Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

६ महिनापछि नियमित हुँदै अन्तर्राष्ट्रिय उडान, ८ देशको प्रतिवन्ध फुकुवा

१० भदौ, काठमाडौं । सरकारले कोरोनाका कारण अन्तर्राष्ट्रिय उडानमाथि लगाएको प्रतिवन्ध विभिन्न ८ वटा देशका हकमा फुकुवा गरेको छ । गत चैत १० गतेबाट कुनै पनि देशका विमानले नेपालमा उडान भर्न नपाउने गरी प्रतिवन्ध लगाइएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ८ देशमाथिको उडान प्रतिवन्ध खुला गर्दै नियमित उडान तालिका तय गरेको हो […]

बुटवलका १३ जना थुनुवामा कोरोना संक्रमण

१० भदौ, बुटवल । इलाका प्रहरी कार्यालय बुटवलमा राखिएका १३ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न अभियोगमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पुष्टि गरेको छ । १३ जनामध्ये तीनजना बुधबार नै छुट्ने क्रममा रहेका रुपन्देही प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्क बहादुर […]

बाबु गुमाएको २० दिनपछि कोरोना संक्रमणबाट छोरीको मृत्यु

१० भदौ, विराटनगर । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विराटनगर– ११ कि ४४ वर्षीया महिलाको मृत्यु भएको पुष्टि भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई मंगलबार दिउँसो बुढीगंगा गाउँपालिका–२ मा रहेको विराट मेडिकल कलेजमा लगिएको थियो । राति करिव ८ बजेतिरे इमर्जेन्सी कक्षमै उनको मृत्यु भएको छ । अस्पताल भर्ना भएलगत्तै स्वाब संकलन गरिएको थियो […]

बाँकेमा ५१ सैनिकमा कोरोना संक्रमण पुष्टि

१० भदौ, बुटवल । बाँकेमा बुधबार एकैदिन ५१ जना सैनिकसहित ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा २२ जना र कोहलपुरको बागेश्वरी पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरमा ५१ जना गरी ७३ जना संक्रमित थपिएका हुन् । कोहलपुर नगरपालिका–१ कौशिल्या नगरस्थित नेपाली सेनाको पश्चिम पृतना शिक्षालय ब्यारेकबाट १०० जनाको नमुना […]

स्वास्थ्य मन्त्रालयले प्रदेश २ मा पठायो २२ जना विशेषज्ञ चिकित्सक

१० भदौ, काठमाडौं । कोरोना संक्रमणको हटस्पट बनेको प्रदेश २ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ जना विशेषज्ञ चिकित्सकलाई पठाउने तयारी गरेको छ । मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टकाअनुसार मंगलबार नारायणी अस्पताल वीरगन्जमा काम गर्ने गरी ९ जना चिकित्सक पुगिसकेका छन् । त्यसैगरी १३ जना चिकित्सक भने धनुषाको जनकपुर प्रादेशिक अस्पताल र रौतहटको गौर […]

कोरोनाबाट मृत्यु भएका पुरुषको रिपोर्ट : कहिले नेगेटिभ, कहिले पोजेटिभ !

१० भदौ, कैलाली । एक महिना अगाडि भारतबाट फर्किएका कैलालीको गोदावरी नगरपालिका–११ का ४५ बर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट बुधबार मृत्यु भयो । भारतमा पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनी साउन ११ गते नेपाल आए । गोदावरी नगरपालिकाले त्यही दिन उनको स्बाब संकलन गर्‍यो । त्यसको रिपोर्ट नआउँदै स्वास्थ्यमा समस्या भएपछि उनी १३ गते सेती […]

स्वास्थ्य मन्त्रालयका प्रशासन प्रमुख विष्ट सुदूरपश्चिममा सरुवा

१० भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख रघुराम विष्ट सरुवा भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सरुवा गरेको ६० जनाको सूचीमा उनी सरुवामा परेका हुन् । विष्टलाई सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय पठाइएको छ। उनको ठाउँमा प्रदेश नं १ मा आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हालेका […]

सरकारले कोरोना नियन्त्रणको योजना सार्वजनिक गरोस् : कांग्रेस

१० भदौ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले कोरोना नियन्त्रणको अल्पकालीन र दिर्घकालीन योजना सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । सरकारले निषेधाज्ञा जारी गरेको तर त्यसपछि के भन्ने प्रष्ट नपारेको उसको आरोप छ । कांग्रेसको कोरोना अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले भनेका छन्, ‘सरकारसँग के योजना छ सार्वजनिक गरोस् । संक्रमण यो भन्दा […]

