समाचार
१४ भदौ, काठमाडौं । यातायात व्यवस्था विभाग मिनभवनका एक अधिकारीमा कोरोना संक्रमण देखिएको छ । आइतबार दिउँसो केही कर्मचारीहरुको विदाइ कार्यक्रममा समेत सहभागी भएका अधिकारीलाई साँझ कोरोना देखिएपछि विभागका अधिकृतभन्दा माथिल्ला स्तरका सबै कर्मचारी आइसोलेट हुनुपर्ने भएको हो । विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार २/३ दिन विभागमा माथिल्ला स्तरका कर्मचारीसहितको बैठक पनि भएको थियो । […]
१४ भदौ, काठमाडौं । मलेसियास्थित नेपाली दूतावासले शुक्रबार सरकारलाई दुई पन्ना लामो पत्र पठाएर भनेको छ, ‘नियमित फ्लाइटलाई प्रतिस्पर्धी नबनाए यात्रु -‘घर फर्किने नेपालीहरुले मँहगो मूल्यमा यात्रा गर्नुपर्ने अवस्था आउँदैछ ।’ पत्रमा नियमित उडानका लागि मलेसियाबाट एकतर्फी उडानको भाडा ८७ हजार (२९ सय रिंगेट)भन्दा बढीसम्म उठाउन सुरु भएको जानकारी पनि दिइएको थियो । स्रोतका अनुसार […]
१४ भदौ, हेटौंडा । संघीय सरकारको शिक्षा मन्त्रालयको निर्देशन विपरित मकवानपुरको भिमफेदी गाउँपालिकाले विद्यालयमा आइसोलेसन सेन्टर निर्माण गरेको छ । कोरोना संक्रमितको संख्या बढेसँगै पालिकाले महेन्द्र माध्यमिक विद्यालयमा १० बेडको आइसोलेसन सेन्टर बनाएको स्वास्थ्य संयोजक राम थिङले बताए । शिक्षा मन्त्रालयले भने विद्यालय भवनमा कोरोना संक्रमितको उपचारको लागि आइसोलेसन नबनाउनु र भएको भए हटाउन भनेको […]
१४ भदौ, बुटवल । रुपन्देहीमा भदौ २० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले आइतबार सांझ सूचना जारी गर्दै भदौ १४ गते रातिसम्मको निषेधाज्ञालाई भदौ २० गतेसम्म निरन्तरता दिएका हुन् । कोरोना संक्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउन जिल्लाभर लकडाउन थप गर्ने निर्णय भएको प्रजिअ पन्थले बताए । निषेधाज्ञा […]
१४ भदौ, बुटवल । स्रोत नखुलेको ५ लाखभन्दा बढी रकमसहित एकजना डिभिजनल इन्जिनियर पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयको स्टिङ अपरेसनमा पुर्वाधार बिकास कार्यालय, बाँकेका कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर मनिषकुमार अर्याललाई ५ लाख ३० हजार रुपैयाँसहित पक्राउ परेका हुन् । उनलाई ६६-१-०७६१ नं. को कार्यालयको गाडीसहित भौतिक पुर्वाधार विकास मन्त्रालय […]
१४ भदौ, काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सबै कोरोना संक्रमितको उपचारको जिम्मा लिन सरकारलाई निर्देशन दिएको छ । लक्षण नदेखिएका संक्रमितलाई अस्पतालमा भर्ना नलिने, अस्पताल भर्ना हुन स्वास्थ्य मन्त्रालयको स्वीकृति लिनुपर्ने, लक्षण नदेखिएका संक्रमितलाई घरमै राख्ने गरिएको भन्दै समितिले त्यसो नगरी सबै कोरोना संक्रमितको उपचारको जिम्मा लिन सरकारलाई निर्देशन दिएको हो । […]
१४ भदौ, ललितपुर । ललितपुर महानगरपालिकाको नगर प्रहरी बलको प्रमुखमा सीताराम हाछेथु नियुक्त भएका छन् । उनले आइतबारदेखि नगर प्रहरी प्रमुखको रुपमा काम गर्न थालेका ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए । हाछेथु नेपाल प्रहरीको अवकाशप्राप्त प्रहरी निरीक्षक हुन् । लामो समय ट्राफिक प्रहरीको रुपमा काम गरेका उनी सडकमा ट्राफिक नियम पालनामा कडाइ गरेर […]
