चिकित्सकमा संक्रमण देखिएको थियो । स्वास्थ्यकर्मी संक्रमित भएपछि मिर्गौलाको डायलाइसिस वाहेक सबै सेवा बन्द गरिएको अस्पतालका अध्यक्ष एजाज आलमले […]
१३ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण महोत्तरीका थप एक जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचारचार ६२ वर्षीया महिलाको शनिबार दिउँसो १ः३० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
१३ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट १२ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा मात्र ६ जनाको मृत्यु भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका २/२ जनाको मृत्यु भएको छ । यस्तै पर्साका २ जना, पाल्पा, सिराहा, गोरखा र कास्कीका एकएक […]
रेल्वे चाहिन्छ भन्ने कुरा बहसमा छ । नेपालको अन्तर्राष्ट्रियरुपमा कनेक्टिभिटीको कुरा गर्दा हामी कि हवाइरुपमा जोडिने हो, कि स्थल यातायात, मुख्य गरी रेल्वेबाटै हो । हवाइ जहाजमार्फत जोडिँदाका सीमाहरु छन् । त्यो खर्चिलो पनि छ । उड्डयनमा ‘प्वाइन्ट टू प्वाइन्ट कनेक्सन’ हुन्छ । त्यसले ‘बल्क कार्गो’ बोक्न सक्दैन । त्यसले औद्योगीकरणको साना (लाइट) उद्योगलाई मात्रै […]
१३ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ५१६ नमुना परीक्षण गर्दा २४२ महिला र ६५२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ । उनीहरुमध्ये २०७ जनाको मृत्यु भएको छ भने २० हजार ५५५ जना […]
१३ भदौ, विराटनगर । कोरोना संक्रमणका कारण ज्यान गुमाएका एक व्यक्तिको शव स्थानीय प्रशासनले चार दिनपछि उठाएको छ । न्यूरो अस्पताल विराटनगरमा मंगलबार राति मृत्यु भएका महोत्तरीका पुरुषको शव शनिबार दिउँसो स्थानीय प्रशासनले उठाएको हो । आफन्त र परिवारका सदस्य सम्पर्कमा नआउनुका साथै महोत्तरी प्रशासनले चासो नदिँदा मंगलबार राति ११ बजेतिर मृत्यु भएका ६१ वर्षीय […]
१३ भदौ, काठमाडौं । कोटेश्वर ट्राफिक प्रहरी प्रभावका १९ जनामा कोरोना भाइरस (कोभिड-१९) केा संक्रमण पुष्टि भएको छ । प्रभागमा कार्यरत दुई जनालाई ज्वरो आएपछि कोरोनाको आशंकामा स्वाब दिएका थिए । दुबैमा संक्रमण पुष्टि भएपछि कट्याक ट्रेसिङका क्रममा बिहीबार ३३ जनाको स्वाब संकलन गरिएको थियो । उनीहरुमध्ये १७ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै […]
१३ भदौ, काठमाडौं । निषेधाज्ञाका कारण बिक्री नभएपछि भक्तपुरको सूर्यबिनायकमा दूध सडकमा फ्याँकिएको छ । सूर्यबिनायक नगरपालिका-८ सूर्यविनायक चोकमा रहेको रानीकोट डेरीका सञ्चालकले बिक्री नभए पछि सडकमा दूध फ्याँकेका हुन् । किसानबाट संकलन गरेको दूध बिक्री ठप्प भएपछि शुभमाया श्रेष्ठ सञ्चचालक रहेको डेरीले सडकमा खन्याइदिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले […]
१३ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दशैँ पछाडि मात्र हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । पनिकाले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने […]
१३ भदौ, धनगढी। कैलालीमा जारी निषेधाज्ञा थप ५ दिन लम्बाउने निर्णय गरिएको छ । आइतबार राति सकिन लागेको निषेधाज्ञालाई १९ गते रातिसम्म लम्बाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए । ‘कोरोना संक्रमणको अवस्था बढ्न थालेपछि हामीले यस्तो निर्णय गरेका हौँ’ प्रजिअ बोहराले भने ‘निषेधाज्ञाका नियमहरू यथावत् छन् ।’ शुक्रवार बसेको सुरक्षा समितिको […]
