Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

मकवानपुरमा निषेधाज्ञा हट्यो, विहान १० बजेसम्म बजार खुल्ने

१५, भदौ, हेटौंडा । साउन २६ गतेदेखि सुरु भएको मकवानपुरको चार स्थानीय तहको निषेधाज्ञा भदौ १६ गतेदेखि हटाइएको छ । निषेधाज्ञा हटाए पनि सोमबार बसेको जिल्ला स्तरीय संकट व्यवस्थापन समितिको बैठकले पसल र व्यवसाय सञ्चालनमा केही प्रतिबन्ध लगाउने निर्णय गरेको छ । उक्त निर्णयअनुसार विहान ५ देखि १० बजेसम्म खुला गर्ने र औद्योगिक क्षेत्र पनि […]

शुरुमै अस्पताल लगेको भए हुनेरहेछ !

१५ भदौ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ कि ६८ वर्षीया  महिलालाई भदौ ११ मा कोरोना संक्रमण पुष्टि भयो । मधुमेह र उच्च रक्तचापको समस्या भएकी उनले बुटवल हस्पिटल प्रालिमा डा. नन्दु पाठकसँग नियमित चेकजाँच गराउँदै आएकी थिइन् । पछिल्लोपटक जचाउन जाँदा डाक्टरले कोरोना जाँच गर्न भनेपछि उनले आफ्नै खर्चमा पीसीआर परीक्षण गरेकी थिइन् । साउन […]

सिटिइभिटीका तालिम खारेज गरिएकोमा नेविसंघको विरोध

१५ भदौ, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) बाट सन्चालित चिकित्सा शिक्षा सम्बन्धी विषयहरु खारेज गरिएकोमा नेविसंघले विरोध जनाएको छ । भावी योजना र विकल्पसमेत नदिई विगत २५ वर्षदेखि सन्चालित सीएमए, अनमी, ल्याब असिस्टेन्ट, आयुर्वेद, टी–एसएलसी र एसईई स्तरका १८ महिने तालिमहरु बन्द गरिएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकट नेविसंघले विरोध जनाएको […]

सरकारी सिल तोडेर पानी उद्योग सञ्चालन

१५ भदौ, काठमाडौं । गुणस्तरहीन भन्दै ६ महिनाअघि सिल गरिएको पानी उद्योगबाट निरन्तर उत्पादन र बिक्री भईरहेको खुलेको छ । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको त्रिकोण बेभरेज नामक पानी उद्योगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले लगाएको सिल तोडेर उत्पादन गरिरहेको भेटिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । पानी प्रशोधन र जारको गुणस्तरमा कैफियत देखिएपछि विभागले गत […]

धेरै संक्रमित भेटिएकै टोलमा गरिएन कन्ट्याक्ट ट्रेसिङ

१५ भदौ, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–१० मा भदौ ८ गते २२ जनामा कोरोना संक्रमण पुष्टि भयो । तीमध्ये १८ जना एउटै टोलका थिए । कतिपय परिवारका सबै सदस्यमा संक्रमित भएका थिए । साउन ३२ गते परीक्षणका लागि स्वाब दिएका १०१ जनाको भदौ ८ गतेमात्रै नतिजा आएको थियो । एकैपटक धेरै संक्रमित भेटिएपछि गाउँमा त्रास […]

बुधबारसम्म मेघगर्जनसहित वर्षा हुने

१५ भदौ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म मेघगर्जन र चट्याङ सहित वर्षा हुने पूर्वानुमान गरेको छ । सोमबार राति प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेशका केहीस्थानमा भारी वर्षा र देशभर हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ । मंगलबार देशका अधिकांश भूभागमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा तथा प्रदेश ५ […]

आईएसपीहरुकोे टाउको दुखाइ बन्यो टिकटक, ब्यान्डविथ खपत आकाशियो

१५ भदौ, काठमाडौं । नेपालमा अत्यधिक लोकप्रिय बनिरहेको म्युजिकल एप टिकटक इन्टरनेट सेवाप्रदायकहरुका लागि भने टाउकोदुखाईको विषय बनेको छ । टिकटकले हालै गरेको प्राविधिक परिवर्तनका कारण ब्यान्डविथमा अत्यधिक चाप परेपछि उनीहरुलाई इन्टरनेटको माग धान्न मुस्किल परिरहेको छ । चैत ११ को लकडाउनअघि टिकटकको अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत ७ जीबीपीएस थियो । लकडाउनपछि यो बढेर १३ जीबीपीएस […]