१४ भदौ, गोरखा । गोरखामा आइतवार एकै दिन १२ जना कोरोना संक्रमित थपिएका छन् । गोरखा नगरपालिका वडा नम्वर १३ का दश जना र वडा नम्वर ८ र १० का एक/एक जनामा संक्रमण पुष्टि भएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले बताए । संक्रमित हुनेहरुमा ५ बर्षीय बालिका देखि ७५ बर्षीय महिलासम्म छन् । बिरामी भएर […]
१४ भदौ, काठमाडौं । काठमाडौंको घट्टेकुलोस्थित नेसनल मेडिकल कलेजको भवनमा ५ सय बेडको आइसोलेसन केन्द्र बनाउने तयारी भएको छ । बढीमा एक साताभित्र ५ सय शय्याको आइसोलेसन सेन्टर खोज्ने जिम्मा पाएको जीवनराम श्रेष्ठ, कृष्ण राई लगायतको टोलीले नेसनल अस्पतालमा कोरोना संक्रमितलाई छनोट गरेको र त्यस अनुसार तयारी अन्तिम चरणमा पुर्याएको समितिका सदस्य श्रेष्ठले जानकारी दिए […]
१४ भदौ, गोरखा । कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै गोरखामा भदौ १ देखि लगाइएको निषेधाज्ञा सोमबारदेखि हट्ने भएको छ । आइतबार बसेको जिल्लास्तरीय कमाण्ड पोष्टको बैठकले सोमबारदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो । अब जिल्लामा होटल, रेष्टुरेन्ट, व्युटी पार्लर, सैलुन, जिमखाना, फिल्म हल र कभर्ड हलबाहेकका अन्य पसल सञ्चालन गर्न पाइने छ । निजी […]
१४ भदौ, काठमाडौं । नेपालले थप तीन मुलुकसँग हवाई सम्झौता गर्ने गरी प्रक्रियालाई अघि बढाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले रसिया, फिनल्याण्ड र इन्डोनेसियासँग हवाई सम्झौता गर्ने प्रक्रियालाई गति दिने निर्णय गरेको एक उच्च अधिकारीले जानकारी दिए । ‘यी मुलुकहरु पनि नेपालसँग सम्झौताका लागि इच्छुक छन्,’ उनले […]
१४ भदौ, काठमाडौं । जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने भएको छ । यसअघि नेपाल राष्ट्र बैंकले कोरोनाको त्रास रहुन्जेलका लागि मात्रै यो व्यवस्था लागू गर्न बैंकहरुलाई निर्देशन दिएको थियो । अब सँधैका लागि शुल्क नलिन राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले निर्देशन दिएको हो । लकडाउनका बेला बैंकर्स संघले नै शुल्क नलिने […]
१४ भदौ, काठमाडौं । नेपालमा पहिलो पटक ‘स्ट्रियोलेटेड बन्टिङ’ प्रजातिको चरा भेटिएको छ । चितवनका करण गिरी र अस्मा गुरुङले बराही जंगल रिसोर्टमा तस्वीर खिचेको सो चराकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको इकोलोजी शाखाले नयाँ दर्ताको लागि सिफारिस गरेको छ । शाखाको सिफारिससँगै सो चरा नेपालको नयाँ चराको रूपमा सूचीकरणमा परेको पन्छीविद् सोम जिसीले […]
१४ भदौ, हेटौंडा । हेटौंडामा प्रदेश स्तरीय कृषि थोक बजारको निर्माणका लागि सम्झौता भएको छ । थोक बजारको निर्माणका लागि बागमती प्रदेश सरकारको कृषि विकास निर्देशनालय र हेटौंडा उपमहानगरपालिकाबीच सम्झौता भएको छ । ४१ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त बजार निर्माणका लागि ७० प्रतिशत रकम बागमती प्रदेश सरकार र ३० प्रतिशत हेटौंडा उपमहानगरपालिकाले ब्यहोर्नेछ […]