कर्णाली अस्पतालका २ स्वास्थ्यकर्मीमा कारोना संक्रमण

१० भदौ, सुर्खेत । कर्णाली प्रदेश अस्पतालका चिकित्सकसहित दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा चिकित्सक र एक स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो । प्रदेश अस्पतालका अनुसार ओपीडीमा कार्यरत चिकित्सक र अस्पतालमा कार्यरत एक जना महिला स्वास्थ्यकर्मी रहेका छन् । उनीहरुमा संक्रमण देखिएपछि बुधबार नै […]

पोखरीमा डुबेर १४ महिने बालकको मृत्यु

१० भदौ, जनकपुरधाम । महोत्तरीमा घरनजिकैको पोखरीमा डुबेर १४ महिनाका बालकको मृत्यु भएको छ । जिल्लाको बर्दिवास नगरपालिका- १२ निवासी रञ्जित मल्लिकका १४ महिने छोरा विवेकको मृत्यु भएको प्रहरीले जनाएको छ । भंगाहा नगरपालिका- ६ र बर्दिबास नगरपालिका- १२ को सिमानामा रहेको सार्वजनिक पोखरीको डिलमा खेल्ने क्रममा अचानक उनी पोखरीमा डुबेर मृत्यु भएको महोत्तरीका प्रहरी […]

स्वास्थ्य विषयका प्रमाणपत्र तहमुनिका सबै कार्यक्रम खारेज

१० भदौ,  राष्ट्रिय चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी) सँग सम्बन्धन लिएर सञ्चालित स्वास्थ्य विषयका प्राविधिक एसएलसी सरहका कार्यक्रम खारेज गर्ने निर्णय गरेको छ। आयोगको साउन ३० गते बसेको बैठकले चिकित्सा शिक्षा ऐन २०७५ को दफा ४२ अनुसार प्रमाणपत्र तहभन्दा मुनिका सबै कार्यक्रम खारेज गरेको हो । यो निर्णय यसै शैक्षिक […]

‘संक्रमितलाई १४ दिनमा घर पठाउनू, नभए सरकारले खर्च व्यहोर्दैन’

१0 भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका वा सामान्य लक्षण भएका कोरोना संक्रमितहरुको १० औं दिनमा पीसीआर टेष्ट गर्न निर्देशन दिएको छ । यसरी टेष्ट गर्न नेगेटिभ आए होम आइसोलेनसमा बस्ने गरी घर पठाउनुपर्नेछ । पोजेटिभ आएकाहरुलाई थप चार दिन अस्पतालमा राख्नुपर्नेछ र, १४ औं दिनको दिन पीसीआर टेष्ट नगरी डिस्चार्ज गर्नुपर्नेछ […]

मोरङका ६ स्थानीय तहमा एकसाता लकडाउन थपियो

१० भदौ, विराटनगर । मोरङको दक्षिणी क्षेत्रका ६ वटा स्थानीय तहले लकडाउन एक साता थप गर्ने निर्णय गरेका छन् । मोरङको रंगेली नगरपालिकामा भएको छलफलपछि ६ वटा स्थानीय तहले बुधबारदेखि लागु हुनेगरी एकसाता अत्यावश्यक सेवाबाहेक  बजार र यातायात बन्द गर्ने निर्णय गरेका हुन्। रतुवामाई, सुनबर्षी, रंगेली नगरपालिका, धनपालथान, कटहरी र जहदा गाउँपालिकामा एकसाता लकडाउन थप […]

मेरो नातेदारले सम्बन्धको दुरुपयोग गरेका छैनन् : ईश्वर पोखरेल

१० भदौ, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफ्नो नाता पर्ने व्यक्तिले सम्बन्धको दुरुपयोग गरी लाभको पद नलिएको दावी गरेका छन् । उनले बुधबार फेसबुकमा एक सूचना राखी आफूसँगको नाता सम्बन्धको आधारमा कानूनी व्यवस्था उलंघन गरी पद प्राप्त गरेको भन्ने विषयमा सत्यता नभएको बताएका हुन् । ‘मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका […]