डेढ अर्ब लगानीमा झापामा तयार भयो पाँचतारे होटेल

१५ भदौ, काठमाडौं । पर्यटक आगमन ठप्प भएको ६ महिना नाघ्यो, अझै कति समय यो अवस्था रहने हो टुंगो छैन । यस्तै परिस्थितिकाबीच झापाको धुलाबारीमा पूर्वाञ्चल कै पहिलो पाँचतारे स्तरको होटेल ‘होटेल मेची क्राउन’को ‘गृहप्रवेश’ भएको छ । विश्वका विभिन्न मुलुकमा आतिथ्य सेवामा अनुभव हाँसिल गरी फर्किएका चार जना युवाको टिमको जमघटको जन्मियो ‘द पीक […]

विशेष र जिल्ला सरकारी वकिल कार्यालयको संयुक्त भवन शिलान्यास

१५ भदौ, काठमाडौं । विशेष सरकारी वकिल कार्यालय र जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंको संयुक्त कार्यालय भवनको शिलान्यास गरिएको छ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले संयुक्त कार्यालय भवनको एक कार्यक्रमबीच सोमबार शिलान्यास गरेका हुन् । भ्याटबाहेक ३१ करोड ६२ लाख ४० हजार ५७६ रुपैयाँ २३ पैसामा सम्झौता भएको भवनको ठेक्का प्रेरा तुलसी भक्त कन्स्ट्रक्सन प्रा. लिले […]

कोरोनामुक्त युवकद्वारा एम्बुलेन्स तोडफोड

१५ भदौ, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका विरामीले प्रहरीको एम्बुलेन्स नै तोडफोड गरेका छन् । साथै, विना आधार अपहरण जस्तो गम्भीर आरोप लगाउँदै सुरक्षाकर्मीलाई दुर्व्यहार गरेका छन् । घटनापछि प्रहरी चौकी, सल्लाघारीले भक्तपुरको कमलविनायक बस्ने २४ वर्षीय युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बलका अनुसार कोरोना भाइरसको संक्रमण पुष्टि भएका उनी ७ […]

कतारले बढायो श्रमिकको न्यूनतम तलब, काम परिवर्तन गर्न पाइने

कतार । कतारको सरकारले आइतबार आफ्नो श्रम नियम परिवर्तन गरेको घोषणा गरेको छ । जसमा श्रमिकको न्यूनतम तलब २५ प्रतिशत बढाउने निर्णय गरिएको छ । यससँगै कतारमा श्रमिकको न्यूनतम तलब एक हजार रियाल (२७५ डलर) पुगेको छ । साथै कामदारहरुले काम परिवर्तन गर्न रोजगार दाताबाट अनुमति लिनुपर्ने प्रावधान पनि हटाइएको छ । कामदारहरुले आफ्नो करार […]

सुर्खेतका सीडीओलाई फेसबुकमा गाली गर्ने युवक पक्राउ

१५ भदौ, सुर्खेत । प्रमुख जिल्ला अधिकारी (सीडीओ) हिरालाल रेग्मीलाई सामाजिक सञ्जालमा गाली गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् । सीडीओ रेग्मीविरुद्ध अपशब्द लेखेको आरोपमा वीरेन्द्रनगर-१२ का राजन चालिसे पक्राउ परेका हुन् । कोरोना संक्रमण बढ्दै गएका बेला निषेधाज्ञा हटाउन गरेको निर्णयको आलोचना गर्दै चालिसेले फेसबुकमा सीडीओविरुद्ध अपशब्द लेखेकोले पक्राउ गरिएको जिल्ला प्रहरी कायाृलय […]

नेपाल प्रहरीका ७२ डीएसपीको सरुवा (सूची)

१५ भदौ, काठमाडौं । नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागले प्रहरी महानिरीक्षकको निर्णय अनुसार डीएसपीहरुको सरुवा गरेको हो । जसअनुसार केही जिल्लाका प्रहरी कार्यालयका डीएसपी पनि फेरिएका छन् भने उपत्यकाभित्र महानगरीय प्रहरी वृत्त, कालिमाटीका प्रमुख पनि फेरिएका छन् । प्रहरी […]

रौतहटमा ३ सातामा ४ जनाको ‘हत्या’

१५ भदौ, रौतहट । रौतहटमा एक महिलाको हत्या भएको छ । गढीमाई नगरपालिका-३ मुसरिया गाउँकी ४० वर्षीया मिन्त्रा देवी बैठाको हत्या भएको हो । आइतबार बिहान करिब १० बजेतिर घाँस काट्न भनेर उँखुबारीमा गएकी उनको त्यहीँ शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । आइतबार साँझ घाँटीमा सारीले बाँधेको अवस्थामा उनको शव फेला […]