१४ भदौ, जनकपुरधाम । सर्लाहीमा आगामी भदौ २१ गतेसम्मका लागि कायम रहने गरी निषेधाज्ञाको म्याद थप गरिएको छ । जिल्लामा चौथो पटक निषेधाज्ञा थप गरिएको हो । तेस्रो पटक थपिएको म्याद आइतबार सकिनै लाग्दा चौथो पटक निषेधाज्ञाको समय बढाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका […]
१४ भदौ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले १७ गतेपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गर्न नहुने बताएका छन् । बन्द थपेको थप्यै गर्दा मुलुकको अर्थतन्त्र डामाडोल हुने भन्दै उनले १७ गतेपछि काठमाडौं प्रवेश गर्ने नाकाहरुबाट मान्छेको आवात-जावत रोकेर काठमाडौं उपत्यका भने खोल्नुपर्ने बताएका हुन् । उनले जोरबिजोर प्रणाली भने कायम गर्नुपर्ने बताए […]
१४ भदौ, सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको एकै परिवारका ११ जनामा एकै दिन कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाको वडा नम्बर ९ घर भएका ती परिवारको ११ जना एकै पटक संक्रमित पाइएको नगरपालिकाका स्वास्थ्य संयोजक रामदेव यादवले जानकारी दिए । यो परिवारका एक जना पुरुष गाडी चालक छन् । ३२ बर्षीय उनको गत […]
१४ भदौ, काठमाडौं । निजामती कर्मचारी (सिभिल) अस्पतालका कर्मचारीहरुले सरकारी कर्मचारी सरह तलब सुविधा माग गर्दै आन्दोलन सुरु गरेका छन् । अस्पतालमा कार्यरत कर्मचारीहरुको संगठन निजामती कर्मचारी अस्पताल कर्मचारी संघले कर्मचारीले पाउने तलब, सेवा सुविधा, बिमालगायत सरकारले तोकेअनुसार नभएको भन्दै आइतबारदेखि आन्दोलन सुरु गरेको हो । कर्मचारीहरुले विभिन्न माग लेखिएका ब्यानरसहित अस्पताल अगाडि उभिएर आन्दोलन […]
१४ भदौ, काठमाडौं । पाँचौ चरणको उद्धार उडानका दौरान आइतबार काठमाडौंमा कुल ८ उडान-अवतरण भए । ती उडानबाट कुल ४८० जना यात्रु नेपाल आएका छन् । ४२ जना यात्रु भने नेपालबाट विदेश उडेका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार भूटानको डु्रक एयरले १ बच्चासहित १० यात्रुलाई काठमाडौंबाट भुटान लगेको छ । नेपाल एयरलाइन्सले मलेसियाबाट १५१ […]
१४ भदौ, बुटवल । जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले रुपन्देही जिल्लामा भदौ २० गतेसम्म निषेधाज्ञा लगाउन सिफारिस गरेको छ । यसअघि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको आदेश भदौ १४ गते राति १२ बजे सकिँदैछ । निषेधाज्ञाको अवधि सकिनुअघि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा आइतबार दिउँसो बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण […]
१४ भदौ, जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । पछिल्लो २४ घण्टाभित्र २ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आइतबारसम्म संक्रमितको संख्या १० हजार २२ पुगेको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार […]
from समाचार – Online Khabar https://ift.tt/2YLAyU0
via IFTTT