१३ भदौ, रौतहट । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका विजय रामको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक प्रदेश प्रहरी कार्यालयमा तानिएका छन् । गरुडा नगरपालिका-८ जिगंडवाका २० वर्षीय निरन्जन रामको घाटी रेटेर हत्या गरेको अभियोगमा प्रहरीले विजयलाई साउन ३२ गते पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेका रहेको उपचारका क्रममा वीरगञ्जमा मृत्यु […]
१३ भदौ, पोखरा । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट कास्कीमा थप एक जनाको मृत्यु भएको छ । पोखरा-१४ का ५८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । भदौ ७ गते मात्र पेटको अपरेशन गरेका उनलाई १० गते कोराना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा विहान […]
१३ भदौ, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) को उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी वा राष्ट्रसेवक कर्मचारीलाई डेरा/घरमा आउजाउमा अवरोध गर्नेलाई गृह मन्त्रालयले कारवाही गर्ने भएको छ । महामारी नियन्त्रणमा खटिएकाहरूलाई हुलहुज्जत गर्ने, धम्की दिने, बसोबास गरेको घर वा डेरामा आउन–जान नदिने, घेराउ गर्ने वा दुर्व्यवहार गर्नेलाई कडा कारवाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको गृह मन्त्रालयका […]
१३ भदौ, काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुरकी ६२ वर्षीया महिलाको आज (शनिबार)विहान र काठमाडौंकी ५१ वर्षीया महिलाको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । भक्तपुरकी महिलाको यही भदौ ८ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिइन् । उनको शनिबार बिहान मृत्यु भएको हो । यसैगरी […]
१३ भदौ, चितवन । चितवनको चितवन मेडिकल कलेजमा कोरोना संक्रमित एक जना महिलाको मृत्यु भएको छ । बारा निजगढकी ४७ वर्षीया महिलाको आज विहान मृत्यु भएको हो । कोभिड आइसियूमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । ती महिला मिर्गौला रोगबाट पीडित थिइन् । डायलाइसिस गर्नका लागि ती महिलालाई साउन २७ गते चितवन […]
१३ भदौ, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार ४ सय ३३ वटा स्वाब नमुना परीक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १५ वर्षदेखि ५६ वर्षका संक्रमितमध्ये ५ जना महिला छन् । पर्साका ३१, बाराका ८ जना, रौतहटको १ जना, सर्लाहीका २ […]
१३ भदौ, काठमाडौं । निषेधाज्ञाको बेलामा होम डेलिभरी सेवा दिनेहरुलाई निरुत्साहित नगर्न विवेकशील नेपाली दलले सरकारलाई आग्रह गरेको छ । हालै होम डेलिभरी सेवा दिनेहरुलाई प्रहरीले गरेको धरपकडको पनि विवेकशील नेपाली दलले विरोध गरेको छ । दलको तर्फबाट उपाध्यक्ष अजिता राईले शनिबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘संक्रमणबाट जोगिन आवश्यक पर्ने सबैजसो मापदण्ड पूरा गर्दै […]
१३ भदौ, डोटी । सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटना बर्सेनि बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७६/०७७ मा सुदूरपश्चिम प्रदेशमा दुई सय ८४ सडक दुर्घटना भएका छन् । यो संख्या आर्थिक बर्ष ०७५/०७६ भन्दा ५१ ले बढी हो । आर्थिक वर्ष ०७४/०७५ मा एक ६४ सवारी दुर्घटना भएका थिए । सो वर्ष सवारी […]
१३ भदौ, विराटनगर । जिल्ला कारागार मोरङमा बन्दी जीवन बिताइरहेका अर्का एक युवकको पनि मृत्यु भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका–४ का २६ वर्षीय फूर्वासिंह तामाङको शनिबार बिहान मृत्यु भएको हो । तामाङ चोरी मुद्दामा २०७६ साल फागुन २२ गते जिल्ला अदालत मोरङको आदेशबाट पूर्पक्षका लागि थुनामा थिए । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई बिहान १ […]
from समाचार – Online Khabar https://ift.tt/2QCUcNQ
via IFTTT