समाचार
१४ भदौ, सुर्खेत । कालीकोटमा पहिरोले पाँचवटा घर बगाउँदा तीनजनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार तिलागुफा नगरपालिका-१, नाग्म बजारमा पहिरोले घर पुर्दा तीनजनाको मृत्यु भएको हो । आइतबार बिहान ८ बजे घरमाथिबाट आएको पहिरोले पाँचवटा घर पुरेको डीएसपी लोकनाथ तिम्सिनाले जानकारी दिए । डीएसपी तिम्सिनाका अनुसार मृत्यु हुनेमा सुभकालिका गाउँपालिका-७ […]
१४ भदौ, काठमाडौं । पछिल्लो समय कारागारमा रहेका कैदी बन्दीहरुमा कोरोना संक्रमण बढ्न थालेको भन्दै गृहमन्त्री रामबहादुर थापा बादलले चिन्ता व्यक्त गरेका छन् । साथै सुरक्षाकर्मीहरुमा पनि संक्रमण बढेकोमा गृहमन्त्री चिन्तित देखिएका छन् । आइतबार राज्य व्यवस्था समितिको भर्चुअल बैठक बैठकमा सहभागिता जनाउँदै मन्त्री थापाले कारागार र ब्यारेकहरुमा संक्रमण बढेकोमा चिन्ता प्रकट गरेको बैठकमा सहभागी […]
१४ भदौ, चितवन । चितवनको भरतपुर महानगरपालिकाको बागेश्वरी आश्रममा कोरोना भाइरस संक्रमितलाई राख्न आइसोलेसन केन्द्र तयार पारिएको छ । योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा ७५ बेडको आइसोलेसन सञ्चालनमा ल्याइएको हो । भरतपुर महानगरपालिकाले प्राकृतिक चिकित्सालयसँग सहकार्य गरेर सञ्चालन गरेको आइसोलेसन केन्द्रको मेयर रेनु दाहालले आइतबार सुुभारम्भ गरिन् । पुरानो मेडिकल कलेज भरतपुरले झण्डै दुई […]
१४ भदौ, काठमाडौं । काठमाडौंको खुलामञ्चस्थित बस टर्मिनल क्षेत्रमा दिउँसो ३ बजेदेखि नै मानिसहरु भेला हुन थाल्छन् । मानिसहरुको संख्या बढ्दै ४ बजेतिर ४ देखि ५ सय हाराहारी पुग्छन् । शहरमा खानेकुराको अभावमा छाक टार्न समस्या परेकाहरु साढे ४ बजे स्वयंसेवकहरुले वितरण गर्ने खाना पर्खेर बसेका हुन्छन् । काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि निषेधाज्ञा सुरु […]
१४ भदौ, काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा कोरोना संक्रमणले आमाछोराको एकै दिन मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि शनिबार बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना भएकी धरान उपमहानगरपालिका-१७ की ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोराको आइतबार बिहान मृत्यु भएको हो । आमाको बिहान ८ : ३० र छोराको ७ :४५ बजे मृत्यु […]
१४ भदौ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का कुनै पनि मुलुकमा अहिलेसम्म भेटिएको भन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ७८ हजार ७६१ नयाँ संक्रमित फेला परेका हुन् । यसअघि अमेरिकाले एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमित भेटिने रेकर्ड बनाएको थियो […]
१४ भदौ, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) को बीमा गराउनेको संख्या १० लाख नाघेको छ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले शुक्रबारसम्म यस्तो बीमा गराउनेको संख्या १० लाख नाघेको जानकारी दिएको हो । आइतबार यो संख्या झन धेरै बढ्ने अनुमान गरिएको छ । समितिका अनुसार बीमा पुल मार्फत आठ लाख ३४ हजार ९ […]
१४ असोज, काठमाडौं । कुलेश्वर क्षेत्रमा सञ्चालन भएको जय माँ दुर्गा ट्रेडर्सबाट बिक्री गर्न लागिएको २ सय बोरा केराउ, १ सय बोरा चालम र २० बोरा भटमास बिक्रीका लागि रोक लगाइएको छ । काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको नेतृत्वमा गएको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले यी खाद्य सामाग्री बिक्री गर्न रोक लगाएको हो […]
१४ भदौ, काठमाडौं । जंगी अड्डामा कार्यरत एक जवानले आत्महत्या गरेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका अनुसार आज विहान २ः४५ बजे तनहुँ रानीपोखरी स्थायी ठेगाना भएका एक जवानले आफूले बोकेको हतियार प्रयोग गरी आत्महत्या गरेका हुन् । सो घटना सम्वन्धी जवानको नजिकका नातेदारलाई जानकारी गराइसकिएको नेपाली सेनाले जनाएको छ । सैनिक प्रहरी समेतको […]
१४ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रवास समन्वय कमिटीले श्रम गन्तव्य मुलुकमा रहेको नेपालीहरुलाई चार्टर्डभन्दा नियमित उडान महँगो परेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । कमिटीका अध्यक्ष युवराज चौलागाई र सचिव श्रीप्रसाद साहले आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री योगेश भट्टराई र श्रममन्त्री रामेश्वर रायलाई भेटेर यसबारे चासो व्यक्त गरेका हुन् । चौलागाईंले […]