नेपाल भित्रिन थाल्यो साल्ट ट्रेडिङले ल्याएको युरिया मल

१० भदौ, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले खरिद गरेको यूरिया मल नेपाल भित्रिन सुरु भएको छ । पछिल्लो तीन दिनमा वीरगन्ज र विराटनगर नाका भएर तीन हजार सात टन यूरिया मल नेपाल भित्रिएको साल्ट ट्रङले जनाएको छ । मंगलबार साँझ वीरगन्जमा रेलमार्फत एक र्‍याक २५ सय टन र विराटनगरमा तीन दिनदेखि ट्रकमार्फत ५०७ टन यूरिया […]

हेटौंडामा निषेधाज्ञा तोड्दै कांग्रेसले गर्‍यो सार्वजनिक कार्यक्रम

१० भदौं, हेटौंडा । मकवानपुरको हेटौंडामा नेपाली कांग्रेसले निषेधाज्ञा तोड्दै सार्वजनिक कार्यक्रम गरेको छ । हेटौंडा उपमहानगरपालिका– ७ चौघडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बागमती प्रदेशको प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले निषेधाज्ञा तोड्ने अभियान सुरु भएको बताए । ‘अब निषेधाज्ञा तोड्ने अभियान मैले सुरु गरेको छु, सामाजिक दुरी कायम गरेर काममा जानुको कुनै विकल्प छैन यसरी […]

विदेशबाट विमानमा नेपाल आउन सरकारका शर्तैशर्त

१० भदौ, काठमाडौं । सरकारले १ सेप्टेम्बरबाट नियमित र चार्टर्ड दुवै प्रकारका अन्तर्राष्ट्रिय उडानको तालिका तय गरेको छ । तर कोरोना भाइरसको महामारीका बीचमा हुन लागेको उडानका लागि थुप्रै शर्तहरू राखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ८ देशमाथिको उडान प्रतिबन्ध खुला गर्दै नियमित उडान तालिका तय गरेको हो । अब मलेसिया, टर्की, […]

काठमाडौंमा भूकम्पको धक्का

१० भदौ, काठमाडौं । काठमाडौंमा बुधबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ । दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौंको कालीमाटीलाई केन्द्रविन्दु बनाएर २.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

बाँझो जमिनमा अर्गानिक जडिबुटी खेती

१० भदौ, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–७ सातबिसेमा जडिवुटी खेती शुरु भएको छ । स्थानीय वासिन्दाको करिब ५ सय रोपनी जग्गा भाडामा लिएर मोरिङ्गा र सिटोनेला लगाइएको लार्के हिमाल जडिवुटी उद्योगले जनाएको हो । उद्योगका प्रोपराइटर दिपक पाण्डेले भने, ‘मोरिङ्गाको दश हजार विरुवा सारिसक्यौ, सिटोनेलाको एक लाख विरुवा आउदैछ ।’ उद्योगले मोरिङ्गाको विरुपा भने […]

प्रदेशसभाको ‘अनियमितता’बारे अख्तियारले थाल्यो अनुसन्धान

१० भदौ, बुटवल । प्रदेश ५ को प्रदेशसभामा भएका खर्चमा अनियमितताको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । प्रदेश सभा सचिवालयले गाडी मर्मतमा गरेको ६० लाख रुपैयाँ  भन्दा बढी खर्च र प्रदेश सभाका सचिव दुर्लभकुमार पुन र लेखा अधिकृत आलोक अग्रहरिले कानून विपरीत घरभाडा लिँदै आएको विषयमा उजुरी परेको थियो । यस […]

रौतहटमा एक घर एक परिक्षण अभियान

१० भदौ, रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिकामा एक घर एक पीसीआर अभियान संचानल हुने भएको छ । गाउँपालिकाका अध्यक्ष अरुण साहले भदौ १२ गते शुक्रबार हेल्थ डेस्क सञ्चालन गरेर गाउँपालिकाका सबै घरधुरीका वासिन्दाको परीक्षण गर्ने बताएका छन् । परीक्षणका लागि स्वास्थ्य चौकीका कर्मचारीको व्यवस्थापनलगायतको काम गरेको उनले बताए । पछिल्लो समय रौतहटमा संक्रमितको संख्या […]



from समाचार – Online Khabar https://ift.tt/2D3QRUM
via IFTTT
Powered by Blogger.