लद्दाखमा भारत-चीनबीच फेरि तनाव

१५ भदौ, काठमाडौं । लद्दाखमा भारत र चीनबीच पुनः तनाव सुरु भएको छ । सीमा क्षेत्रबारे भएको सहमति विपरित चिनियाँ सैनिकले उत्साउने कदम चालेको, तर आफूहरु रोकेको भारतीय सेनाले बताएको छ । पेंन्गोंग त्सो लेकमा चिनियाँ सैनिकको उत्साहटपूर्ण कदमलाई रोकेको भन्दै भारतीय सेनाले वक्तव्य जारी गर्दै भनेको छ, भारतीय सेना सम्वादमार्फत शान्ति कायम गर्ने पक्षमा […]

होम आइसोलेसनमा बसेकी कोरोना संक्रमित महिलाको मृत्यु

१५ भदौ,बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नंं ५ की ६८ वर्षीया महिलाको आइतबार राति ९ बजे मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै बसेकी ती महिलाको आइतबार राति मृत्यु भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले पुष्टि गरे । भदौ ११ गते […]

कोरोनाको खोपका लागि अझै कति समय पर्खनुपर्छ ?

सन् २०२० अगष्ट ११ मा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिभिजन सम्बोधनका क्रममा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको पहिलो खोप बनेको घोषणा गरे । रुसले निर्माण गरेको भनिएको खोपको नाम ‘स्पुतनिक भी’ दिइएको छ । रुसी भाषनमा स्पुतनिकको अर्थ स्याटेलाइट भन्ने हुन्छ । सोभियत संघले १९५७ मा विश्वको पहिलो स्याटेलाइट बनाएको थियो । उक्त स्याटेलाइटको नाम पनि […]

कावासोतीमा १९ भदौसम्म अत्यावश्यकबाहेकका सेवा बन्द

१५ भदौ, काठमाडौं । नगरपालिकाभित्र समुदायस्तरमा नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुगेको भन्दै कावासोती नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने अवधी थप गरेको छ । नगरपालिकाको विपद् व्यवस्थापन समितिको सोमबार बसेको बैठकले १९ भदौसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले जानकारी दिए । स्वास्थ्य सेवाबाहेक पालिका क्षेत्रभित्रका सम्पूर्ण […]

वीरगञ्जमा पनि कोरोना संक्रमितको ‘प्लाज्मा थेरापी’बाट उपचार

१५ भदौ, वीरगञ्ज । वीरगञ्जमा पहिलो पटक कोरोना संक्रमितलाई ‘प्लाज्मा थेरापी’ विधिबाट उपचार गरिएको छ । सर्लाहीको चक्रघट्टा गाउँपालिका- ३ सुन्दरपुरका ३५ वर्षीय पुरुषलाई प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएको हो । नारायणी अस्पतालमा उपचाररत उनलाई आइतबार राति संक्रमणमुक्त व्यक्तिको ‘प्लाज्मा’ दिइएको डाक्टर उदय नारायण सिंहले जानकारी दिए । उनलाई नारायणी अस्पतालकै स्टोर शाखा प्रमुख दामोदर […]

सुदूरपश्चिममा ५ महिनामा संक्रमितको संख्या ५,७५४ पुग्यो

१५ भदौ, डोटी । आजभन्दा ठीक पाँच महिनाअघि अर्थात् चैत १४ गते सुदूरपश्चिममा पहिलो पटक कोरोना संक्रमण देखिएको थियो । दुवईबाट आएका कैलालीका ती युवकमा स्वास्थ्य समस्या देखिए पनि सेती प्रादेशिक अस्पतालमा उपचार गराउन जाँदा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनी करिब एक महिना अस्पताल बसाइँपछि निको भएर घर फर्किएका थिए । […]

सप्तरीमा उच्च ज्वरो र झाडापखाबाट एक युवकको मृत्यु

१५ भदौ, सप्तरी । सप्तरीमा उच्च ज्वरो र झाडापखाला लागेका एक युवकको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका वडा नम्बर १० बदगामा निवासी २५ वर्षीय युवकको आइतबार राति मृत्यु भएको हो । उनलाई पछिल्लो एक साता यता ज्वरो आएको थियो । केही दिन यता झाडापखालाबाट पनि सिकिस्त भएका उनी गाउँमै उपचार गराउँदै आएका थिए । […]



from समाचार – Online Khabar https://ift.tt/2YRtK7D
via IFTTT
Powered by Blogger.