१४ भदौ, काठमाडौं । नेपालले गत आर्थिक वर्ष २०७६/७७मा झण्डै एक अर्ब रुपैयाँको विद्युत् भारत निर्यात गरेको छ । आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गरिरहेको भन्ने आरोप खेपिरहेको नेपाल विद्युत प्राधिकरणले गत आवमा ९५ करोड ७० लाख रुपैयाँको विद्युत भारत निर्यात गरेको हो । यसले देश विद्युतमा आत्मनिर्भरतातर्फ अगाडि बढेको संकेत गरेको प्राधिकरणले जनाएको […]
१४ भदौ, काठमाडौं । टिच फर नेपालले लकडाउन र निषेधाज्ञाका बेला घरमै बसेर पढ्न मिल्ने ‘वर्कबुक’ तयार पारेको छ । यो पाठ्यपुस्तक सहयोगी पुस्तिका हो । अनलाइन, रेडियो र टेलिभिजनमा पहुँच नभएका विद्यार्थीले पनि घरमै बसेर पढाइलाई निरन्तरता दिन सकिने गरी पुस्तक तयार पारिएको टिच फर नेपालका सह–संस्थापक शिशिर खनालले जानकारी दिए । खनालका अनुसार […]
१४ भदौ, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६ महिने शिशुदेखि ९७ वर्ष उमेर समूहका ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४७ जना पर्साका, ३० जना बाराका तथा मोरङ र काठमाडौंका–१/१ जना छन् । पर्साको पोखरियामा मात्रै १२ जनामा संक्रमण देखिएको छ भने बाँकी वीरगञ्ज महानगरपालिकाका संक्रमित छन् । बाराको […]
१४ भदौ, वीरगञ्ज । कोरोना संक्रमणबाट रौतहटका थप १ जनाको वीरगञ्जमा मृत्यु भएको छ । गण्डक कोभिड अस्पतालमा उपचाररत रौतहटको राजपुरतुल्सी घर भएका ४० वर्षीय पुरुषको आइतबार बिहान ७ः४० बजे मृत्यु भएको डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए । उनलाई भदौ १२ गते गण्डक कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । पुरानो मधुमेहका रोगी […]
१४ भदौ, काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत २९ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु भएको छ । उनको गएराति १० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । ललितपुर निवासी ती युवक गत साउन २८ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए । उनमा अन्य रोग थियो कि थिएन भन्ने कुरा जनस्वास्थ्य कार्यालयले खुलाएको छैन । […]
१४ भदौ, काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता बेलायतमा १ जना र युएईमा २ जनाको मृत्यु भएको हो । योसँगै कोरोनाबाट विदेशमा मृत्यु हुने नेपालीहरुको संख्या […]
१४ भदौ, काठमाडौं । द्वन्द्वपीडितहरुले आफूहरुका मागमा सरकारले आँखा चिम्लेको भन्दै आक्रोश व्यक्त गरेका छन् । सरकारले पीडितहरुको सत्य, न्याय र परिपूरणको जायज मागलाई निरन्तर उपेक्षा गरेको उनीहरुको भनाइ छ । द्वन्द्वपीडितहरुले संयुक्त अपिल जारी गर्दै पीडितका पीडामा मल्हमपट्टी नगर्ने सरकारले सुखी नेपालीको हास्यास्पद कुरा गरेको टिप्पणीसमेत गरेका छन् । द्वन्द्वपीडितका ४१ संस्थाले जारी गरेको […]
१४ भदौ, सप्तरी । सप्तरीमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका वडा नम्बर–२ तेतरीगाछी निवासी ६५ वर्षीया महिला छिन् । बिरामी भएपछि शुक्रबार गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी उनको तत्कालै स्वाब संकलन गरिएको थियो । उनको स्वाबको रिपोर्ट शनिबार साँझ पोजेटिभ आएको थियो । तर […]
१४ भदौ, दाङ । दुई चिकित्सकसहित नौ जनामा कोरोना संक्रमण पुष्टि भएपछि दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल अनिश्चितकालका लागि सिल गरिएको छ । अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेका अनुसार शनिबार साँझ ६ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अस्पताल र अस्पताल परिसरको ५० मिटर क्षेत्रभित्र सिल गरिएको छ । प्रादेशिक अस्पतालका २ चिकित्सक, ३ […]
१४ भदौ, काठमाडौं । स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । बा २ झ ४०११ नम्बरको एम्बुलेन्स आइतबार बिहान सवा ४ बजे वालिङ नगरपालिका–५ माझकोट भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा चापाकोट- ९ का ३५ वर्षीय भानुभक्त गैरे र २२ वर्षीय श्याम पँगेनीको मृत्यु […]
१४ भदौ, काठमाडौं । उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री र प्रधानसेनापतिसहितका पदाधिकारीको कोभिड–१९ को पछिल्लो पिसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) को गत आइतबार बसेको बैठकमा सहभागी पदाधिकारीलाई चिया र पानी उपलब्ध गराउने व्यक्तिमा कोरोना संक्रमण देखिएपछि उनीहरुको पिसीआर परीक्षण गरिएको थियो । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, […]
from समाचार – Online Khabar https://ift.tt/3ltyx8N
via IFTTT